Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

एलन मस्क पुन : विश्वको धनी व्यक्तिको शिर्ष स्थानमा

एलन मस्क पुन : विश्वको धनी व्यक्तिको शिर्ष स्थानमा

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, फागुन १६ । टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क पुनः एक पटक विश्वका सर्वाधिक धनी व्यक्तिको शीर्ष स्थानमा परेका छन् । ब्लुमबर्ग बिलियनेर इन्डेक्सको तथ्याकं अनुसार दोस्रो स्थानमा झरेका एलन मस्क पुन शिर्ष स्थानमा पुगेका हुन् । मस्कको सम्पत्तिमा २४ घण्टाभित्र ६.९८ अर्ब डलर वृद्धि भएको छ भने कुल सम्पत्ती १८७ अर्ब डलर पुगेको छ । हालसम्म शीर्ष स्थानमा बसेका फ्रान्सका अर्बपति बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलरको कूल सम्पत्ति सहित दोस्रो स्थानमा झरेका छन् । पछिल्ला केही दिनदेखि मस्कको सम्पत्ति वृद्धि भइरहेको थियो, त्यसैले उनी पुनः शीर्ष स्थानमा पुग्ने सम्भावना प्रबल बन्दै गइरहेको थियो । मस्कले विश्वको सबैभन्दा धनी व्यक्ति र ईतिहासमा धेरै घाटा व्यहोर्ने व्यक्तिको रेकर्ड राखेका छन् । गत वर्षको अन्त्यमा मस्क २०० बिलियन डलरको सम्पत्ति गुमाउने पहिलो व्यक्ति बनेका थिए । उनको कुल सम्पत...
मेस्सिले दास्रो पटक जिते फिफा बर्ष खेलाडीको अवार्ड

मेस्सिले दास्रो पटक जिते फिफा बर्ष खेलाडीको अवार्ड

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १६ ।अर्जेन्टिनाका सुपरस्टार फुटबलर तथा पेरिस सेन्ट जर्मेन (पिएसजि) का फरवार्ड लियोनल मेस्सिले दोस्रो पटक फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको अवार्ड जितेका छन् । गएराति पेरिसमा भएको समारोहमा फ्रान्सका किलिएन एम्बाप्पे र करिम बेन्जामालाई उछिन्दै मेस्सिले सो अवार्ड हात पारेका हुन् । ३५ बर्षीय मेस्सिले उपाधिको खडेरी तोड्दै अर्जेन्टिनालाई ३६ बर्षपछि विश्वकप जिताएका थिए । कतारमा भएको २०२२ को विश्वकपमा मेस्सिले ७ गोल र ३ असिस्ट प्रदान गर्दै गोल्डेन बल समेत हात पारेका थिए । सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् । अर्जेन्टिनाका लागी तेस्रो पटक विश्कप जितेका मेस्सिले लामो समयदेखिको सपना पूरा भएको र साथिहरुको सहयोग बिना यो सम्भव नहुने बताएका छन् । यो अवार्ड जित्दा आश्चर्य लागेको र सम्मानित भएको महसुस भएको बताउँदै उनले भने, ‘मेरा साथीहरुविना ...
उदयपुरमा लघुवित्त संस्थाहरुले गरेको चर्को व्याजदर विरुद्ध विरोध प्रदर्शन

