Sunday, August 9News That Matters

Month: ३ वर्ष अगाडि

बिग बोस सिजन १६ को उपाधि र्‍यापर एमसी स्टानलाई

बिग बोस सिजन १६ को उपाधि र्‍यापर एमसी स्टानलाई

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागुन १ । भारतीय रियालिटी शो बिग बोस सिजन १६ को उपाधि र्‍यापर एमसी स्टानले हात पारेको छ । आईतबार भएको ग्राण्ड फिनालेमा शिव ठाकरेलाई पछि पार्दै स्टानले उपाधि हात पारेको हो । बिग बोसको बिजेता भएसँगै उनले ट्रफीसहित नगद ३१ लाख भारू र एउटा कार समेत पाएका छन् । पाँच प्रतिस्पर्धी सहभागी फिनालेमा एमसी स्टान र शिव बाहेक, प्रियंका चाहर चौधरी, अर्चना गौतम र शालिन भनोट रहेका थिए । प्रियंका चाहर चौधरी टप ३ मा पुगेपछि बाहिरिएकी थिइन्। बिग बोसको विजेता भएपछि एमसी स्टानले एक र्‍याप गीत गाएका थिए भने सलमानले आफ्नो आगामी फिल्म “किसी का भाइ किसकी जान” को गीत ‘नाइयो लग्दा सार्वजनिक गरेका थिए।...
आज ताप्लेजुङमा ४.८ म्याग्निच्युडको भुकम्प गयो

आज ताप्लेजुङमा ४.८ म्याग्निच्युडको भुकम्प गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन १ । ताप्लेजुङमा आज बिहान साढेँ ४ बजे भुकम्प गएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङ्चुङ्गोला र लेलेप आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४.८ म्याग्निच्युडको भुकम्प गएको छ । ताप्लेजुङ सहित आसपासको जिल्लामा पनि भुकम्पको महसुस गरिएको थियो । फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको बताए ।...
आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

समाचार
पूर्णपुष्टि,फागुन १ । आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको हो । रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ । नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले विस २००३ सालमा रेडियोको प्रसारण शुरु गरेको थियो। औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ। अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९ सय हाराहारी छ भने नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७ सयभन्दा बढी छ।निजी क्षेत्रबाट एफ एम रेडियोको प्रसारण भएको २०५२ सालदेखि हो। विभिन्न सञ्चार माध्यमको विकास भएपनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्...
रास्वपाले केन्द्रीय सदस्य थप्ने तयारी

रास्वपाले केन्द्रीय सदस्य थप्ने तयारी

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने तयारी थालेको छ । सोमबार दिउँसो समितिको बैठक बस्दै दिउँसो तीन बजेका लागि बैठक बोलाइए र केन्द्रीय समिति विस्तार गर्नेबारे छलफल हुने भएको हो । केन्द्रीय समितिमा केही सदस्य थप्नेबारे आज निर्णय हुन सक्ने रास्वपाका एक पदाधिकारीले जानकारी दिए । आजको बैठकमा अन्य समसामयिक राजनीतिक विषयबारे पनि छलफल हुनेछ । अहिले रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय छ। यसैबीच रास्वपाले चितवन९२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार प्राइमरी इलेक्सन गरेर छान्ने भएको छ । उक्त क्षेत्रमा यसअघि पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकता मुद्दामा उनको पद बदर भएपछि निर्वाचन आयोगले २०८० वैशाख १० गते चितवन– २ मा उपनिर्वाचन गर्दैछ।...
आज मौसम सफा रहने

आज मौसम सफा रहने

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मौसम सफा रहने जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले प्रदेश नं। १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार पनि गण्डकी प्रदेशकापहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। तराईका केही भू(भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्नेछ।...
राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि बैंकका सेवा सुचारु गर्न निर्देशन

राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि बैंकका सेवा सुचारु गर्न निर्देशन

समाचार
पूर्णपुष्टि,फागन १ । आज गृह मन्त्रालयले ‘जनयुद्ध दिवस’मा देशैभर सार्वजनिक बिदा दिने निर्णय संगै नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्यावबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुलाई ध्यानमा राखी बिहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशन दिएको हो । सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले बिदाबारे सूचना नै जारी गरेको छ । राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ ।...
आज जनयुद्ध दिवस, देशभर सार्वजनिक बिदा

आज जनयुद्ध दिवस, देशभर सार्वजनिक बिदा

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को आईतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माओवादीले २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्यसत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा हजारौँ नेपालीले ज्यान गुमाएका थिए । त्यसैको फागुन १ लाई १० वर्षे सशस्त्र जनयुद्धका क्रममा १३ हजार भन्दा बढी सहिदहरूले ज्यान गुमाएको फेहरिस्त छ । आज ज्ञात अज्ञात सबै सहिदहरू र तिनीहरूको बलिदानको चर्चा गरिन्छ ।...
गाईघाटमा तुलसी बहुमुखी सहकारीका ४२ सय बढी बचतकर्ता बिचल्ली

