Monday, July 6News That Matters

Month: ३ वर्ष अगाडि

संघीय शिक्षा ऐन शिक्षक मैत्री छिट्टै आउँछ : प्रधानमन्त्री प्रचण्ड

Uncategorized
पूर्णपुष्टि,पुष २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन छिट्टै जारी हुने बताएको छ । शनिवार एक कार्यक्रममा अव जारी हुने शिक्षा ऐन शिक्षकमैत्रीहुने विश्वास व्यक्त गर्नुभएको हो । काठमाडौंको महेन्द्र माविमाएकीकृत अखिल नेपालशिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधनगर्दै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । साथै, नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषयआफ्नो प्राथमिकतामा राखेको बताए । ‘अघिल्लो सरकारको कार्यकालमापनि संघीय शिक्षा ऐनका केहीकामभएका छन् । तर, ऐन जारी भएन ।’ उनलै भने, ‘यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ।’शिक्षाऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधनहुने पनिउनले दाबी गरे । ‘शिक्षक अस्पताल हाम्रै पहलमा अगाडि आएको छ,’ प्रधानमन्त्रीले भने, ‘...

प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ शिल्डको उपाधी त्रियुगा नमुना माबिलाई

Uncategorized
पूर्णपुष्टि, पुष २४ । उदयपुरको गाईघाटमा आयोजित प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ शिल्डको उपाधी त्रियुगा नमुना माविले जितेको छ । गत सोमबार देखि संञ्चालनमा रहेको प्रतियोगितामा समावेश सबै बिधामा सहभागिता जनाउदै उत्कष्ट अंक सहित नमुना माविले उपाधि हात परहेको हो । करिव ६ दिन सम्म संञ्चालनमा आएको उक्त प्रतियोगितामा त्रियुगा नमुना माविले २ सय ४२ अंक सहित उपाधी जित्दा प्रतियोगिताको आधा दर्जन विधाहरुमा जित निकालेको थियो । माविले आफ्नै घरेलु खेलमैदान उक्त प्रतियोगिता भएको कारण जित हात पार्न सहज भएको खेलाडीहरुले बताए । मेयर रनिङ शिल्ड प्रतियोगितामा १० बिभिन्न बिधाका खेलहरु समाबेश गरिएको थियो । शनिवार बृहत सांस्कृतिक कार्यक्रम साथै बिभिन्न बिधा अन्तरगतका खेलाडिहरुलाई सम्मान सहित प्रतियोगिताको समापन गरिएको हो । प्रतियोगिताको समापन कार्यक्रममा त्रियुगा नगर प्रमुख बसन्त बस्नेत, नगर ...

आजको मौसम : तराई क्षेत्रको मौसममा अझै सुधार आएन

Uncategorized
पूर्णपुष्टि,पुष २४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रहरुमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ । करिव डेढ हप्तादेखि तराई क्षेत्रमा चलिरहेको शीतलहरु अझै कायमै रहेको देखिन्छ । अहिले तराईका बिभिन्न भुभागहरुमा धेरै जसो क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतहर छ । यता पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार गएपनि मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ । आज दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिक बदली हुनसक्ने ठानिएको छ ।...

आज नेपाल ज्योतिष परिषद स्थापना दिवस

Uncategorized
पूर्णपुष्टि,पुष २४ । प्रत्यक वर्षको जनवरी ६ पौष २४ लाई नेपाल ज्योतिष परिषद् स्थापना दिवसको रुपमा मनाउने प्रचलन रहेको छ । भन्नलाई पुष फासफुस भनेर पुष महिनालाई छिटो र पारिलो घामको अचेटमा राखिएको भनेता पनि यस महिनामा धेरै मह्त्वपुर्ण दिन अनि एतिहासिक दिनहरु पनि रहेका छन् । यीनै सम्झना अनि दिन बिशेषमा हरेक वर्षको पुष २४ गतेलाई नेपाल जयोतिष स्थापना दिवसको रुपमा मनाउने गरेको पाइन्छ । हुन त ज्योतिष शास्त्रलाई खगोल शास्त्र सँग जोडेर आकाशीय पिण्डहरूको अध्ययनका रूपमा मात्र लिने गरिएको भए पनि ज्योतिष शास्त्रलाई आकाश र जमिन दुवैको मानवीय अवस्थितीसंगको सापेक्षिक अध्ययनका रूपमा लिइन्छ । नेपाल ज्योतिष परिषद् ज्योतिष विज्ञानको प्रवर्द्धनमा समर्पित एक नाफारहित सामाजिक संस्था हो । नेपाल ज्योतिष परिषद् (नेपाल ज्योतिष परिषद्) नामक गैर नाफामूलक संस्थाका रूपमा विसं २०५५ साल पौष २४ अर्थात् जनवरी २४ सन् १९९९...

