Sunday, August 9News That Matters

Month: ३ वर्ष अगाडि

डान्स च्याम्पियन कटारी अडिसन सम्पन्न, १२ जना छनौट

डान्स च्याम्पियन कटारी अडिसन सम्पन्न, १२ जना छनौट

समाचार
पूर्णपुष्टि,फागुन २ । उदयपुरको कटारीमा डान्स च्याम्पियन २०७९को अडिसन सम्पन्न भएको छ । सोमबार कटारी अडिसनबाट १२ स्थानीय कलाकारहरुले मेघाराउण्डमा प्रवेश पाएको हो । कला नृत्यमा रुचि भएकाहरुको कलालाई थप प्रोत्साहनका साथै उत्प्रेरणा जगाउने उद्देश्यले डान्स च्याम्यिनको अडिसन सुरु गरिएको आयोजक उदयपुर डान्स स्टुडियो वेल्टारले जनाएको छ । उदयपुर मिडिया हवद्वारा संञ्चालित डान्स स्टुडियोका प्रोपाईटर तथा कोरियोग्राफर प्रमेजंग किरातीका अनुसार च्याम्यिनका विजेताले नगद ५० हजार पुरस्कारका साथमा , मेडल , ट्रफी ,प्रमाण पत्र ,म्युजिक भिडियोमा खेल्ने अवसर , छात्रवृत्तीमा मेकअप कक्षा , निशुल्क नृत्य कक्षा तथा आकर्षक गिप्mट ह्याम्पर लगायतका पुरस्कारहरु हात पार्नेछन् । प्रतियोगितका लागि जिल्लाका विभिन्न स्थानमा अडिसनको आयोजना गरिएको छ । आयोजकका अनुसार अव नेपालटारमा ६, मुर्कुचीमा ७, गाईघाटमा ९, रामपुरमा...
नामिबियामाथि नेपालको शानदार जित

नामिबियामाथि नेपालको शानदार जित

खेलकुद, समाचार
पूर्णपुष्टि,फागुन २ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गर्दे ऐतिहासिक जित निकालेको छ । नेपालले एकदिवसीय क्रिकेट इतिहासकै सर्वाधिक रनको लक्ष्य चेज गर्दै कीर्तिमानी जित निकालेको हो । जितसँगै नेपालले लिग अंङ्कतालिकामा २ अङ्क थप्दै २५ खेलबाट २० अङ्क बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा नेपालसामु २ सय ८६ रनको उच्च लक्ष्य प्रस्तुत गरेको थियो। जुन लक्ष्य नेपालले १४ बल अगाडि नै ८ विकेट गुमाएर पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो रन चेजको कीर्तिमान बनायो। नेपालको ऐतिहासिक जितमा कुशल भुर्तेलले शानदार इनिङ खेले। उनले करिअरको पहिलो शतकीय इनिङ खेल्दा ११३ बलमा ११५ रन बनाए। उनले आफ्नो इनिङमा १० चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै, नेपालको जितमा आठौ...
लागुऔषध सहित छुट्टा छुट्टै स्थानबाट उदयपुरका दुई युवक पक्राउ

लागुऔषध सहित छुट्टा छुट्टै स्थानबाट उदयपुरका दुई युवक पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन २ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित छुट्टा छुट्टै स्थानबाट उदयपुरका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर १५ स्थित भारतबाट नेपाल आउँदै गरेको २४ बर्षीय रोशन परियारलाई लागुऔषध नियन्त्रण व्युरो बिराटनगरले पक्राउ गरेको हो । उनको साथबाट लुपिजेशिक, ऐभिल, डाईजेपाम र फेनरगन गरी २० एम्पुल सहित नियन्त्रणमा लिएको हो । यता उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउदै गरेको मे.१ ख ३०५४ नम्बरको बसमा सवार त्रियुगा नगरपालिका–१३, का १९ बर्षीय पासर राईलाई पक्राउ गरेको छ । उनले आफु बस्ने सिट मुनि लुकाई राखेको, डाईजेपाम, फेनारगन र ब्रुफिनोफिन समेत गरी ४८ एम्पुल औषधी सहित पक्राउ गरिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान प्रहरीले बताएको छ...
मधेशी समाज उदयपुरको नयाँ कार्यसमितले लिए शपथ

