Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

भारतीय अभिनेत्री बेला बोसको निधन

भारतीय अभिनेत्री बेला बोसको निधन

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ९ गते । भारतीय अभिनेत्री तथा शास्त्रीय नृत्याङ्गना बेला बोसको सोमबार निधन भएको छb। उनको ७९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । उनले सन् १९५९ देखि १९८० को बीचमा २ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छन् । भने पछिल्लो फिल्म १९८० मा सौ दिन सासके प्रदर्शन भएको थियो । उनी राष्ट्रिय स्तरकी पौडी खेलाडी समेत थिइन् । उनले सन् १०६७ मा अभिनेता तथा निर्माता आशिष कुमारसँग विवाह गरेकी थिइन् । उनीहरूको एक छोरा र एक छोरी छन् ।...
फिल्म आफ द इयर ‘आरआरआर’ लाई

फिल्म आफ द इयर ‘आरआरआर’ लाई

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन ९ गते । सोमबार साझँ मुम्बईमा आयोजित ‘दादा साहेब इन्टरनेशनल फिल्म फेस्टिवल अवार्ड’ मा आरआरआर ‘फिल्म आफ द इयर’ घोषित भएको छ । एसएस राजमौलीको फिल्म आरआरआरले ‘फिल्म आफ द इयर’ प्राप्त गरेको छ भने ‘कश्मीर फाइल्स’ बेष्ट फिल्म घोषित भएको छ । त्यस्तै ‘गंगूबाई काठियावाड़ी’ अभिनयका कारणले अभिनेत्री आलिया भट्टले सर्वक्षेष्ठ अभिनेत्री र ‘ब्रह्मास्त्र’को कारण रनवीर कपुर सर्वश्रेष्ठ अभिनेता चुनिएका हुन् । सो कार्यक्रममा ‘कान्तारा’ अभिनेता ऋषभ शेट्टी सर्वश्रेष्ठ प्रामिसिङ्ग अभिनेता घोषित भए । वरुण धवनको ‘भेडिया’को लागि क्रिटिक्स बेस्ट एक्टर अवार्ड गरियो । अनुपमखेरको कश्मीर फाइलको लागी मोस्ट भर्र्सटाइल एक्टर छानिएको कार्यक्रममा फिल्म अभिनय योगदानको लागि अभिनेत्री रेखालाई सम्मान समेत प्रदान गरिएको थियो ।...
राष्ट्रपती निर्वाचका लागी ८८१ मतदाता

राष्ट्रपती निर्वाचका लागी ८८१ मतदाता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ९ गते । निर्वाचन आयोगले तयार पारेको मतदाता नामावलीका अनुसार राष्ट्रपति निर्वाचनका लागी ८८१ मतदाता रहेका छन् । मतदातानमा प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी ८८४ जनाले मतदान गर्न पाउनेछन् । यस पालिको राष्ट्रपति निर्वाचनमा तिन जना मतदाता कम हुने र त्यसबारे आयोगले बुधबार निर्णय गरेर सार्वजनिक गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उहाँका अनुसार प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदान गर्न पाउने छैनन् । अर्का एक जना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी छ । जसको नाम आयोगले खुलाएको छैन । त्यस्तै महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा आयोग निर्णयमा प...
तुलशी बहुमुखी सहकारी संस्थालाई बचत फिर्ता माग गर्दै संघर्ष समिति गठन

तुलशी बहुमुखी सहकारी संस्थालाई बचत फिर्ता माग गर्दै संघर्ष समिति गठन

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन ९ । उदयपुरको गाईघाटमा अवस्थित तुलसी बहुमुखी सहकारी संस्था लि.मि.लाई बचत कर्ताको बचत सुरक्षितका साथ फिर्ता गर्न माग गर्दे संघर्ष समिति गठन गरेको छ । मंलवार हिमाली टोलमा अवस्थित आर.एन होटलमा जेष्ठ बचत कर्ता भक्ति दाहालको संयोजकत्वमा समिति गठन गरिएको हो । गठित समितिको छलफलले कुनै पनि हालतमा बचत कर्ताहरुको बचत सहकारीले फिर्ता गर्नुपर्ने माग गरेका छन् । श्रेतका अनुसार संचालकले अवको १५ दिन भित्र सबै बचत फिर्ता गर्ने जनाएको छ । उक्त छलफलमा सम्बन्धित संस्थाका जिएमलाई झिकाउन आवस्यक रहेको जनाएको छ । स्थानीय बचत कर्ताहरुले यो अवस्थामा स्थानिय तह,राजनैतिक दल र सरोकारवाला सम्पुर्ण निकायहरुको साथ अझ बलियो भैदिए यो समस्याको समाधान हुन सक्ने बचत कर्ताहरुको बुझाई छ । बचतकर्ताहरु भने आफ्नो बचत फिर्ता हुन्छ या हुदैन भन्ने कुरामा ढुक्क नरहेको अवस्थामा छ । गाईघाट शाखामा करिब ४२ बढी बच...
दुधमा प्रतिलिटर १० रुपैँया बढाउने सरकारको तयारी

दुधमा प्रतिलिटर १० रुपैँया बढाउने सरकारको तयारी

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ९ गते । दुधमा प्रतिलिटर १० रुपैँया बढाउने सरकारले तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध उत्पादनको लागतमा वृद्धि भएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव राखेका थिए । बोर्डको प्रस्तावपछि मुल्य बढाउने सरकारले तयारी गरेको हो । गएको फागुन २ मा बोर्डले मन्त्रालयमा मुल्य विश्लेषणको प्रतिवेदन पेश गरेको थियो । बोर्डका अनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको हो । ‘ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरु नोक्सानीमा गएको बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले बताए । किसान बचाउनका लागी १० रुपैँया सम्म मुल्य वृद्धी गर्नुपर्ने उनले बताए । चौधरीकाअनुसार किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो । जसअनुसार...
मुम्बईको एक कन्सर्टमा गायक सोनु निगम माथि दुव्यवहार