उदयपुरमा लघुवित्त संस्थाहरुले गरेको चर्को व्याजदर विरुद्ध विरोध प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी उदयपुर र माओवादी मजदुर पार्टीले संयुक्त रुपमा उदयपुरको गाईघाटमा विरोध जुलुस प्रदर्शन गरेको छ । सोमबार दिउँसो सदरमुकाम गाईघाटमा बढ्दो महङ्गी, भ्रष्टाचार, चर्को व्याजदर, लघुवित्तको ज्यादती र तुलसी सहकारीको ठगी भएको भन्दै विरोध प्रदर्शन गरेको हो । प्रदर्शन र्‍यालीमा विप्लव जिल्ला इन्चाज अमृत खड्का, जिल्ला सेक्रेटरी जीत बहादुर मगर, महा–सचिव हिमाल सिंङ राई, प्रवक्ता जगत कटुवाल र केन्द्रिय सदस्य प्रदिप फुयल लगायतका कार्यत्रकर्ताहरुको सहभागित रहेको थियो । प्रदर्शन पछि आयोजित कोणसभामा नेताहरुले बैंक, सहकारी लघुवित्तको चर्को ब्याज र मिटरब्याजीको ज्याद्दतीको चर्को विरोध गरेका थिए । प्रदर्शनमा गाईघाट तुलसी सहकारी संस्थाले जन्ताको बचत फिर्ता गर, वेवारि व्यावसायलाई राहत दे, चर्को ब्याजदर छानबिन गरी १ प्रतिशतमा कायम गर, बैंकहरुको चर्को ब्याजस्याच ज्...
आयोजक टिमलाई हराउँदै मछिन्द्र केपि ओली कपको फाईनलमा

आयोजक टिमलाई हराउँदै मछिन्द्र केपि ओली कपको फाईनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १५ । केपी ओली कपमा आयोजक केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लब फाईनलमा पुगेको छ । मछिन्द्रले आयोजक टिमलाई १–० गोल अन्तरमा पराजित गरेको हो । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो सेमिफाईनल खेलमा मछिन्द्रलाई जित दिलाउन विमाल घर्ती मगरले निर्णयक गोल गरेका थिए । सो खेलको १९ औं मिनेटमा मछिन्द्रका लागी विमलले गोल गरेका थिए । अब मछिन्द्रले उपाधिको लागी सातदोबाटो युथ क्लबसँग बुधबार दशरथ रंगशालामा फाईनल खेल खेल्ने छ । आज बिहान भएको पहिलो सेमिफाईनल खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा हराएर फाइनल पुगेको हो । केपी ओली कपको आयोजना नेकपा एमालेका युवा संगठन राष्ट्रिय युवा संघ नेपालले गरेको हो । सो प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद र उपविजेताले ५ लाख नगद पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन...
क्रिकेटर सन्दीपलाई विदेश जान अनुमति

क्रिकेटर सन्दीपलाई विदेश जान अनुमति

Breaking News 2, समाचार
पूर्णपुष्टि,फागुन १५ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सोमवार सन्दीपलाई विदेशमा भैरहेको प्रतियोगितामा जान अनुमति दिएको हो । अदालतले सन्दीपलाई आईसीसी विश्वकप लिग–२ को यूएईमा भइरहेको क्रिकेट प्रतियोगितमा सहभाती भएर फर्किएपछि १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिँदै उनको पासपोर्ट निलम्बन गरिएको भए फुकुवा गर्न पनि भनेको छ । नेपाल क्रिकेट टोलीको सदस्यको रूपमा जान अनुमति पाऊँ भन्दै लामिछानेले दिएको निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो ।...
विमानमा परिचारिका माथि दुव्र्यवहार गरेको आरोपमा पाईलटलाई जहाज उडानमा रोक

विमानमा परिचारिका माथि दुव्र्यवहार गरेको आरोपमा पाईलटलाई जहाज उडानमा रोक

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन १५ । नेपाल वायुसेवा निगमले विमानमा परिचारिकालाई दुर्व्यवहार गरेको आरोपमा पाईलटलाई जहाज उडाउन रोक लगाएको छ । २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानीको उडान सङ्ख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि दुर्व्यवहार गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा उजुरी परेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले विमान चालकद्वारा परिचारिकामाथि दुर्व्यवहारको उजुरी परेपछि प्राधिकरणले सो चालक दलका पाइलटलाई उडानमा रोक लगाएको जानकारी दिए । निरौलाले भने ‘विमान परिचारिकामाथि दुर्व्यवहार भएको कुराको सत्यतथ्य बुझ्न हामीले वायुसेवा निगमलाई खबर गरेका छौँ, उक्त उडानका सबै सदस्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल उडानमा रोक लगाएको छ ।’उक्त घटनाको छानबिन नसकिन्जेल चालक दलको नाम नखुलाउ...
दरबारमार्गका व्यवसायीहरु पसल बन्द गरेर उत्रिए प्रदर्शनमा

