Saturday, August 8News That Matters

Month: ३ वर्ष अगाडि

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक रेग्मी पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक रेग्मी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ८ गते । विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । रेग्मीलाई आज प्रहरीको केन्द्रिय साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रिय साइबर ब्युरोका एसएसपी नवीन्द्र आर्यालले थाइल्याण्डबाट आएका रेग्मीलाई बिमानस्थलबाटै पक्राउ गरेको बताए । महेशचन्द्र आचार्यले रेग्मविरुद्ध ब्यूरोमा विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएका थिए । म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कार्वाही प्रक्रिया अघि बढाइने समेत एसएसपी अर्यालले जनाए । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।...
उदयपुरको भुट्टारमा क्याम्पस सञ्चालनको तयारी

उदयपुरको भुट्टारमा क्याम्पस सञ्चालनको तयारी

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन ८ । जिल्लाको रौतामाई गाउँपालिका–२ भुट्टारमा क्याम्पस सञ्चालन गरिने भएको छ । रसुवा माध्यमिक बिद्यालयको ९० औँ स्थापना दिवस (हिरक महोत्सव)को अवसरमा स्नातक तह अध्यापन गर्ने क्याम्पस सञ्चालनको प्रस्ताव अघि सारिएको हो । अधिकांस क्याम्पसहरु सहरबजार केन्द्रित रहेकाले विकट पहाडी क्षेत्रका बालबालिकालाई लक्षित गरी क्याम्पसको प्रस्ताव गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र साहीले बताए । जिल्लामा सञ्चालित ८ वटा क्याम्पस सबै सुगम ठाउँमा रहेकाले पहाडी क्षेत्रका बालबालिका गाउँकै ढिडोँ र पिठो खाएर उच्चशिक्षा हासिल गरुन भन्ने उदेश्यले क्याम्पस सञ्चालनको तयारी गरिएको बिद्यालयका पुर्वअध्यक्ष खविन्द्र रास्कोटीले बताए । उनले भने, ‘रौतामाई गाउँपालिकामा यसअघि नै सञ्चालन रहेको क्याम्पस नगर क्षेत्रसँग जोडिएको वडाको सुगम क्षेत्रमा छ, जुन पालिकाकै अन्य वडाका बालबालिकालाई पायक प...
सिडियो, मेयर, प्रहरीको मिलेमतोमा छुवाछुत दोषीलाई उन्मुक्ति, कार्वाहीको सट्टा मिलापत्र

सिडियो, मेयर, प्रहरीको मिलेमतोमा छुवाछुत दोषीलाई उन्मुक्ति, कार्वाहीको सट्टा मिलापत्र

Breaking News 1, समाचार
पूणर्पुष्टि, फागुन ८ । पछिल्लो समय छुवाछुतलाई कडाईका साथ कानुनी कार्यन्वयनमा जोड दिन भनिएपनि त्यो पिडितहरुले महसुस गर्न पाएका छैनन् । ओखलढुङगामा दलित समुदायमाथी भएको छुवाछुतको दुव्र्यवहार कानुन सँग सम्बन्धित व्यक्तिहरुबाटै मिलापत्र भएको छ । शिवरात्रीको दिन ओखलढुँङगा सिद्धिचरण ४ रुम्जाटार दलित समुदायलाई मन्दीर पस्न रोक लागाईएका थिए । मन्दीर पस्दा दलित महिलालाई उल्टै थुनेर सजाय समे दिईएको पिडितले जनाएको छ । शिवरात्रीको दिन शनिवार रुम्जाटारको शिव मन्दिरमा दलित महिला पूजा गर्न गएका थिए । तर स्थानीय लक्ष्मण गुरुङ र मन्दीर व्यवस्थापन समितिले प्रवेश गर्न दिएनन्। पछि शिक्षिका कृष्णकुमारी गजमेरसमेत पूजा गर्न पुगिन्। उनिलाई रोक्न खोजे पनि उनी मन्दरि जबरजस्ती पसेरै छाडिन् । तर उनलाई गेट लगाएर केहीबेर मन्दीर भित्रै थुनियो । म पुग्नु अघि गाउँका बहिनीहरूलाई छेकेरै पस्न दइिएको रहेनछ,’ रोक्न खोज्दा म...
के बिहान सबेरै उठ्दा साँच्चिकै धनी भइन्छ ?

के बिहान सबेरै उठ्दा साँच्चिकै धनी भइन्छ ?

