Saturday, August 8News That Matters

Month: ३ वर्ष अगाडि

अनेरास्ववियुको अध्यक्षमा एमाले निकट समिक बडाल विजयी

अनेरास्ववियुको अध्यक्षमा एमाले निकट समिक बडाल विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ५ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी हुनुभएको हो । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा जम्मा १५१७ मत खसेको थियो । जसमा बडालले ९६२ मत पाएर प्राप्त गरे संगै अध्यक्ष चुनिए । अर्का प्रत्यासी आरसी लामिछानेले ३५६ र मोती विकले ७८ मत पाएका थिए । एक नेताका अनुसार उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । यता सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चु...
सांसद चन्द्र भण्डारीको आजै दुईवटा अपरेशन गरिने

सांसद चन्द्र भण्डारीको आजै दुईवटा अपरेशन गरिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ५ । गत बुवार राति ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आजै दुईवटा अपरेशन हुने भएको छ । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारत सांसद भण्डारीलाई विहिवार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो । सांसद भण्डारीसँगै रहेका व्यवसायी योगराज कँडेलका अनुसार भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ । कित्सकलाई उद्धृत गर्दै कँडेलले भने उहाँको शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान साढे १० बजे पहिलो र साढे १ बजे आजै दोस्रो सर्जरी गरिने बताएको छ । भण्डारीको हृदयको चाल नर्मल रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको कँडेलले बताए । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा ...
संगीतकार रोहित शाक्य र गायिका त्रिशला गुरुङले गरे बिहे

संगीतकार रोहित शाक्य र गायिका त्रिशला गुरुङले गरे बिहे

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागुन ५ । गायिका त्रिशला गुरुङले संगीतकार रोहित शाक्यसँग बिहे गरेकी छन् । गत भदौमा त्रिशलाले आफू रोहितसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन्। पेसाले चिकित्सक समेत रहेकी त्रिशलाको प्रेम सम्बन्ध पनि निकै चर्चाको विषय बनेको थियो । उनले आफ्नो सामाजिक संञ्जाल इन्स्टाग्राममा रोहितसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी थिइन्,मैले भर्खरै महसुस गरेँ कि हामी लामो समयसम्म साथी बन्न सक्छौं। तिमी मेरो हौ, र तिमीलाई थाहा छ त्यसैले म तिमीलाई मन पराउँछु ।...
अभिनेत्री आशा खड्काले प्रेमी सागरसँग गरिन् विवाह

अभिनेत्री आशा खड्काले प्रेमी सागरसँग गरिन् विवाह

मनोरञ्जन
पूर्णपुष्टि,फागुन ४ । चर्चित टेलीश्रृङ्खला ‘कान्छि’ र ‘भुन्टि’ की अभिनेत्री आशा खड्काले विवाह गरेकी छन् । पछिल्लो समय चर्चा कमाउकी खड्काले आफ्नै श्रृंखलाका अभिनेता सागर गौतमसँग विवाह गरेकी हुन् । आफ्नो सामाजिक सञ्जालमा उनले एक भिडियो सन्देश पोष्ट गर्दै सागरसँग विवाह गरेको बताएकी छन् । केही वर्षको प्रेमलाई गुपचुप विवाहमा परिणत गरेकी खड्काले भर्खर विवाह सार्वजनिक गरेकी हुन् । भिडियो सन्देशमा उनले भनेकी छन्, ‘आजको दिनसम्म मलाई एउटा कलाकारको रूपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैँ माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरूलाई हजुरहरूले नै चाहनु भएको मान्छेसँग मैले जीवनको नयाँ अध्याय सुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुसी छु । मलाई विश्वास छ । मेरो खुसीमा हजुरहरू पनि सबैजना खुसी हुनुहुनेछ । मलाई र मेरो श्रीमान्लाई धेरै आशीर्वाद दिनुहोला ।’...
काठमाण्डौँको लोत्से मोवाईल तोडफोड आरोपमा पक्राउ परेका १५ मध्य उदयपुरको २ जना

काठमाण्डौँको लोत्से मोवाईल तोडफोड आरोपमा पक्राउ परेका १५ मध्य उदयपुरको २ जना

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ४ । प्रहरीले काठमाण्डौँ स्थित लोत्से मोवाईल तोडफोड तथा चोरी गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १५ मध्ये उदयपुरका दुई जना रहेको छ । उनिहरु उदयपुरगढी गाउँपालिका र चौदण्डीगढी नगरपालिकाका रहेको प्रहरीले उल्लेख गरेको छ । उदयपुरको पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ६ घर भई हाल ढुंगेधारामा बस्ने २७ वर्षीय सहचालक राजन राउत र चौदण्डीगढी नगरपालिकाका ३० बर्षिय (भेना) भनिने रितेश बस्नेत रहेको छ । यातायात मजदुरले संघले माघ १ गते काठमाण्डौँ स्थित माछापोखरीमा ट्राफिक कार्वाहीको बिषयलाई लिएर आन्दोलन गरेक थिए । सोही बेला उनिहरुले दुईओटा प्रहरी भ्यान र मोवाईल पसलमा क्षती पुराएका थिए । उनिहरुलाई अहिले प्रहरीले पहिचान गरी धमाधम पक्राउ गरिरहेको अवस्था छ ।...
लोत्से मलबाट मोबाइल लुट्ने १५ जना पक्राउ, अधिकां‌श चालक र सहचालक

