Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

बेलायतका प्रधानमन्त्रीलाई सिट बेल्ट नलगाएको भन्दै जरिवाना

बेलायतका प्रधानमन्त्रीलाई सिट बेल्ट नलगाएको भन्दै जरिवाना

Breaking News 1
पूर्णपुष्टि,माघ ७ । कारमा सिट बेल्ट नलगाउको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई लंकाशायर प्रहरीले जरिवाना गरिएको छ । प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा प्रधानमन्त्री सुनकले सिटबेल्ट नलगाएपछि सशर्त जरिवाना लगाएको हो । प्रहरीका अनुसार सुनकले आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागेका छन्। यद्यपि उनले जरिवाना भने तिर्नुपर्नेछ। सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा १०० पाउन्ड जरिवाना गर्न सकिन्छ। यदि मुद्दा अदालतमा पुग्यो उक्त जरिवाना ५ सय पाउन्डसम्म बढ्नसक्छ। इङ्गल्याण्डको उत्तरी यात्राको क्रममा रहेका प्रधानमन्त्री सुनक भिडियो खिचिएको बेला लंकाशायरमा थिए। प्रधानमन्त्री सुनकको आफूले बनाएको भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका थिए । बेलायतमा बहालवाला प्रधानमन्त्रीलाई जरिवाना गरिएको यो दोस्रो पटक हो। यसअघि गत अप्रिलमा तत्कालिन प्रधानमन्त्री बोरिस जोनसन र ...
उपभामुख पदका लागि आज निर्वाचन हँदै

उपभामुख पदका लागि आज निर्वाचन हँदै

Breaking News 1
पूर्णपुष्टि,माघ ७ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज (शनिवार) निर्वाचन हुँदैछ । संघीय संसद् सचिवालयको अनुसार शुक्रवार दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् । रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् । त्यसैगरी यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।...

गाईघाटमा माघ्यासकराटी तथा हुर्रा महोत्सव हुने

Uncategorized
उदयपुर पूर्णपुष्टि,माघ ६ । मगर समुदायको महान राष्ट्रिय चाड माघेसंक्रान्तिको अवसरमा माघ ७ गते उदयपुरको गाईघाटमा माघ्यासकराटी तथा हुर्रा महोत्सवको आयोजना हुने भएको छ । नेपाल मगर संघ त्रियुगा नगर कमिटी, प्रा.का.स. वडा नं. १३को आयोजनामा एक दिने हुर्रा महोत्सव हुने भएको हो । मगरहरुको महान् चाड माघेकंक्रान्ति भव्य रुपमा सफल पारौँ,इतिहास,भाष,कला,संस्कार–संस्कृति संरक्षण र सम्वद्र्धन गरौँ भन्ने मुल नाराका साथ गाईघाटको त्रियुगा नगरपालिका १३ स्थित थरुहट रंगशालामा महोत्सव सुरु हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रम बिहानको १० बजे हुने बताएको छ । उक्त कार्यक्रम अन्तर्रगत हजारौं गितहरुमा आफ्नो आवाज दिइसकेका राष्ट्रिय कलाकार शिवथापा मगर साथै स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने छ । कार्यक्रममा विभिन्न मगर जात–जातिका मौलिक परम्परा र सांस्कृतिक झाँकी,हुर्रा नृत्य साथै मौलिक खान परिकारहरु रहे...

उपसभामुख पदका लागि राना र यादवको उम्मेदवारी

Uncategorized
काठमाडौं पूर्णपुष्टि,माघ ६ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद् सचिवालयको अनुसार शुक्रवार उम्मेदवारी दर्ताको लागि तोकिएको समयसीममा २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका हुन् । इन्दिरालाइ सत्तारुढ दलको समर्थन छ । रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् । त्यसैगरी यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । उपसभामुखको निर्वाचन शनिबार हुँदैछ । उपसभामुख चयनका लागि भोलि शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ ।...

मोटरसाईकल चोरी गर्दै गरेको अवस्थामा ईटहरीबाट एक पक्राउ

Uncategorized
इटहरी पूर्णपुष्टि,माघ ६ । इलाका प्रहरी कार्यालय इटहरीले मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । स्थानीय त्रिलोचन रिजालको घर अगाडि पार्किङ गरी राखेको प्र–१–०२–०४३ प ९२०९ नम्बरको मोटरसाइकलको तार चुड्याएर स्टार्ट गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा खोटाङको दिक्तेल ४ का २१ वर्षीय पवन आचार्य रहेका छन् । इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार गत आइतबार दिउँसोको समयमा इटहरी ५ बाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको खड्काले जानकारी दिए ।...

