Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

मुर्कुची नमुना माविमा ३५ भन्दा बढी विद्यालयको बिज्ञान तथा कला प्रदर्शन

मुर्कुची नमुना माविमा ३५ भन्दा बढी विद्यालयको बिज्ञान तथा कला प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १० । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचि नमुना माविमामा बिज्ञान तथा कलाको भव्य प्रदर्शन भएको छ । उक्त प्रदर्शन दुई दिन सम्म संञ्चालन गरिने आयोजक मुर्कुचि नमुना माविले जनाईएको छ । जिल्ला तथा छिमेकी जिल्लाहरुको समेत गरी ३५ भन्दा बढी विद्यालयहरुले उक्त प्रदर्शनमा भाग लिएका थिए । बिज्ञान, कला, समाज र वातावरण गरी जम्मा चार विद्यामा प्रदर्शन गरेका थिए । विद्यालय बाहेक अन्य संघ संस्थाहरुले पनि स्टल प्रयोग गरेको छ । प्रदर्शनमा ९० स्टलहरु भरिभराउ छन् । विद्यालयको ६१ औँ बार्षिकोत्सव र १९ औँ अविभावक दिवसको अवसर पारेर बृहत प्रदर्शन सँगै सांस्कृतिक कार्यक्रम पनि भव्य रुपमा संञ्चालन भएको छ । विद्यालय र रौतामाई गाउँपालिकाको संयुक्त आयोजना गरेको कार्यक्रमलाई हुरेण्डेक उदयपुरले सहयोग गरेको छ । प्रदर्शनमा राखिएको प्रत्येक विद्याका उत्कृष्टलाई १० हजार नगदले पुरस्कृत समेत गरिने आ...
कोरियाली विश्वविद्यालयका प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण

कोरियाली विश्वविद्यालयका प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन १० गते । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राध्यापक डाक्टर डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकहरूको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्र तर्फ बी. एड मा सञ्चालन भएको “विशेष आबश्यकता शिक्षा” को अनुगमत गर्न चार सदस्यीय प्राध्यापकहरूको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो ।टोलीले विशेष आबश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीहरूसँग छलफल र अन्तरक्रिया समेत गरेको छ । छलफलको क्रममा विशेष आबश्यकता शिक्षाको आबश्यकता, अवसर र चुनौतीका विषयमा विद्यार्थीहरूले जिज्ञासा राखेका थिए । कोरियाली प्राध्यापकहरूको टोलीले भने अध्ययन र सिकाई प्रक्रियाका विषयमा विद्यार्थीहरूसँग प्रश्न गरेका थिए । अपाङ्गता र विशेष क्षमता भएका मानिसहरूका क्षेत्रमा यो शिक्षा प्रभावकारी हुने भन्दै कोरियाली प्राध्यापकहरूले क...
सिराहामा ग्लोबल आईएमई बैंकको ९ लाख लुटपाट

सिराहामा ग्लोबल आईएमई बैंकको ९ लाख लुटपाट

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १० गते । सिराहामा ग्लोबल आईएमई बैंकको ९ लाख रुपैँया लुटपाट भएको छ । बुधबार दिउँसो ३ बजे मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लगिएको ९ लाख रुपैँया कर्मचारीको साथबाट लुटिएको सिरहाका प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेले बताए । पाण्डेका अनुसार मोटरसाइकलमा रकम लिएर कल्‍याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहद्धारा रकम लुटपाट भएको छ । लुटेराहरुको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
‘बिहे पास’ फिल्मको टिजर सार्वजनिक

‘बिहे पास’ फिल्मको टिजर सार्वजनिक

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन १० गते । ‘बिहे पास’ फिल्मको टिजर सार्वजनिक भएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्मको टिजर बुधबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको टिजरमा बिहेको प्रसंगलाई देखाइएको छ । प्रकृति सरकारी जागिरे र दया सरकारी जागिरको खोजीमा रहेको देख्न सकिन्छ । प्रवेश पौडेलले निर्देशन गरेको फिल्म ‘बिहे पास’ मा दयाहाङ र प्रकृतिसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नविन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ । रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन् । छायांकनमा शिव ढकाल रहेका थिए भने सम्पादन मित्रदेव गुरुङले गरेका हुन् । बिहे पास बैशाख १ गतेदेखी रिलिज हुदैँछ । सोहि मितिमा दया...
नेपालीमा बिमा मोडल परिवर्तन गनुपर्छ : तोसिमा कार्की

नेपालीमा बिमा मोडल परिवर्तन गनुपर्छ : तोसिमा कार्की

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १० गते । नेपालको स्वाथ्य बिमा प्रणाली बन्द हुने अवस्था सिर्जन भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिन्ता व्यक्त गरेकी छन् । आज बुधबार बसेको प्रतिनिधिसभामा बोल्दै कार्कीले सुरु भएको ५ वर्षमै र ५० प्रतिशत नागरिकमा पनि नपुग्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्था सिर्जना भईरहेको बताएकी हुन् । बिमाको मोडल नै गलत रहेकोे उल्लेख गर्दै स्वास्थ्य बोर्डका अध्यक्षले राजिनामा दिनुको कारण पनि यहि रहेको बताईन् । अर्बपति र गरिबले एउटै शुल्क तिर्नुपर्ने बीमाको मोडल गलत भएको भन्दै उनले भनिन्, ‘वैज्ञानिक ढंगले स्वास्थ्य बीमाको शुल्क तोकिनुपर्छ ।’ अस्पतालहरुले बीमावापत दिइएको एक लाखको हेल्थ प्याकेजलाई जसरी पनि खर्च गर्नुपर्छ भन्ने मान्यता राखेर अनावश्यक परीक्षण पनि गर्न लगाउने गरेको भन्दै डा. कार्कीले यसको नियमन एकदमै फितलो भएको बताइन् । स्वास्थ्...
बाजुरालाई केन्द्र बिन्दु बनाएर भुकम्प गयो

