Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

क्रिकेटर सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाउने निर्णय भएको छैन : सचिव मल्ल

Uncategorized
पूर्णपुष्टि,माघ ५ । नाबालिकामाथि बलात्कारको आरोप झेलेका क्रिकेटर सन्दीप लामिछानेलाई अन्य खेलाडीहरुसँगै प्रशिक्षणमा बोलाउने कुनै पनि निर्णय नभएको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले स्पष्ट पारेका छन् । ‘धरौटीमा रिहामा भएपछि सन्दीपले आफै ढंगले प्रशिक्षण गर्न पाउँने सचिव मल्लले बातए । सन्दीपलाई अन्य क्रिकेटर खेलाडीहरुसँग राखेर प्रशिक्षण गराउने भन्ने विषमा अहिलेसम्म क्यानले कुनै पनि निर्णय गरेको छैन । अवको केहि दिनमै क्यानले बैठक बसेर यसबारे सोच्न सकिने उनको भनाई छ । लामिछाने अहिले नाबालिगमाथि बलात्कारको आरोप झेली रहेका छन् । हाललाई भने उनी शर्तसहित २० लाख धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि राष्ट्रिय टोलीमा सन्दीपको पुनरागमन कहिले हुन्छ ? कसरी हुन्छ भन्ने विषयमा चौतर्फी चर्चा चलेको छ ।...

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

Uncategorized
पूर्णपुष्टि, माघ ५ गते । बिराटनगरमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१० लालिगुराँस चौककी ८० वर्षीया देवी यादव रहेकी छिन् । उनको आज बिहान आगोमा जलेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।वृद्धा महिलाको दुई छोरा बुहारी रहेका छन् । घटना सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।...

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

Uncategorized
पूर्णपुष्टि,माघ ५ । मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले हरेक वर्षको माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो । तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा विगत चार वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । मधेस प्रदेश सरकारले यस पटकको बलिदानी दिवस मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस भवनमा रहेको कवर्डहलमा मनाउने भएको हो । विगत २०६३ सालमा भएको मधेस विद्रोहको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउन मनाउने गरेको छ । माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । यो दिनलाई स्मरण गर्दै प्रदेश सरकारले जनकपुरधाममा विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने मधेस प्रदेश सरकारका मन्...

प्रतिनिधि सभा सभामुखको निर्वाचन आज

Uncategorized
पूर्णपुष्टि,माघ ५ । प्रतिनिधिसभाका सभामुख पदका लागि आज (विहिवार) निर्वाचन हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार आज विहान ११ बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदान हुने भएको हो । सभामुखका लागि प्रतिश्पर्धामा दुई जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका इश्वरी न्यौपानेले मनोनय दर्ता गराएका छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन्। घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराएकी इश्वरीदेवी न्यौपानेको प्रस्तावक नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला समर्थकरह...

मावि भोर्लेमा भयो उदाहरणीय काम, वडाध्यक्ष राईद्वारा उद्घाटन, सहयोगीहरुलाई सम्मान

Uncategorized
पूर्णपुष्टि, माघ ४ । सुकौरा उदयपुरको त्रियुुगा नगरपालिका १६ स्थित श्री माध्यामिक विद्यालय भोर्लेमा आज करिब एकसय जना सम्मानित भएका छन् । जनप्रतिनिधि, अभिभावक, शिक्षकदेखि पूर्वविद्यार्थीहरु राम्रो कामका कारण सम्मानित भएका हुन् । उनीहरुले विद्यालयलाई राम्रो बनाउन आ–आफ्नै गक्ष, सिप र क्षमताको आधारमा योगदान गरेकाले विद्यालयले सम्मान गरेको हो । सहयोग गर्नेहरुमा सो विद्यालयका अभिभावक, शिक्षक मात्र नभई विभिन्न क्षेत्रका ब्यक्तित्व र अन्य विद्यालयका शिक्षक, प्रधानाध्यापक र समाजसेवीहरुसमेत हुन् । विद्यालयले सहयाेगीहरुकाे उच्चसम्मान गर्दै सिलालेख र तस्विरमासमेत सजाएर राखेकाे छ ।  उनीहरुको सहयोगबाट संकलित ५ लाख ५६ हजार ४७५ रुपैया र विद्यालयको आन्तरिक कोष १ लाख ३९ हजार गरी कुल ६ लाख ९५ हजार, ४७५ रुपैयामा विद्यालयको गेट, मञ्च र विद्यालय घेराबेरा निर्माण भएको छ । गेट आकर्षक निर्माण भएको छ । कार्यक्रमह...

