Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

लिभरपुलमाथि रियल मड्रिडको शानदार जित

लिभरपुलमाथि रियल मड्रिडको शानदार जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १० गते । युरोपियन च्याम्पियन लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा प्रिमियर लिग क्लब लिभरपुलमाथि स्पेनिस क्लब रियल मड्रिडले सानदार जित निकालेको छ । रियलले रिभरपुललाई ५–२ गोल अन्तरमा पराजित गरेको हो । मंगलबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलको चौथो मिनेटमा डार्विन नुनेजले र १४ औँ मिनेटमा मोहमद सालहले गोल गर्दै लिभरपुललाई २–० को आग्रता दिलाएका थिए । तर लिभरपुलले यस अग्रतालाई जोगाउन नसकेपछि हार व्योहोर्नु परेको हो । पहिलो हाफमै रियलका लागी भिनियस जुनियरले २१ औँ र ३६ औँ मिनेटमा गोल गर्दै लिभरपुलसँग बराबरी खेलेको थियो । दोस्रो हाफमा रियलबाट तिन गोल दास्रो हाफको ४७ औं मिनेटमा एडर मिलिटाओले गोल गर्दै रियललाई ३–२ को आग्रता दिलाएका थिए । त्यसपछि खेलको ५५ औँ र ६७ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियलले लिभरपुलमाथि सानदार जित निकालेको हो ।...
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १० गते । प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनका लागी मनोनयन दर्ता गर्न दुई दिनमात्र बाकीँ रहँदा प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका हुन् । राष्ट्रपति उम्मेदवारी दर्ता फागुन १३ गतेलाई तोकिएको छ । प्रधानमन्त्री र ओली बिच धेरै भेटवार्ता भईसकेको छ । तर पनि राष्ट्रपति निर्वाचनमा दुई दल एक ठाउँमा उभिन सकिरहेका छैनन् । राष्ट्रपतीमा राष्ट्रिय सहमती गर्नुपर्ने प्रचण्डले बताईरहेका छन् भने उता काग्रेसलाई राष्ट्रपती दिने वचन समेत दिईसकेका छन् । प्रचण्डले एमालेबाट राष्ट्रपति स्वीकार गर्ने पार्टी भित्र स्पष्ट गरिसकेका छन् भने ठ्याक्कै मुख खोलेर भनेका छैनन् । यस्तो अवस्थामा दुई नेताबीच बालुवाटारमा भेट हुन लागेको हो । काग्रेससँग गठबन्धन तोडेर एमाले सहित सात दलिय गठबन्धनबाट पुस १० गते प्रचण्...
भारतमा जागिर मिलाईदिने भन्दै कोठिमा युवती बेच्ने होटल सञ्चालक पक्राउ

भारतमा जागिर मिलाईदिने भन्दै कोठिमा युवती बेच्ने होटल सञ्चालक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १० गते ।दाङमा एक युवतीलाई जागिर मिलाईदिने भन्दै भारतको कोठिमा लगेर बेचेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । घोराही–१४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९ वर्षीया टोपली सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । २० वर्षीया युवतीलाई रोजगारीको प्रलोभन देखाई भारतको कोठीमा लगेर बचेको आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले बताए । वलीका अनुसार होटलकी सञ्चालक टोपलीले युवतीलाई भारतमा राम्रो काम लगाइदिने भनेर लोभ देखाई माघ २१ गते भारतको चन्ढिगढ पुर्‍याईएकी रहेछन् । राम्रो कमाई हुने लोभ देखाई बाँकेको नेपालगञ्जसँग जोडिएको भारतीय सीमा नाका रुपैडिहा हुँदै भारत पुर्‍याइएर त्यहाँ कोठीको सञ्चालकसँग मोटो रकम लिएर युवतीलाई बेचेको रहेछ । कोठिमा बेचिएकी युवतीलाई १२ दिनसम्म बेवेश्वावृति गर्न लगाइ...
नेशनल लाईफ गाईघाट शाखाद्धारा ५० बढी बिरामीलाई फलफुल बितरण

