Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

साउनेमा निशुल्क आँखा शिविर तथा सामाजिक सुरक्षा भत्ता वितरण

साउनेमा निशुल्क आँखा शिविर तथा सामाजिक सुरक्षा भत्ता वितरण

Breaking News 1, समाचार
उदयपुर पूर्णपुष्टि,माघ १० । उदयपुर जिल्लाका त्रियुगा नगरपालिका १४, साउनेमा निशल्क आँखा शिविर तथा सामाजिक सुरक्षा भत्ता साथै न्यानो सिरक वितरण गरिएको छ । मंलवार वडा कार्यालयमै माछापुच्छ्रे बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण साथै मदन भन्डारी आँखा अस्पताल गाइघाट उदयपुर र वडा नं. १४ साउनेको साझेदारीमा निशुल्क आँखा सिविर सञ्चालन गरिएको हो वडाले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै वडा कार्यालयको भवनमा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत तथा वडा अध्यक्ष हेम मगरले संयुक्त रुपमा न्यानो सिरक वितरण गर्नुभएको थियो । नगर प्रमुख बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दे स्थानीय वृद्ध,वद्धा तथा असक्त, अपाङहरुलाई बृद्धा भत्ता लिन गाईघाट जान नपर्र्ने र त्यहाँ पाउँने सेवा अव वडाबाटै थालिएको बताउनुभयो । उहाँले वडाका बृद्धाहरुको स्वास्थ्यलाई मध्यनगर गरेर वडाले शिविर साथै न्यानो सिरक वितरण गरेको वड...
मोरङमा अर्काको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ

मोरङमा अर्काको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ

समाचार
पूर्णपुष्टि,माघ १० । मोरङको सुन्दरहरैचा नगरपालिका–५,मा अर्कैको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ परेको छ । सोमबार दिउँसो बाँसबारीमा अवस्थित यातायातको ट्रायल सेन्टरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुनसरी भोग्राहा गाउँपालिका–७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव छन्। षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई प्र।१(०२(०४५ प ९४३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...
नेपालमा भूकम्पको धक्का

नेपालमा भूकम्पको धक्का

समाचार
पूर्णपुष्टि,माघ १० । मुलुकको पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ । मंलवार दिउँसो पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन। भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्।...
भैरहवाको जेल रेष्टुरेण्ट प्रशासनद्धारा बन्द गरियो

भैरहवाको जेल रेष्टुरेण्ट प्रशासनद्धारा बन्द गरियो

समाचार
पूर्णपुष्टि,माघ १० । रुपन्देहीको भैरहवास्थित देवकोटा चोकमा अवस्थ्ति रहेको जेल रेष्टुरेण्टलाई प्रशासनले बन्ग गरिदिएको छ । रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो फेला परेपछि उक्त रेष्टुरेण्टलाई प्रहरीले बन्द गरेको हो ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । ग्राहकलाई लक्षित गरेर रेष्टुरेण्टका कोठा जेलको आकारमा बनाइएको थियो। स्थानीय सञ्चार माध्यमबाट उक्त रेष्टुरेण्ट खुलेको जानकारी पाएपछि अनुगमन गर्दा कैफियत देखिएका कारण रेष्टुरेण्ट बन्द गरिएको अर्यालले बताए। फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो। रेष्टुरेण्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको उनले बता...
आज विश्वभरि अन्तर्राष्ट्रिय शिक्षा दिवस

आज विश्वभरि अन्तर्राष्ट्रिय शिक्षा दिवस

समाचार
पूर्णपुष्टि,माघ १० । शिक्षा एउटा आधारभूत मानव अधिकार मात्र नभई सार्वजनिक हित र सार्वजनिक दायित्व पनि हो । संयुक्त राष्ट्र सङ्घको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको पहुँच सबै जना समक्ष नपुगुन्जेल सबैका लागि जीवनभरका अवसरहरू बिना, देशहरू लैङ्गिक समानता हासिल गर्न र लाखौँ बालबालिका, युवा र वयस्कहरूलाई पछाडि छोड्ने गरिबीको चक्रलाई तोड्न सफल हुनेछैनन्। सोहि अनुरुप आजपनि २४४ मिलियन बालबालिका र युवाहरू विद्यालय बाहिर छन्, र ७७१ मिलियन वयस्कहरू निरक्षर छन्। उनीहरूको शिक्षाको अधिकार हनन भइरहेको छ जुन कुरा आजको विकसित विश्वमा लज्जास्पद छ । शिक्षामा रूपान्तरण गर्ने बेला अब आएको छ भन्ने नाराका साथ आज विश्वभरि अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । यस वर्ष सन् २०२...
त्रिभुवन विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक पक्राउ

