Sunday, August 9News That Matters

Month: ४ वर्ष अगाडि

आज प्रदोष व्रत, प्रदोषमा के नगर्ने ?

Uncategorized
पूर्णपुष्टि, पुष २० । नेपाल पात्रोका अनुसार आज प्रदोष व्रत परेको छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ । यो तिथि महिनामा दुई पटक आउने गर्छ । प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। प्रदोष व्रत कहिले गर्ने ? प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ। प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने । पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत...

उपचारमा लगिएका बिरामीले अस्पतलाको तेस्रो तल्ला बाट हाम फालेपछि

Uncategorized
पूर्णपुष्टि, पुष १८ काठमाण्डौँमा एक विरामीले अस्पतालको तेस्रो तल्लाबाट हाम फाल्दा घाईते भएको छ । ति युवाले कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफालेका हुन् । सोमबार राति साढे १० बजे एक युवक हाम्फालेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया घाइते भएका हुन् । रोकायाको मुटुको धड्कन एक्कासीबढेपछि उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो । त्यही क्रममा उनी अस्पतालको तेस्रो तलाबाट हामफालेका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । उनी अस्पतालबाट किन हामफालेका हुन् भन्ने कारण खुलेको छैन।...

प्रदेश १ सरकारको पहिलो कार्यकाल : पूर्वाधारमा के–के भए काम ?

Uncategorized
पूर्णपुष्टि, पुष १९ गते । पूर्वी नेपालको १४ वटा जिल्ला समेटेर बनेको १ नम्बर प्रदेशको पाँच वर्षे कार्यकालमा सरकारले के के काम गर्यो भन्ने चासो सबैलाई छ । कतिपयले प्रदेश संरचनाको कामै छैन पनि भन्न थालेका छन् । केन्द्रीकृत शासन व्यवस्था हुँदा केन्द्रीकृत नीति र केन्द्रीकृत विकास निर्माण गर्ने भएको कारण शासनमा पनि विकेन्द्रीत नीति र साधन, स्रोत तथा विकासमा पनि विकेन्द्रीत गर्ने उद्देश्यका साथ संघीय सरकारहरुको स्थापना गरिएको हो ।प्रदेश सरकारहरुले जनतामा जागेको विकास र समृद्धिको उत्कट चाहनालाई पूरा गर्नुपर्ने चुनौती स्वीकार गरेका थिए । तर, सोही अनुसार विकास निर्माणको काम हुन भने सकेन । यद्यपि प्रदेश १ लाई संस्थागत गर्ने काम मध्ये धेरै चाहीं पूर्वाधारका काम नै भएको देखिएको छ । सुरुवातदेखि गत आर्थिक वर्षसम्ममा प्रदेश सरकारले १ खर्ब ६१ अर्ब ३९ करोड ९७ लाख ६४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ...

एयरपोर्टमा मोवाईल जफत गर्नेमाथी तत्काल कार्वाही गर्न प्रधानमन्त्री दाहालको निर्देशन

Uncategorized
पूर्णपुष्टि, पुष १८ सोमबार अमेरिकाको टेक्सासबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका झापाका दुधलाल नेम्वाङको मोवाईल जफत गर्ने कर्मचारीमाथी कार्वाही गर्न प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले निर्देशन दिएको छ । दाहालले व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइल जफत गर्नेलाई कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन् । नेम्वाङले साथमा ल्याएको नयाँ फोन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थति रहेको भन्सार कार्यालयले जफत गरेको थिए। उक्त घटनाप्रती प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयलाई तत्काल कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन् । भन्सार विभागले पुस १५ गतेदेखि लागू हुने गरी विदेशबाट एउटाभन्दा बढी फोन ल्याएमा १८ प्रतिशत भन्सार शुल्क लाग्ने सूचना जारी गरेको थियो। तर लगत्तै सर्वत्र विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सो कुरा तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थ...

फरार प्रतिवादी पक्राउ

Uncategorized
पूर्णपुष्टि, पुष १९ गते । वन पैदावर हानी नोक्सानी मुद्धाका एक जना फरार प्रतिवादीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय (RIT) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–५ का धुनिलाल झाको छोरा ५४ बर्षीय बिजय झा रहेका छन् । वन पैदावर हानी नोक्सानी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८÷०५÷१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद सुनाए पनी झा फरार रहँदै आएका थिए । फरार रहेका झालाई गाँउघरमा नै लुकीछीपि बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागर पठाईएको छ ।...

