Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

पाँचथरमा घर आगली : दुई बालकको मृत्यु

पाँचथरमा घर आगली : दुई बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन १२ । पाँचथरको हिलिहाङ–७ यवा डाँडामा अवस्थित एक घरमा आगलागी हुँदा दुई बालकको मृत्यु भएको छ । शुक्रबार अपराह्न प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ-५, का स्थानीय श्रण पन्थाकका ५ वर्षका छोरा सेसेहाङ पन्थाक र फिदिम ५ का सन्तोष खातीका ४ वर्षका छोरा निशान खातीको मृत्यु भएको पाँचथरका प्रहरी प्रमुख डिएसपी हरि खतिवडा बताए । उनका अनुसार उनीहरु घटना स्थलमै मृत्यु भएको जनाएको छ । परिवारका सदस्य काममा गएका बेला खरले छाएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृतक दुवैको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ ।...
उदयपुरमा श्रीमतीको हत्या गर्ने युवक पक्राउ

उदयपुरमा श्रीमतीको हत्या गर्ने युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १२ गते । उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ बर्षीय बिनोद पौडेललाई आफ्नै श्रीमती २० बर्षीया युनिशा खत्री पौडेलको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान खाना खाई बेलका नगरपालिका–६ स्थितमा रहेको जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमा सगैं घाँस काट्न गएको बेला पौडेलले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । श्रीमतीलाई खुकुरी प्रहार गरी आफैले हत्या गरेको जानकारी गराए पछि हत्या गर्ने पौडेललाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले घटनामा प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट मृत्यु भएकि युनिशाको शवलाई पोष्टमार्टमको लागि धरान घोपा पठाएको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
लिम्चुुङबुुङको प्रचारमा मधेश/प्रदेश पुगे अध्यक्ष राई

लिम्चुुङबुुङको प्रचारमा मधेश/प्रदेश पुगे अध्यक्ष राई

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन १२ । पर्यटनको नयाँ गन्तब्यको रुपमा परिचित उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई र सिरहाका लहान नगरपालिका र सुरुङगा नगरपालिकाका मेयरबीच आज भेट तथा पर्यटकीय संवाद भएको छ । लिम्चुङबुङको पर्यटकीय स्थलहरु र सम्भावनाको बारेमा प्रचारसहित अध्यक्ष राई मधेश प्रदेश पुुगेका हुुन् । उनले पर्यटन विकास तथा प्रचार–प्रसार सहकार्य प्रस्ताव राखेका छन् । सुरुङ्गा नपाका मेयर गिता चौधरीले स्वागत गर्दै पर्यटनमा सहकार्य र समन्वय गर्ने बताएकी छिन् । थारु सिपले बनेको ढकी उपहार प्रदान गर्दै चौधरीले तराई र पहाडलाई जोडेर पर्यटन विकास गर्दा दुुबै पालिकालाई फाईदा पुुग्ने बताइन् । त्यस्तै लहान नपाका मेयर महेशप्रसाद चौधरीले अध्यक्ष राईलाई पालिकामा स्वागत गरे । उनले लहानलाई लिम्चुङबुङ हुुदै हलेसी जोड्न सके पर्यटकीय विकासको सम्भावना राम्रो देखेको बताए । भेटमा अध्यक्ष राईले दुुबै मेयरला...
राष्ट्रिय परिक्षा बोर्डले उच्च क्षमताको मूल्यांकन गर्दै स्तरीकृत परिक्षा लिने

