महाअभियान गणतन्त्रको विरोधका रूपमा छैन : दुर्गा प्रसाईं
पूर्णपुष्टि,फागनु १ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक बचाउने महाअभियान’ भन्दै नयाँ अभियान सुरू गरेका छन् । सोमबारदेखि अभियान सुरू गरेका प्रसाईंले महाअभियान गणतन्त्रको विरोधका रूपमा नभएको दाबी गरेका हुन् । प्रसाईंले महाअभियानका लागि ८ वटा मागसमेत राखेका छन् ।
अरू ३ बुँदा पनि बैंकसँगै सम्बन्धित छन्।
पहिलो नम्बरमा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर ६ प्रतिशतभन्दा कम हुनुपर्ने, बैंक लघुवित्त र सहकारी संस्थाहरूले घरजग्गा लिलाम गरी परिवारविहीन सुकुम्बासी बनाएको नागरिकको घरजग्गा तत्काल फिर्ता गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले पत्रिकामा फोटो सार्वजनिक गर्ने,तीनपुस्ते विवरण प्रकाशन गरी सार्वजनिक बेइज्जति गर्ने कार्य बन्द गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाका कारण आत्महत्या गर्न बाध्य बनाउने कर्मचारीलाई छानबिन गरी तत्काल मुद्दा लगाउनुपर्ने र बैंक तथा वित्तीय संस्था नेपाल स...