साकेला टोल विकास संस्थाको १३ औं साधारणसभा

Uncategorized
पूर्णपुष्टि, पुुस २३ ।  उदयपुरको त्रियुुगा नगरपालिका ११ स्थित साकेला टोल विकास संस्थाको १३ औं साधारणसभा आज सम्पन्न भयो । शिक्षित, सभ्य र समुन्नत समाजको निर्माण, टोल विकास संस्थाहरुको अभियान भन्ने नाराका साथ भएको कार्यक्रममा टोलबासीहरुको उत्साहजनक सहभागिता थियो । साधारणसभाले संस्थाभित्रको वार्षिक गतिविधिसहितको प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्यो । सदस्यहरुबीच पारदर्शी र जवाफदेहि ढङ्गले प्रस्तुुत भएको संस्थाले सरसफाई, उद्यम, सामाजिक गतिविधिहरु गर्दै आएको छ । स्थानीय जनप्रतिनिधि, त्रियुुगा–११ वडा टोल विकास संस्थाका समन्वय समितिका संयोजक तथा बरुवाटोल विकास संस्थाका अध्यक्ष राम बस्नेत, विशालनगर टोल विकास सस्थाकी अध्यक्ष संजिता ढकाल, निलो टोल विकास संस्थाकी अध्यक्ष चण्डीका राई , विसाल नगर टोल विकास संस्थाकी अध्यक्ष संचिता ढकाल, ज्योति नगर टोल विकास संस्थाका अध्यक्ष उत्तिम लाल साह, ग...

आहा रारा पोखरा गोल्डकपको उपाधि सङ्कटा फुटबल क्लबलाई

Uncategorized
पूर्णपुष्टि, पुष २३ । पोखरामा भएको २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सङ्कटा फुटबल क्लबले जित हात परेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा सङ्कटाले भुटनीज युथलाई ३–२ गोल अन्तरले जित निकालेको हो । खेलको सुरुवातमै २–० गोलको अग्रता बनाएको सङ्कटाले पहिलो हाफमै उक्त अग्रता जोगाउन सकेन । खेलको ८औँ मिनेटमा सुरज ज्यु ठकुरीले सङ्कटालाई अग्रता दिलाएका थिए । सुरजले निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पूजन थापा मगरले बचाए पनि रिबाउन्डमा गोल गरेका हुन् । यस्तै खेलको ३५औँ मिनेटमा मेसुके ओलोमोउले संकटाको अग्रता दोब्बर बनाए । मेसुकेले सुनिल बलको कर्नरलाई गोलमा परिणत गरेका हुन् । २–० गोलले पछि परेको खेलमा ३७औँ भुटनिज युथका मिनेटमा रिनी सान्तिलोनले गोल गरेपछि खेल २–१ गोलको स्थितमा आएको थियो । यस्तै इन्जुरी समयमा विल ग्रिफिथले भुटनिज युथलाई २–२ को बराबरीमा ल्...

त्रियुुगा उद्योग वाणिज्य संघ गाईघाटको ७ औं साधारणसभा (तस्विर सहित)

Uncategorized
पूर्णपुष्टि, पुुस २३ उद्योगी, ब्यापारी तथा ब्यवसायीहरुको छाता संगठन त्रियुुगा उद्योग वाणिज्य संघ गाईघाटको सातौं बार्षिक साधारण सभा गाईघाटमा भएको छ । रामजानकी पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई प्रदेश सांसद सम्झना तामाङ र नेपाल उद्योग वाणिाज्य संघका केन्द्रिय पूुर्व अध्यक्ष चण्डीराज ढकालले उद्घाटन गर्नुभयो । पूर्वसांसद, राजनीतिक दलका नेता, नागरिक समाज, बुद्धिविजी, पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका संस्थापक एवम् पूुर्व अध्यक्षहरुलाई अभिनन्दन गरिएको थियो । संस्थालाई विशेष योगदान पुुर्याउने ब्यक्तीहरुलाई कदर गरिएको थियो । अतिथिहरुलाई जिल्लाको पर्यटन, ब्यापार, ब्यावसाय झल्किने तस्बिरसहितको मायाको चिनो प्रदान गरिएको थियो । ब्यवसायिक एकता र आर्थिक विकासका जोड दिदै संघले विभिन्न गतिविधि गर्दै आएको छ । सामाजिक विकास र गतिविधिमा समेत विशेष सक्रियता रहेको छ । संघले बन्दशत्रमार्...

