Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

पाँचथरमा घर आगालागी हुँदा परिवारका ५ जना सदस्य बिचल्ली

पाँचथरमा घर आगालागी हुँदा परिवारका ५ जना सदस्य बिचल्ली

समाचार
पूर्णपुष्टि,फागुन ९ । पाँचथरको फालेलुङ गाउँपालिका–५ आगलागीमा हुँदा एक घर जलेर नष्ट भएको छ । सोमबार फालेलुङ गाउँपालिका–५ की स्थानिय विरमति तामाङ घरमा आगलागी हुँदा घर भित्रका नगद, लत्ताकपडा, अन्न लगायत सबै सामग्री जलेर नष्ट भएको वडाध्यक्ष भरत खपाङ्गी मगरले जानकारी दिए । साँझ करिव साढे सात बजे सुरु भएको आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा र प्रहरी चौकी प्राङबुलबाट गएका प्रहरीले प्रयास गरे पनि सफल नभएको खपाङ्गीेले बताए । आगलागीका कारण भएको क्षतिको विवरण संकलन भइरहको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगोले घर नष्ट भएपछि तामाङ परिवारका ५ जना सदस्य बिचल्लीमा परेका छन् ।...
टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प : तीन जनाको मृत्यु

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प : तीन जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,फागुन ९ । टर्कीमा शक्तिशाली भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि अर्को भूकम्प गएको छ । सोमबार गएको अर्को शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रबिन्दु बनाएर सोमबार ६‌.३ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सिरिया र टर्कीका कैयौँ क्षेत्रमा महसुस गरिएको थियो । यो भूकम्पपछि दर्जनौँ पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् । सरकारले मानिसहरूलाई भवनभन्दा टाढा रहन अपिल गरेको छ । उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ । सोमवारको भूकम्प ६.४ म्याग्निट्यूडको भएको बताइएको छ । पछिल्लो भूकम्पका कारण टर्की र सिरियामा गरी ६८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ । टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफाद...
उदयपुरको मुर्कुचीमा पूर्वविद्यार्थी समाज गठन

उदयपुरको मुर्कुचीमा पूर्वविद्यार्थी समाज गठन

समाचार
पूर्णपुष्टि,फागुन ९ । जिल्लाको रौतामाई गाउँपालिका ७, मुर्कुची स्थित नमुना माध्यमिक विद्यालयमा पूर्वविद्यार्थी समाज गठन गरिएको छ । सोमवार विद्यायको शैक्षिक जागरणलाई थप मजवुद बनाउन पूर्वविद्यार्थीहरुको भेलो भरत खड्काको नेतृत्वमा पूर्वविद्यार्थी समाज गठन गरेको हो । नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्षसमेत रहेका खड्का दुई दशकदेखि संञ्चार क्षेत्रमा कृयाशिल छन् । ७ सदस्य रहेको समितिको सहसंयोजकमा सन्तोष मश्राङ्गी मगर र सचिवमा प्रलाद कार्की रहेका छन् । त्यसैगरी सदस्यहरुमा हरीबहादुर आलेमगर, गिता केसी, शंकर रिखाम र लालबहादुर तामाङ्ग (प्रभात) रहेका छन् । भेलाले संस्थालाई बैद्यानिकता दिन प्रमोद घतानीको संयोजकत्वमा पाँच सदस्य बिद्यान मस्यौदा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा खेमराज कोईराला, बिष्णु खत्री, कृत रायमाझी र रुकुकुमारी खपाङ्गी रहेको अध्यक्ष खड्काले बताए । उनका अनुसार बिद्या...
आज ग्याल्पो ल्होछार, देशभर सार्वजनकि विदा

आज ग्याल्पो ल्होछार, देशभर सार्वजनकि विदा

समाचार
पूणर्पुष्टि,फागुन ९ । शेर्पालगायत उत्तरी हमिाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होछार (नयाँ वर्ष) वभिन्नि कार्यक्रम गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतपिदाका दनिदेखी शेर्पा जातीहरुको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । ग्याल्पो ल्होछारका अवसरमा सरकारले आज देशभर सार्वजनकि विदा दइिएको छ । शेर्पा संस्कृतअिनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मकि क्रयिाकलाप संचालन हुन्छ । आजै देखि १५ दनिसम्म बुद्धले ऋद्ध शिक्तमािथ विजयिीप्राप्त गरेको सम्झनामा वशिेष कार्यक्रम गरी मनाइन्छ । ल्होसारको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारिएको हुन्छ त्यसलाई गुथुकु भनिन्छ । यो परिकारलाई आफन्त, ना...
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु, दुई घाईते

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु, दुई घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ८ गते ।मोरङको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । मृत्यु हुनेमा सुन्दरहरैचा–५ का ५० बर्षीय चक्र बहादुर श्रेष्ठ र बिराटनगर–४ का २६ बर्षीय प्रकाश महत रहेका छन् । हिजो बिहान सुन्दरहरैचा–५ स्थित भित्री सडक खण्डमा प्रदेश १–०२–०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक श्रेष्ठ घाईते भएका थिए । घाईते क्षेष्ठलाई उपचारको लागी बिराट टिचिङ अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । सोही दिन राती ११ बजे बिराटनगर–४ स्थित राजमार्गमा प्रदेश १–०२–०४२ प ६०४९ नम्बर र लु.१८ प ५४५६ नम्बरको मोटरसाईकल आपसमा ठक्कर लागी दुर्घटना हुदा घाईते भएका महतको उपचारको क्रममा नोवेल अस्पतालमा मृत्यु भएको हो । घाईते भएका बिराटनगर–५ का २४ बर्षीय अमन खान र अर्घाखाँची सन्धिखर्कका ४८ बर्षीय बिण्णु परियारको सोही अस्पतालमा उपचा...
दोश्रो वडा अध्यक्ष कपको उपाधी स्वर्णिम युवा क्लबलाई

