लिम्चुुङबुुङ आलु ब्लक क्षेत्रमा ट्याङ्की र पाइप वितरण, आलु उत्पादनमा टेवा
पूर्णपुष्टि, फागुन ६ । लिम्चुुङबुुङ ।
उदयपुरको लिम्चुुङबुुङ गाउँपालिकाको आलुब्लक क्षेत्रका कृषकलाई सिचाईका लागि पानीट्याङ्की र पाईप वितरण भएको छ । वडा नं. ३ को नगरे, यारीखोला क्षेत्रका कृषकलाई समेटेर कृषि ज्ञान केन्द्रको ५० प्रतिशत र कृषक स्वयम्को ५० प्रतिशत लगानीमा हजार लिटरको १६ वटा ट्याङ्की वितरण भएको हो । योसंगै ८५ प्रतिशत ज्ञान केन्द्र र १५ प्रतिशत कृषकको लगानीमा ७ हजार पाँचसय मिटर २० एमएमको पाईप पनि वितरण भएको हो ।
वडा नंं ३ का वडाध्यक्ष गुरुमणी कुमाईले फागुन ५ गतेको नगरे गाउँमा आयोजित वितरण कार्यक्रममा चन्देश्वरी कृषि समुहका अध्यक्ष गन्जुु शेर्पा, सचिव राजन कार्की लगायतका कृषकहरुलाई हस्तान्तरण गरे ।
सिचाईका लागि वितरित ट्याङ्की र पाईपले आलु उत्पादनमा टेवा पुुर्याउने भएपछि कृषकहरु खुसी छन् । प्राप्त सामानको सहि सदुुपयोग र जतन गरेर फाईदा लिन वडाध्यक्ष कुमाईले सुुझाए । उनले आलु ब्लक...









