Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

बढ्यो यात्रुको चाँप-सकेसम्म सुविधा दिने हिमाली संघको प्रयास/सडकको नाजुक अवस्था, राज्यको वेवास्ता

Uncategorized
विक्रम राई उदयपुर-दशैंमा गाउँघर फर्किने यात्रुहरुको चाप उदयपुरमा बढेको छ । दशैं आउन पाँच दिनमात्र बाँकी रहदा उदयपुरको सदरमुकाम गाईघाटमा यात्रुहरुको चाप अत्याधिक बढेको हो । विभिन्न ठाउँबाट गाउँघरतर्फ हिडेका यात्रुहरु गाईघाट हुदै जाने हुँदा अत्याधिक चाँप बढेको हो । देशको विभिन्न ठाउँमा रोजागारी, व्यापार व्यवसायी गर्ने देखि विदेशसम्मका यात्रुहरु गाईघाट हुदै पहाडी क्षेत्रमा जाने गर्दछन् । उदयपुरकै पहाडीभेग र खोटाङ क्षेत्रका यात्रुहरु जानेगर्दछन् । यात्रुको चाँपलाई धान्न हिमाली यातायात व्यवसायी संघलाई धौधौ परेको जनाएको छ । संघले त्यसक्षेत्रका लागि २५ वटा बसहरु सञ्चालनमा ल्याएको छ । विहानदेखि दिउसोसम्म सञ्चालन गरिने ती बसहरुमा यात्रु खचाखच भरिने गरेका छन् । भनेजस्तो सिट नपाउने र समयमा बस नपाउने समस्या यात्रुहरुको रहेको छ । यात्रुहरु बसको प्रतिक्षामा गाईघाटको पिपलचौकमा जम्मा हुने गरे...

प्रदेश नं १ सरकारमा माओवादीको असहमति, निर्णय नसच्याए सहभागी नहुने

Uncategorized
पूर्णपुष्टि, पुष २६ प्रदेश नं १ मा माओवादी केन्द्रले सरकारमा समामेल नहुने निर्णय गरेको छ । सत्ता साझेदार दलबीच केन्द्रमा भएको सहमतिले आफ्नो अपमान भएको ठहर गर्दै नेकपा माओवादी प्रदेश १ संसदीय दलले प्रदेश सरकारमा सामेल नहुने घोषणा गरेको छ। प्रदेश १ मा एमालेका तर्फबाट आइतबार हिक्मतबहादुर कार्की मुख्यमन्त्री नियुक्ति भएका छन्। उनले सोमबार शपथ लिने र सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्। तर, आइतबार साँझ काठमाडौंमा भएको शीर्ष तहको बैठकले प्रदेश १ लाई आलोपालोमा नराखेपछि प्रदेशमा असन्तोष देखिएको हो। ‘आलोपालोको पूर्व सहमति विपरित भएका सम्झौता नसच्चिएसम्म हामी सरकारमा सामेल हुँदैनौं’, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘यसले हाम्रो प्रदेश पार्टी र संसदीय दलको अपमान भएको हाम्रो ठहर छ।’ केन्द्रीय तहको गठबन्धनले प्रदेश १ सरकारको नेतृत्व चार वर्षसम्म एमालेलाई नै दिने स...

नेपाली टिम बन्यो पब्जी विश्वकपमा उपविजेता

Uncategorized
पूर्णपुष्टि, पुष २५ । नेपाली टिम पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो । फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औँ स्थानमा आएको छ । उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको...