राष्ट्रिय परिक्षा बोर्डले उच्च क्षमताको मूल्यांकन गर्दै स्तरीकृत परिक्षा लिने

समाचार
पूर्णपुष्टि,फागुन १२ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको ज्ञान, बोध, सिकाइको प्रयोग र उच्च क्षमताको समेत मूल्यांकन गर्नेगरी स्तरीकृत परीक्षा लिने भएको छ । यस अघिका परीक्षामा विद्यार्थीको ज्ञान मात्रै मूल्यांकन हुँदै आएकोमा अब भने समग्र क्षमताको मूल्यांकन गरिने बोर्डले जनाएको छ । शिक्षा पत्रकार समूहले आयोजना गरेको सिकाइ र मूल्यांकन विषय शिक्षा बहसमा बोल्दै बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बोर्डले तल्लो तहदेखि नै विद्यार्थीको मूल्यांकनमा सुधार गर्न लागिएको बताए । ‘अहिले सम्मका प्रश्नपत्रमा विद्यार्थीको ज्ञान मात्रै नापिरहेका थियौं । अब बोध, प्रयोग र उच्चक्षमताको समेत मूल्यांकन गछौं ।’ डा.शर्माले भने, ‘त्यसको काम स्तरीकृत परीक्षामार्फत् गर्छौं ।’ डा. शर्माका अनुसार बोर्डले पहिलो चरणमा ६ देखि ८ कक्षामा अनिवार्य विषयहरु अंग्रेजी, विज्ञान र गणितलाई स्तरीकृत परीक्षा मार्फत् मूल्यांकन ...
सरकारले दिने आकस्मिक विदामा बैंक बन्द नहुने

सरकारले दिने आकस्मिक विदामा बैंक बन्द नहुने

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन १२ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समय सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । सरकारले आकस्मिक रूपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै राष्ट्र ब्यांकले आजबाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ । “नेपाल राष्ट्र ब्यांकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्ट लगायतका अत्यावश्यक बैंकीङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ,” राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । यसअघि बैंक तथा वित्तीय संस...
गंगालाल श्रेष्ठद्वारा राष्ट्रपति पदमा उम्मेदवारी घोषणा

गंगालाल श्रेष्ठद्वारा राष्ट्रपति पदमा उम्मेदवारी घोषणा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १२ गते । नेपाल नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर श्रेष्ठले देशमा शान्ति र स्थिरताको लागि आफूले राष्ट्रपतिमा उम्मेदवारी दिन लागेको बताए । पत्रकार सम्मेलनमा श्रेष्ठले नेपाली जनताले देशले राजनीतिक निकास पाएको र समृद्ध नेपाल भएको देख्न चाहेपनि केही राजनीतिक पार्टीका कारण त्यो सम्भव नभएको बताए । उनले देशको अस्मितामाथि गिद्दे नजर लगाएकाहरुलाई परास्त गर्न र उन्नति र प्रगतिमा जान नदिनविरुद्ध आफ्नो उम्मेदवारी भएको बताए । उनले आफूले देशको समृद्धिको अभियानमा लाग्दा ज्यान मार्ने धम्की समेत आएको समेत बताए । रिक्सा चलाएर पत्रकार सम्मेलनस्थल पुगेका श्रेष्ठले देशमा शान्ति र समृद्धिको नारा बोकेर २०७८ फागुन २८ गतेबाट ७७ वटै जिल्लामा रिक्सा यात्रा गरेको जानकारी गराउँदै आफूलाई...
ट्राफिक प्रहरी कार्यालय उदयपुरको निश्कर्ष : अधिकांश दुर्घटनाको कारण तिव्र गति

