Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

किशोरी बलात्कार आरोपमा एक पक्राउ

किशोरी बलात्कार आरोपमा एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १२ गते । झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिका–८ बस्ने ३९ वर्षीय अशोक बराइली रहेका छन् । बराईलीले ती किशोरीलाई गत पुष २९ गते देखि पटक–पटक बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई बिहिबार साझँ इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले पक्राउ गरेको हो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
रुस–युक्रेन युद्धको १ बर्ष पुरा : संयुक्त राष्ट्र संघको महासभाबाट युद्ध रोक्नुपर्ने प्रस्ताव बहुमतले पारित

रुस–युक्रेन युद्धको १ बर्ष पुरा : संयुक्त राष्ट्र संघको महासभाबाट युद्ध रोक्नुपर्ने प्रस्ताव बहुमतले पारित

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, फागुन १२ गते । आज रुस–युक्रेन युद्धको १ बर्ष पुरा भएको छ । यस युद्धको वार्षिकीत्सवको पूर्वसन्ध्यामा संयुक्त राष्ट्र संघको महासभामा युक्रेनमाथि गर्दै आएको आक्रमण रुसले रोक्नुपर्ने प्रस्ताव बहुमतले पारित भएको छ । उक्त प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत खसालेको थियो भने प्रस्तावको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआको मत थियो । त्यस्तै तटस्थ बस्नेमा चीन, भारत, इरान, दक्षिण अफ्रिका लगायतका ३२ देश रहेका छन् । सो महासभामा रुसले युक्रेनमाथि गर्दै आएको आक्रमणको भत्सर्ना भएको छ भने बिनाशर्त युद्ध रोक्ने, युक्रेनमा भएका रुसी सेना फिर्ता गर्नुपर्ने र सक्दो चाँडो शान्ति कायम गर्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित भएको छ । रुसले युक्रेनका चारवटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेपछि बढेको तनाव युद्धमा परिणत भएको थियो । २०२२ को फेब्रुअरी २४...
उदयपुरको बेलकामा झुण्डिएको अवस्थामा एक युवक मृत फेला

उदयपुरको बेलकामा झुण्डिएको अवस्थामा एक युवक मृत फेला

समाचार
पूर्णपुष्टि,फागुन १२ । उदयपुरको बेलकामा झुण्डिएको अवस्था एक युवक मृत फेला परेका छन् । जिल्लाको बेलका नगरपालिका वडा नं ३ सातपत्रे स्थितमा अन्दाजि ३०, ३५ बर्षीय पुरुष पिठारीको रुखमा प्लाष्टिक नाईलनको डोरीको पासो लगाई झुण्डिएको अवस्था फेला परेका हुन् । गत मंलवार बिहान करिब साढेँ ५ बजे फेला परेको उक्त व्यक्तिको नाम, थर खुलिनसकेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । लाशलाई पोष्माटमको लागी वि।पी। कोईराला स्वास्थ्य प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ ।...
राष्ट्रपति उम्मेदवारः शीर्ष नेताहरुबीच निर्णायक वार्ता हुँदै

राष्ट्रपति उम्मेदवारः शीर्ष नेताहरुबीच निर्णायक वार्ता हुँदै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागनु १२ । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ८ बजे शीर्ष नेताको बैठक बस्न लागेको हो । कांग्रेस महामन्त्री गगन थापाका अनुसार बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ। कांग्रेसमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाला राष्ट्रपतिको बलियो दाबेदारमा रुपमा अगाडि आएका छन् । राष्ट्रपतिको उम्मेदवार र पुरानो गठबन्धन ब्युँताउने आधारबारे पार्टीभित्र छलफल गरेर सभापति देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्ने छन्। आज विहान १० बजे कांग्रेस, माओवदी, एकीकृत समाजवादी र जसपाबीच छलफल हुने छ।...
मुर्कुची नमुना मा.बीमा बिज्ञान तथा कला प्रदर्शनीको भव्य समापन (फोटो फिचर सहित)

मुर्कुची नमुना मा.बीमा बिज्ञान तथा कला प्रदर्शनीको भव्य समापन (फोटो फिचर सहित)

