Saturday, August 8News That Matters

Month: ३ वर्ष अगाडि

कान्तिपुर दैनिकले सुनुवार समुदायमाथि श्रृङ्खलाबद्ध आक्रमण गरेको आरोप

कान्तिपुर दैनिकले सुनुवार समुदायमाथि श्रृङ्खलाबद्ध आक्रमण गरेको आरोप

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ७ । कान्तिपुर पब्लिकेशनले सुनुवार मुदायमाथि श्रृङ्खलावद्ध आक्रमण गरेको सुनुवार सेवा समाजका उपाध्यक्ष अमृत सुनुवारले बताएका छन्। विगत एक दशकदेखि आफ्नो समुदायमाथि निर्मम तरिकाबाट कान्तिपुर दैनिकले श्रृङ्खलावद्ध आक्रमण गरेको दावी गरेका हुन् । उपाध्यक्ष सुनुवारका अनुसार देशकै ठूला भनाउँदा मिडियाले देशको जातिगत विविधता, धार्मिक, साँस्कृतिक र जातिगत विविधता बुझेर समाचार प्रकाशन प्रसारण भई दिओस् भन्ने हामी सबैको चाहना हुन्छ । तर कान्तिपुर दैनिकले विगत १० वर्षदेखि किरात धर्मावलम्बी सुनुवार जातिहरूलाई अन्य जातिको थरसँग सम्बन्धित थर राखेर समाचार प्रकाशन प्रसारण गर्नु दुस्खद पक्ष हो। हामी पटक-पटक सजग गराई सकेका छौँ, तर पनि कान्तिपुरले त्यसको कुनै वास्ता गरेको छैन । सुनुवार विद्यार्थी समाजका अध्यक्ष मनिषा सुनुवारले कान्तिपुर दैनिकले वास्तविक र तथ्यमा आधारिता नभएर सुनुवार समुदा...
राष्ट्रपतिबाट सजाय माफी पाएका सांसद चौधरी जेलबाट रिहा

राष्ट्रपतिबाट सजाय माफी पाएका सांसद चौधरी जेलबाट रिहा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ७ । राष्ट्रपतिबाट हालै सजाय मिनाहा भएका प्रतिनिधि सभाका सांसद अरुण चौधरी रिहा भएका छन् । आइतबार कैलाली कारागारमा रहेका सांसद चौधरी आज बिहान रिहा भएका हुन् । प्रजातन्त्र दिवसको उपलक्ष्यमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि चौधरी रिहा भएका हुन् । कारागारबाट निस्किएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए। राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको थियो। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएको छ। सांसद चौधरीलाई ९ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो । सोहि अनुसार गत माघ २० गते जिल्ला अदालत कैल...
कृषि बिकास बैंकको (सिईओ) मा गोविन्द गुरुङ नियुक्त

कृषि बिकास बैंकको (सिईओ) मा गोविन्द गुरुङ नियुक्त

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ७ । कृषि बिकास बैंकको (सिईओ) मा गोबिन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको बैक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गुरुङलाई नियुक्त गरेको हो । यसअघि बोर्डमा तीनजनाको नाम सीईओ छनोट समितिले सिफारिस गरेको थियो । सिफारिस भएका तिनजना मध्येबाट गुरुङलाई सिईओ बनाउने निर्णय बोर्डले गरेको हो । कृषि विकास बैंकको सीईओमा २२ जनाले आवेदन दिएका थिए । तीमध्ये ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ पदका लागि गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कामु नायब महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रीकुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको थियो । सबै प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङ सीईओ बनेका छन् । नवनियुक्त सीईओ गुरुङले सोमबारब...
कटारीमा १ महिने हाउस वायरङ्गि तालिम सम्पन्न

