पोखरामा रमाइरहेका युवालाई हेलिकप्टरमा स्याङ्जा पुगेर फुटबल हेर्ने रहर जागेपछि
Uncategorized
पोखरा
पूर्णपुष्टि,माघ ६ । स्याङ्जाको बालिङमा गत पुष ३० गतेदेखि बालिङ गोल्डकप प्रतियोगिता चलिरहेको थियो । वालिङ गोल्डकपको सेमिफाइनलमा वालिङ युनाइटेड (रेड) र विदेशी टोली क्यामरुनबीच प्रतिस्पर्धा भइरहेको थियो ।
वालिङकै स्थानीय विनोद गैरे, खिमबहादुर थापा, सुशील थापालगायत ४ जना युवा सोहिवेला पोखरामा रमाइलो गरिरहेका थिए । उनीहरुले वालिङमा फुटबल भइरहेको भन्ने थाहा पाएपछि रमाइलैको बिचमा वालिङ जाने निर्णय गरे र ४० हजारु रपैयाँमा प्रभु हेलिकप्टर बुक गरे । वालिङको मैदानमा खेल भइरहेको थियो । पाइलटले मैदान नजिकै हेलिकप्टर ल्याण्ड गर्ने तयारी गरेका थिए । तर यात्रुले मैदानमै झार्न दबाव दिएपछि हेलिकप्टरका पाइलट रानेश डंगोलले मैदानमै हेलिकप्टर ल्याण्ड गरे ।
खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड हुँदा सुरुमा केही इमजेन्सी होला भनेर मैदानमा रहेका खेलाडी, आयोजक र दर्शक अलमलिएका थिए । तर चार जना यात्रु झा...
