Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरगढीमा आगलागीबाट पाँच लाख बराबरको क्षति

उदयपुरगढीमा आगलागीबाट पाँच लाख बराबरको क्षति

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १३ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका ६ नागवेली बस्ने टिक बहादुर मगरको घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । मगरको काठको बेरा र फुसको छानो भएको २ तल्ले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायब उपरिक्षक राकेश कुमार पोदारले जानकारी दिए । उनका अनुसार आगलागीबाट घरमा रहेको अन्नपात, भाडा बर्तन, लताकपडा, र घर समेत पुर्ण रुपमा जली अन्दाजी ५ लाख बराबरको क्षती भएको छ । आगलागीबाट मानविय तथा चौपाय केही क्षती नभएको प्रहरीले जनाएको छ । शुक्रबार राती ८ बेजबाट लागेको आगो स्थानियबासिहरुको सहयोगमा ९:३५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागी के कारण भयो भन्ने कुरा नखुलेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
काग्रेसबाट पौडेलले दिए राष्ट्रपतिमा उम्मेदवारी दर्ता

काग्रेसबाट पौडेलले दिए राष्ट्रपतिमा उम्मेदवारी दर्ता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १३ गते । राष्ट्रपति पदका लागी काग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् । यस्तै समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् । यस्तै समर्थकमा लोसपा अध्यक्ष महन्ठ ठाकुर ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का र माओवादी नेता हितराज पाण्डे रहेका छन् । राष्ट्रपति उम्मेदवारका लागि आठ दलले सघाउने निर्णय गरेका थिए ।...
राष्ट्रपति उम्मेदवार पौडेल र रवि लामिछाने बिच भेटवार्ता

राष्ट्रपति उम्मेदवार पौडेल र रवि लामिछाने बिच भेटवार्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने र काग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेल बिच भेटवार्ता भएको छ । शनिबार पौडेललाई काग्रेसले उम्मेदवार बनाउने निर्णय गरेपछि रविलाई भेट्न काठमाडौंको हात्तीगौडास्थित निवास पुगेका हुन् । सो भेटमा लामिछानेलाई पौडेले राष्ट्रपति निर्वाचनमा सहयोग मागेको पौडेल निकट पत्रकार खिला कार्कीले जनाकारी दिए । कार्कीका अनुसार यस विषयमा पार्टीमा छलफल गरि निर्णय लिनुपर्ने जवाफ लामिछानेले दिएका छन् । यता नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । पौडेललाई माओवादी केन्द्र लगायत ८ दलले समर्थन गर्ने जनाएको छ।...
जसपाकी सांसद सहनाज रहमानको हृदय घातका कारण निधन

जसपाकी सांसद सहनाज रहमानको हृदय घातका कारण निधन

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १३ गते । जनता समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ । उनको हुदय घातको कारण मृत्यु भएको जसपाका नेता अमरेन्द्र यादवले बताए । यादवका अनुसार भक्तपुरको एक पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई मध्यपुर ठिमी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा शनिबार ६७ बर्षको उमेरमा निधन भएको हो । रहमान जसपाकी केन्द्रीय सदस्य र महिला फोरमकी पूर्व अध्यक्ष थिइन् ।...
गाईघाटमा बेलाबेला तेल सटेज हुँदा बिरामीहरुको ज्यान जोखिममा