स्वास्थ्य
अंग्रेजीमा एउटा प्रशिद्ध भनाई छ, ‘अर्ली टु बेड एन्ड अर्ली टु राइज, मेक अ मेन हेल्दी, वेल्दी एन्ड वाइज ।’ यसको अर्थ हो जो व्यक्ति बिहान चाडै उठ्छन्, राती चाडै सुत्छन् उनीहरु स्वस्थ हुन्छन् । बुद्धिजीवि हुन्छन् । र, उनीहरु धनी पनि हुन्छन् । के सुत्ने र उठ्ने यस्तो तालिकाले वास्वतमै स्वस्थ्य, बुद्धि र धन प्राप्त हुन्छ रु इंल्यान्डमा बस्ने टिम पावेल बिहान चाडै उठ्न पटक्कै रुचाउँदैनन् । यद्यपि उनी सधै ६ बजेअघि उठ्छन् । उठेर जिम जान्छन् । त्यसपछि काममा जाने तयारी गर्छन् । बिहान ९ बजे काम सुरु हुनुअघि नै उनी अफिस पुगिसकेका हुन्छन् । उनी आफ्नो अफिसमा बनेको पार्कमा केहीबेर टहल्छन् । बिहिबारको दिन टिमको काम अरु चाडै सुरु हुन्छ । उनले ५ बजेर २० मिनेट जाँदा ओछ्यान छाडिसकेका हुन्छन् । यस दिन उनी आफ्नो काममा जानुअघि जर्मन भाषा पनि सिक्छन् । टिम दैनिक आधा घण्टा भरपुर श्रम गर्छन् । वसेर आरमसाथ...
नेपाली सेनाद्वारा ५५५ मादल बजाएर विश्व कीर्तिमान

नेपाली सेनाद्वारा ५५५ मादल बजाएर विश्व कीर्तिमान

समाचार
पूर्णपुष्टि,फागुन ८ । नेपाली सेनाले एकैचोटि ५ सय ५५ वटा मादल बजाएर विश्व रेकर्ड राखेको छ । सेना दिवसको अवसर पारेर उक्त रेकर्ड कायम गरिएको नेपाली सेनाले जनाएको छ । शनिबार टुँडिखेलमा आयोजित समारोहमा सेनाले एकैचोटि ५ सय ५५ वटा मादल बजाएर प्रदर्शन गरेको थियो । कार्यरथी उपरथी सागरबहादुर थापाको परिकल्पना रहेको यो योजनाको फिल्ड कमान्ड भने उनै सुनामले गरेका थिए । यो रेकर्ड कायम गर्नका लागि सेनाको बाध्यबाधक टोलीले झन्डै साढे दुई महिना अभ्यास गरेको सुनाम बताउँछन्। ‘कम्पोज गर्दा सुरूमा सबै पृतनाबाट ४० जनाको टोली झिकायौं। उक्त टोलीलाई संगीतकर्मी खड्ग बुढा मगरले लगभग दुई साता तालिम दिनुभयो। पछि त्यही टोलीलाई दश वटा समूह बनाएर पाँच सय बढीलाई सिकायौं,’ उनले भने, ‘लगभग साढे २ महिना अभ्यास गर्यौं।’ आफू बाध्यबाधक रूपमा दुई दशक बढी काम गरेको भएपनि ‘वर्ल्ड बुक अफ रेकर्ड’ मा कीर्तिमान कायम गर्ने भनेपछ...
समता स्कुलको छैँटौ अबिभावक दिवस भव्य सम्पन्न

समता स्कुलको छैँटौ अबिभावक दिवस भव्य सम्पन्न

Breaking News 2, समाचार
पूणर्पुष्टि, फागुन ७ । गाईघाटमा रहेको समता स्कुलको छटौँ अबिभावक दिवस (प्यारेट्स डे) आईतबार भव्य रुपमा सम्पन्न भएको छ । अबिभावक, शिक्षा, विद्यार्थी र अन्य अतिथीहरुको उपस्थितिमा दिवस भव्य सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई क्षमताबुद्धी कुराहरुबारे बिभिन्न खेलहरु खेलाईएका थिए । साथै बृहत सांस्कृतिक कार्यक्रम र उत्कृष्ट शिक्षक शिक्षीकाहरुलाई सम्मान तथा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । करिब ५ बढी अबिभावकहरुको उल्लासमय उपस्थिति रहेको विद्यालय परिवारले जनाएको छ ।...
चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिता सुरु

चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिता सुरु

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि,फागुन ७ । उदयपुरको कटारीमा आज देखि चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । आईतवार कटारी नगरपालिका ४ स्थित टाईगर फिल्डमा सुरु प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा कटारी नगरपालिका वडा नम्बर १ लाई १का विरुद्ध २ गोल गर्दै कटारी वडा नम्बर ४ ले विजयी सुरुवात गरेको छ । खेलको पहिलो हाफमा कटारी ४ का लागि अमन सदाले गोल गरेका थिए । सदाको गोलले अग्रता लिएको खेलको दोस्रो हाफमा ४ कै किरण कुमार दनुवारले दोस्रो गोल गरी खेललाई ० का विरुद्ध २ गोलको अग्रतामा पुराए । खेलको अन्तिम समयमा पेनाल्टी पाएको वडा नम्बर १का लागि एमबहादुर सुनुवारले गोल गरेका थिए । प्रजातन्त्र दिवशको अवसरमा नगर खेलकुद विकास समिति कटारीको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रतियोगिताको उदघाटन गरिएको समितिका अध्यक्ष दिपक लामाले बताउनुभयो । प्रतियोगिताको उदघाटन गर्दै कटारी नगरपालिकाका ...
बिषहारा मल्टी डेन्टल गाईघाट द्धारा  विद्यार्थीहरुलाई निशुल्क दन्त सिवीर

बिषहारा मल्टी डेन्टल गाईघाट द्धारा विद्यार्थीहरुलाई निशुल्क दन्त सिवीर

Breaking News 1, समाचार
पूणर्पुष्टि, फागुन ७ । बिषहारा मल्टी स्पेसीयालिटी डेन्टल क्लिनीक गाईघाटले क्रिमशन एकाडेमी बगाहा सालघारीका बालवालिकाहरुलाई निशुल्क दन्त सिवीरमा सहयोग गरेको छ । आईतबार १२ औँ पारेन्टस डे (अबिभावक दिवस) को अवसरमा विद्यालय परिसरमै वालवालिकाहरुलाई दन्त परिक्षण सेवा संञ्चालन गरिएको हो । क्लिनिकका चिकित्सक डा. नारायण चौधरीका अनुसार २ सय बढी बालवालिकाहरुको दन्त परिक्षण गरिएको छ । उनिहरुमा दाँत सम्बन्धी अधिकांस समस्या देखा परेको चौधरीको भनाई छ । आज परिक्षण गरिएको वालवालिकाहरुलाई क्लिनिकले कार्ड समेत उपब्ध गराएको छ । यदि दातको तत्काल उपचार गर्न चाहेको अवस्थामा बिषहारा डेन्टलमा कार्ड लिएर आए क्लिनिकले १५ प्रतिश छुट गरी उपचारमा समेत सहयोग पुराउने चौधरीले जनाए । सिवीरमा डेन्टलका चिकित्सकहरु घोपा क्याम्प धरानका MDS डा. नारायण चौधरी, घोपाकै BDS डा. अम्विका चौधरी र जिल्ला अस्पताल उदयपुरमा कार्यरत डेन्...
मैत्रीपूर्ण खेल पछि नेपाली टोली स्वदेश फिर्ता

मैत्रीपूर्ण खेल पछि नेपाली टोली स्वदेश फिर्ता

खेलकुद
पूर्णपुष्टि,फागुन ७ । नेपाली महिला फुटबल टिम भारतसँग २ वटा मैत्रीपूर्ण फुटबल खेल पछि स्वदेश फर्केको छ । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेको हो । भारतको चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेल गोलरहित बराबरी भएको थियो । यसअघि ३ फागुनमा भएको पहिलो मैत्रीपूर्ण खेल २(२ को बराबरीमा सकिएको थियो । पेरिस ओलम्पिक २०२४ को एसियन क्वालिफायरको तयारीमा रहेका भारत र नेपालले दुई मैत्रीपूर्ण खेल खेलेका हुन् ।...
नेपालमा घट्यो डिजेलको आयत

नेपालमा घट्यो डिजेलको आयत

समाचार
पूर्णपुुष्टि,फागुन ७ । नेपालमा चालु आर्थिक वर्ष ०७९-८० मा डिजेलको आयात ह्वातै घटेको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा डिजेलको आयात ह्वातै घटेको तथ्याङ्कले देखाएको हो । अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा डिजेलको आयात ३३.६५ प्रतिशतले घटेको छ । आयात प्रभावित बनेपछि डिजेलबाट सङ्कलन हुने भन्सार राजश्व समेत प्रभावित बनेको छ ।...