Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा एमाले नेता भरत थापाको घरमा आगलागी हुँदा ८२ लाख बराबरको क्षती

Uncategorized
पूर्णपुष्टि, पुष १८ उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचुीमा आज भएको आगलागीमा ८२ लाख बरावरको क्षती पुगेको छ । एमाले नेता भरत थापाको घर र थापाकै थापाकै भाई चेत वहादुर थापाको गुवालीमा दिउँसो करिब १ बजेको समयमा आगलागी हुँदा लाखौँको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।आगलागीमा नेता थापाको काठको घरमा क्षती पुगेको छ भने त्यहाँ रहेको लत्ता कपडा, जडिवुटी तेल, धान, र अफिसियल कागजातहरु जलेर नष्ट भएको छ । भाई चेत वहादुर थापाको भने गुवालीको परालमा मात्र क्षती भएको छ । भाईको गुवालीबाट एक्कासी सुरु भएको आगोले नेता थापाको घरमा समेत क्षती पुगेको हो । प्रहरीले थप विवरण र आगलागी बारे अनुसन्धान भैरहेको जनाए । भरत थापा एमाले उदयपुरका कमिटी उपसचिव समेत हुन् । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको जनाए ।  ...

गाईघाटमा प्रथम त्रियुगा मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

Uncategorized
पूर्णपुष्टि, पुष १८ गाईघाटमा प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ् शिल्ड प्रतियोगिता सोमवार बाट सुरु भएको छ । प्रतियोगिता त्रियुगा मावि गाईघाटको प्राङ्गनमा सुरु भएको छ । १८ गते देखी २२ गते सम्म संञ्चालन हुने खेलमा त्रियुगा नगरपालिका भरी रहेका मावि स्तरीय विद्यार्थीहरुले भाग लिएको छ । बिभिन्न १० विद्यामा खेलाईने खेलमा नगरभरिका करिब ३ दर्जन भन्दा बढी विद्यालयहरुले सहभागी जनाएको आयोजक त्रियुगा नगरपालिकाले जनाएको छ । उक्त प्रतियोगितमा बिभिन्न विद्यालयहरुबाट करिब १ हजार भन्दा बढी विद्यार्थीहरु समेत सहभागी भएको नगरपालिकाले जनाए । सोमवार नगर प्रमुख वसन्त कुमार वस्नेत र उपप्रमुख महेश्वरी राई सहितले त्रियुगा माविमा कार्यक्रमको भव्य उद्घाटन गरे सँगै खेल प्रारम्भ भएको छ । प्रतियोगितामा, फुटवल, भलिवल, रनिङ, क्रिकेट, कराते लगायत बिभिन्न खेलहरु सहभागी गरिएको छ ।...

१५ बोरा गाँजा सहित दुई जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष १८ मोरङको रंगेली नगरपालिका–१ बविया स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० बर्षीय मनोज राजवंशी र धनकुटा सहिदभुमी गाउपालिका ‍–२ का २९ बर्षीय बेचन भन्ने हस्त राई रहेका छन् ।हिजो अपरान्न साढे ४ बजे मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटाईएको थियो । खानतलासी गर्ने क्रममा १५ बोरा (३५० के.जी.) गाँजा फेला पारी राजवंशी र अवैध गाँजा ओसार पोसारमा संलग्न राई सहित प्रदेश नम्बर १–०२–०५० प २७९२ नम्बरको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।...

ट्याक्टरको चक्काले घिसार्दा साईकल यात्रीको मृत्यु

Uncategorized
पूर्णपुष्टि, पुष १८ सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवन स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–१० का २१ बर्षीय सोल्जा ठाकुर रहेका छन् ।हिजो साँझ ७ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको साईकल यात्री ठाकुर र विपरित दिशाबाट आएको साइकल यात्री भारत ग्रामपञ्चायत–९ का २३ बर्षीय अजिम साफी एक अर्कामा ठक्कर खाई लड्दा विपरीत दिशाबाट आउँदै गरेको को १ त ४३७८ नम्बरको ट्याक्टरको ट्रलिको चक्काले घिसार्दा ठाकुर घाईते भएका थिए । उनको उपचारको क्रममा विराट नर्सिङ अस्पाताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । घटनामा संलग्न ट्याक्टर चालक ४५ बर्षीय भमेश्वर मेहता र ठक्कर दिने साईकलयात्री साफीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...