मधेशी समाज उदयपुरको नयाँ कार्यसमितले लिए शपथ

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन २ । मधेशी समाज उदयपुरको नयाँ कार्यसमितिले सपथ लिएको छ । मंगलबार गाईघाट स्थित होटल आरएनमा एक कार्यक्रमको बिच कार्यसमितिलाई सपथ खुवाईएका हो । समितिलाई निर्वाचन समिति संयोजक राजेन्द्र प्रसाद साहाले सपथ खुवाएका थिए । उदयपुरमा मधेशी समाजको प्रथम जिल्ला अधिवेशन १ गते भएको थियो । उक्त अधिवेशनबाट गजेन्द्र कुमार भगतको नेतृत्वमा १५ जना नयाँ कार्यसमित छानिएका थिए । बरिष्ट उपाध्यक्ष रामभक्त यादव, महिला उपाध्यक्ष महेना खातुन, महा–सचिवमा ललित साह सोनारलाई चयन गरिएका हुन् । कार्यसमितिको सचिवमा सत्रुधन साह र कोषाध्यक्ष पदमा ओम प्रकाश गुप्ता रौनियारलाई सर्वसहमत चयन गरिएको हो । यता सदस्यहरुमा क्रमस अर्जुन कुमार चौधरी कलवार, राम सुधिर मिश्र, सन्तोष कुमार साहु रौनियार, सिला कुमारी महतो, सुनिल कुमार महतो, अजय कुमार साह र रिंकु शर्मा रहेका छन् । क्षेत्रीय उपाध्यक्षमा क्षेत्र नं. १ का लाग...
तुलसी सहकारीका केहि सञ्चालक प्रहरी नियन्त्रणमा

तुलसी सहकारीका केहि सञ्चालक प्रहरी नियन्त्रणमा

Breaking News 3, समाचार
पुर्णपुष्टि,फागुन २ । विराटनगरमा सञ्चालित तुलसी बहुमुखी सहकारीका केही सञ्चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीविरुद्ध बचतकर्ताहरुको प्रदर्शनका कारण स्थित तनाबग्रस्त बनेपछी सहकारीका सञ्चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत सोमबार राति अवेरसम्म रकम फिर्ता नगरि सञ्चालकहरु नेपालबाटै फरार हुन खोजेको सूचना पाएको भन्दै आक्रोशित बचतकर्ताहरु सहकारी घेराउ गर्दा स्थिती तनाबग्रस्त भएको थियो । सहकारीका केही सञ्चालकलाई नियन्त्रणमा लिएपछि अहिले सहकारी अगाडीको स्थित सामान्य बनेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक दिपक पोखरेलले बताए । उनका अनुसार अहिले उक्त ठाउँको स्थिती सामान्य भइसकेको बताए । यता सहकारीकी सचिव सविना न्यौपानेले आफूहरुमाथि लगाइएको आरोप गलत भएको बताएकी छिन् । ’उनले भनिन्,‘हामीले कसैको पैसा जबरजस्ती ल्याउने कुरा आउँदैन । ‘हामी कतै जाने भए यहाँ आएर अहिले यसरी बो...
काठमाडौंमा बिहानैदेखि सार्वजनिक सवारी ठप्प

काठमाडौंमा बिहानैदेखि सार्वजनिक सवारी ठप्प

समाचार
पुर्णपुष्टि,फागुन २ । उपत्यकाभित्र मंगलबार बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् । बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजनीको घटना पछि आज सवारी सेवा ठप्प पारेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएको हो । सरकारले यातायात मजदुरहरूसँग गरेको सहमति पालना नगरेको भन्दै सोमबार यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्द आह्वान गरेका हुन् । अचानक भएको सवारी ठप्पका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन् । सरकारले आन्दोलनरत मजदुर सङ्गठनका नेतालाई वार्ता र संवादमा बोलाएको छ । आन्दोलनरत यातायात मजदुरहरूले उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको हो । यातायात मजदुरहरूले १० बुँदे माग अघि सारेर गत माघ १७ गतेदेखि नै आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए। आफ्ना माग पूरा नभए फागुन ३ गतेदेखि देशभरको सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी उनीहरूको थियो।...
आज प्रेम दिवस : २५ जोडीलाई सम्मानित गरिँदै