दरबारमार्गका व्यवसायीहरु पसल बन्द गरेर उत्रिए प्रदर्शनमा

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन १५ । काठमाडौँको दरबारमार्गमा पार्किङ हटाएको विरोधमा स्थानीय व्यवसायीहरुले विरोध प्रदर्शन गरेको छ । सोमबार अपराह्न पसल बन्द गरेर एक तर्फी पार्किङ हटाएपछि व्यवसायीहरु प्रदर्शनमा उत्रिएको हो । काठमाडौं महानगरपालिकाले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी गत पुसदेखि दरबारमार्गबाट पार्किङ हटाएको थियो । दरबारमार्ग विकास बोर्डले दरबारमार्ग क्षेत्रमा एक लाइन सवारी पार्किङ गर्न दिनुपर्ने माग राखेका छन् । दरबारमार्गको सडकमा एकतर्फी पार्किङ गर्न दिइएकोमा अहिले हटाइएको भन्दै विरोधमा व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । व्यवसायीहरूले आज एक घन्टा पसल बन्द गरेर आन्दोलन गरेका थिए । सवारी पार्किङ पूर्ण रूपमा बन्द गर्दा दरबारमार्गमा व्यापार व्यवसायमा प्रभावित गरेको भन्दै व्यवसायीहरूले पटक-पटक आन्दोलन गरिरहेका छन् । पार्किङ नभएपछि व्यवसायीहरुले सटरभाडा समेत उठाउन नसकेको भन...
सरकारलाई स्वतन्त्र पार्टीले दिएको समर्थन कायमै

सरकारलाई स्वतन्त्र पार्टीले दिएको समर्थन कायमै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १५ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । ‘राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने बिषय अझै निर्णयमा नपुगेको रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले बताए । सरकारलाई हाम्रो समर्थन भने कायमै रहेको र राष्ट्रिपति निर्वाचनमा कस्लाई सघाउँने भनेर सोहि बिषयलाई लिएर बैठकमा छलफल जारि रहेको बोहराले बताए ।...
एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाउन जाँदै

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाउन जाँदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १५ । नेकपा (एमाले)ले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर नेकपा (माओवादी केन्द्र) ले समिकरण बदलेपछि एमालेले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै केहीबेरमा मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामा बुझाउन बालुवाटार जान लागेको श्रोतले बताएको छ । हिजोमात्रै राप्रपापनि सरकारबाट बाहिरिएको हो । कृषिमन्त्री ज्वाला साहले भन्नु भयो ‘हामी पार्टीबाट मन्त्री भएकाहरु सबै जना दलको कार्यालयमा जम्मा भएर केहीबेरमा बालुवाटार जाँदै छौ । हरि उप्रेती बिरामी हुनुहुन्छ, बाँकी सातै जना बालुवाटार पुगेर राजीनामा दिन्छौ ।’ नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए ।...
सरकारबाट बाहिरने एमालेको निर्णय

सरकारबाट बाहिरने एमालेको निर्णय

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १५ गते । माओवादी नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरने भएको छ । सोमबार पार्टी कार्यालय च्यासलमा बसको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय लिएको छ । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीले सरकारबाट हटाउने, बर्खास्त गर्ने वा बिनाविभागीय मन्त्री बनाउनेजस्ता अभिव्यक्ति दिएकाले पनि यस्तो निर्णयमा पार्टी पुगेको बताए । पौडेलका अनुसार सचिवालय बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रदेशबारे भने एमालेले अहिले कुनै निर्णय नगरेको उनले बताए । राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति कार्यान्वयन नगरेको एमालेको भनाइ छ । उनले राष्ट्रपति निर्वाचन तयारीमा पार्टी जुटेको र विजयी हुनेसमेत बताए ।...