नेशनल लाईफ गाईघाट शाखाद्धारा ५० बढी बिरामीलाई फलफुल बितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १० । नेशनल लाईफ इन्स्योरेन्स गाईघाट शाखाले आज ३६ औँ बर्षिकोत्सव मनाएको छ । सो अवसरमा शाखाले बिभिन्न कार्यक्रमहरु सँगै हस्पिटलमा रहेको बिरामीहरुलाई फलफुल समेत उपलब्ध गराएको छ । फलफलुल लिएर शाखा प्रमुख प्रेम कुमार राई सहितको टोली जिल्ला अस्पताल उदयपुर पुगेका थिए । राई लगायत शाखाका अन्य कर्मचारी बजार व्यवस्थाप सहित ९ जनाको टिम हस्पिटल पुगेका थिए । उनिहरुले त्यहाँ रहेको करिब ५५ जना बिरामीहरुलाई फलफुल वितरण गरेको हो । शाखा प्रमुख राईका अनुसार हस्पिटल सँग स्वीकृत लिएर उक्त कार्यमा आफ्नो टिम सहभागी रहेको जनाए । उनले अन्य बर्षहरुमा भन्दा यो बर्ष फरक किसिमले कार्यालयको बार्षिकोत्सव मनाएको समेत जनाए ।...
उदयपुरमा न्यायधिशकै सवारीले ठक्कर दिएपछि लुकाईएको त्यो गम्भीर दुर्घटना, फेसबुक पोस्टले खोल्यो रहस्य

उदयपुरमा न्यायधिशकै सवारीले ठक्कर दिएपछि लुकाईएको त्यो गम्भीर दुर्घटना, फेसबुक पोस्टले खोल्यो रहस्य

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १० । अदालत निष्पक्षताको एक सुन्दर पाटो हो । यसले हरेक मानिसलाई अन्यायबाट जोगाउँछ । कसैले गल्ती गर्दा पनि आफुले नै जित्न खोज्छ भने त्यो अन्तिम फैसालाको भागेदार अर्थात न्यायको भण्डारनै अदालत हुन पुग्छ र उसले त्यहाँबाटै न्याय प्राप्त गर्छ । तर नेपाली समाजमा यस्तो खाले न्यायको कतै महसुस छैन । सानालाई ऐन अनि ठुलालाई चयन भनेझै समाजका कम्जोर मानिसहरु अन्यायहरुको सँधै भागेदार हुन्छ । यस्तै घटना उदयपुरमा भर्खरै भएको खुल्न आएको छ । उदयपुर स्थित चुहाडेमा ६ गते शिवरात्रीको दिन एक ठुलो र्दुघटना भयो । त्यो दुर्घटना करिब ३ दिन सम्म गुपचुप अवस्थामै रह्यो । यस्तो ठुलो दुर्घटनालाई पनि लुकाउनुका मुख्य रहस्य थियो ठुलो भनौदाहरुले गराईएको दुर्घटना । सो घटना गएको तिन दिन अगाभै भएको पाईएको छ । शिवरात्रीका दिन विहान उक्त दुर्घटनामा परी कटारी , ३ का अजय श्रेष्ठ गम्भिर घाईते छन् । कटारी नगरपालिका...
उदयपुरमा किरात राई कर्मचारी मन्चको स्वागत तथा वनभोज कार्यक्रम भव्य

उदयपुरमा किरात राई कर्मचारी मन्चको स्वागत तथा वनभोज कार्यक्रम भव्य

Breaking News 1, समाचार
पूणर्पुष्टि, फागुन १० । उदयपुरमा किराँत राई कर्मचारी संगठनले नयाँ कर्मचारीहरुलाई स्वागत सँगै वनभोज सहितको भव्य कार्यक्रम आयोजना गरेको छ । मंगलबार गाईघाट स्थित चप्पन पिकनिक स्पोर्टमा कार्यक्रमको आयोजना गरेको हो । किराँत कर्मचारी संगठन जिल्ला कार्यसमिति उदयपुरको आयोजनामा प्रदेश सांसद राजन किराँती, स्थानीय तहका जनप्रतिनिधिहरु महेश्वरी राई र मानवहादुर राई, संगठनका केन्द्रीय माहासचिव अनिल किराती, सदस्य योग्यप्रसाद राई र किराँत राई यायोख्खाका पदाधिकारीहरु लगायतको उपस्थितिमा भव्य कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आठओटै स्थानीय तहका किरात कर्मचारीहरुको सहभागीता रहेको थियो । वनभोज कार्यक्रमकै अवसर पारी नव प्रवेशी किरात राई कर्मचारीहरुलाई स्वागत तथा सम्मान समेत गरियो । किरात राईहरुलाई लोकसेवामा सक्दो प्रवेश गराउने र त्यसवारे प्रशिक्षण तथा सहजीकरणको मुख्य उदेश्य सहित उक्त संगठन निर्माण गरिएक...
उदयपुरमा यात्रु बेहोस बनाई ४ तोलीको सुन चोरी, प्राईम डिलक्स प्रहरी नियन्त्रणमा