Breaking News 1, समाचार
उदयपुर फागुन १० । रौतामाई गाउँपालिका ७ मुर्कुचिमा संञ्चालित बिज्ञान तथा कला प्रदर्शनी कार्यक्रमको आज समापन गरिएको छ । उक्त कार्यक्रमलाई संघिय सांसद अम्वर रायमाझीको प्रमुख आथित्यतामा सम्पनन गरिएको हो । बुधबार देखी संञ्चालन रहेको उक्त प्रदर्शनी बिज्ञान, कला, वातावरण र समाज गरी ४ ओटा विद्यामा प्रस्तुत गरिएका थिए । सोही विद्यालयका प्र.अ खड्ग बहादुर थापा मगरले प्रदर्शनीमा जिल्ला तथा छिमेकी जिल्ला सहित करिब ३५ भन्दा बढी विद्यालयहरुको सहभागी रहेको जनाए । मगरका अनुसार प्रदर्शनमा रहेको ४ ओटै विद्याका उत्कृष्ट प्रदर्शनीहरुलाई विद्यालयले नगद पुरस्कार सहित प्रमाण पत्र समेत प्रदान गरेको जनाए । मगरले प्रदर्शनी कार्यक्रम जिल्लामै पहिलो चोटी नमुना मावी मुर्कुचीले नै सुरुवात गरेको हुनाले विद्यालयलाई थप उचाईमा पुराउन सफल भएको जनाए । विद्यार्थीहरुलाई पढाईको क्षेत्र बाहेकका आफ्नो बिषय सँग सम्बन्धित कला प्रदर्...
उदयपुरमा बालबिकास केन्द्रकी १५ शिक्षिकाहरुलाई सिकाई उपलब्धी तथा खेलौना निर्माण तालिम

उदयपुरमा बालबिकास केन्द्रकी १५ शिक्षिकाहरुलाई सिकाई उपलब्धी तथा खेलौना निर्माण तालिम

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ११ । उदयपुरमा बालविकास केन्द्रका १५ जना शिक्षिकाहरुलाई सिकाई उपलब्धी समिक्षात्मक बैठक सँगै खेलौना निर्माण तालिम उपलब्ध गराईएको छ । बिहिबार गाईघाटमा हुरेण्डेक उदयपुरको आयोजना तथा द लेगो फाउण्डेसन र वल्र्डभिजनको आर्थिक सहयोगमा जिल्लाका ६ ओटा पालिकामा आबद्ध ECD का शिक्षिकाहरुलाई समिक्षात्मक बैठक सँगै तालिम सिकाईएको हो । बालबालिकाहरुको गुणस्तर शिक्षा र बौद्धिक बिकासलाई प्रभावकारी बनाउने भन्दै शिक्षिकाहरुलाई शिक्षा सिकाई उपलब्धीमा जोड गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ । पढाईको लागि थेउरीमा मात्र बालबालिकाहरुलाई सिमत राख्न नहुने उनिहरुको बौद्धिक बिकासमा समेत सकरात्मक प्रभावका लागि म्याथोड सहितको प्राक्टीकली सिकाई आजको मुख्य आवश्यक रहेको राष्ट्रिय सेतो गुँरासकी राष्ट्रिय प्रशिक्षक भिमा राईले जनाईन । राई बिगत २४ बर्षदेखी सामाजिक संस्थामा आबद्ध रहेकी छिन् ।...
गाईघाट आउँने क्रममा बसबाट लुटिएका पिडित परिवारलाइ ३ लाख ५० हजार क्षतिपुर्ती

गाईघाट आउँने क्रममा बसबाट लुटिएका पिडित परिवारलाइ ३ लाख ५० हजार क्षतिपुर्ती

समाचार
पूर्णपुष्टि,फागुन ११ । उदयपुरमा गत सोमबार काठमाडौंदेखि गाईघाट आउँने क्रममा लुटिएका पिडित परिवारले ३ लाख ५० हजार क्षतिपुर्ती पाएको छ । बिहिवार दुबै पक्षको छलफलबाट सहमति जुटाई क्षतिपुर्ती दिने सर्तमा गाडि र बसका कर्मचारीहरुलाई छाडिएको हो । गत सोमबार ८ गते काठमाडौंदेखि गाईघाट आउँदै गरेको अवस्थिमा बेहोस बनाई लुटपाटगरेको भन्दै पिडित परिवारले प्राईम डिलक्स बसका कर्मचारी विरुद्ध किटानी जाहेरी दिएका थिए । बसभित्र बेहोस् पारेर लुटिनुमा बसका कर्मचारी कै मुख्य जिम्मेवार रहेको भन्दै मंलवार प्रहरीमा जाहेरी दिएका थिए ।...
उदयपुरमा एकैघरका तीनजनाको हत्यारालाई जिवित रहन्जेल कैद हुने फैसला