ट्राफिक प्रहरी कार्यालय उदयपुरको निश्कर्ष : अधिकांश दुर्घटनाको कारण तिव्र गति

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १२ । जिल्ला प्रहरी कार्यालय उदयपुर र ट्राफिक प्रहरी कार्यालय उदयपुरका संयुक्त तथ्याङकले दर्घटनाको मुख्य कारण तिव्र गति रहेको देखाएको छ । पूर्व–पश्चिम बरुवा वसपार्क स्थित बिहिबार ट्राफिक प्रहरी कार्यालय उदयपुरद्धारा आयोजित दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन बारे सवारी चालक तथा सम्बन्धित क्षेत्रहरु सँग छलफल कार्यक्रममा यस्तो निश्कर्ष निकालेको हो । ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त अनुसन्धानको तथ्याङक अनुसार तिव्र गति दुघंटनाकाको मुख्य कारण रहेको जनाए अन्तरक्रिया कार्यक्रममा छलफल भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) ज्ञानेन्द्र बहादुर फुँयालले साउन देखी पुष सम्मको दुर्घटनाबारे जानकारी दिँदै सबै भन्दा बढी तिव्र गतिका कारण दुर्घटना निम्तिएको जानकारी गराए । एसपी फुँयालका अनुसार गएको ६ महिनामा उदयपुरमा ९१ ओटा दुर्घटना ...
‘द भ्वाईस किड्स सिजन–२’ को नयाँ कोचमा सुशान्त केसी

‘द भ्वाईस किड्स सिजन–२’ को नयाँ कोचमा सुशान्त केसी

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन १२ गते । ‘द भ्वाईस किड्स सिजन–२’ को नयाँ कोचका रुपमा गायक सुशान्त केसी भित्रिएका छन् । अघिल्लो सिजनका कोच प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार पनि छन् । गायन रियालिटी शो द भ्वाइस किड्स नेपाल सिजन–२ को प्रसारण यही फागुन २६ गतेदेखि सुरू हुने भएको छ। हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । पहिलो सिजनमा जस्तै पहिलो एपिसोडमा ब्लाइन्ड अडिसन प्रसारण हुनेछ । त्यसपछि डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाहरु ब्लाईन्ड अडिसनमा प्रवेश गर्नेछन् । ब्लाइन्ड अडिसनमा प्रवेश गर्ने प्रतिभाहरुले कोचको कुर्सी घुमाउनु पर्नेछ । कोचको कुर्सी घुमाउन सफल हुने प्रतिभाहरुको सांगितिक यात्रा त्यहीबाट सुरु हुनेछ । प्रतेक कोचले आफ्नो टिममा १२ जना प्रतिभाहरु छान्नेछन्...
रामोसले गरे अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

रामोसले गरे अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १२ गते । स्पेनका पूर्व कप्तान तथा पेरिस सेन्ट (पिएसजी) का डिफेन्डर सर्जियो रामोसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । बिहिबार सामाजिक सञ्जालमा वक्तव्य सार्वजनिक गर्दै ३६ बर्षीय रोमोसले सन्यासको घोषण गरेका थिए । हाल फ्रेन्च क्लब (पिएसजी) बाट खेल्दै आएका रामोसले स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका छन् भने २३ गोल समेत गरेका छन् । स्पेनका लागी एक विश्वकप र दुई युरोकप जितेका रामोसले अब सन्यासको समय आएको बताएका छन् । रामोस सन् २००८, २०१२ को युरोकप र २०१० को विश्वकप विजेता स्पेनी टोलीका सदस्य हुन् । तर कतारमा भएको २०२१ को विश्वकपमा भने टोलीमा अटाएनन् । उनले २०२१ मार्च देखि स्पेनका लागी खेल खेलेका थिएनन् । स्पेनका प्रशिक्षक डे ला पुएन्टेले सम्पर्क गरेर आफ्नो योजनामा नरहेको बताएपछि रामोसले सन्यास लिने निर्णयमा पुगेको जनाएका छन् ।...
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १२ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ शुक्रबार हुँदैछ। न्यायाधीश ईश्वर खतिवडाको इजलासमा लामिछानेको रिट पेसी तोकिएको छ । न्यायाधीश खतिवडाको इजलासमा १५ वटा रिट छन् । तीमध्ये लामिछानेको रिट १५औँ नम्बरमा परेको छ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम भोलि (शनिबार) युएई जाँदैछ । उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा रिट दिएका हुन् । उच्च अदालत पटाने सन्दीपलाई क्रिकेट खेल्न विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा रिहा गरेको थियो । उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।...