अटोको ठक्करबाट पुरुषको मृत्यु

Uncategorized
पूर्णपुष्टि, पुष १९ गते । झापाको मेचीनगर नगरपालिका–२ त्रिमार्ग चोक स्थितमा अटोको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० बर्षीय रविलाल दनुवार रहेका छन् । सोमबार साँझ ६ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे १ ह ७१५३ नम्बरको अटोले ठक्कर दिदा दनुवार घाईते भएका थिए । घाईते भएका दनुवारको उपचारको क्रममा बि एण्ड सि अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जानकारी दिएको छ । ठक्कर दिने अटो चालक ४० बर्षीय भुपाल बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

करेन्ट लागेर युवकको मृत्यु

Uncategorized
पूर्णपुष्टि, पुष १९ गते । संखुवासभाको चैनपुर नगरपालिका–९ त्रिशुले स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २९ बर्षीय शिब कुमार भण्डारी रहेका छन् । सोमवार अपरान्ह ४ बजे आफ्नै घरमा भएको मिलमा मकै पिस्ने क्रममा करेन्ट लाग्दा घाईते भएका २९ भण्डारीलाई उपचारको लागी चैनपुर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

पत्रकारलाई ज्यान मार्न धम्कि दिने मेयरलाई कार्वाही गर्न कांग्रेस मधेश प्रदेशको माग

Uncategorized
पूर्णपुष्टि, पुष १९ नेपाली कांग्रेस मधेश प्रदेशले पत्रकारमाथी गुण्डागर्ती सब्द प्रयोग गर्दै ज्यान समेत मार्न धम्की दिने मेयरलाई तत्काल कार्वाहीको माग राखेका छन् । कांग्रेस मधेश प्रदेशले मेयरलाई कानुनको दायरामा ल्याउनु पर्ने जोडदार माग राखेको हो । ।अनलाइनखबरकर्मी शैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिने विदेह नगरपालिकाका मेयर बेचन दासलाले ज्यान मार्ने धम्की दिएका थिए । प्रदेश सभा सांसदले शपथ लिने कार्यक्रमको समाचार संकलन गर्न जनकपुर पुगेका पत्रकार महतोलाई विदेह मेयर बेचनले ज्यान मार्ने धम्की दिएका थिए । सार्वजनिक स्थलमै ज्यान मार्नेसम्मको धम्की दिइनु दुर्भाग्यपूर्ण र अपराध भएको भन्दै कांग्रेस मधेश प्रदेशका तर्फबाट प्रचारप्रसार समितिका प्रमुख नितेशकुमार गुप्ताले कानुनी कारबाहीको माग गरेका हुन् । प्रदेश सभा प्राङ्गणमै दर्जनौ व्यक्तिहरुकोबीचमा मेयर बेचनले पत्रकार शैलेन्द्रसहितका पत्रकारलाई ...

सन्दीप लामिछानेलाई डिप्रेशनको समस्या, कारागारभित्रै मनोपरामर्श

Uncategorized
पूर्णपुष्टि, पुष १८ नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई डिप्रेशनको समस्या देखिएको भन्दै कारागारमै मनोपरामर्श दिन थालिएको छ । बालिका करणीको आरोपमा पूर्पक्षका लागि कारागार चलान भएका सन्दीपलाई बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमै गएर मनोपरामर्श दिएको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए । सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर दुई पटक बलात्कार गरेको आरोप छ। भदौ ६ गते उनी टी(२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । सोही आरोपमा सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। ‘१५÷२० दिनयता उहाँको बोली व्यवहारमा फरकपना महशुस गरेको थिएँ । त्यसैले बरिष्ठ मनोपरामर्शविदलाई लगेर क...

पेस्तोल खोज्दै हिँडेको गिरी गाईघाट बाट पक्राउ, बुद्धचित्त देखी अमेरिकीन डलर सम्म बरामद

Uncategorized
पूर्णपुष्टि, पुष १८ गाईघाटमा पेस्तोल किन्न खोज्दै हिँडेका खोटाङका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । दिक्देल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाका बिर बहादुर गिरीको छोरा २१ बर्षिय सुजन गरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमवार गाईघाट बजारबाट पक्राउ गरेको हो । गिरीले त्रियुगा नगरपालिका ११ स्थित मिनि मार्केट इलाकामा पर्ने गिफ्ट पसलमा पेस्तोल पाईन्छ भन्दै सोधि हिँडेको प्रहरीले जनाएको छ । पेस्तोल सोध्दै हिँडेको भन्ने सूचनाको आधारमा उदयपुरबाट खटेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर प्रारम्भीक सोध खोज गर्दा निजको साथ बाट बिभिन्न सामाग्री र नगद समेत बरामद गरिएको छ । गिरीलाई डिटेल्स सोधीखोजी गर्ने क्रममा आफु गाईघाटकै मेलिना होटलमा बस्दै आएको बताएको प्रहरीको भनाई छ । उनको साथबाट नगद १ लाख पचासी हजार चार सय पन्ध्र, अमेरीकी डलर, २ सय ९२, भारतीय रुपैया, भारत...