Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

बलात्कार आरोपी युवक हतकडीसहित प्रहरी भ्यानबाट फरार

बलात्कार आरोपी युवक हतकडीसहित प्रहरी भ्यानबाट फरार

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १५ गते । धनुषामा बलात्कार आरोपमा पक्राउ परेका सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया प्रहरी भ्यनबाट हतकडी सहित फरार भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले आईतबार साझँ ७ बजे जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालय आउँदै गर्दा यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर फरार भएको जानकारी दिए । मुखियाको खोजतलास तिव्र रुपमा गरिरहेको गौतमले बताए ।...
आजको प्रतिनिधिसभा बैठकमा सांसद शहनाजको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने

आजको प्रतिनिधिसभा बैठकमा सांसद शहनाजको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १५ गते । आजको प्रतिनिधिसभा बैठकमा सांसद शहनाजको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ । दिउँसो एक बजे बस्ने बैठकमा जसपा सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ । सांसद शहनाजको भक्तपुरको मध्यपुर अस्पतालमा गत शनिबार निधन भएको थियो । संसद सचिवालयले उनको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको र शोक प्रस्ताव पारित गरेपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन रहेको जनाएको छ ।...
आज मगर एकता दिवसको अवसरमा केहि पालिकाद्धारा सार्वजनिक विदा

आज मगर एकता दिवसको अवसरमा केहि पालिकाद्धारा सार्वजनिक विदा

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन १५ । आज मगर एकता दिवसको अवसरमा केहि पालिकाद्धारा सार्वजनिक विदा दिईएको छ । आज मगर समुदायले ४१ औं मगर संघ स्थापना एवम मगर एकता दिवस मनाही रहेका छन् । उक्त दिवसमा केही मगर बाहुल्य पालिकाहरुले सार्वजनिक विदा दिएको छ । फागुन १५ गते सार्वजनिक विदा दिनेमा गुल्मी जिल्लाका चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिका रहेका छन् । यसैगरी मगर समुदायको बाक्लो उपस्थिति रहेको तनहुँको म्याग्दे गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले पनि आज सार्वजनिक विदा दिने निर्णय गरेका छन् । तनहुँको दमौलीमा २०३९ साल फागुन १५ गते मगर संघ स्थापना गरिएको थियो । सोहि दिनलाई मगर समुदायले एकता दिवसको रुपमा मनाउँदै आएका छन् । नेपाल मगर संघका सचिवले स्थापना दिवस परम्परागत भेषभुषासहितको ¥याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाचसहित मनाइने जानकारी दिए । मगर समुदायले नेपालका प्रथम शही...
एक बर्ष पछि छुटे पल शाह

एक बर्ष पछि छुटे पल शाह

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १५ । अभिनेता पल साह कारागारबाट मुक्त भएको छ । उनि तनहुँ कारागारबाट आवश्यक प्रक्रिया गरेर छुटेका हुन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार शाह आज कारागार मुक्त भएका हुन् । शाहलाई गायीका समिक्षा अधिकारीको नावालिका केसमा प्रहरीले मुद्धा चलाएका थिए ।
मार्सेमाथि पिएसजीको सानदार जित, मेस्सीले गरे ७०० औं गोल पुरा

मार्सेमाथि पिएसजीको सानदार जित, मेस्सीले गरे ७०० औं गोल पुरा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि,फागुन १५ । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले क्लब करियरमा ७०० औं गोल पुरा गरेका छन् । लिग वानको शिर्ष स्थानमा रहेको पिएसजीले मार्सेलाई आईतबार राति भएको खेलमा ३–० गोलले पराजित गेको हो । सो खेलमा पिएसजीको लागी एम्बाप्पेले दुई गोल गरे भने मस्सीले एक गोल गरे । खेलको २५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई आग्रता दिलाए भने २९ औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीको आग्रता दोब्बर बनाए र क्लब करियरको ७०० औं गोल समेत पुरा गरे । त्यस्तै खेलको ५५ औं मिनेटमा एम्बाप्पेले दोस्रो र पिएसजीका लागी तेस्रो गोल गर्दै सहज जित निकालेको हो । एमबाप्पेले पीएसजीका लागि सर्वाधिक २०० गोल गर्ने डिनसन कभानीको कीर्तिमान पनि बराबरी गरे । यस जितपछि पीएसजीले मार्समाथि ८ अंकको अग्रता समेत बनाएको छ । मेसी क्रिस्टियानो रोनाल्डोपछि क्लब करियरमा ७०० गोल पूरा गर्ने खेलाडी बने । मेसीले पीएसजीका लाग...
उदयपुरमा जिल्लास्तरीय ब्याडमिन्टन सुरु

उदयपुरमा जिल्लास्तरीय ब्याडमिन्टन सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १५ । गाईघाट । जिल्ला ब्याडमिन्टन संघ उदयपुरकाे आयाेजना तथा त्रियुगा नगरपालिकाकाे सहयाेगमा आयाेजित जिल्लास्तरीय मेयरकप ब्याडमिन्टन प्रतियाेगिताकाे उद्घाटन उपमेयर महेश्वरी राईले आज गरिन् । भाेलीसम्म सञ्चालन हुने प्रतियाेगितामा जिल्लाका विभिन्न पालिका र सप्तरी, सिरहा जिल्लासमेतका खेलाडि प्रतियाेगि छन् । मेन्स डबल्स (एडिभिजन), मेन्स डबल्स (बिडिभिजन) र उमन डबल्स गरि तीन विधामा प्रतियाेगिता रहेकाे छ । मेन्स डबल्स (एडिभिजन) मा १२, मेन्स डबल्स (बिडिभिजन) मा ५३ र उमन डबल्समा ८ टिमले सहभागिता जनाएका छन् । संघकाे अध्यक्ष राजेश कार्कीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा जिल्ला न्यायधिस नवराज दुलाल, सहायक प्रमुख जिल्ला अधिकारी विनाेद पाेखरेल, सशस्त्र प्रहरी उपरिक्षक अशाेककुमार साक्य, ९ नं. वडाध्यक्ष राजकुमार दनुवार लगायतकाे आतिथ्य रहेकाे थियाे । पहिलाे चरणकाे सबै ...
आज विश्व गैरसरकारी संस्था दिवस