गाईघाटमा बेलाबेला तेल सटेज हुँदा बिरामीहरुको ज्यान जोखिममा

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १३ । गाईघाटमा एम्वुलेन्सलाई २४ सै घण्टा डिजेल उपलब्ध नभएको भन्दै चालकहरुले गुणासो पोखेका छन् । गाईघाटको पम्पहरुमा बेलाबेला इन्धन सटेज हुने र रात्रिकालिन समयमा डिजेल नपाउँने हुँदा बिरामीहरुलाई भनेको समयमा हस्पिटल पुराउन नसकिने चालकहरुले जनाएको छ । एम्वुलेन्सलाई आवश्यक परेको खण्डमा जुनसुकै बेला डिजेल आवश्यक हुन्छ । कहिले काहाँ कहिले काहाँ हरेक समय बिरामी बोकेर दौडीरहनु पर्ने अवस्था हुन्छ, त्यसका लागी तेलको कुनै पनि बेला आवश्यक पर्ने हुँदा एम्वुलेन्सलाई २४ घण्टा तेल उपलब्ध गराउनु पर्ने एम्वुलेन्स चालकहरुले माग गरेका छन् । शुक्रबार जिल्ला ट्राफिक कार्यालय उदयपुरको दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन अन्तरक्रिया कार्यक्रममा एम्वुलेन्स चालकहरुले उक्त कुरालाई महत्वपूर्णका साथ उठाएका थिए । उनिहरुले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई मध्यनजर गर्दै उक्त कु...
प्रधानमन्त्रीलाई राप्रपाका मन्त्रीहरुले बुझाए राजिनामा पत्र

प्रधानमन्त्रीलाई राप्रपाका मन्त्रीहरुले बुझाए राजिनामा पत्र

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीक मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा पत्र बुझाएका छन् । सरकाबाट बाहिरने निर्णय गरे सँगै शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्रीले पचण्डलाई राजिनामा पत्र बुझाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री राजीनामा दिएका हुन् । शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकाबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने निर्णय लिएको थियो । त्यस्तै प्रदेश सरकारबाट पनि बाह...
राष्ट्रपति चुनावमा नेसपाले काग्रेसलाई मत दिने

राष्ट्रपति चुनावमा नेसपाले काग्रेसलाई मत दिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १३ गते । नेपाल समाजवादी पार्टीले राष्ट्रपतिको चुनावमा काग्रेसका उम्मेदवालाई मत दिने भएको छ । यहि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने भएको छ । सो निर्वाचनमा डां बाबुराम भट्टराई नेत्तृत्वको पार्टीले काग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो । नेसपाको बैठकले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको हो । गत निर्वाचनामा माओवादीको चुनाव चिन्ह लिएर लडेको नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् । राष्ट्रपति चुनावमा नेसपाको मतभार २५४ छ । राष्ट्रपतिका लागी काग्रेसबाट रामचन्द्र पौडेर र एमालेबाट सुवासचन्द्र नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।...
सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने राप्रपाको निर्णय

सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने राप्रपाको निर्णय

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १३ गते । हालको माओवादी नेत्तृत्वको सरकारबाट बाहिरने र सर्मथन समेत फिर्ता लिने राप्रपाले निर्णय गरेको छ ।प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाको कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । उनले भने परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा बसिरहनु उपयुक्त नहुने ठहर गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो । साथै, प्रदेश सरकारबाट समेत बाहिरने निर्णय गरका छौँ । राप्रपाले वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको निष्कर्ष पनि निकालेको छ । हाल देखिएको सत्ता परिवर्तनको यो प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र भएको राप्रपाको ठहर छ ।...
जंगलबाट तेह्रथुमको तामाङ बस्ति पसेको आगलागीले १४ घर जलेर नष्ट

जंगलबाट तेह्रथुमको तामाङ बस्ति पसेको आगलागीले १४ घर जलेर नष्ट

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन १३ । गएराती तेह्रथुमको आठराई–६ चुहानडाँडामा आगलागीबाट हात्तीखर्क सम्म रहेका १४ घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए। आगलागीबाट नौ परिवारका ४१ जना विस्थापित भएका छन्। घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ। आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ। दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ। राईबहादुर तामाङ, डिकमान तामाङ, शङ्खर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ । आगलागीबाट स...
राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ता आज, कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने

राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ता आज, कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १३ । निर्वाचन प्रक्रिाअन्तरर्गत आज राष्ट्रिपति उम्मेदवारी दर्ता गर्ने भएको छ । कार्यतालिका अनुसार हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरेको थियो । आयोजले उम्मेदवार मनोनयनको लागि बिहान १० बजे देखी दिउँसो ३ बजे भित्र राष्ट्रपतिको लागि मनोनयन कार्यतालिका सार्वजनिक गरेको थियो । आयोगको निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गरिने आयोगको तयारी छ । राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र...