आज प्रेम दिवस : २५ जोडीलाई सम्मानित गरिँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २ । आज प्रेम दिवसको अवसर पारेर २५ जना उत्कृष्ट जोडिहरुलाई सम्मान गरिने भएको छ । नेपालको ताज महल भनेर चिनिने प्रेमको प्रतीक पाल्पाको रानी महलमा प्रेम दिवस (१४ फेब्रुअरी) को दिन मंगलबार २५ जना विवाहित जोडीहरू सम्मानित हँदैछन् । पाल्पाको तानसेन नगरपालिका वडा नं। १३ मा पर्ने रानी महल दरबारमा प्रेम दिवसको अवसर पारेर विवाहित तथा अविवाहित सयौँ पर्यटक जोडी पुग्ने गर्दछन् । प्रेम दिवसको अवसर पारेर तानसेन नगरपालिकाले मंगलबार आयोजना गरेको विविध कार्यक्रममा २५ जोडी विवाहित पर्यटकलाई सम्मान गर्न लागिएको तानसेन नगरपालिकाका प्रवक्ता एवं वडा नं। १० का अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिए । तानसेन नगरपालिकासँग नेपाल एशोसिशन अफ टुर एण्ड ट्राभल्स ९नाट्टा० लुम्बिनी प्रदेशले पनि समन्वय गरेर कार्यक्रम गर्न लागिएको नाट्टाका प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । उत्तर बाहिनी गङ्गाको दर्शन गर...
आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

समाचार
पूर्णपुष्टि,फागुन २ । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे प्रत्येक वर्षको १४ फेब्रअरीमा विश्वभर मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ । तेस्रो शताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए । उनले भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’ त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परे...
त्रियुगाकाे साेह्रै  वडामा जनयुद्ध दिप प्रज्वलन

त्रियुगाकाे साेह्रै  वडामा जनयुद्ध दिप प्रज्वलन

Breaking News 1, समाचार
गाईघाट पूर्णपुष्टि,फागुन २ । त्रियुगा नगरपालिकाकाे १६ वटै वडामा आज साँझ दिपावली गरि २८ ओैं जनयुद्ध दिवस मनाइयाे । गाईघाटकाे लाेकतान्त्रिक चाैककाे दिपावली कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा माओवादि केन्द्रका नगर अध्यक्ष मानबहादुर राईले सबै वडामा एकैसाथ दिपावली गरिएकाे बताए । कार्यक्रममा पार्टीका केन्द्रीय बैकल्पिक सदस्य तथा संविधानसभा सदस्य माेहन खत्री र प्रदेश सांसद संझना तामाङले जनयुद्धकाे चर्चा गर्दै सहिदकाे बलिदानी भुल्न नहुने बताए । अहिलेकाे आमपरिवर्तन र विकास जनयुद्धकै बल र जगमा भएकाे चर्चा गरे । वाईसिएलका ज्ञानेन्द्र मगरले सञ्चालन गरेका थिए ।...
दुई महिना देखी संञ्चालित ज्येष्ठ नागरिक दिवासेवा कार्यक्रमको  समापन

दुई महिना देखी संञ्चालित ज्येष्ठ नागरिक दिवासेवा कार्यक्रमको समापन

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १ । उदयपुरमा दुई महिनाबाट संञ्चालन रहेको जेष्ठ नागरिक दिवा सेवा कार्यक्रम शनिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । त्रियुगा नगरपालिका उदयपुर ज्येष्ठ नागरिक लक्षित अनुदान सहयोग तथा ज्येष्ठ नागरिक जिल्ला संघ उदयपुरको आयोजनामा संञ्चालित कार्यक्रमको समापन ज्येष्ठ सदस्य ९० बर्षिय दीपनरसिंह बस्नेतको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । उक्त कार्यक्रम गत मङ्सिर २६ गतेदेखि गाईघाट स्थित बोक्सेमा संचालन रहेका थिए । आ–आफ्नो पेशा, व्यवसाय, रोजगारी वा पढाईको शिलशिलामा छोराछाोरी, नाति नतेनी, बुहारीहरु काममा ब्यस्तका कारण घर बाहिर या बिदेशमा रहने जेष्ठ नागरिकहरुलाई दिउँसोको समयमा एक्लै बस्नुपर्दा निराशा वा एक्लोपनको महशुस हुने गर्छ । सोही अवस्थामा जिवनको उत्तरार्द्धमा शारीरिक, मानसिक, भावनात्मक हिसाबले दिनप्रतिदिन ज्येष्ठ नागरिकहरू कम्जोर हुँदै जाने गरेको हुदा यसलाई समधानको निम्ति...