कटारीमा १ महिने हाउस वायरङ्गि तालिम सम्पन्न

समाचार
पूणर्पुष्टि,फागुन ७ । जिल्लाको कटारी नगरपालिका वडा नं.२ मा एक महिने इलेक्ट्रिक हाउस वायरङ्गि तालिम सम्पन्न भएको छ । कटारी नगरपालकिा गरबिी नविारणका लागी लघु उद्यम वकिास कार्यक्रम (मेडपा) अन्तर्गतको उक्त तालमि सम्पन्न भएको हो । तालिममा स्थानीय युवाहरुलाई सीप सकिाएर दक्ष र स्वरोजगार बनाउन उद्देश्यले तालमिको आयोजना गरएिको वडाध्यक्ष प्रेम थापाले बताउनुभयो । तालमिमा ९ पुरुष र ३ महलिा गरी १२ जना सहभागी भएका थएि । तालिमम सिकेका सीप ले आफ्नै गाउँ घरमा काम गर्न सहज भएको उपस्थित सहभागीहरुले बताएका थएि ।...
उदयपुरगढी गाउँपालिका प्रदेश नं १ कै कार्यसम्पादन मुल्याङकनको उत्कृष्ट सूचीमा

उदयपुरगढी गाउँपालिका प्रदेश नं १ कै कार्यसम्पादन मुल्याङकनको उत्कृष्ट सूचीमा

Breaking News 1, समाचार
पूणर्पुष्टि, फागुन ७ । उदयपुरको उदयपुरगढी गाउँपालिका प्रदेश नं १ भरीको स्थानीय तहहरु बिचको कार्यसम्पादन मुल्याङकनको पहिलो उत्कृष्ट बन्न सफल भएको छ । प्रदेश नं १ भरिरहेको १३७ ओटा स्थानीयतह (पालिकाहरु) मध्यबाटै उदयपुरगढी गाउँपालिका कार्यसम्पादन मुल्या।कनमा पहिलो बन्न सफल भएको हो । उदयपुरगढी गाउँपालिकाले कुल ७१.९ अंक झण्डै ७२ को हाराहारीमा स्कोर प्राप्त गरी प्रदेशभरीको उत्कष्ट बन्न सफल भएको हो । जिल्लाको हकमा दोस्रमा कटारी नगरपालिका ६२.५४, चौदण्डीगढी नगरपालकिा ६१.८३, बेलका नगरपालकिा ५८.९०, त्रयिुगा नगरपालकिा ५८.५८, ताप्ली गाउँपालकिाले ५७.३५, लम्चिुङबुङ गाउँपालकिाले ५७ छ भने रौतामाई ५०.२९ प्राप्त गर्दै अन्तिम बन्न पुगेको छ । यता ७८.५२ अंक सहित बाँकेको नरैनपुर गाउँपालिका देशकै पहिलो कार्यसम्पादनको मुल्याङकन सूचीमा परेको छ ।...
आज यी प्रदेशमा हिमपातको सम्भावना

आज यी प्रदेशमा हिमपातको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ७ गते । आज यि प्रदेशहरुमा हिमपात हुने सम्भावना रहेको छ । आज प्रदेश १ र गण्डकी प्रदेशका केहि उच्चपहाडी तथा हिमाली भु–भागका एक–दुई स्थानमा हिमपात हुने सम्भावना रहेको छ । आज आंशिकदेखि समान्य मौसम बदली भई तराईका एक–दुई स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागे पनि मध्यान्हपछि खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज राति प्रदेश नम्बर १ का उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने छ । बिहान प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।...
आज देशैभर मनाइँदै “प्रजातन्त्र दिवस”

आज देशैभर मनाइँदै “प्रजातन्त्र दिवस”

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ७ गते । आज ७३औं प्रजातन्त्र दिवस । देशैभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना भएको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँने गरिन्छ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो । विगतमा यो दिनको बेग्लै महत्त्व बोकेको फागुन ७ गते २०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा परेको हो । अहिले ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले ठाउँ लिएको छ । यद्यपी यो दिन नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्त्व छ । २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई ...
बर्दिवासमा सवलम्व बिकास बैँकको केन्द्रीय समिति बैठक सम्पन्न

