चौदण्डीको देवधारमा मोटरसाइकल र सुमो ठोक्किँदा २ जना घाइते
बेल्टार
पूर्णपुष्टि,माघ ११ । उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, देवधारमा सुमो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ घाइते भएको छ । बुधवार दिउँसो मदन भण्डारी लोकमार्ग सडक खण्ड अन्तर्गत गाईघाटबाट बेल्टार तर्फ जाँदै गरेको बा ९ च ३८४६ नम्बरको सुमो र बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको प्रदेश नं। १९ ०२९०४५ प ७८४७ नं। को मोटारसाइकल चौदण्डीगढीको देवधारमा ठोक्किँदा दुई जना घाइते भएको हो ।
मोटरसाइकल चालक सुन्सरी जिल्ला इटहरी उपमहानगरपालिका–१३ खनारका २१ बर्षिया सरोज कुमार चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँका ३० बर्षिय सुमन खत्री घाइते भएका थिए।
दुर्घटनामा परेका घाइते भएकाहरुलाई नगरपालिका जाने क्रममा नगर प्रमुख कालुमान लामाले तत्काल उद्धार गरी आफ्नै सवारी साधनबाट नगर अस्पातल पुर्याएको नगर प्रमुखको सचिवालयले जनाएको छ । घाईते मध्य सरोज कुमार चौधरीको दाहिने खुट्टा भाँचीएको, शरिरको विभिन्न भाग...







