Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

समयमा जहाज उडाउनुहोस,समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री किराँती

समयमा जहाज उडाउनुहोस,समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री किराँती

राजनीति, समाचार
पूर्णपुष्टि,माघख ९ । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले निर्देशन दिनुभएको छ । वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किराँतीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्त्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिनुभएको हो । उहाँले निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिनुभयो । कुन जहाज कतिबेला उडे ? कहाँ रोकिए ? के कारणले रोकिए भन्ने विषयमा विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्नँ, विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्त्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्,उहाँले भन्नुभयो। मन्त्री किराँतीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत्...
ब्राउन सुगर सहित ३ युवक पक्राउ

ब्राउन सुगर सहित ३ युवक पक्राउ

Breaking News 3, समाचार
पूणपुष्टि, माघ ९ गते । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजार स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अटो चालक २४ बर्षीय अजय तामाङ, अटोमा सवार १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजबंशी रहेका छन् ।हिजो साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुलाई पक्राउ गरेको हो । चारआलीबाट बुधबारे तर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धुलबारी झापाबाट थप अनुसन्धान भईरहेको छ ।...
आगामी १४ गते देखि बोक्सेमा प्रथम वडा अध्यक्ष गोल्ड कप हुने

आगामी १४ गते देखि बोक्सेमा प्रथम वडा अध्यक्ष गोल्ड कप हुने

Breaking News 1, खेलकुद, समाचार
उदयपुर पूर्णपुष्टि,माघ ९ । जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १० बोक्सेमा आगामी माघ महिनाको १४ गते देखि २१ गते शनिवार सम्म प्रथम वडा अध्यक्ष गोल्ड कप7A, साइड फुटबल प्रतियोगिता हुने भएको छ । बोक्सेमा अवस्थित गंगा खेल मैदानमा वडा युवा तथा खेलकुद विकास समिति बोक्सेको आयोजना र ग्राउण्ड रिपोर्टिङको समन्वयमा प्रतियोगिता हुने भएको हो । खेल मैदानको क्षमता र अखिल नेपाल फुटवल संघ(एन्फा) को नियम अनुसार एक टिमबाट ७ जना मात्र खेलाडी (7A)मात्र प्रवेश पाउने गरि गोल्डकपको आयोजना गर्न लागिएको वडा अध्यक्ष किरण पाण्डेले जानकारी दिए । प्रतियोगितामा बिभिन्न जिल्ला गरी आठ टिमको सहभागिता रहने वडा खेलकुद विकास समितिले जनाएको छ । समितिका अनुसार खेलको बिजेता टिमले नगद १ लाख सहित ट्रफि,प्रमाण पत्र पाउँने छन् भने उपबिजेताले नगर ५० हजार सहित ट्रफि,प्रमाण पत्र पाउँने वडा खेलकुद बिकास समितिका अध्यक्ष हरि चन्द्र...
सर्वसम्मत रूपमा राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

सर्वसम्मत रूपमा राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ ९ । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस पदाधिकारीको बैठकले सो निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा पार्टीका पूर्वपदाधिकारी समेत सहभागी थिए । राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिए पनि उम्मेदवार कसलाई बनाउने भन्नेबारे टुंगो लागिसकेको छैन । कांग्रेसले आफू सरकारमा नभए पनि राष्ट्रपतिमा भने दाबी गर्दै आएको छ । संसदको सबैभन्दा ठूलो दल भए पनि आफ्नो नेतृत्वमा सरकार बनाउन नसकेको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भने विश्वासको मत दिएको थियो । सो अनुसार राष्ट्रपतिमा दाहालको पार्टी माओवादी केन्द्रले सघाउँछ कि भन्ने आशा कांग्रेस नेताहरुले राखेका छन् ।...

उपसभामुख ईन्दिरा रानाद्धारा विज्ञप्ती जारी गरी पार्टीबाट अलग

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, माघ ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख भएकी ईन्दिरा रानाले विज्ञप्ती जारी गर्दै पार्टी देखी अलग भएको जनाएका छन् । सोमबार रानाले विज्ञप्ती जारी गरी पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् । उनि सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन् । रानाले आज साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने छिन् ।...
राष्ट्रिय स्वतन्त्र पार्टीले ४ महिनाभित्र देश भर संगठन विस्तार गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले ४ महिनाभित्र देश भर संगठन विस्तार गर्ने

Breaking News 1, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनाभित्र देशभर आफ्नो संगठनको विस्तार गने निर्णय गरेको छ । आइतवार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो । पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन बिस्तार गरिने उल्लेख छ । साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ । जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी छ। महामन्त्री ढकालका अनुसार यही माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू हुनेछन् र उक्त भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ । माघ १४ गते प्रदेश नम्बर १ को विराटनगरमा भेला हुनेछ । माघ १६ गते मधेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा प्रदेश भेला हुन...
आजको मौसम : पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै

