Saturday, May 16News That Matters

Month: ३ वर्ष अगाडि

क्रिकेट संघले सन्दिपको निलम्बन फुकुवा गर्ने

क्रिकेट संघले सन्दिपको निलम्बन फुकुवा गर्ने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १८ गते । बलात्कार आरोप झेलिरहेका लन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्वन फुकुवा गर्ने भएको छ । पोखरामा मंगलबार भएको कार्यसमितिको बैठकले निलम्वन फुकुवा गर्ने निर्णय लिएको एक सदस्यले जानकारी दिएको हो । लामिछानेलाई बलात्कार आरोप लागेपछि भदौ २३ मा क्यानले निलम्वन गरेको थियो । असोज २० मा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर असोज २८ गते २० लाख धरौटीमा शर्तसहित रिहा गर्न उच्च अदालत, पाटनले आदेश दिएको हो । २९ मा रिहाई भएका उनको निलम्बन फुकुवाबारे क्यानले छलफल थालेको थियो ।...
बालिकामाथि यौन दुर्व्यवहार गर्ने अनाथालयका प्रमुख पक्राउ

बालिकामाथि यौन दुर्व्यवहार गर्ने अनाथालयका प्रमुख पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ गते । महेन्द्रनगरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले एक जनालई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाकाली बाल अनाथालयका प्रमुख ५० वर्षीय शंकर चन्द रहेका छन् । चन्दलाई मंगलबार पक्राउ गरेको एसपी श्यामसिंह चौधरीले बताए । उहाँका अनुसार पीडित र अन्य बालिकासँग सोधपुछ भईरहेको छ । स्रोतका अनुसार एक बालिकाको गर्भपतन गराइएपछि घटना बाहिर आएको हो । प्रहरीले अनाथालयमा रहेका ५ बालिकासँग मंगलबार नै कुराकानी गरेको छ । बोल्न नसक्ने, प्रतिकार गर्न नसक्ने र नाइँनास्ती गर्न नसक्नेमाथि चन्दले यौनजन्य गतिविधि गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।...
भारतको झारखण्डमा आगलागीबाट १४ जनाको मृत्यु

भारतको झारखण्डमा आगलागीबाट १४ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ गते । भारतको झारखण्डमा आगलागीबाट १४ जनाको मृत्यु भएको भारतीय च्यानलहरुले जनाएको छ । झारखण्डस्थित धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगलागीहुँदा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगोलागी हुँदा १४ जनाको मृत्यु भएको हो । भारतीय च्यानल आजतकको समाचार अनुसार ११ महिला, ३ बच्चा र १ जना पुरुष गरी १५ जनाको मृत्यु भएको उल्लेख छ । एकै परिवारका पाँच जना सदस्यको मृत्यु भएका जनाएको छ । आगोलागीको समयमा त्यस अपार्टमेन्टमा कती मानिस थियो भन्ने खुलिसकेको छैन् । भवनमा फसेको मानिसहरुको उद्धारको लागी सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरु परिचालन गरिएको समाचारमा बताईएको छ । आगोलागीको कारण खुलेको छैन् ।...
आज यी प्रदेशहरुमा हिमपातको सम्भावना

आज यी प्रदेशहरुमा हिमपातको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ गते । केहि दिनदेखी नेपालमा पश्चिमी वायुको प्रभावले गर्दा तराईका विभिन्न भागमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीमा हिमपातको सम्भावना रहेको छ । दिउँसो देखी रातीसम्म उच्च पहाडी भागमा आंशिक बदली भई हिमपात हुने महाशाखाले जनाएको छ । अरु ठाउँमा मौसम सामान्यतया सफा रहने छ । अब दैनिक रूपमा तापक्रम बढ्नुका साथै चिसो घट्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम बढे सँगै चिसो घट्ने छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ ।...