गाईघाटमा विपद् जोखिमबाट जोगिन नमुना अभ्यास (फोटो फिचर सहित)

Uncategorized
पूर्णपुष्टि, माघ ४ । २५औँ राष्ट्रिय भुकम्प दिवसको अवसरमा विपत्ती हुनसक्ने धनजनको क्षति न्युनिकरण गर्न उदयपुरको गाईघाटमा नमुना अभ्यास प्रर्दशनी गरिएको छ । बुधवार जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भुकम्पबाट कसरी जोगिने, कसरी उद्धार र उपचार सेवालाई प्रभावकारी बनाउने लगायतका बिषयमा नमुना अभ्यास प्रर्दशनी गरिएको हो । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार भन्ने मुलनाराका साथ जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, पशुपति प्रसाद गण बोक्से, हुरेण्डेक, जाल्पा एकिकृत विकास समाज, वल्र्डभिजन इन्टरनेशनल नेपाल र नेपाल रेडक्रस सोसाईटीको सहआयोजना र सशस्त्र प्रहरी वल, नेपाल ५ नम्बर गण हेडक्वाटर उदयपुरको संयोजनमा अभ्यास कार्यक्रम गरेको हो । भुकम्पको उच्च जोखिममा रहेको उदयपुरलाई जोगाउन जनशक्ति तयारी र अन्य प्रतिकार्य योजना बनाउन नगरपालिका तयार रहेको त्रियुगा न...

विद्यार्थीलाई स्कुल ब्याक झोला साथै विपन्न परिवारलाई कम्मल वितरण

Uncategorized
पूर्णपुष्टि,पुष४ । त्रियुगा नगरपालिका १३ असारीमा अवस्थित जनता आधारभुत विद्यालयका ६५ जना छात्रछात्राहरुलाई स्कुल ब्याक झोला साथै विपन्न परिवारलाई कम्मल वितरण गरेको छ । लाइन्स क्लव गाईघाट र लाइन्स अन्तराष्ट्रिय डिस्ट्रिक 25fका गर्वनर २०२३/२४का अध्यक्ष सिभ कुमार कटुवालले विद्यार्थीहरुलाई स्कुल ब्याक झोला र उनिको न्यानो टापी बितरण गरेको हो । कार्यक्रममा ६५ जना विद्यार्थीहरुले स्कुल व्याक, उनिको न्यानो टोपी पाएका छन् भने आसारीका ५० जना स्थानीय विपन्न परिवारले जाडोमा न्यानो कम्मल पाएका हुन् । उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म पठनपाठन जारी छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न र चोसो मौसममा घरबाट विद्यालय सम्म विद्यार्थी आईपुग्दा चिसोको कारण स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै न्यानो कपडा साथै ब्याक झोला वितरण गरेको कटुवालले बताए । यता बिगत लामो समय देखि मोटरसाईकल दुर्घटनमा परी श...

युक्रेनमा हेलिकप्टर दुर्घटना : गृहमन्त्री सहित १६ जनाको मृत्यु

Uncategorized
पूर्णपुष्टि, माघ ४ गते । युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना बालबालिका छन् भने १० जना बालबालिकासहित २२ जना घाइते भएका छन् । घाईतेलाई उपचारको लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ । हेलिकप्टर दुर्घटना भएको युक्रेनीआपत्तकालीन सेवामा रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमा जानकारी दिए । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । हेलिकप्टर खसेपछी विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ ।...

फ्रान्स पठाइदिन्छु भनी १९ लाख रकम ठगी गर्ने व्यक्ति पक्राउ

Uncategorized
पूर्णपुष्टि, माघ ४ गते । फ्रान्स पठाइदिन्छु भनी रकम ठगी गर्ने ४६ वर्षीय तेजेन्द्र महतलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १९ लाख रकम ठगी गरेको आरोपमा उनलाई सतुङ्गलबाट प्रक्राउ गरेको हो । उनीमाथि राजेन्द्र रानामगरसहित ३ जनासँग प्रतिव्‍यक्ति १० लाख रुपैयाँ भन्‍दै पटक पटक गरेर १९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ । उनको घर तनहुँ शुक्लागण्डकी नगरपालिका–८ भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ सतुङगलमा बस्दै आएका थिए । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।...

१२ नं वडाद्धारा जेष्ठ नागरिक तथा एकल महिलालाई सिरक वितरण

Uncategorized
पूर्णपुष्टि, माघ ४ गते । त्रियुगा नगरपालिका १२ नं वडाले जेष्ठ नागरिक तथा एकल महिलालाई सिरक वितरण गरेको छ । वडा कार्यालयमा बुधबार सिरक वितरण गरिएको वडा अध्यक्ष चुडाराज काफ्लेले बताए । १२ नं वडा भरिका भत्ता खादैँ आएका जेष्ठ नागरिक तथा एकल महिलालाई जाडोमा न्यानो सिरक वितरण गरिएको हो । वडा कार्यालयमा वडा अभ्यक्ष चुडाराज काफ्ले, वडा सदस्य दिलसेर अलिमिया र अनिता थापा लगाएतले सिरक वितरण गरेका थिए । आज देखी वितरण गर्न थालिएको सिरक छुटेका जेष्ठ नागरिक तथा एकल महिलालाई भोली पनी वितरण गरिने अध्यक्ष काफ्लेले जनाए ।...