आश्विन देखी मंसिर महिनामा ३१९ वटा लैङ्गिक हिंसा

Uncategorized
पूर्णपुष्टि,माघ ६ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले आश्विन देखी मंसिर महिनामा भएका लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन सम्बन्धि घटनाहरुको अभिलेख सार्वजनिक गरेको छ । लैङ्गिक हिंसालाई लिई संस्थाले घटनाका विवरण, तथ्याङ्क र अवस्थालाई समेटी एक प्रेसविज्ञप्ति जारी गरेको छ । ओरेकले आश्विन देखी मंसिर महिनामा संस्थामा अभिलेखिकरण गरेका (२६६) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (५३) तथ्याङ्कका आधारमा जम्मा ३१९ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन गरेको जनाएको छ । आश्विन देखी मंसिर महिनामा अभिलेखीकरण भएका घटनालाई विश्लेषण गर्दा समग्रमा १७८ जना ५६ प्रतिशत महिला तथा बालिकामाथि घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ । यसैगरी ६८ जना २१ प्रतिशत माथि यौन हिंसा र ३७ जना १२ प्रतिशत माथि सामाजिक हिंसा भएको पाइएको छ । तथ्याङ्कलाई हेर्दा २६ देखी ३५ बर्ष उमेर समुह...

छुट्टा छुट्टै स्थानबाट ब्राउनसुगर सहित २ जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, माघ ६ गते । झापा र भोजपुरको छुट्टा छुट्टै दुई स्थानबाट ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेशीसहर नगरपालिका–६ लमजुङ घर भई काठमाण्डौ महानगरपालिका–५ बसपार्क मिलन टोलमा डेरा गरी बस्दै आएका २४ बर्षीया युकेन गुरुङ र भोजपुरको देउरालीका २१ बर्षीय रेबन बराईली रहेका छन् ।हिजो साँझ ७ बजे झापाको भद्रपुर एयरपोर्टबाट काठमाण्डौ जान लागेको अबस्थामा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । एयरपोर्टमा चेकजाँच गर्ने क्रममा उनको साथबाट ब्राउन सुगर १२ ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै हिजो अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले वडा नं.१० भैंसीपंखा मेजर चोक स्थितबाट बराईलीलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ब्राउन सुगर ९९० मिलीग्राम बरामद गरेको छ । पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको छ ।...

ईन्दिरा रानालाई स्वतन्त्र पार्टीबाट उपसभामुखमा उम्मेदवारी दिने

Uncategorized
पूर्णपुष्टि,माघ ६ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार सांसद इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको उक्त पार्टीका सांसद सोबिता गौतमले जानकारी दिइन । सत्ता साझेदार दलभित्र उपसभामुख रास्वपाले लिने सहमति भएको थियो । सांसद गौतमले उपसभामुख पदमा पार्टीबाट इन्दिरा राना मगरलाई पठाउने सर्वसम्मत निर्णय भएको जानकारी दिइन् । उपसभामुखमा पार्टीभित्र सांसदद्वय गौतम र इन्दिराको दाबी थियो । गौतमले उपसभामुखमा आफूले दाबी र आकांक्षा राख्नु स्वभाविक भएको प्रतिक्रिया दिइन्। ‘कसलाई पठाउँदा उपयुक्त हुन्छ भनेर सर्वसम्मतिले उहाँलाई उम्मेदवार बनाइएको गौतमले बताइन् । उपसभामुखको उम्मेदवार बनाउन लागेको रानामगर झापाकी समानुपातिक सांसद हुन् । ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रति...

स्वप्न सुमन पहिलो पल्ट फिल्म खेल्दै

Uncategorized
पूर्णपुष्टि,माघ ६ । पछिल्लो समयमा आवाजको माध्यमद्धारा नेपाली युवा जगतको मनमुटुमा वस्न सफल स्वप्न सुमन पहिलो पल्ट फिल्ममा देखिने भएको छ । गायक सुमनले दिनेश राउतको निर्देशनमा बन्ने फिल्मबाट अभिनयमा डेव्यू गर्ने भएको हो । उनलाई फिल्ममा अनुबन्ध गरेको निर्देशक राउतले जानकारी दिएको छ । फिल्ममा स्वप्न सुमनबाहेक अन्य कलाकार सार्वजनिक गरिएको छैन। निर्देशक राउतका अनुसार अर्को साताभित्र कलाकारसँगै निर्माण कम्पनीबारे जानकारी दिइनेछ। उक्त फिल्म सहरी क्षेत्रमा देखिने ढोङ प्रवृत्तिको कथामा आधारित रहेको छ । फिल्मको पटकथा विकास सुवेदीले तयार पारिरहेका छन् । फिल्मको आगामी वैशाखमा छायांकन बताएको छ । स्वप्न सुमन नेपाली सांगीतिक क्षेत्रमा रूचाइएका गायक हुन्। गायक स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए। सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडिओ हाल्थे। सन् २०१४ मा उनको पहिलो गी...

उपसभामुखको निर्वाचन प्रक्रिया सुरू, आज उम्मेदवारी दर्ता

Uncategorized
पूर्णपुष्टि,माघ ६ । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । बिहीवार प्रतिनिधि सभाले सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया शुरु गरिएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । सत्तागठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी छ । रास्ववाले सोबिता गौतमलाइ उम्मेदवार बनाउने चर्चा छ । उपसभामुख निर्वाचन भने भोलि हुनेछ ।...