Monday, April 20News That Matters

Month: ३ वर्ष अगाडि

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा चार विधाको मनोनयन सार्वजनिक

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा चार विधाको मनोनयन सार्वजनिक

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १६ । नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठुलो सम्मान कार्यक्रम एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत थप चार विधाको मनोनयन सार्वजनिक भएको छ । हरेक बर्ष प्रदान गर्दै आएको स्पोर्टस अवार्डमा यस पटक पनि फुटबल र क्रिकेटको खेलाडी हाबि भएका छन् । मंगलबार काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्चले बर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । बर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा क्रिकेटका कुशल भुर्तेल, दिपेन्द्र शिंह ऐरी, फुटबलका अन्जन बिष्ट, किरण चेम्जोङ र ब्याटमिन्टनका प्रिन्च दाहाल परेका छन् । फुटबलका अन्जन पिपुल च्वोईस अवार्डमा समेत मनोनयमा परेका खेलाडी हुन् । उत्कृष्ट महिला खेलाडी तर्फ भलिबलकी अरुना शाही, क्रिकेटकी रुबिना क्षेत्री, सिता राना मगर, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रा...
ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, विजयी खेलाडीलाई नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र

ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, विजयी खेलाडीलाई नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १६ । गाईघाट । जिल्ला ब्याडमिन्टन संघ उदयपुरले आयोजना गरेको जिल्ला स्तरीय त्रियुुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भयो । पुरुष डबल्स ए डिभिजन, पुरुष डबल्स बि डिभिजन र महिला डबल्स विधामा भएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थानमा विजयी टिमहरुलाई नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । पुरुष डबल्स एडिभिजनतर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडी प्रथम, सौरभ ठकुरी र विनय चौधरीको जोडी दोस्रो र तेस्रो स्थानमा बादल अतिवडा र मनोज खड्काको जोडी तथा चित्र थापा र बलबहादुर कार्कीको जोडी भए । पुरुष डबल्स वि डिभिजनतर्फ अनुप मगर र उत्सव पोखरेलको जोडी प्रथम, प्रतिक विष्ट र सुजल चौधरीको जोडी दोस्रो र तेस्रो स्थानमा भोटराज राई र किसन राईको जोडी तथा लिलबहादुर पुुलामी र कालुराम उरावको जोडी सफल भए । महिला डबल्स...
मोडल रेखा राईद्धारा फ्युजन फुटबल क्लबलाई जर्सी सहयोग

मोडल रेखा राईद्धारा फ्युजन फुटबल क्लबलाई जर्सी सहयोग

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन १६ । उदयपुरकी मोडल तथा समाजसेवी रेखा राईले फ्युजन फुटबल क्लब बोक्सेलाई जर्सी सहयोग प्रदान गरेको छ । सोमबार मुुकुर्ची स्थित प्रथम रौतामाई गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह बीच मोडर राईले Rekha rai officialको तर्फबाट १८ थान जर्सी वितरण गरेको हो । स्थानीय स्तरमा फुटबल खेलको माध्यमबाट आफ्नो मानोवल बृद्धि साथै हौसल्ला प्रदान गर्नको निम्ति आफुले सकेको सहयोग गर्न सफल भएको मोडल राईले बताईन् । उनी भन्छिन् जिल्लाको हकमा पनि खेलको माध्यमबाट आफ्नै गाउँघरका युवापुस्ताहरुबाट राम्रा खेलाडिहरु उत्पादन गर्न सकिने बताईन् । सामान्य परिवारमा जन्मलिएर अवसरको खेजीमा देश विदेश पुगेकी राई अहिले भने सामाजिक कार्यमा व्यस्त देखिन्छिन् । उनले कलाकारिता क्षेत्रमा लागिसकेपछि नेपालको धेरै ठाउँहरुमा कार्यक्रमको सिलसिलामा पुगि रकेकी छिन् ।...
कलाकार बीएस राणाकी पत्नी र छोरीको उद्धार

कलाकार बीएस राणाकी पत्नी र छोरीको उद्धार

समाचार
पूर्णपुष्टि,फागुन १६ । स्वर्गीय अभिनेता बीएस राणकी पत्नी र छोरीलाई अभिेनेता सविन श्रेष्ठसहित केही चलचित्रकमीहरुको पहलमा गोलढुंगाबाट उद्धार गरिएको छ । सोमबार बेलुका सातदोबाटो स्थित एक मानसिक अस्पतालमा उनीहरुलाई नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरी रोखेको छ । बसन्ती, बलिदानजस्ता चर्चित फिल्मका अभिनेता राणाको निधनपछि उनकी हनी राणा र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो । श्रीमती डिप्रेसनबाट पीडित थिइन् भने छोरी सानैदेखि सुस्त मनस्थितिबाट ग्रस्त थिइन् । हातमुख जोर्न नै मुस्किल भएको उक्त परिवारको दयनीय अवस्थाबारे टिकटकबाट भिडियो सार्वजनिक भएपछि यसतर्फ फिल्मकर्मीले चासो दिएका थिए । राणाकी जेठी छोरी नन्दनीलाई पनि उपचार र व्यवस्थापनको जरुरी रहेको अभिनेता श्रेष्ठले जानकारी दिए । ‘उपचार र आश्रय गर्नेगरी हाम्रो रोहवरमा उहाँहरुको उद्धार गरिएको छ,’ श्रेष्ठले भने, ‘उपचारका लागि हामी...
स्कालोनीले २०२६ सम्म अर्जेन्टिनालाई प्रशिक्षण गर्ने

