Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

वडाअध्यक्ष काफ्लेको पार्टी झण्डा ओढाएर अन्यष्टी

वडाअध्यक्ष काफ्लेको पार्टी झण्डा ओढाएर अन्यष्टी

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १४ । त्रियुगा नगरपालिका वडा नं १२ का वडाअध्यक्ष चुडाराज काफ्लेको अन्तिम दाहा संस्कार गरिएको छ । सोमवार त्रियुगा नदीमा पार्टीको झण्डा ओढाउँदै अध्यक्ष काफ्लेको अन्तिम दाहा संस्कार गरिएको हो । अध्यक्षको पार्थीर शरिरमा नेपाली कांग्रेस प्रदेश सभा सदस्य हिमाल कार्की र प्रदेश १ सह–माहामन्त्री बिनोद वस्नेत लगायतले शवमा झण्डा ओढाएका थिए । काफ्लेको जिल्ला हस्पिटल उदयपुरमा पोष्टमार्टम पश्चात त्रियुगा नगरपालिकामा श्रद्धान्जली अर्पण गरिएका थिए । श्रद्धान्जली पछि उनलाई अन्यष्टीका लागि त्रियुगा नदी पुराईएका थिए । काफ्ले गत हप्ता शिबरात्रीको दिन मोटरसाईकाल दुर्घटनामा परी घाईते भएका थिए । उनको उपचारको क्रममा न्युरो हस्पिटल बिराटनगरमा मृत्यु भएको हो ।  ...
सिसन पछि पूर्वमिस नेपाल श्रृंखला र सम्भवबीच प्रेम चर्चा

सिसन पछि पूर्वमिस नेपाल श्रृंखला र सम्भवबीच प्रेम चर्चा

मनोरञ्जन
पूर्णपुष्टि,फागुन १४ । केही समय यता पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सिसन बानियाँबीच प्रेचको चर्चा चलेको थियो । देश–विदेशमा घुम्नदेखि सामाजिक सञ्जालमा मायालाई अभिव्यक्तसम्म गरेका थिए । तर केही महिना यता एकअर्कोले सामाजिक संञ्जाल सम्मेत सम्बन्ध नरहने गरी इन्स्टाग्रामबाट अनफलो गरेपछि यी दुईबीचको सम्बन्ध राम्रो नरहेको चर्चा चल्यो । केही दिनअघि एक लामो फेसबुक स्टाटस लेख्दै सिसनले श्रृंखलासँग ब्रेकअप भइसकेको संकेत गरे । यी दुईले जहिलेदेखि एकअर्कालाई अनफलो गरे, श्रृंखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडियो । यी दुईबीच केही महिनायता प्रेम सम्बन्ध रहेको गाइँगुइँ हल्ला चलिरहेको बेला सम्भवले प्रेमको हल्लालाई पुष्टि हुने गरी शनिबार इन्स्टाग्राममा एक तस्वीर सेयर गरेका थिए । जुन तस्वीरलाई श्रृंखलाले खिचेको देख्न सकिन्छ । फोटो खिच्नेको अनुहार पनि झ्यालको सिसामा प्रष्ट देखिएको छ भने सम्भवले हा...
१८ विधामा अवार्ड प्रदान गर्दै सकियो उदयपुर म्युजिक अवार्ड २०७९

१८ विधामा अवार्ड प्रदान गर्दै सकियो उदयपुर म्युजिक अवार्ड २०७९

Breaking News 1, समाचार
पूर्णपुुष्टि,फागुन १४ । गाईघाटमा पहिलो पल्ट आयोजना गरिएको म्युजिक अवार्ड कार्यक्रममा उदयपुरका विभिन्न १८ विद्याका कलाकारहरुलाई उदयपुर म्युजिक अवार्ड प्रदान गरेको छ । शनिवार बोक्सेको सत्न होटल सिमल डाडामा आयोजित विशेष समारोहका बीच जिल्लाका १८विद्यामा उत्कृष्ट कलाकारहरुलाई अवार्ड प्रदान गरिएको हो । कला र संस्कृतिको पहिचान अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल नाराका साथ उपहार मिडिया ग्रुप प्रा.लिद्धारा आयोजित अवार्ड कार्यक्रममा नेपाली सांगितिक क्षेत्रका एक सफल गायक तथा संगितकार सिला बहादुर मोक्तान र लोक प्रीय गायीका कुन्ती मोक्तानको विशेष उपस्थित रहेको थिए । मोक्तान दम्पतीलाई उपहार एफएम लाइफटाइम एचिभमेन्ट अवार्ड सहित सम्मान गरिएको थियो । म्युजिक अवार्डमा लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई र बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादव लगायतले कलकारहरुलाई संयुक्त रपम...
वडाअध्यक्ष काफ्लेको पोष्टमार्टम हुँदै, यसरी गरिँदैछ अन्यष्टी

