Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

त्रियुगा नगर स्तरीय क्रिकेटको उपाधी त्रियुगा माविले जित्यो

Uncategorized
पूर्णपुष्टि, पुष १८ जिल्ला क्रिकेट संघ उदयपुरको आयोजनामा संञ्चालित त्रियुगा नगर स्तरिय इन्टर स्कुल क्रिकेट प्रतियोगिताको उपाधी त्रियुगा माविले जितेको छ । त्रियुगा नगरपालिका स्थित बरुवा बसपार्कमा आयोजित प्रतियोगिताको फाईनलमा उदयसी बोर्डीङ स्कुललाई हराउँदै त्रियुगा नमुना मावि गाईघाटले उपाधी हात पारेको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार नगद सहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो । दोस्रो हुने टिमलाई नगद ५ हजार सहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगिताको फाइनल गेमको मेन अफ द म्याच त्रियुगा नमुना माविका नवराज सिग्देल भए । प्रतियोगिता भर बेस्ट ब्याटस्मेन नमुना इङ्ग्लिस बोर्डिंङ गाईघाटका एलिश खड्का घोषित भए । प्रतियोगितामा नगरपालिकाका ६ बिद्यालयले प्रस्तिस्पर्धा गरेका थिए । जनमा त्रियुगा नमुना मावि, उदयसी बोर्डीङ स्कुल जलजले, क्यानभास एकेडेमी गाईघाट, प्याराडाइज इङ...

त्रियुगाको सामुदायीक विद्यालयहरुलाई २४ गते सम्म सार्वजानिक विदा

Uncategorized
पूर्णपुष्टि, पुष १८ त्रियुगा नगरपालिकाका सामुदायीक विद्यालयलहरुलाई २४ गते सम्म सार्वजानिक विद्या दिईएको छ । यहि पौष १८ गते बाट त्रियुगा अन्तर मावि मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ संञ्चालन गर्न लागिएको र अत्यादिक चिसो पनि बढेको भन्दै नगरले सार्वजानिक विद्याको घोषणा गरेको हो । उक्त प्रतियोगितामा नगरभरीका विद्यालयहरुले सहभागिता जनाउनु पर्ने हुँदा सहभागी खेलाडीहरुको समेत पठनपाठनलाई मध्य नजर गरी सवै विद्यालयहरुलाई सार्वजानिक विदा दिईएको जनाईएको छ । नगरपालिकाले १७ गते बसेको बठकबाट सार्वजानिक विदाको निर्णय गरेको शाखा अधिकृत शिव कुमार राउत हस्ताक्षर पत्रमा उल्लेख गरिएको छ । त्रियुगा अन्तर मावि मेयर रनिङ शिल्ड खेल प्रतियोगिता आज (१८) गते सोमवार बाट २२ गते सम्म संञ्चालन हुने पत्रमा उल्लेख गरिएको छ ।...

जनवरी १ देखि कुन कुन मोवाईलमा चल्दैन ह्वाट्सएप सुचि सहित ?

Uncategorized
पूर्णपुष्टि, पुष १७ गते । जनवरी १ देखी केहि फोनहरुबाट भने ह्वा्टसएप हट्ने भएको छ । नयाँवर्षसँगै केही आइफोन तथा एन्ड्रोइड फोनका प्रयोगकर्ताले ह्वाट्सएप चलाउन नपाउने भएका हुन् । ह्वाट्सएपका अनुसार पुराना मोडलका कतिपय स्मार्टफोनमा अब भने ह्वाट्सएप नचल्ने जानकारी गराएका छन् । , ‘डिभाइस र सफ्टवेयर परिवर्तन प्रायः हुने गर्दछ । त्यसैले हामीले कुन अपरेटिङ सिस्टमलाई सपोर्ट गर्ने विषयमा समीक्षा गरी नियमित रुपमा अपडेट गर्ने गर्छौं ।’ नवरी १ देखि ह्पाट्सएप नचल्ने आइफोनहरुमा आइफोन ५ र आइफोन ५ सी रहेका छन् । प्रयोगकर्ताले यी आइफोनमा यसअघिका अरु सबै सेवा प्रयोग गर्न सक्ने भए पनि ह्वाट्सएप भने प्रयोग गर्न पाउनेछैनन् । ह्वाट्सएप नचल्ने फोनको सूची यस्तो छ निम्न प्रकारका छन् । Archos 53 Platinum Grand S Flex ZTE Grand X Quad V987 ZTE HTC Desire 500 Huawei Ascend D Huawei Ascend D1 ...