बिसनपुरमा चौथौ वडा अध्यक्ष कप सुरु, गााईघाट क्लवको बिजयी सुरुवात

Uncategorized
पूर्णपुष्टि, पुष २५ । गाईघाटको त्रियुगा नगरपालिका वडा नं।१२ बिसनपुरमा चौथो वडाअध्यक्ष कप सुरु भएको छ । बिसनपुरको हरित पार्क खेल मैदानमा कापको प्रतियोगिता भैरहेको छ। आईतवार त्रियुगा नगरपालिका नगर प्रमुख बसन्त कुमार बस्नेतले कपको उद्घाटन गरेका थिए । प्रतियोगितामा बिभिन्न वडा गरी ८ टिमको सहभागी रहेको छ । करिव एक हप्ता सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा फुटबल क्लब बगाहा र गाईघाट फुटबल क्लबका बिच प्रतिस्पर्धा भएको थियो । उत्घाटन खेलमा बगाहा फुटवल क्लव दिरुद्ध ०–४ गोलको अन्तरले गाईघाट फुटबल क्लवले बिजयी सुरुवात गरेको छ । गाईघाटको तर्फबाट प्रीतम चौधरीले ३ गोल गर्न सफल भएको थियो भने सोहि टिमका अर्का खेलाडि अनुराग चौधरीले १ गोल गरि टिमलाई विजयी गराएका थिए । यता बगाहा फुटवल क्लबले भने प्रतियोगिताको र्निधारीत समय सम्म पनि कुनै गोल फर्काउन सकेन । प्रतियोगितामा प्रथम हुने टिमलाई ...

उदयपुरमा पनि अबैध क्रसर उद्योग बन्द गर्न प्रशासनको निर्देशन

Uncategorized
पूर्णपुष्टि, पुष २५ जिल्ला प्रशासान कार्यालय उदयपुरले जिल्लामा रहेको अबैध क्रसर उद्योगहरु तत्काल बन्द गर्न निर्देशन दिईएको छ । कार्यालयको पत्र अनुसार सोमवार देखी लागु हुने गरी उक्त क्रसरहरु बन्द गर्न भनिएको छ । पत्रमा नियम कानुन विपरिद त्यस्ता क्रसरहरु फेला परे कानुनवमोजीम कार्वाहीको चेतावनी दिएको छ । यदि आवश्यक विकास योजनाको लागि संञ्चालन भएको उद्योग क्रसरहरु भएमा बैधानीकता खुल्ने प्रष्ट कागजातहरु उपलब्ध गराई संञ्चालन गर्न प्रशासनको निर्देशन छ । त्यस्का लागि यहि पुष २७ भित्र कागजात प्रशासनमा पेस गर्न आह्वान समेत गरिएको छ । प्रचलित कानून बमोजिम दर्ता तथा नविकरण नगरी संचालन अनुमती नलिई संचालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा क्रसिङ, उत्खनन, प्रशोधन कार्यमा संलग्न उद्योगहरुलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलद्वारा हस्तारित पत्रमा उल्लेख छ । ...

५ रुपैयाबाँट बचत सुरु, ६५ लाख कारोवार

Uncategorized
पूर्णपुष्टि, पुुस २३ प्रतिभा महिला वचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा आज सम्पन्न भयो । त्रियुुगा नगरपालिका २ स्थित सो संस्थाले महिला समुुह गठन गरी मासिक पाँच रुपैया बचत गर्दै जाँदा अहिले करिब ६५ लाखको कारोवार गर्ने भएको अध्यक्ष हिमा खतिवडा पराजुुलीले बताउनुुभयो । साधारणसभामा ६४ लाख ९५ हजार ४०३ रुपैया बराबरको आयब्याय विवरण सार्बजनिक गरिएको छ । कार्यक्रममा त्रियुुगा ननगरपालिकाका सामाजिक विकास शाखा प्रमुख शर्मिला पोखरेल, देवकोटाले समुुहको बचत गर्ने बानीले प्रगति भएको बताउनुुभयो । सो संस्थाले अवका दिनमा समुुह भवन निर्माणका लागि प्रण लिएको छ । त्यसका लागि सम्बन्धीत निकायहरुमा पहल गर्ने जनाएको छ । वडाध्यक्ष घमानसिंह खत्रीले संस्थालाई बधाई तथा शुुभकामना दिनुुभयो ।...