गाईघाटमा तुलसी बहुमुखी सहकारीका ४२ सय बढी बचतकर्ता बिचल्ली

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २९ गते । तुलसी बहुमुखी सहकारी संस्था गाईघाट शाखाका बचकर्ताहरु आन्दोलित अवस्थामा छन् । सहकारीका संञ्चालक फरार रहेको आशंकामा उनिहरु बिचल्लीत अवस्थामा छन् । बचतकर्ताहरुले तत्काल आफ्नो बचत फिर्ताको माग गर्दै कहिले कार्यालय घेराउ त कहिले छलफलमा जुटिरहेको छ । यता तुलसी बहुमुखी सहकारीले भने सबैको पैसा क्रमागत फिर्ता गर्दै जाने जनाएको छ । सहकारी र बचतकर्ताहरु बिच आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुरको रोहबरमा भएको छलफलमा समधान बारे अझै टुँगो लाग्न सकेको अवस्था छैन् । सहकारीले अध्यक्ष आएपछि निर्णय गर्न सहज हुने जनाएको छ । अध्यक्ष तत्काल आउन सक्ने अवस्था नरहेको पनि जनाए । छलफलमा संञ्चालक समितिका अध्यक्ष मंगलबार तिर आउने जनाए । बचतकर्ताहरु भने पैसा फिर्ता हुने नहुने कुरामा ढुक्क नरहेको अवस्थामा छ । गाईघाट शाखामा करिब ४२ बढी बचतकर्ताहरु रहेको जनाईएको छ ।...
दुर्गा थापाको फेसबुक स्टास प्रति बेलका नगरको गम्भीर ध्यानाकर्षण

दुर्गा थापाको फेसबुक स्टास प्रति बेलका नगरको गम्भीर ध्यानाकर्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २९ गते । बेलका नगरपालिकाका पूर्व मेयर दुर्गा कुमार थापाले कवुलियत बनको बिषयमा लेखिएको फेसबुक स्टास प्रति नगरपालिकाले आपत्ति जनाएको छ । थापाले व्यक्तिलाई तोकेर गैरजिम्मेवारी कुरा गरेको भन्दै बेलका नगरपालिकाले २९ गते प्रेस बिज्ञाप्ती जारी गर्दै ध्यानाकर्षण गराएको छ । थापाले फेसबुक स्टाटसमा लेखेका छन्“ कोशी टप्पुको कबुलियत बन खारेजिको मुद्दा बेलका नगरको तर्फबाट मैले लडदै आएको थिय । अब दुर्गा थापाले लडनु पर्दैन नगर आफैले लड्ने नगरले घोषणा गरे पछि म यो मुद्दाबाट आजबाट हटेको छु । आज २६ गते मुद्दाको पेशी छ । आज नगरको मिटिङ्ग नि थियो मैले उप मेयर मार्फत खबर गरेको छु । नगरलेले आज बहस गर्ने वकिल नराखेर मुद्दा हारेर कबुलियत बन निर्णय भयो भने तेस्को जिम्मेवार अशोक कार्की ज्युले लिनु पर्ने छ । यीनै स्टास गैर जिम्मेवारी भन्दै नगरले ध्यानाकर्षणका लागि विज्ञाप्ती मार्फत भर्तसना गरेको हो ।...
गाईघाटमा तुलसी बहुमुखी सहकारी र बचतकर्ताबिच छलफल जारी, तत्काल बचत फिर्ताको माग

गाईघाटमा तुलसी बहुमुखी सहकारी र बचतकर्ताबिच छलफल जारी, तत्काल बचत फिर्ताको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि,माघ २९ । गाईघाटको तुलसी बहुमुखी सहकारी संस्थाले बचत कर्ताहरुको अझै चित्त बुझाउन सकेको छैन् । आईतवार जिल्ला प्रशासन कार्यालयमा सहकारीका संञ्चालक समिति र बचतकर्ताबिच छलफल अझै जारी छ । आज दिउँसो जिल्ला प्रशासन कार्यालय उदयपुरमा सहकारीका प्रतिनिधि र सिमित बचतकर्ताहरु बिच समाधानको बिषयमा भएको छलफल अझे निष्कर्शमा पुग्न सकेको छैन् । यता बचतकर्ताहरुले भने आफ्नो बचत तत्काल फिर्ताको माग गर्दै संस्थालाई धर्ना दिरहेको छ । गाईघाट शाखामा करिब ४२ सयको हाराहारीमा बचतकर्ताहरु रहेका छन् । जसमा एकै व्यक्तिले २ करोड भन्दा बढी बचत गरेको बुझिएको छ । केहि बचतकर्ताहरु भने आम्दानीलाई थप बढाउने भन्दै खाईनखाई बचत गरेको अवस्था रहेको जनाईएको छ । केहिदिन देखी बिराटनगरबाट संञ्चालक फरार हल्लापछि बचतकर्ताहरु त्रसित भएका थिए । सहकारीले पहिलो चरणको छलफलबाट ७ जनाको समिति बनाएर दोस्रो चरणको छलफल चलाउने जना...