प्रधानमन्त्री प्रचण्डले पुष २६ मा विश्वासको मत लिँदै

Uncategorized
पूर्णपुष्टि, पुष १८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहि आउँदो २६ गते विश्वासको मत लिने भएको छ । सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री भएको १ महिना पछि सांसद बाट विश्वासको मत लिनु पर्ने छ । प्रचण्डले पुष १० गते राष्ट्रपति समक्ष बहुमत सहित प्रधानमन्त्रीको दावी गरेका थिए । उनले नेकपा एमाले सहित, रास्वपा, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी लगायतको उपस्थितिमा प्रधानमन्त्रीको दावी गरेको थिए । सोही पार्टीको बहुमतमा प्रचण्ड अहिले प्रधानमन्त्री बनेका छन् ।    ...

मोटसाईकल तथा स्कुटर चोरीमा संग्लग्न ४ जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष १८ गते । मोटरसाईकल तथा स्कुटर चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले ४ जनालाई पक्राउ गरेको छ । मोटरसाईकल चोरी आरोपमा धनपालथान गाउँपालिका–७ का २१ बर्षीय रविन राजबंशी, बुढिगंगा गाउँपालिका –७ का २५ बर्षीय पन्चदेव खवास र विराटनगर महानगरपालिका–१९ का २१ बर्षीय विकेश खवास पक्राउ परेका छन् ।पौष १४ गते राती बिराटनगर महानगरपालिका–९ ठाकुरवाडी रोडबाट प्रदेश नं.–०१–०२–०४२ प ३७७७ नम्बरको ल्क् मोटरसाईकल चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनिहरुलाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको हो । यसैगरी सोही दिन बिराटनगर–८ मधुमाराबाट प्रदेश नं.–०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर चोरी भएको थियो । खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका स्थानीय २० बर्षीय सतिस मुखियालाई स्कुटरको पार्ट पुर्जा खोल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्...

हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रिमान घाईते

Uncategorized
पूर्णपुष्टि, पुष १८ गते । झापाको शिवसताक्षि नगरपालिका–११ दुधे स्थित जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो दिउँसो साढे २ बजे वनबाट ४ वटा जंगली हात्ती आई बल्कबाट बनेको एक तले घर भत्काउँदा घर भित्र भएका ७१ बर्षीय श्रीमान शान्तिराम भण्डारी र ६१ बर्षीय श्रीमती कृष्ण माया भण्डारी घाईते भएका थिए । घाईते भएका दुबै जनालाई उपचारको लागि दमक अस्पताल लागिएको अवस्थामा श्रीमती भण्डारीको मृत्यु भएको र श्रीमानको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । हात्तीलाई प्रहरी र स्थानियाहरुको सहयोगमा धपाईएको छ ।...

एनआईसी बैँकको एटिएम फोड्दै गरेको अवस्थामा युवा पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष १८ एटिएम फोड्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । अएनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका(७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका(७ २८ वर्षीय प्रकाश मगरलाई पक्राउ गरेका हुन् । आइतबार राति चन्द्रागिरी नगरपालिका(११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा(फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

करणी आरोपमा फरार वडाअध्यक्ष प्रहरी समक्ष आत्मसमर्पण

Uncategorized
पूर्णपुष्टि, पुष १८ किशोरी करणी गरेको आरोप लागेका वडा अध्यक्षले प्रहरी सामु आत्मसमर्पण गरेको छ । आरोपित निजगढका वडाअध्यक्ष फरार रहेका थिए । निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठले आईतबार प्रहरीमा आत्मसमर्पण गरेका हुन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिई वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनीविरुद्ध १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । फरार वडाअध्यक्ष स्वयं आफै प्रहरी सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले जानकारी दिए । किशोरीका अभिभावकले २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यस यता देखीनै अध्यक्ष श्रेष्ठ फरार रहेका थिए ।...

पेट्रोलिय पदार्थको मुल्य नबढाउने निगमको निर्णय

Uncategorized
पूर्णपुष्टि, पुष १८ नेपाल आयल निगमले इन्धनको मुल्य यथावत राख्ने निर्णय लिएको छ । पछिल्लो समय भारतबाट इन्धन बढेर आएने भएता पनि मुल्य नबढाईने प्रेश विज्ञाप्तीमा उल्लेख गरेको छ । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । ुहाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छु, निगमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।...