संसदको पहिलो बैठक आज बस्दै

Uncategorized
पूर्णपुष्टि, पुष २५ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक आज एकसाथ बस्दैछ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ । सङ्घीय संसदमा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । आजको पहिलो बैठकमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यसूची तय गरिएको छ । बैठकको सुरुमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले सदस्यहरुलाई स्वागत गर्नुहुनेछ । सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको जानकारी गराएको छ । तर ठाउँ अभावका कारण सबै दलका संसदीय दलका नेतालाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताउनुभयो । प्रतिनिधि सभामा नेपाली कांग्रेस ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द...

त्रियुगा नमुना मावीद्धारा बदाई तथा सम्मान कार्यक्रम

Uncategorized
पूर्णपुष्टि, पुष २४ । प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ शिल्डको बिजेता त्रियुगा माविका विद्याथीलाई विद्यालयले बधाई तथा सम्मान गरेको छ । आईतवार त्रियुगा नगरपालिका ११, ढिम्की पिक्निक स्पोर्ट स्थित बिभिन्न बिधामा बिजयी हुने बिद्यार्थी खेलाडीहरुलाई विद्यालयले बधाई तथा सम्मान गरेको हो । खेल क्षेत्रमा विद्यार्थीहरुले देखाएको परिणामलाई उच्च कदर गर्दै उनीहरुको मनोवल कायमै राख्नको निमित्त सो कार्यक्रमको आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य जीवन पाण्डेले बताए । उक्त माविले शनिवार सम्पन्न प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ शिल्डको प्रथम उपाधी उचालेको थियो । सोहि विद्यालयका खेलाडिहरुले प्रतियोगितामा बिभिन्न बिधा अन्तरगत १० खेलहरुमा समाबेश भएका थियो । आयोजित बधाई तथा सम्मान कार्यक्रमा बिजेता टिमहरुलाई बिद्यालय तथा व्यवस्थापन समितिका अध्यक्ष बिनेद कुमार पाण्डे, त...

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त

Uncategorized
पूर्णपुष्टि, पुष २४ । नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को ख्यमन्त्रीमा नियुक्त भएको छ । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् । कार्कीले ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गरेका थिए ।...

बेलकाको रामपुरमा तीन दिने निःशूल्क आँखा शिविर सम्पन्न, दुई हजार बढीले लिए प्रत्यक्ष लाभ

Uncategorized
पूर्णपुष्टि, पुष २४ । बेलका नगरपालिकाको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा बेलकाको रामपुरमा तीन दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बुधवार देखि बेलका नगरपालिका नगर अस्पताल रामपुरमा निशुल्क अप्रेशन सहितको आँखा शिविर कार्यक्रम सञ्चालनमा आएको हो । निःशुल्का सेवा अन्तरगत ओ।पि।डि। सेवा तर्फ १ सय ३ जना, मेडिसिन बितरण तर्फ ७ सय २०, अप्रेसन २ सय ४६ र निशुल्क चस्मा वितरण २ सय ७० जनाले प्रत्यक्ष निःशुल्क सेवा प्राप्त गरेका थिए । गाउँघारमै यस्ता निःशुल्क शिविर आउँदा स्थानीयहरु हर्सित देखिएका छन् । शिविरमा रामपुर क्षेत्रका २ हजार २ सय ३९ जनाले प्रत्यक्ष सेवा प्राप्ता गरेका छन् । बेलका नगर प्रमुख असोक कार्कीले त्यहाँका जनताहरुलाई दुष्टीबिहिन मुक्त बनाउन स्थानीय सरकारले ध्यान पुराएको जनाए । बिषेशगरी बुद्धबृद्धाहरुलाई आखाँको मोदी विन्दूहरु कम्जोरी हुने भन्दै त्यस तर्फ निशुल्क आँखा...