वडाअध्यक्ष काफ्लेको पोष्टमार्टम हुँदै, यसरी गरिँदैछ अन्यष्टी

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १४ । त्रियुगा नगरपालिका वडा नं १२ का वडाअध्यक्ष चुडाराज काफ्लेको जिल्ला हस्पिटल उदयपुरमा पोष्टमार्टम हुँदैछ । हिजो न्युरो हस्पिटल बिराटनगरमा निधन भएको अध्यक्ष काफ्लेको अन्यष्टीका लागि तयारी गरिएको छ । हस्पिटलले मृत्यु घोषणा गर्नु अगावै परिवारले हिन्दु संस्कारका लागि हिजै घर फर्काएका थिए । उनलाई पोष्टमार्टम पछि त्रियुगा नगरपालिकामा श्रद्धान्जली अर्पण गरी अन्यष्टी गरिने जनाईएको छ । काफ्लेको निधन प्रति त्रियुगा नगरपालिकाले आज सोक विदा समेत दिएको छ । शिवरात्रीको दिन घर आसपासमै उनको मोटरसाईकलमा दुर्घटना भएका थिए । दुर्घटना काफ्लेलाई उपचारका लागि न्युरो हस्पिटल बिराटनगर लगिएका थिए । उनको उपचारकै क्रममा निधन भएका थिए ।...
वडाअध्यक्ष काफ्लेको निधनमा त्रियुगा नगरपालिकाको सोक विदा

वडाअध्यक्ष काफ्लेको निधनमा त्रियुगा नगरपालिकाको सोक विदा

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १४ । त्रियुगा नगरपालिका वडा नं १२ का वडाअध्यक्ष चुडाराज काफ्लेको निधन प्रति त्रियुगा नगरपालिकाले सोक विदा मनाउने भएको छ । सोमवार त्रियुगा नगरपालिका अन्तर्गतका सम्पूर्ण सम्पूर्ण वडा कार्यालय तथा आकस्मिक शैक्षिक, स्वास्थय संस्थाहरु बन्द रहने नगरपालिकाले जनाएको छ । काफ्लेको आईतबार नै हस्पिटलमा निधन भएका थिए । उनको मृत्यु पुष्टि भने हस्पिटलले गरेका थिएन । उनको आजै अन्यष्टी गरिने परिवारले जनाएको छ । अध्यक्ष काफ्लेको गत ६ गते मोटरसाईकल दुर्घटनामा घाईते भई उपचारका लागि न्युरो हस्पिटल लगिएका थिए ।...
“सानालाई ऐन ठुलालाई चैन“ न्यायधिश दाहालको कारमा दुवै साईड बिन्ना भिन्नै नम्वर प्लेट

“सानालाई ऐन ठुलालाई चैन“ न्यायधिश दाहालको कारमा दुवै साईड बिन्ना भिन्नै नम्वर प्लेट

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १३ । चुहाडेमा मोटरसाईकललाई ठक्कर दिने न्यायधिश अम्विका प्रसाद दाहालको कारमा दुई ओटा फरक नम्वर फेला परेको छ । उक्त कारमा दुवै साईड फरक फरक नम्वर फेला परेको हो । एक साईड निजि र अर्को साईड सरकारी नम्वर उक्त कारमा लेखिएको फेला परेको भिडियो अहिले भाईरल बनिरहेको छ । स्थानीयहरुले सो कारमा रहेको दुई ओटा नम्वर भिडियो मार्फत देखाएको छ । देखाउने दाँत एउटा चपाउने एउटा भने झै सो कारमा सेतो प्लेट र रातो प्लेट दुवै पट्टी फरक नम्वर फेला परेका भिडियोले अहिले चर्चा पाईरहेको अवस्था छ । गत शनिवार ६ गते शिवरात्रीको दिन गाईघाटबाट चुहाडे तर्प आईरहेको श्रेष्ठको प्रदेश नम्बर १– ०१–०५–००१ प ७०४४ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट गईरहेको प्रदेश नम्बर ०१–०२५ च ५००२ नम्बरको कारले ठक्कर दिएको थियो । उक्त कार न्यायधिश दाहालको रहेको करिब ३ दिन पछि खुल्न आएको हो । ठक्कर दिएर सूचना गुपचुप राखेको अवस...
गाईघाटमा उदयपुर म्युजिक अवार्ड जारी