उदयपुरमा यात्रु बेहोस बनाई ४ तोलीको सुन चोरी, प्राईम डिलक्स प्रहरी नियन्त्रणमा

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागनु ९ । यात्रुबाहक बसमा काठमाडौबाट गाईघाट आउँने क्रममा गाडी सवार दुई युवालाई बेहोस बनाई ४ तोला सुन चोरी भएको छ । काठमाडौँबाट सोमबार बेलुकी प्रदेश ०३–००१ ख २५८० नम्बरको प्राईम डिलक्समा सवार गरी गाईघाट आएका ३८ वर्षे ल्होदोर्ची शेर्पा र रौतामाई गाउँपालिका घर भएका ५५ बर्षे नुर्बु छिरिङ शेर्पालाई बेहोस बनाई नगद सहितको सुन लुटिएको हो । उक्त गाडि गाईघाट आईपुग्दा दुवै जना बेहोस अवस्थामा रहेको थियो । यता शेर्पाको परिवारले आफन्त सम्पर्कमा नआएपछि गाईघाटको त्रियुगा बस पार्कमा ९ बजे आएर गाडि कतिबेला आईपुग्ने हो भन्ने जानकारी लिए । लामो समय बस पार्कमा आफ्नो परिवारको पर्खाईमा रहेका आफन्तहरुले ६ बजे गाडि आई सहेको जनाकारी पाए । उक्त जानकारी पाए लगतै गाडि पहिचान गरी आफन्तलाई लिन जाँदा गाडि भित्र बेहोस अवस्था भेटिएको परिवार श्रोतले जनाएको छ । उनीहरुले आत्तीदै तत्काल प्रहरीलाई खबर गरे त्यस लग...
गाईघाटको जय नेपाल ज्वेलर्समा आगलागी

गाईघाटको जय नेपाल ज्वेलर्समा आगलागी

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन ९ । जिल्लाको त्रियुगा नगरपालिका ११, मेनचोकमा अवस्थित जय नेपाल ज्वेलर्समा आगलागी भएको छ । मंलवार साझ करिव ६ स्थानीय सतिस शाहले संञ्चालन गर्दै आएको सुनचाँदी पसलमा आगलागी भएको हो । बिद्युत सट हुँदा यसियन कम्पनीको ब्याट्री सहित २० बजार बरावरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी भएको खवर पाए लगतै नगरपालिकाको दमकलबाट बोलाई आगो नियन्त्रणमा लिएको छ । बिद्युत सट भई लागेको आगो नियन्त्रणमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयहरुले नियन्त्रणमा लिई सकेको छ ।...
ब्राउनसुगर सहित ५ जना पक्राउ

ब्राउनसुगर सहित ५ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि फागुन ९ गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–५ का २९ बर्षीय सुरज कुंवर, ३४ बर्षीय सुरेश श्रेष्ठ, कमल गाउँपालिका–४ का ३५ बर्षीय पुर्ण बिक्रम लिम्वु, ट्याम्केमयुम–२ भोजपुरका ३४ बर्षीय प्रबिन राई र धरान–५ का २९ बर्षीय उज्वल हल्वाई रहेका छन् । हिजो झापाको भद्रपुर नगरपालिका–५ स्थितमा मे.६प ६२ नम्वरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका कुंवर र श्रेष्ठलाई ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । ब्राउनसुगर बरामद भएसँगै उनिहरुलाई अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले लिम्वुलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसै गरी लागुऔषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोल...
प्रियकाको हत्यामा संलग्न रहेको आशंकामा श्रीमान सहित ४ जना पक्राउ

प्रियकाको हत्यामा संलग्न रहेको आशंकामा श्रीमान सहित ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि फागुन ९ गते । मोरङको बिराटनगर महानगरपालिका–१९ कि २८ बर्षीया प्रियका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–५ का ३५ बर्षीय उमेश सरदार, ६२ बर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका– ७ का ५३ बर्षीय श्रीराम चौधरी र प्रियका सुनारको श्रीमान २९ बर्षीय रमेश साह रहेका छन । यहि फाल्गुन ८ गते सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–२ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला परेको थियो । उक्त जानकारी प्रहरीले पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक सहितको प्रहरी अनुसन्धान टोली घटनास्थमा खटिएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्याल...