दोश्रो वडा अध्यक्ष कपको उपाधी स्वर्णिम युवा क्लबलाई

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि,फागुन ८ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेमा आयोजित दोश्रो वडा अध्यक्ष कप फुटबलको उपाधी स्वर्णिम युवा क्लव जलजलेले हात पारेको छ । फाईनल खेलमा ब्रदर्स ग्रुप फुटबल क्लब बोक्सेलाई टाईब्रेकरमा हराउदै आयोजक स्वर्णिम युवा क्लब जलजलेले उपाधी हात पारेको हो । प्रतियोगिताको निर्धारित ६० मिनेटको खेलमा कुनै पनि टिमको तर्फबाट नतिजा नआएपछी खेललाई टाईब्रेकरमा लगिएको थियो । टाईब्रेकरमा स्वर्णिम युवाका नवीन मगर, देबराज चौधरी, आशिष् थारु, विशाल चौधरिले गोल गरेका थिए । स्वर्णिम युवाकै गोल रक्षक अनिल मगरले २ गोल उत्कृष्ट बचाउ गर्दै टिमलाई ४–२ कोजित दिलाएका थिए ।फाईनल खेलमा गोल रक्षक अनिल मगर म्यान अफ द म्याच भएका थिए । खेल अबधीकै सर्बोकृस्ट खेलाडी, मिड फिल्डर, गोल रक्षकको उपाधि क्रमशः आयोजक टिमकै विशाल चौधरी, देबराज चौधरी, अनिल मगरले हात पारे । खेलकै सबै भन्दा बढी गोलकर्ता ब्रदर्स ...
ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ८ गते । मोरङ जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–उपमहानगरपालिका–५ सुनसरीका २९ बर्षीय उज्वल हल्वाई र ट्याम्केमैयुम गाँउपालिका–२ भोजपुरका ३४ बर्षीय प्रबिन राई रहेका छन् । आज दिउँसो १२ बजे बिराटनगर महानगरपालिका–१५ ढाट स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १–०४–००१ प ८६५१ नम्बरको मोटरसाईकललाई जेकजाँच गर्ने क्रममा चालक हल्वाईको साथ प्रहरीले १.७२ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भएसँगै हल्वाईलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रण लिएको हो । त्यस्तै बिराटनगर महानगरपालिका–१६ दरैयामा भारतबाट नेपाल तर्फ आउदै गरेको को ३१ प ६६५३ नम्बरको मोटरसाईकललाई चेक गर्ने क्रममा प्रहरीले चालक राईको साथबाट ०.२२ ग्राम ब्राउन सुगर बरामद ...
बोरामा पोको पारेको अवस्थामा महिलाको शव फेला

बोरामा पोको पारेको अवस्थामा महिलाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ८ गते । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाहीमा एकजना महिलाको शव फेला परेको छ । विराटनगर-१९ घर भएकी २८ वर्षीया प्रियंका सुनवारको शव स्थानीय नरसिंह चौधरीको घरभित्र भेटिएको प्रहरीले जनाएको छ । हत्या पछि बोरामा शव पोको पारेर राखेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले बताए । उनका अनुसार स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो । घटना अनुसन्धानको लागी तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
वृद्धभत्ता नदिएको रिसमा चक्कु प्रहार गरी काकाको हत्या

वृद्धभत्ता नदिएको रिसमा चक्कु प्रहार गरी काकाको हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ८ गते । महोत्तरीमा वृद्धाभत्ताको रकम नदिँदा भतिजोले चक्कु प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तोषकुमार पोखरेलले महोत्तरी गाउँपालिका– ३ मडैनिवासी ७० वर्षीय शिव महरालाई उनकै भतिजो ३० वर्षीय विजेन्द्र महराले चक्कु प्रहार गरी हत्या गरेको बताए । आज बिहान घटनाबारे सुचना पाएपछि घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया पुरा गरी शव पोस्माटको लागी प्रादेशिक अस्पताल जलेश्वर ल्याइएको (डिएसपी) पोखरेलले बताए । हत्या आरोपी विजेन्द्र फरार रहेको र उनको खोजि तिव्र बनाईएको प्रहरीले जनाएको छ ।...
दुधमा प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव

दुधमा प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ८ गते । दुध उद्योगीहरुले दुधमा प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेका छन् । दूध उत्पादनको लागतमा वृद्धि भएको भन्दै मुल्य बढाउन उद्योगीले प्रस्ताव गरेका हुन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा प्रस्ताव गरेको बताए । उनका अनुसार संघले मूल्य लागत अध्ययन प्रतिवेदन तयार गरेर मन्त्रालयलाई पेश गरेको छ । दूधको मूल्य बढाउने प्रस्ताव आज बस्ने मन्त्री परिषद्को बैठकमा लैजाने मन्त्रालयबाट जानकारी आएको दाहालले बताए । पछिल्लो समय दूधको उत्पादन घट्दै गएको उनले बताए । उद्योगीहरूले दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत माग गरेका छन् । दूध तथा दुग्धजन्य पदार्थ आयातमा सरकारले...