Saturday, August 8News That Matters

Month: ३ वर्ष अगाडि

चौथो कटारी नगर मेयर कप फागुन ७ देखि हुने

चौथो कटारी नगर मेयर कप फागुन ७ देखि हुने

खेलकुद, समाचार
पूर्णपुष्टि,फागुन ३ । उदयपुरको कटारी नगरपालिकामा चौथो कटारी नगर मेयक कप फुटबल प्रतियोगिता आगामी फागुन ७ गते देखि हुने भएको छ । प्रजातन्त्र दिवशको अवसर पारेर नगर खेलकुद विकास समिति कटारीको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रतियोगिता गर्न लागिएको हो । बुधवार प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै आयोजकले ७ देखि १४ गतेसम्म प्रतियोगिता गर्न लागेको जनाएको छ । उक्त तालिका अनुसार उदघाटन खेल वडा नम्बर ४ र वडा नम्बर १ वीच हुने छ । खेलकुद विकास समति कटारीका अध्यक्ष दिपक लामाले प्रतियोगिताका लागि मैदान सरसफाई तथा अन्य तयारीलाई तिव्रता दिएको बताउँदै व्यवस्थित किसिमले खेलकुदको कार्यक्रम गर्न समिति लागि परेको बताउनुभयो । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित मेडल, कप र प्रमाण पत्र हात पार्ने समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले बताउनुभयो । त्यसैगरी उत्कृष्ट ...
कुटपिटको आरोपमा कलाकार पवन खतिवडा प्रहरी हिरासतमा

कुटपिटको आरोपमा कलाकार पवन खतिवडा प्रहरी हिरासतमा

समाचार
पूर्णपुष्टि,फागुन ३ । मोरङका हास्य कलाकार पवन खतिवडालाई होहल्ला र कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । खतिवडालाई बेलबारी नगरपालिका–१, स्थित एक होटलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बेलबारी ४ का स्थानीय जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा उनीमाथि छ । उनीसँगै रमेश भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ पीडित पक्षले इलाका प्रहरी कार्यालय बेलबारीमा आएर अहिलेसम्म जाहेरी भनेको दिएको छैन । ‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउने छ । पीडित पक्षका आफन्तहरू प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने बताए । पक्राउ पेर...
नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध

समाचार
पूर्णपुष्टि,फागुन ३ । नेपाल टेलिकमको नेटवर्कमा फेरि फोन नलाग्ने समस्या देखिएको छ । यसअघि, गत महिना पनि टेलिकमको नेटवर्कमा समस्या आएको थियो । टेलिकमको सिमबाट टेलिकमकै सिममा फोन गर्दा नलाग्ने समस्या आएको हो । नेटवर्कमा समस्या आएसँगै नेपाल टेलिकमका सबैखाले सेवा अवरुद्ध बनेको छ । टेलिकमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले यसबारे जानकार नभएको जानकारी दिए । तर,टेलिकमको सिमबाट टेलिकम र अन्य कम्पनीको सिममा फोन गर्दा सम्पर्क नभएको भन्छ । यस्तै, फोन नै नलागी उठेन र व्यस्त छ भन्ने जवाफ आइरहेको छ । अन्य कम्पनीबाट टेलिकमको सिममा फोन गर्दा समेत समस्या देखाइरहेको छ ।...
बालाजु घटनाका दोषीलाई कारबाही गर्न सांसदहरूको माग

बालाजु घटनाका दोषीलाई कारबाही गर्न सांसदहरूको माग

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन ३ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यही गत फागन १ गते काठमाडौंको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा बोल्दै उनीहरुले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद सूर्य थापाले बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौँको मुटुमा भएको उक्त घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताए । सांसद विराजभक्त श्रेष्ठले काठमाडौँको गोँगबु बसपार्कमा भएको अमानवीय लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोँगबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरुलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए...
नयाँ वर्षमा दयाहाङ र मिरुनाको ‘जारी’ प्रदर्शन हुने

नयाँ वर्षमा दयाहाङ र मिरुनाको ‘जारी’ प्रदर्शन हुने

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागनु ३ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’ आगामी नयाँ वर्षमा प्रदर्शन हुने भएको छ । सोमबार चलचित्रको पोष्टर सार्वजनिक गर्दे निर्माण युनिटले प्रदर्शनको मिति तय गरेको हो । जारीप्रथाको कथावस्तुमा आधारित फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय रहेको छ । फिल्ममा लिम्बु समुदायमा गाइने पालामलार्ई चित्रण गर्दै गरेका रोयदीपलाई टिजरमा क्यारेक्टरको रुपमा प्रस्तुत गरिएको छ । काव्यशैलीमा सम्बन्धको उतारचढाव र छोरी मान्छे कसरी जालमा पर्छे भन्ने कुरालाई विम्वपरक रुपमा भनेका छन् । टिजरमा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् तर कथा अघि बढ्दै जाँदा उनीहरुमा दरार आउँछ र मिरुनाको हात रोयदीपले थाम्छन् । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा विजय बराल, रोयदीप श्रेष्ठ, र...
घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच

घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच

समाचार
पूर्णपुष्टि,फागुन ३ । आज नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला दुई सय रुपैयाँ नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा किनबेच भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
नेपाली राष्ट्रिय महिला टिम आज भारत संग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली राष्ट्रिय महिला टिम आज भारत संग मैत्रीपूर्ण फुटबल खेल्ने

खेलकुद, समाचार
पूर्णपुष्टि,फागुन ३ । नेपाली राष्ट्रिय महिला टिम आज भारतको महिला फुटबल टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्ने भएको छ । चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा फिफा मैत्रीपूर्ण खेलको रुपमा रहेको खेलमा नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ भएको हो । काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारत पहिलो पटक भिड्न लागेका हुन् । गत भदौमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको थियो । यस्तै भर्खरै बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ ले पराजित गरेको थियो । अनन्त राज थापाको प्रशिक्षणमा रहेको नेपाली टोली गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । साफ च्याम्पियनसिप खेलेको नेपाली टोद्यीमा चार खेलाडी परिवर्तन भएका छन् । भारतीय टिमका मुख्य प्रशिक्षक थोमस डेनर्बीले फिफा मैत्रीपूर्ण खेलेल ओलम्पिक छनो...
ल्होत्से मलबाट ८ करोड भन्दा बढीको मोबाइल लुटिएको व्यवसायीको दाबी

ल्होत्से मलबाट ८ करोड भन्दा बढीको मोबाइल लुटिएको व्यवसायीको दाबी

समाचार
पूर्णपुष्टि,फागुन ३ । सोमबार ल्होत्से मलमा यातायात मजदुरहरुले गरेका तोडफोड र लुटपाटमा आठदेखि १० करोड रुपैयाँ बराबरको नोक्सान भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ । सोमबार बेलुकी यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट गरेका थिए । ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका व्यवसायी अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका चालिसेले मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको बताएका छन् । सामाजिक सन्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा ल्होत्से मलमा रहेको मोबाइल पसलको सटर खोलेर एक हुल प्रवेश गरी तोडफोड र लुटपाट गरेको दृष्य देखिन्छ । प्रहरीलेघटनाबारे अनुसन्धान भईरहेको बताएको...
उदयपुरको चौदण्डीगढीमा प्रथम महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता उद्घाटन

उदयपुरको चौदण्डीगढीमा प्रथम महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता उद्घाटन

खेलकुद, समाचार
पूर्णपुष्टि,फागुन ३ । जिल्लाको चौदण्डीगढी नगरपालिकामा प्रथम महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उद्घाटन गरिएको छ । मंलवार एक कार्यक्रमको आयोजनामा प्रदेश नं।१का खानेपानी सिचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङबो लिम्बूले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । चौदण्डीगढी नगरपालिकाको संयोजन तथा नगर युवा तथा खेलकुद बिकास समितिले आयोजना गरेको प्रतियोगितामा मन्त्रीे लिम्बूले प्रदेश सरकारले खेलकुद क्षेत्रको बिकासका लागी निति, निमार्ण र बजेट बिनियोजनलाई प्राथमिकता दिने बताउँनुभयो । खेलाडीहरुलाई उच्च मनोबलका साथ खेलकुदमा लागिपर्न अनुरोध गर्नुभयो । उहाँले उदयपुर जिल्लामा खानेपानीको समस्या समाधानका लागी आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । उद्घाटन समारोहलाई प्रदेश नं.१ कि उप–सभामुख सृजना दनुवारले उदयपुरलाई खेलकुदको हव बनाउन आफु लागि पर्ने बताउनु भयो । चौदण्डीगढी...
आज बाल क्यान्सरविरुद्धको दिवस

आज बाल क्यान्सरविरुद्धको दिवस

समाचार
पूर्णपुष्टि,फागुन ३ । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस हरेक वर्षको फेब्रुअरी १५ मा मनाउने गरिन्छ। ‘जीवन रक्षाः तपाईंको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाउन लागिएको हो। बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो। हरेक तीन मिनेटमा विश्वभरका बालबालिकाको क्यान्सरले मृत्यु हुने गरेको छ। यसबाट क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्दैनौं। हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालिका र १९ वर्षमुनिका जनसङ्ख्यामा क्यान्सर हुने गरेको पाइन्छ। उच्च आय भएका देशमा ८० प्रतिशत क्यानसरबाट बाँच्ने धेरै सम्भावना रहेको छ भने कम र मध्यम आय भएका देशमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको छ । साथै बाल्यकालमा क्यान्सर भएका बालबालिकाका लागि सहयोग र साथ दिने हिसाबले पनि यो दिवस मनाउने गरिएको हो। ...