मुम्बईको एक कन्सर्टमा गायक सोनु निगम माथि दुव्यवहार

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन ९ गते । मुम्बईको एक कन्सर्टमा गायक सोनु निगम माथि दुव्यवहार भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । दैनिक भाष्करका अनुसार सोमबार राति मुम्बईको चेम्बरमा आयोजित कन्सर्टमा सोनुमाथि दुर्व्यवहार भएको हो । कार्यक्रम सकेर फर्किन लाग्दा उनी र उनका साथीमाथि दुव्र्यवहार भएको थियो। सोनुमाथि दुव्यवहार गर्ने शिवसेना विधायक प्रकाश फटरपेकरका छोरा रहेका छन् । यस घटनापछि सोनुले प्रहरीमा उजुरी दिएका छन तर हालसम्म आरोपी प्रक्राउ परेका छैनन् । प्रहरी उजुरीका अनुसार विधायक प्रकाशका छोराले पहिले सोनुका म्यानेजर सायरालाई दुर्व्यवहार गरेका थिए । सोनु स्टेजबाट आउन लाग्दा उनले सोनुको अंगरक्षकलाई धक्का दिएर सोनुमाथि आक्रमण गरेका थिए । भारतीय सञ्चारमाध्यममा उल्लेख भए अनुसार विधायकका छोराले सोनुसँग सेल्फी खिच्न नपाएपछि स्टेजमा आक्रमण गरेका थिए । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाए...
४ बर्ष देखी फरार रहेका तिन प्रतिवादीद्धारा आत्मसमपर्ण

४ बर्ष देखी फरार रहेका तिन प्रतिवादीद्धारा आत्मसमपर्ण

Breaking News 3, समाचार
पूर्णपुष्टि, फगुन ९ गते । सर्लाहीमा करिब साढे ४ बर्षदेखी फरार रहेको ३ प्रतिवादीले आत्मसमर्पण गरेका छन् । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा हातहतियार तथा खरखजना मुद्दाका तिन जनाले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीको रामनगर गाउँपालिका वडा नं.४ बस्ने ४४ वर्षीय धर्मेन्द्र साह, ३७ वर्षीय राजीव कुमार यादव र ५० वर्षीय देवेन्द्र राय यादवले प्रहरी समक्ष सोमबार आत्मसर्मपण गरेका हुन् । धमेन्द्र २ लाख, राजिब र देवेन्द्र १ लाख ५० हजार, १ लाख ५० हजार धरौटी तिरेर छुटेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए । ०७५ साल कात्तिक १२ गते सर्लाहीको रामनगर गाउँपालिका–४ मा नेपाली काँग्रेस र तत्कालीन नेकपा कार्यकर्ताहरुकाबीच विकास निर्माणको विषयमा विवाद भएको थियो । उक्त विवादले उग्र रुप लिँदा दुई पक्षबीच झडप हुँदा चलेको गोली पेट र मुखमा ला...
२ वर्षदेखी साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन प्रधानमन्त्रीले पहल गर्ने

२ वर्षदेखी साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन प्रधानमन्त्रीले पहल गर्ने

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ९ गते । विगत २ वर्षदेखी साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज मंगरबार बिहान दिनेशका बुवा गणेशबहादुर कार्कीसहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा दाहाललाई भेटेर उद्धार गरिदिन आग्रह गरेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका हुन् । वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठुलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई ने...
नेपालमा बैज्ञानिक आविष्कार विकास अगाडि बढ्नु पर्छ :  प्रचण्ड

नेपालमा बैज्ञानिक आविष्कार विकास अगाडि बढ्नु पर्छ : प्रचण्ड

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ९ गते । नेपालको विकासको लागी बैज्ञानिक आविष्कार विकास अगाडि बढ्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन । अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो नटिक्ने उहाँले बताएका हुन् । यस क्षेत्रको विकास बिना नेपालको बिकास हुन नसक्ने बताए । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसहितको टोलीसँगको भेटमा वर्तमान युग विज्ञान र प्रविधिको रहेकोले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास हुन जरुरी रहेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्रीले विज्ञान प्रविधिको विकासका लागि विद्यमान ऐनमा देखिएका समस्या समाधान गर्ने आश्वासन दिएका छन् । विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी हुनुपर्ने राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताएका थिए । उनले कृषि, शिक्षा, ऊर्ज...
काग्रेसबाट राष्ट्रपतिको उम्मेदवार दल बाहिरका व्यक्ति बनाउनुपर्छ : शेखर कोईराला

काग्रेसबाट राष्ट्रपतिको उम्मेदवार दल बाहिरका व्यक्ति बनाउनुपर्छ : शेखर कोईराला

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ९ गते । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार दल बाहिरका व्यक्तिलाई बनाउनु पर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले बताए । आज बिहान (मंगलबार) नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा सो धारण कोईरालाले राखेका छन् । सो भेटघाट कार्यक्रम युनियनल सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा गरेको हो । कांग्रेसबाट सम्भावित राष्ट्रपतिको रुपमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा रहेको बेला कोईरालाले गैरदलीय व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुनुपर्ने बताएका छन् । राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने कोईरालाले बताएका छन् । उहाँका अनुसार त्यस्तो सम्भावना कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने बताए । यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनका लागी फागुन १३ गतेलाई उम्मेदवारी ...