प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत : पक्षमा २६८, विपक्षमा दुई
Uncategorized
पूर्णपुष्टि, पुष २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संसदीय इतिहासमै सबैभन्दा वढी विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएको हो ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत पाएको सभामुखको हैसियतमा रहेका जेयष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरे । यस्तै दुई सांसदले विपक्षमा मत दिए । मतदानमा २७० सांसद उपस्थित थिए ।
नेकपा (एमाले) सहित विभिन्न सात दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री प्रचण्डका विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा...