आजको मौसम : पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै

समाचार
पूर्णपुष्टि,माघ ९ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ। सोमबार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मंगलबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।...
गाईघाटमा हुर्रा नाच सँगै मगरहरुको मांघेसंकराटी महोत्सव सम्पन्न (फोटोफिचर सहित)

गाईघाटमा हुर्रा नाच सँगै मगरहरुको मांघेसंकराटी महोत्सव सम्पन्न (फोटोफिचर सहित)

Breaking News 3, समाचार
उदयपुर पूर्णपुष्टि,माघ ९ । मगर समुदायको महान चाड माघ्यासकराटी तथा हुर्रा महोत्सव उदयपुरको गाईघाटमा धुमधामका सथा सम्पन्न भएको छ । शनिवार नेपाल मगर संघ त्रियुगा नगर कमिटी, प्रा.का.स. वडा नं. १३को आयोजनामा भएको हुर्रा महोत्सव त्रियुगा नगरपालिका वडा नं १३ थरुहट रंगशालामा सम्पन्न भएको हो । प्रदेश सभा सदस्य नारायण बुर्जा मगरको प्रमुख आतिथ्यता भएको कार्यक्रममा मगर जात–जातिका मौलिक परम्परा र सांस्कृतिक झाँकी, हुर्रा नृत्य प्रस्तुत भएको थियो । मौलिक खान परिकारकोसमेत प्रदर्शन भएको थियो । जिल्लाका विभिन्न ठाउँ मगर समुदाय जातीय पहिरनमा सजिएर कार्यक्रममा आएका थिए । कार्यक्रममा गायक शिव थापा मगर, भुवन मगर लगाएतका कलाकारहरुले विशेष प्रस्तुती दिएक थिए । मगर जातिको भाषा, संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले महोत्सव गरिएको आयोजकले जनायो । नेपाल मगर संघ त्रियुगा नगर कमिटी ज्ञानेन्द्र मगर...
महानगरले गरेको कार्यशैली माथी प्रश्न उठ्न थालेपछि मेयर बालेन साह असंयमित बन्दै

महानगरले गरेको कार्यशैली माथी प्रश्न उठ्न थालेपछि मेयर बालेन साह असंयमित बन्दै

Breaking News 1
पूर्णपुष्टि,माघ ७ । काठमाडौँ महानगरपालिकाका कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि मेयर बालेन साह असंयमित हुन थालेको छ । महानगरपालिकाभित्र व्यवस्थापनविनै जथाभावी डोजर चलाएको विषयमा प्रश्न गर्नेहरुलाई मेयर बानेलले अमर्यादित जवाफ दिंदै प्रतिप्रश्न गर्न थालेको हो । शुक्रवार राति चलचित्र दिर्नेशक तथा कमेडी क्लब विथ च्याम्पियनका निर्माता बिशाल भण्डारीले सार्वजनिक रुपममै भत्काउनबाहेक बनाएको देखिएन भन्ने प्रश्न गर्दा मेयर साहले गैरजेम्मेवारीपूर्ण जवाफ दिएका छन् । भण्डारीलाई मेयर बालेनले व्यक्तिगत लाञ्छना र उनको व्यवसायमाथि उल्टो प्रश्न गर्दै कमेन्टमा लेखेका छन् , ‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’ निर्देशक भण्डारीले अर्को स्टाटस लेखेर आफ्नो प्रश्न दोहोर्‍याएका छन् – मैले प्रश्न सोधेको ह...
भोट माग्दा गरेका वाचाहरुको हेक्का छ, जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु : गृहमन्त्री रवि लामिछाने

भोट माग्दा गरेका वाचाहरुको हेक्का छ, जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु : गृहमन्त्री रवि लामिछाने

Breaking News 1
पूर्णपुष्टि,माघ ७ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विगतमा आफूले भोट माग्दा गरेको बाचा गरेको हरेक शब्दको हेक्का रहेको बताएका छन् । आफूले बोलेका शब्द–शब्दको हेक्का र भोट माग्दा गरेका वाचाहरूको हेक्का रहेको भन्दै मन्त्री लामिछानेले सबै फरार समातिने र नयाँ फरार हुन नदिने बताएका छन्। मन्त्री लामिछानेले शनिवार विहान सामाजिक सञ्जालमा लेखेका छन् मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दै छु। धुलो धेरै छ, पुरानो छ। थोरै पर्खिनु चाहिँ पर्छ । तर ‘पुराना ‘फरार’हरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ। सरकारमा गएसँगै लामिछानेको विगतको अभिव्यक्तिबारे विभिन्न टीकाटिप्पणी भइरहेको बेला उनले यस्तो बताएका हुन् ।...