गाईघाटमा उदयपुर म्युजिक अवार्ड जारी

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १३ । उपहार एफएमको पाँचौ बार्षिकोत्सवको अवसरसंगै आयाेजना गरिएकाे उदयपुर म्युजिक अवार्ड कार्यक्रम रत्न होटल, गाईघाटमा सञ्चालन छ । आज दिउसाेबाट उक्त कार्यक्रम संञ्चालन रहेको हाे । बिभिन्न सांगितक कार्यक्रमसँगै अवार्ड कार्यक्रम चलिरहेको हो । उक्त अवार्ड कार्यक्रमको उद्घाटन लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पानसमा बत्ती बाली गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलकार कुन्ति मोक्तान र सिलाबहादुर माेक्तान बिषेश आकर्षणको रुपमा उपस्थित रहेका छन् ।...
त्रिनपा १२ का वडाअध्यक्ष काफ्लेको उपचार सम्भव नभएपछि घर फर्काईयो

त्रिनपा १२ का वडाअध्यक्ष काफ्लेको उपचार सम्भव नभएपछि घर फर्काईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १३ । दुुर्घटनाका कारण घाइते भएका उदयपुरको त्रियुुगा नगरपालिका वडा नं. १२ का वडाध्यक्ष चुडाराज काफ्लेलाई उपचार सम्भव नदेखिएपछि अस्पतालबाट घर फिर्ता गरिएको छ । विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार पार लाग्ने नदेखिएपछि घर फिर्ता ल्याएको परिवारले जनाएको छ । अस्पतालबाट मृतक घोषणाको रिपोर्ट लिन बाँकी गरेर मृत्युुअघिको संस्कार बैतर्नी गर्न घर ल्याइएको बुुझिएको छ । फागुन ६ गते शिवरात्रीका दिन घर नजिकै मोटरसाईकल दुुर्घटनामा परेका थिए । उनी गत स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट सहभागि भई वडाध्यक्षको उम्मेदवारीमा विजयी बनेका थिए । त्रियुुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले पालिकाको एक वडाध्यक्ष तथा काङ्ग्रेसको कार्यकर्तालाई गुुमाउनु परेको बताए । भोली नगरक्षेत्रमा सार्बजनिक विदा दिने र नगरपालिकामा शोकसभाको तयारी रहेको जानकारी दिए । उनको शोकमा झण्डासमेत झुुकाइनेछ ।...
मोटरसाईकल चोरी गरेको आरोपमा युवक पक्राउ

मोटरसाईकल चोरी गरेको आरोपमा युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १३ गते । झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट मोटरसाईकल चोरी गरेको आरेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–५ मोरङका २४ बर्षीय प्रकाश थापा रहेका छन । हिजो साँझ पौने ६ बजे झापाको बिर्तामोड नगरपलिका–४ स्थितमा अर्जुनधारा–५ का एकराज बुढाथोकीले पार्किङ गरी राखेको लु.८२ प १३४६ नम्वरको पल्सर मोटरसाईकल चोरी भएको थियो । चोरी भएको मोटरसाईकल लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।...
फेसबुक पोष्टमा बालेनको स्टाटस : मलाई राजिनामा गराउन खोज्दैछन्

फेसबुक पोष्टमा बालेनको स्टाटस : मलाई राजिनामा गराउन खोज्दैछन्

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १३ गते । काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन शाहले आफुलाई राजिनामा गराउन खेजेको कुरा फेसबुक पोष्टमा बताएका छन् । उनले शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै आज आफुलाई राजिनामा गराउन खोजेको उल्लेख गरेका छन् । मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् ‘उनले लेखेका छन्’ यो देश कहिले पनि बन्दैन । बालेनले कस्ले राजिनामा गराउन खेजेको भन्ने बारेमा केहि पनि खुलाएका छैनन् ।...