आज विश्व गैरसरकारी संस्था दिवस

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन १५ । सन् १९४५ मा नव निर्मित संयुक्त राष्ट्र संघको चार्टरको एक अनुच्छेदमा पहिलो पटक गैरसरकारी संगठन शब्दले एउटा औपचारिक स्थान पायो । त्यहाँ गैरसरकारी संगठनको परिभाषा कुनै पनि देशको सरकारको कुनै पनि प्रभावबाट मुक्त एउटा संस्था जसले गैरनाफा मुलक कार्यमा मात्र आफ्नो सहभागिता जनाउछ भनेर उल्लेख गरियो । त्यसपछि अहिले सम्म आइपुग्दा प्रत्येक देशमा धेरै यस्ता गैरसरकारी संस्थाहरू छन् जसले हरेक शहर वा जिल्लामा हुने स्थानीय समस्याहरुको ध्यानाकर्षण ठुला राष्ट्र अथवा मन्चमा गराउने गर्दछन । थुप्रै यस्ता गैरसरकारी संस्थाहरुले समाज उत्थानको लागि दिएका योगदानहरुलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रअरीको दिन संयुक्त राष्ट्र संघले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ। आजको दिनको मुलभूत उद्देश्य भने साथ र सहयोगको उत्सव मनाउ भन्ने रहेको छ। आजको दिनले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय ...
अभिनेता पल शाहलाई पोखरा उच्च अदालतले दियो सफाइ

अभिनेता पल शाहलाई पोखरा उच्च अदालतले दियो सफाइ

समाचार
पूर्णपुष्टि,फागुन १५ । जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता (पूर्णविक्रम) पल शाह आज उच्च अदालत पोखराबाट रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । आइतबार उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो । नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।...
‘मिसन ग्रासरुट अभियानले अस्थिरता अन्त्य गर्न सहयोग पुग्छ : गौतम

‘मिसन ग्रासरुट अभियानले अस्थिरता अन्त्य गर्न सहयोग पुग्छ : गौतम

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागनु १४ । नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा प्रदेश नम्बर १ का इन्र्चाज राजेन्द्र गौतमले ‘मिसन ग्रासरुट अभियान अस्थिरता अन्त्यका लागि भएको बताएका छन् । पार्टीले सञ्चालन गरेको दुई महिने ग्रासरुट अभियानको सुरुवात गर्न उदयपु आईपुगेका गौतमले आईतबार प्रेस चौतारी नेपालले आयोजना गरको पत्रकार भेटघाटमा आगामी निर्वाचनमा एमाले बलियो शक्तिको रुपमा स्थापीत हुने बताए । स्थिर सरकार बिना विकास सम्भव नहुने भन्दै उनले सरकारलाई स्थायीत्व दिनका लागि मिसन ग्रासरुट अभियानले सहयोग पुग्ने बताए । उनले भने, ‘यो अभियानमा हामीले सदस्यता विस्तार, नविकरण, बैठक, अन्तरक्रिया, प्रशिक्षण, पार्टी सञ्चालन सम्बन्धि अनुशिक्षण, विकासका मोडालिटी, महाधिवेशनको कार्यदिसा लगायतका ११ वटा बिषय बस्तु लिएर जनताको घरघरमा पुग्छौ, जसले जनतासँग प्रत्यक्ष संम्बाद हुनेछ । अभियानले पार्टी सँंगठन सुदृढिकरण, वैचारिक स्पष्टता...
कुन्ति मुक्तानको स्वरले गुञ्जियो गाईघाट

कुन्ति मुक्तानको स्वरले गुञ्जियो गाईघाट

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागुन १४ । नेपाली सांगितक दुनियाँमा आवाजको माध्यमबाट लाखै श्रोताको मन जिन्त सफल गायिका कुन्ति मुक्तानको सुमधुर स्वरले उदयपुर गाईघाट गुन्जयमान बनेको छ । शनिवार बोक्सेको रत्न होटलमा उपहार एफ.एमले पाचँ वर्ष पुरा गरेको अवसरमा आयोजना गरेको म्युजिक अवार्ड कार्यक्रममा आफ्नो गित प्रस्तुत गर्दा सयैँ दर्शकहरू छमछमी नाचाएको थियो । उदयपुरमा आयोजित जिल्लाकै पहिलो पल्ट म्युजिक अवार्ड कार्यक्रमको मुख्य कलाकारको रुपमा उपस्थित भएका सफल गायक तथा संगितकार शिला बहादुर मुक्तान र आवाजको धनी कन्ति मुक्तानले आफ्नो प्रस्तुती दिदैँ कार्यक्रममा उपस्थित दर्शकलाई झम झम नचाएको थियो । संगितकार शिला बहादुर मुक्तानले आफ्नै संगित रहेको ‘सबै कुरा भन्दा नी पौसै ठुलो छ’ भन्ने गित प्रस्तु गरेका थिए । उक्त गितमा सयौँ दर्शकले मनोरञ्जन लिएका थिए । यता कन्ति मुक्तानले पहिलो र दास्रो गरी दुईवटा गित प्रस्तुत गर्नुभ...