बाजुरालाई केन्द्र बिन्दु बनाएर भुकम्प गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १० गते । आज सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार दिउँसो पौने २ बजे बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भुकम्प गएको जनाएको छ । भुइँचालोबाट क्षतिको खबर आइपुगेको छैन । एक महिनामा बाजुरा केन्द्र बिन्दु बनाएको गएको यो तेस्रो भुकम्प हो । यसअघि माघ १० गते ५.९ र माघ १२ गते ४.१ म्याग्निच्युडका भुइँचाला गएका थिए ।केही समय यता बाजुरामा मात्र नभई पश्चिम नेपालका दुर्गम जिल्लामा लगातार भुइँचालो कम्पन महसुस गरिएको छ। आजको समेत जोड्दा पछिल्ला चार महिनामा पश्चिम नेपालमा १३ वटा भुइँचाला गइसकेका छन् ।...
नेपालबाट ५ खेलाडीले विश्व मुवाँथाइ च्याम्पियनसिपमा भाग लिने

नेपालबाट ५ खेलाडीले विश्व मुवाँथाइ च्याम्पियनसिपमा भाग लिने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १० गते । थाईल्यान्डको बैंककमा हुने १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालबाट ५ जना खेलाडी सहभागि हुने भएका छन् । सो च्याम्पियनसिप फागुन २८ देखि चैत ६ गतेसम्म हुने भएको छ । सो प्रतियोगितामा पुरुष ५७ केजीमा गुणराज रुचाल, ५४ केजीमा पूर्णजित राई, ७१ केजीमा नवराज पराजुली र ५१ केजीमा सञ्जय राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् भने महिला ४८ केजीमा डेनिका राईले खेल्ने छिन् । प्रशिक्षकमा गणेशलाल कक्षपति तथा व्यवस्थापकमा निलम अधिकारी छन् । गुणराज, पूर्णजित र नवराज प्रशिक्षणमा पनि सहभागी हुने भएकाले बुधबारै बैंकक प्रस्थान गरिसकेका छन् । बाँकी टोली पछि जाने छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे । नेपाल राष्ट्रिय मुवाथाइ संघका अनुसार हाल सम्म नेपालले उक्त च्याम्पियनसिप संकरणमा १ स्वर्ण, १ रजत ...
एमालेले निकालेको होईन ‘आफैले नै केन्द्रिय सदस्य त्यागे’ : दुर्गा प्रसाई

एमालेले निकालेको होईन ‘आफैले नै केन्द्रिय सदस्य त्यागे’ : दुर्गा प्रसाई

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १० गते । एमालेका पूर्व नेता दुर्गा प्रसाईले एमालेले नभई आफुले नै केन्द्रिय सदस्य त्यागेको बताएका छन् । एमाले छाडेर नागरिक बचाऔँ अभियान सुरु गर्ने क्रममा धनगढी पुगेका प्रसाईँले यस्तो बताएका हुन् । प्रसाईले भने ‘केपी हजुरबुबालाई तपाईको केन्द्रीय सदस्य तपाईँ नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ’ । उनले एमालेलाई प्रश्न गर्दै भने मैले पानसमा पूर्व राजाबाट दियो बालेकै कारण कारबाही गर्नुपर्ने, केपी बाले त राजावादीसँग गठबन्धन गरेर सरकार चलाईरहँदा उहाँलाई कार्वाहि गर्नुपर्दैन । पूर्वराजाबाट अभियान सुरु गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने अध्यक्ष केपी शर्मा ओलीलाई पनि कारबाही हुनुपर्ने प्रसाईले बताएका छन् ।...
सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु, १ जना घाईते

सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु, १ जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १० गते । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा ईटहरी–१० का ४० बर्षीय सुरेन्द्र सरदार, बेलबारी–२ का १९ बर्षीय लेखनाथ चौहान र ताप्लेजुङ श्रीजंघा गाँउपालिका–४ का ३५ बर्षीय समिर लिम्बु रहेका छन् । हिजो सुनसरीको ईटहरी उप–महानगरपालिका–१० खनार स्थित दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफै अनियन्त्रित भई पल्टिदा सरदार घाईते भएका थिए । घाईते सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । यसै गरी आज मोरङको बेलबारी नगरपालिका–१ शिशौली चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको २ वटा साईकललाई ठक्कर दिदाँ चौहान घाईते भएका थिए । घाईते चौहानलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पुर...
पोखरामा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाईते

पोखरामा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १० गते । पोखरामा विष्फोटक पदार्थ पड्किँदा दुई बालक घाईते भएका छन् । विष्फोटक पदार्थ पड्किँदा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाईते भएका छन् । उक्त घटना हिजो मंगलबार घटेको थियो । तर आज मात्र सार्वजनिक भएको छ । ति दुबै घाईते बालकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पोखरा ३३ ठूल्ढुंगामा मंगलबार दिउँसो घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु खेलाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले बताए । उहाँका अनुसार घाइते बालकहरुको अवस्था सामान्य रहेको छ । एक बालकको अपरेसन राति नै भईसकेको र अर्को बालकको भने आज हुने छ । विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...