बर्दिवासमा सवलम्व बिकास बैँकको केन्द्रीय समिति बैठक सम्पन्न

Breaking News 3, समाचार
मुना राई पूर्णपुष्टि फागुन ७ । महोत्तरीको बर्दिवासमा सवलम्व बिकास बैँक लि. कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले निवर्तमान अध्यक्ष कार्यालय प्रमुखको जिम्मेवारी लिएर गएकाले बरिष्ठ उपाध्यक्ष देवराज मिश्रलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी लगायतको निर्णय तय गरेको छ । साथै युनियनको केन्द्रीय कार्यालयको प्रतिनिधिो रुपमा महासचिव मिन बहादुर खड्कालाई पठाईने निर्णय समेत गरेको छ । कार्यवाहक अध्यक्ष मिश्रका अनुसार बैठकमा संस्था भित्र देखिएका समस्या, यूनियत सँग भएका सहमती कार्यान्वयनको अवस्था, सुनियोजित तरिकाले कमचारीलाई दुःख दिने समस्या, व्यवस्थापनबाट भएको लेखापरीक्षण नामको आतंक, श्रम सोस , वर्तमान अवस्थामा लघुवित्त क्षेत्रमा देखिएका वाह्य तथा आन्तरिक समस्याहरू, लघुवित्त विरुद्ध बजारमा आएका तथ्यहिन समाचार, लगायतका समस्यालाई तत्काल हल गर्नु पर्ने छलफल भएको जनाईएको छ । ...
कटारीको हिमगंगा होटलमा आगलागी हुँदा ५ लाख बढीको क्षति

कटारीको हिमगंगा होटलमा आगलागी हुँदा ५ लाख बढीको क्षति

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन ६ । कटारीको एक होटलमा शनिवार बिहान आगलागी भएको छ । कटारी नगरपालिका ३,मा अवस्थित बजारको मुख्य चोक भूगोलपार्क नजिकै रहेको हिमगंगा होटलमा आगलागि भएको हो । स्थानीय कमल साहले संञ्चालन गर्दै आएको होटलमा आगलागी हुँदा ५ लाख बारावरको क्षती भएको स्थानीय वडाअध्यक्ष पुष्कर खड्काले बताउनुभयो । उनका अनुसार बिहान पख भएको कारण आगलागी तत्काल नियन्त्रणमा लिएको बताउनुभयो । होटलको काउण्टरबाट सुरु भएको आगलागिले फ्रिज लगायतका सामग्री जलेर नस्ट भएको होटल संञ्चालक साहले बताउनु भयो । बजारको मध्यभागबाटै सुरु भएको आगलागी कटारी नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयले तत्काल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताउनुभयो । उनका अनुसार आगलागीलाई तत्काल नियन्त्रणमा ल्याउँदा ठूलो क्षति भएन । बजारकै मूख्य भागमा रहेको होटलबाट भएको आगलागी तत...
लालपत्ताका स्थानीले बुझाए पर्यटन तथा बन मन्त्री आचार्यलाई ज्ञापनपत्र

लालपत्ताका स्थानीले बुझाए पर्यटन तथा बन मन्त्री आचार्यलाई ज्ञापनपत्र

Breaking News 2, समाचार
पूर्णपुष्टि,फागुन ६ । त्रियुगा नगरपालिका ६, लालपत्ताका स्थानीयहरुले नगरपालिका क्षेत्रको पर्यटन क्षेत्रहरुमा विकास गर्न बजेट विनियोजन गराईदिन प्रदेश नं १ का संस्कृति पर्यटन तथा वन मन्त्री जिवन आचार्यलाई ध्यानाकर्षण गराएको छ । बेलाबखतमा राजनीतिक परिवर्तन भएपनि यो क्षेत्रले बिकासको रुपमा परिवर्तन पाउँन नसकेको भन्दै मन्त्री आचार्यलाई माऔवादी केन्द्रबाट वडा सदस्य जितेका प्रवेश खड्का लागाएतका स्थानीयहरुले संयुक्त ज्ञापनपत्र बुझाएको हो । लालपत्ताको पाल्लेबास क्षेत्रमा इन्द्रावती पोखरी परापूर्वकाल देखि धार्मिक स्थालको रुपमा परिचित छ । तर हाल त्यस पोखरीको उचित संरक्षण, व्यवस्थापन हुन नसक्दा लोप हुने सम्भावना रहेको छ । उक्त पोखरीको संरक्षण गर्न सके पर्यापर्यटन क्षेत्रको रुपमा बिकास हुने साथै त्यस भेगको बोटबिरुवाहरु संरक्षित,बन्यजन्तु लगायत पशुपन्छीहरुको पानिखाने स्थानको रुपमा रहने । इन्द्रावति पो...