प्रदेश नं १ मा अर्को हप्ता भित्र मुख्यमन्त्री दावीका लागि आह्वन

Uncategorized
पूर्णपुष्टि, पुष १७ सरकार गठनका लागि प्रदेश नं १ मा मुख्यमन्त्री दावी गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । कार्यालयले पुष २४ गते अर्को आईतबार बलुकाको ५ बजे सम्म दुई वा दुई भन्दा बढी बहुमतको दलबाट प्रदेश सभा सदस्यले मुख्यमन्त्री पेश गर्नु पर्ने विज्ञाप्ती जारी गरेको छ । कार्यालयल कुनै पनि दलहरुको स्पष्ट बहुमत नाआएको उल्लखे गर्दै दुई वा दुई भन्दा बढी दलहरुको साँझेदारीमा सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न हाह्वान गरेको हो । प्रदेश प्रमुख कार्यालयका प्रवक्त नरेन्द्र कुमार श्रेष्ठ हस्ताक्षर पत्रमा भनिएको छ, नेपालबाट प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४२ बमोजिम मिति २०७९÷९÷२ मा प्रदेश १ को प्रदेश सभा निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश हुन आएकाले मुख्यमन्त्री पेश गर्नका लागि नेपालको संविधान धारा १८६ को उपधारा १ बमोजिम कुनै पनि दलले बहुमत ल्याउन नसकेको हुँदा दुई व...

अलपत्र परेका तिन बालकलाई अस्थाई संरक्षण केन्द्र सुनसरीमा पठाईयो

Uncategorized
पूर्णपुष्टि, पुष १७ गते । झापाको बुद्ध शान्ति गाउँपालिका–३ बुधबारे बजारमा आईतबार बिहान अलपत्र अवस्थामा फेला परेका तिन बालकको उद्दार गरी अस्थायी संरक्षण केन्द्र सुनसरी पठाईएको छ । अलपत्र पर्ने बालक १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमन्च लिम्बुलाई इलाका प्रहरी कार्यालय बुधबारे र स्थानीय जनप्रतिनिधिको समन्वयमा इटहरीमा रहेको स्थायी संरक्षण केन्द्रमा पठाइएको प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।...

दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष १७ गते । मोरङको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका–१२ मा शनिवार अपरान्ह ४ बजे प्रहरीले लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उप–महानगरपालिका–१६ का मनिष राई रहेका छन् । उनको साथबाट प्रहरीले AVIL- 26, DIAZEPAM- 20, DIAZELAB- 5 र स्टिकर नभएको –२५ एम्फुल बरामद गरेको हो । त्यसैगरी बिराटनगर महानगरपालिका–१६ हुलास चौक स्थितमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको को २ ह ५१९३ नम्बरको अटोमा लागुऔषध नाईट्राभेट– ५० ट्याप्लेट सहित प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक बिराटनगर– १२ का ३३ बर्षीय महेन्द्र कामत, अटोमा सवार ईटहरी–३ का २५ बर्षीय अभिषेक परीयार र सुन्दरहरैचा–१० का २३ बर्षीय दिपेश थापा रहेका छन् । पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अ...

पोखरीमा डुबेर बालिकाको मृत्यु

Uncategorized
पूर्णपुष्टि, पुष १७ गते । इलामको इलाम नगरपालिका–१ साखेँजुङ स्थित पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिमाल दाहालको छोरी २६ महिनाकी हिमान्सी दाहाल रहेकी छिन् । आज बिहान ८ बजे घरमा खेल्ने क्रममा आफ्नै बारीमा भएको पोखरीमा डुबेर घाईते भएकी बालिकाको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।...

पानिमा डुबेर युवकको मृत्यु

Uncategorized
पूर्णपुष्टि, पुष १७ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ आठअर्डी स्थित पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ बर्षीय नर बहादुर मगर रहेका छन् । शनिवार दिउँसो वनबाट दाउरा बोकेर घर आउदा भङ्गालो तर्ने क्रममा अचानक पानीमा डुबेर घाईते भएका मगरको चतरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

Uncategorized
पूर्णपुष्टि, पुष १७ सुनसरीको कोशी गाउँपालिका–८ पुर्ब पश्चित राजमार्ग स्थितमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५९ बर्षीय सिता देबि मुखिया रहेकी छिन् । शनिवार अपरान्न ४ बजे पश्चिमबाट पुर्ब तर्फ जादै गरेको BR32AH6244 नम्बरको भारतिया मोटरसाईकलले ठक्कर दिदा घाईते भएकी मुखियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्करदिने मोटरसाईकल चालक भारत मधुवनि गाउँपालिका– २६ का २२ बर्षीय अनिल कुमारलाई प्रहरीले पक्राउ गरी घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।...

५ बर्षमा राम्रो काम गरेर संघियताको विरोधीलाई प्रदेशको महत्व बुझाउँछौ

Uncategorized
पूर्णपुष्टि, पुष १७ गते । पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघियता विरोधीरलाई जवाफ दिनुपर्नेमा नयाँ निर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन । शनिवार नव निर्वाचित सांसद हरुलाई पुस १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको समापन कार्यक्रममा बोल्दै सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघियता विरोधी हरुलाई जवाफ दिनु पर्ने बताए । प्रदेशको नामाकरण सँगै पाँच बर्षसम्म पार्टी अनि सत्ता र प्रतिपक्षको विभेदकारी व्यवहार बाट मुक्त्त भएर सबै दलहरुले सहकार्य गरे मात्र प्रदेश संरचना विकासको अधिकारका लागि आवश्यक छ भन्ने औचित्य पृष्टि हुने दोस्रो कार्यकालका लागि निर्वाचित सांसदहरुको भनाई छ । समापन कार्यक्रमा बोल्दै सबै भन्दा ठूलो दल नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारीले प्रदेश भड्किलो र खर्चिलो भयो यसको काम छैन खारेज...