लोत्से मलबाट मोबाइल लुट्ने १५ जना पक्राउ, अधिकां‌श चालक र सहचालक

समाचार
पूर्णपुष्टि,फागुन ४ । गत सोमबार गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा संचालित लोत्से मल लुटपाटमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सीसीटीभी फुटेजको अध्ययनमा अधिकांश बसका चालक र सहचालक नै संलग्न रहेको पाइएको छ । यातायात मजदुर र व्यवसायीको आन्दोलनका क्रममा मल भित्र प्रवेश गरेर मोबाइल पसल तोडफोड र मोवाइल चोरी गर्दै गरेको भिडियोमा देखिएका मुख्य व्यक्तिहरुलाई पक्राउ गरिसिकिएको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौले जनाएको छ । प्रहरीका अनुसार यस घट्नामा संलग्न अन्यको खोजी भइरहेको जनाइएको छ । भिडियोमा ३० जनाभन्दा बढी मानिसले मोवाइल पुसलबाट मोवाइल बाकेर बाहिर निस्कँदै गरिएका दृष्य सामाजिक संजालमा आएको सीसी टीभीमा देखिएको छ । पक्राउ पर्ने चालक र सहचालक बाइसधारा र तारेश्वकर यातायातका भएको खुलेको छ । सोही दिन माछापोखरी क्षेत्रमा प्रहरीको दुई वटा गाढीमा समेत आगजनी गरिएको थियो । आगजनी र...
निर्वाचन आयोगलाई मेयर बालेनसँग जरिवाना नलिन सर्वोच्चको आदेश

निर्वाचन आयोगलाई मेयर बालेनसँग जरिवाना नलिन सर्वोच्चको आदेश

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ४ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र ९बालेन० शाहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलास आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आयोगले जरिवाना गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै अदालतले आयोगसमक्ष लिखित जवाफसमेत माग गरेको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा समयमै खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगको गत भदौ ३१ गतको बैठकले समयमै खर्च विवरण पेस नगर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । शाहलाई रु सात लाख ५० हजार जरिवाना तोकिएको थियो । त्यस्तै अरु एक लाख २३ हजार उम्मेदवारलाई न्यूनतम रु एक लाख ५०...
बचतकर्ताको आक्रोशले तुलसीको सबै कार्यालय र स्टोरहरु बन्द

बचतकर्ताको आक्रोशले तुलसीको सबै कार्यालय र स्टोरहरु बन्द

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ४ । सहकारी डुवेको बाहिरी हल्लाका कारण बचतकर्ताहरुले पैसा फिर्ता माग राखे सँगै तुलसी बहुमुखी सहकारीको सबै कार्यालयहरु बन्द अवस्थामा पुगेको छ । उक्त सहकारीको बिराटनगर मुख्य कार्यालय सहित ४ स्थानमा शाखाहरु रहेको छ । पछिल्लो समय सबै शाखाकामा रहेको बचतकर्ताहरुले बचत फिर्ता मागे पछि सहकारी संकटमा परेको हो । संञ्चालकहरुले भने सहकारी नडुवेको बताएका छन् । उनिहरुले सबैको पैसा एकै पटक फिर्ता दिन व्यवस्थापनमा पनि समस्या हुने हुँदा विस्तारै बचतकर्ताहरुलाई पैसा फिर्ता गर्दै जाने जनाए । विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौँको कारोबार गर्दै आएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था त्यस ठाउँको ठुलो सहकारी संस्थाको रुपमा परिचित रहेको छ । हजारौँ मानिसहरू कार्यालयमा दिनहुँ आउँदा सहकारीको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू भने सबै बन्द अवस्थामा रहेको छ । यस सहकारीको विराटनगरमा मात्...
सावित्राको दुई गोलमा नेपालले भारतलाई रोक्यो

सावित्राको दुई गोलमा नेपालले भारतलाई रोक्यो

खेलकुद, समाचार
पूर्णपुष्टि,फागुन ४ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतविरुद्ध मैत्रीपूर्ण खेलमा बराबरीमा रोकेको छ । फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ ले खेलको अन्त्यतिर २ मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले घरेलु टोली भारतसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेको हो । बुधबार चेन्नइमा भएको खेलमासाम्बाले खेलको ९० मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएको थियो । सावित्रा भण्डारी साम्बाले दुई मिनेटको अन्तरमा दुई गोल गर्दा नेपालले हार टारेको ह‍ो । उनले इन्जुरी टाइमको द‍ोस्रो मिनेटमा अर्को गोल गर्न सफल भइन्। त्यसअघि भारतका लागि सौम्यले ५६ मिनेटमा र इन्दुमतिले ६८ मिनेटमा गोल गरेका थिए । अब नेपाल र भारतबीच शनिबार दोस्रो खेल हुनेछ।...
कांग्रेस नेता चन्द्र भण्डारी र आमा ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते

कांग्रेस नेता चन्द्र भण्डारी र आमा ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ४ । गए राति ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएको छ । निजि निवासमै उक्त घट्ना मा परी उनको ८६ वर्षीय आमा हरिकलासमेत घाइते भएकी हुन् । उनीहरूको हाल कीर्तिपुरमा रहेको बर्न अस्‍पतालको आइसियुमा उपचार जारी छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिए । चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ । सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्। उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो ।...