उदयपुरमा एकैघरका तीनजनाको हत्यारालाई जिवित रहन्जेल कैद हुने फैसला

Breaking News 1, समाचार
उदयपुर पूर्णपष्टि,फागुन ११ । गत भदौ १७ गते एकै घरका तीन जनाको विभत्स हत्या गर्ने उदयपुरको बेलका नगरपालिका–७ गोभाटारका ४५ वर्षिय नरबहादुर बस्नेतलाई आजिवन कारावासको सजाय भएको छ । जिल्ला अदालत उदयपुरको ३ नं. वेन्चका न्यायधिश नवराज दुलालको आजको एकल इजालसले पिडित पक्षको माग दावी बमोजिम आजिवन कैदको सजाय सुुनाएको हो । मुलुकी अपराध संहिता अन्तर्गत जिवित रहेसम्म कैद गर्नेगरी सजाय फैसला भएको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए । बस्नेतले एकै घरका श्रीमान, श्रीमती र छोरालाई हत्या गरेका थिए । मृतक श्रीमान् ३५ वर्षिय राजकुमार बस्नेत, उनकी श्रीमती ३४ वर्षिया सरिता बस्नेत र १३ वर्षिय छोरो सुुजन बस्नेतको एकैदिन हत्या भएको थियो ।...
लुकाकुको गोलमा ईन्टर मिलानको जित

लुकाकुको गोलमा ईन्टर मिलानको जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन ११ गते । युरोपियन च्याम्पियन लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब ईन्टर मिलनले १–० गोलले पोर्चुगिज क्लब पोर्टोलाई पराजित गरेको छ । बुधबार राति ईन्टरको घरेलु मैदानमा भएको खेलमा रोमेलु लुकाकुको निर्णयक गोलमा ईन्टरले एफसी पोर्टोमाथि जित निकालेको हो । खेलको ७८ औं मिनेटमा पोर्टोका ओटाभियोलाई रेफ्रिले दोस्रो पटक पहेलो कार्ड देखाएपछि उनले मैदान छाडेका थिए । खेलको ८६ औं मिनेटमा लुकाकुले गोल गर्दै ईनटरलाई जित दिलाए । लुकाकुको सो गोल नै ईन्टरको लागी निर्णयक गोल बनेको हो । दुई टोलीबीचको अर्को लेग अब १४ मार्चमा पोर्टोमा मैदानमा हुनेछ ।...
गाईघाट आउने क्रममा प्राईम डिलक्समा लुटिएका पिडितले बस कर्मचारी बिरुद्ध जाहेरी दिने

गाईघाट आउने क्रममा प्राईम डिलक्समा लुटिएका पिडितले बस कर्मचारी बिरुद्ध जाहेरी दिने

Breaking News 1, समाचार
पुर्णपुष्टि, फागुन १० । काठमाडौंदेखि गाईघाट आउने क्रममा प्राईम डिलक्स बसमा लुटिएको पिडितले बस कर्मचारी विरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् । उनीहरुले बसभित्र बेहोस् पारेर लुटिनुुमा उनीहरु नै प्रमुख जिम्मेवार रहेको भन्दै जाहेरी दिने तयारी गरेको बताएका छन् । लुटेरा र लुटिएको सुन फेला नगरेपछि बस कर्मचारीकै मिलेमतोको आशंका गर्दै किटानी जाहेरी दिन लागेको पिडितहरुको भनाई छ । सोमबार बेलुकी ०३–००१–ख २५८० नम्बरको बसबाट गाईघाट आइपुुग्दा ३८ वर्षिय ल्होदोर्ची शेर्पा र ५५ वर्षिय नुुर्बुु शेर्पा बेहोस अवस्थामा थिए । ल्लोदोर्चीको करिब साढे चार तोला सुुनको सिक्री र औठी लुटिएको बताइएको छ । बसभित्र अचेत अवस्थामा आइपुुगेका दुुबैजनालाई आफन्त र प्रहरीले जिल्ला अस्पताल उदयपुर लगेको लामो समयपछि मात्र होस खुुलेको परिवारले जनाएको छ । अझै पनि उनीहरु पूर्ण ठिक नभइसकेको, घरीघरी अचेत हुने गरेको परिवारले ज...