लोत्से मल लुटपाटमा संलग्न ४० जनामाथि अनुसन्धान सुरु
पूर्णपुष्टि, फागुन ६ गते । काठमाडौँ महानगरपालिका–२६ स्थित लोत्से मलमा फागुन १ गते तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजनीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईवटा भ्यानमा आगजनी गरेको र लोत्से मल तोडफोड गरी लुटपाटमा संलग्न भएको आरोपमा उनिहरुलाई प्रहरीले शुक्रबार साझँ पक्राउ गरेको हो ।
यातायात मजदुरका नाममा आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए । उनीहरुले प्रहरी वृत्त बालाजुको बा२झ १४४ नंको स्कार्पियो र बा१झ ७२२४ नंको गाडी जलाएका थिए भने बालाजु र माछापोखरी चोकको ट्राफिक आयल्यान्डमा क्षति पुर्याएको प्रहरीको आरोप छ । आन्दोलनकारीले बालाजु चोकको अस्थायी प्रहरी पोष्टमा ...