स्कालोनीले २०२६ सम्म अर्जेन्टिनालाई प्रशिक्षण गर्ने

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १६ । कतारमा अर्जेन्टिनालाई विश्व च्यान्पियन बनाएका प्रशिक्षक लियोनल स्कालोनीले अब २०२६ सम्म अर्जेन्टिनालाई प्रशिक्षण गर्ने भएका छन् । ४४ बर्षीय स्कालोनीले राष्ट्रिय टिममा सम्झौता नविकरण गरेका छन् । सोमबार राति पेरिसमा भएको समारोहमा अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापिया र स्कालोनीबीच सम्झौता नविकरण भएको संघले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएको हो । स्कालोनीको प्रशिक्षणमा अर्जेन्टिना ३६ बर्षपछि विश्व च्याम्पियन बनेको हो । फाईनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्वकपको ट्रफि उचालेको थियो । स्कालोनी सन् २०१८ मा अन्तरिम प्रशिक्षक नियुक्त भएका थिए । तर पछि अर्जेन्टिना फुटबल संघले उनलाई स्थायी प्रशिक्षक बनाएको थियो । २०२१ मा स्कालोनीको प्रशिक्षणमा अर्जेन्टिनाले कोपा अमेरिकाको ट्रफी उचालेको थियो । स्कालोनीले फिफा बेस्ट अव...
मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १६ । मोरङको बुढिगंगा गाउँपालिका–४ कोशी लोकमार्ग स्थितमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सप्तरी सप्तकोशी गाउँपालिका–१ का १९ बर्षीय निसान चौधरी र पछाडी सवार सुनसरी रामधुनी नगरपालिका–९ का १६ बर्षीय समिर चौधरी रहेका छन् । हिजो बिहान ९ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन पुक्दा दुबै जना घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी बिराट टिचिङ अस्पताल गंगाचौकमा लगिएको थियो । उनिहरुको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १६ । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–३ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहता रहेका छन् । आज बिहान ५ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदा मेहता घाईते भएका थिए । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने बस र चालक काठमाण्डौ दक्षिणकाली–५ का ४० बर्षीय निरन्जन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।...
रुखले किचेर एक युवकको मृत्यु, एक घाईते

रुखले किचेर एक युवकको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १६ । ईलामको माई नगरपालिका–१० लुम्बाक स्थितमा रुख काट्ने क्रममा रुख ढलि रुखले किचिदा एक जनाको मृत्यु भएका छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा महोत्तरी बर्दिबासका २८ बर्षीय हेमराज भुजेल रहेका छन् । हिजो दिउँसो १२ बजे फलेदोको रुख काट्ने क्रममा रुख ढलि किचिदा घाईते भएका भुजेललाई उपचारको लागि बि एण्ड सि अस्पताल झापा लैजाने क्रममा उनको  बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाईते मोरङ पथरी शनिश्चरेका २२ बर्षीय बिज्ञान मगरको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
स्रोत नखुलेको भारतीय रकम सहित ३ जना पक्राउ

स्रोत नखुलेको भारतीय रकम सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १६ । मोरङको बिराटनगर महानगरपालिका–९ चुलाचुली मार्ग स्थितबाट स्रोत नखुलेको भारतीय रकम सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका– ३ का ३० बर्षीय नबि हुसेन रहेका छन् । हिजो अपरान्ह ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले शंकालागी चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट १ लाख त्रियासी हजार सात सय पचास रुपैया भारतीय रकम बरामद गरेको हो । बरामद भएको रकम सहित उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
राष्ट्रपति निर्वाचनका लागी भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

राष्ट्रपति निर्वाचनका लागी भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १६ ।राष्ट्रपति निर्वाचनका लागी भोट माग्दै काग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीलाई पत्र पठाएका छन् । आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागी सभापती देउवाले ओलिलाई भोट मागेका हुन् । सो पत्र सोमबार अपराह्न ओली निवास बालकोटमा नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुझाएका हुन् । अध्यक्ष ओलीले नेपाली काग्रेस बाहेकका दलहरुलाई राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई भोट माग्दै पत्र पठाएका थिए । राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुनेछ । सो निर्वाचनमा एमालेबाट सुवास नेम्वाङ र काग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् । देउवाले पत्रमा पौडेल निर्विवाद र सुयोग्य उम्मेदवार भएको भन्दै उनलाई समर्थन गर्न ओलीसँग आग्रह गरेका छन् ।...