बोक्सेमा त्रियुुगा साना शहरी तथा सरसफाई उपभोक्ता समितिको अधिवेशन

Uncategorized
पूर्णपुष्टि, पुुस २३ । शनिवार गाईघाटमा त्रियुुगा साना शहरी तथा सरसफाई उपभोक्ता (संस्था) समिति को तेह्रौ सधारणसभा तथा अधिवेशन भएको छ । खुल्लासत्रको उद्घाटन प्रदेश सांसद सिर्जना दनुवारले गर्नुभयो । खुल्लासत्र पछि आजै बन्दशत्र सञ्चालन गरिएको छ । बन्दशत्रमा आर्थिक तथा संस्थागत प्रतिवेदन प्रस्तुत भएको छ । अधिवेशनले नयाँ पदाधिकारी बनाउनेछ । सर्बसहमतको अवस्था नभएमा आजको बन्दशत्रले निर्बाचन मिति तोकेर जाने जनाइएको छ । जिल्ला सदरमुुकाम क्षेत्रलाई समेटेको एकमात्र खानेपानी आयोजना सञ्चालन गरेको सो समितिमा करिब तीन हजार उपभोक्ताहरु रहेका छन् । बोक्से, रातमाटे, गाईघाट बजार र विभिन्न टोलबस्तीमा विस्तार भएको खानेपानी स्वच्छ, सुलभ र नियमित गराउने मुुद्दासहित नयाँ कार्यसमितिका इच्छुुकहरुले आफुलाई प्रस्तुत गर्न थालेका छन् । खुल्लासत्रलाई सम्बोधन गर्दै प्रमुुख अतिथि तथा अतिथिहरुले उपभोक्तालाई स्वच्छ पान...

जेसिस उदयपुरको अध्यक्षमा बिष्णु कार्की चयन

Uncategorized
पूर्णपुष्टि, पुष २३ । उदयपुर जेसिज २०२३ को लागि बिष्णु कार्की अध्यक्षमा चयन भएको छ । शनिवार भएको १२ औँ साधारणसभा तथा शाखा अधिवेशनबाट कार्कीको नेतृत्वमा समिति गठन भएको छ । कार्कीको नेतृत्वमा अहिले एक जना कानुनी सल्लाहकार सहित १० पदाधिकारीहरु चयन भएको छ । उक्त पदाधीकारीहरुले सदस्य मनोनयन गर्ने छ । समितिको कार्यकारीणी उपाध्यक्षमा धन बहादुर कटुवाल, चेतन पोखरेल, कानूनी सल्लाहकार तारा ब. खड्का, महासचिव सुरज साह, कोषाध्यक्ष ब्रह्मदेब महतो, उपाध्यक्ष अनिता थापा, उपाध्यक्ष, सोनिका राई, उपाध्यक्ष अनवर अली, उपाध्यक्ष लिल बहादुर बस्नेत, जनसम्पर्क अधिकारी ईश्वर मान राई र सह सचिव पवन राउत चयन भएको छ ।...

गाईघाटमा त्रियुगा उद्योग बाणिज्य संघ मात्रै बैधानिक हो : बाणिज्य माहासंघ पूर्व अध्यक्ष ढकाल

Uncategorized
पूर्णपुष्टि, पुष २३ नेपाल उद्योग बाणिज्य माहासंघका पूर्व अध्यक्ष चन्द्रराज ढकालले गाईघाटका व्यवसायीहरुलाई त्रियुगा उद्योग बाणिज्य संघ बाहेक अरु कुनै संघको विश्वास नगर्न अनुरोध गरेको छ । उनले गाईघाटमा रहेको व्यापारीहरुको क्षेत्रमा काम गर्ने एक मात्रै त्रियुगा उद्योग बाणिज्य संघ रहेको यदि कुनै संघ रहेको दावी गरे त्यस संघको भ्रममा नपर्न अनुरोध गरे । शनिवार त्रियुगा उद्योग बाणिज्य संघको ७ औँ साधारण सभामा बोल्दै ढकालले गाईघाटमा अन्य अन्य बाणिज्य संघ खोल्दै हिड्ने ब्यक्ति र संस्था कुनै बैधानिक नरहेको र व्यपारीहरुको हितमा त्यस संघले कुनै पनि काम गर्न नसक्ने जनाए । त्रियुगा उद्योग बाणिज्य संघलाई केहि व्यक्तिहरुले खराव बनाएको समेत ढकालले आरोप लगाए । पूर्व अध्यक्ष गजेन्द्र भगत जो आफैपनि केन्द्रको सदस्य भएर पनि जिल्लामा पनि नेतृत्व गर्न खोज्नु कति पनि नैतिकता नभएको उनले बताए । ढकालले भगतलाई पनि ब...