त्रिभुवन विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि,माघ ९ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रवन्धक पक्राउ परेको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रबन्धक पूर्ण प्रसाद चुडाललाई पक्राउ गरेको हो । उनलाई घूसबापतको रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए ।...
नेपाल टी २० लिग आयोजना गर्ने कम्पनिका मालिक नै प्रमुख फिक्सिङका योजनाकार

नेपाल टी २० लिग आयोजना गर्ने कम्पनिका मालिक नै प्रमुख फिक्सिङका योजनाकार

Breaking News 3, खेलकुद, समाचार
पूणपुष्टि, माघ ९ गते । नेपाल टी–२० लिग आयोजना गर्ने कम्पनिका मालिक नै प्रमुख फिक्सिङका योजनाकार रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ । लिग आयोजना गर्न दिईएको भारतीय थ्री स्पोर्टस कम्पनीका मालिक जतिन अलुवालिया हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले टि–२० लिग भारतीय कम्पनीलाई आयोजना गर्ने जिम्मा दिएको थियो । टि–२० लिग पुष २८ गते बाट सुरु भएको थियो । सुरुवात खेल देखिनै लिग विवादमा तानिएको थियो । लिग सुरू हुनु अघिदेखि नै बेटिङ (बाजी) र स्पट फिक्सिङको आशंकामा घेरिएको थियो । लिग चलिरहँदा सिआइबीमा उजुरी परेपछि डिएसपीको नेतृत्वमा अनुसन्धान बढाईएको थियो । अनुसन्धान गर्दै जाँदा सिआईबीले क्रिकेटर आदिल अन्सारी र मेहबुब आलमलाई पक्राउ गरेको छ । यसबारे पछि मात्रै सार्वजनिक गर्ने तयारी रहेको सिआईबीले जनाएको छ । सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक जतिन अलुवालिया सिआइबील...
नेपाल वायुसेवा निगमका तीनजना पाइटललाई निलम्बन

नेपाल वायुसेवा निगमका तीनजना पाइटललाई निलम्बन

समाचार
पूर्णपुष्टि,माघ ९ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीनजना पाइलटलाई निलम्बनमा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्न दिएको निर्देशनपछि पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरे निलम्बनमा परेका हुन् । प्राधिकरणका सूचना अधिकारी जगणनाथ निरौलाले भने, “शुक्रबार हङकङमा विमानस्थलमा विमान अवतरण गर्ने कक्रमा एटीसीको निर्देशण अटेरी गरेर जोखिमपूर्ण तरिकाले विमान अवरण गरेपछि कारबाही गर्न भनेका हौँ ।” निगमकी प्रवक्ता अर्चना खड्काले प्राधिकरणले कारबाही गर्न निर्देशन दिएपछि उनीहरू निलम्बनमा परेको जानकारी दिइन् । उनीहरूलाई कारबाही गर्ने–नगर्ने भन्ने बारेमा थप अध्ययन हुने उनले बताइन् ।...
जनकपुरमाधाममा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन

जनकपुरमाधाममा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि,माघ ९ । जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन्। भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले प्रदर्शन गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको आइतबार बिहान साढे २ बजे शव फेला परेको थियो । स्थानीयले घटनाको बारेमा स्थानीय प्रहरीलाई बताउँदा समेत प्रहरीले बेवास्ता गरेको पीडित पक्षको आरोप छ। उनीहरूको शव फेला परेपछि गृहमन्त्री लामिछानेको राजीनामा माग्दै आन्दोलन गरेका थिए। भारतको सितामढी जिल्ला बेला परिहारमा गाडिएको अवस्थामा फेला परेका थिए। गत पुस २७ गते नै भारतमा आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका थिए। त्यसको केही दिनपछि साहका परिवारले प्रहरीलाई खबर गरेको थियो । भारतीय प्रहरीसँग समन्वय गरी प्रहरीले अनुसन्ध...
कुन जहाज, कति बजे, कहाँ ‘डिले’ भयो रिपोर्ट चाहियो : पर्यटनमन्त्री सुदन किराँती

कुन जहाज, कति बजे, कहाँ ‘डिले’ भयो रिपोर्ट चाहियो : पर्यटनमन्त्री सुदन किराँती

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्ना जहाजहरूको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । सोमबार निगम व्यवस्थापनले आयोजना गरेको आफूहरूको स्वागत कार्यक्रममा बोल्दै उहाँले नेपाल वायुसेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाइ गर्न नहुने बताए। कुन जहाज, कति बजे, कहाँ डिले भयो भन्नेसम्मको रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई मन्त्री किराँतीको कडा निर्देशन दिएका छन्। निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर आफूसमक्ष पेस गर्न पनि निगम पदाधिकारीलाई सचेत गराए। गुच्छा जत्रो समाधान लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमलाई मन्त्री किरातीको चेतावनी थियो। प्रत्येक दिन यहाँको रिपोर्ट हामीलाई चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, क...