Sunday, August 9News That Matters

Month: ३ वर्ष अगाडि

सूचना बिहिन बेरोजागारको घरघरमै अभिमुखीकरण

सूचना बिहिन बेरोजागारको घरघरमै अभिमुखीकरण

Breaking News 3, समाचार
पूर्णपुष्टि,माघ २९ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उदयपुरका भिन्नि वडाहरुमा बेरोजगार सूचिमा दर्ता हुन आवेदन प्रक्रियाबारे भिमुखिकरण सम्पन्न भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिका वडा नं। १२ र १४ का स्थानीयहरुको घरमै पुगि भिमुखिकरण कार्यक्रम गरिएको हो । श्रमको सम्मान राष्ट्रको अभियान भन्न मुल नाराका साथ १८ वर्ष देखि ५९ बर्ष उमेर समुहका महिला आदिवासी जनजाती दलित तथा अन्य सिमान्तकृत समुदाय र संवधित सरोकारवालाहरुको उपस्थितिमा उक्त कार्यक्रम संञ्चालन गरिएको प्रधानमन्त्री रोजगार संयोजक निसा घलेले बताईन् । उनका अनुसार आ।व। २०८०र८१ को लागि बेरोजगार व्यक्तिको सुचिमा दर्ता हुन आवेदन प्रक्रियाबारे घरदैलो कार्यक्रम गरिएको हो । नेपाल सरकारले प्रत्यक वर्षको फागुन महिना भरी प्रधानमन्त्री रोजगार कार्यक्रमको आवेदन र्फमको लागि स्थानीय सरकारलाई पत्राचार गर्ने गरेक...
नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको अध्यक्षमा राउत

नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको अध्यक्षमा राउत

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २९ गते । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको उदपुर अध्यक्षमा रित कुमार राउत सर्वसहमत चयन भएको छ । राउतको नेतृत्वमा २० कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा तिलक नेपाली, बिवेक आचार्य, महिला उपाध्यक्षमा ज्योति राई, सचिवमा लक्षमण दनुवार, सहसचिवमा चुडामणी थापा, कोषाध्यक्षमा पारु फुँयाल रहेको छ । यता सदस्यहरुमा हिमाल दनुवार, विष्णु तामाङ्ग, रेवत कार्की, ज्ञानेन्द्र राई, होम वहादुर मगर, पारु राई, पार्वता घिमिरे, सन्दीप राई पारमनन्द राजधामी, लोक बहादुर राई, सन्जु राई, ममता ठकुरी र सुरज राई रहेको छ । शनिवार गाईघाट स्थित कन्चनजंघा होटलमा भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको पाँचौ जिल्ला अधिवेशनबाट उक्त समिति चयन भएको हो । अधिवेशनमा नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध बिभिन्न तहका कर्मचारीहरुको सहभागी रहेका थिए । नेकपा माओवादी केन्द्र पोलिव्युरो सदस्य तथा उदयपु...
पत्रकार राजेन्द्र राईलाई दुव्र्यवहार गर्ने वडाअध्यक्षलाई तत्काल कार्वाहीको माग

पत्रकार राजेन्द्र राईलाई दुव्र्यवहार गर्ने वडाअध्यक्षलाई तत्काल कार्वाहीको माग

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २९ गते । पत्रकार संग आबद्ध बिभिन्न संघ संगठनहरुले उदयपुरका पत्रकार राजेन्द्र राईलाई दुव्र्यवहार गर्ने वडाअध्यक्ष माथी तत्काल कार्वाहीको माग गरेको छ । अबैध खोला उत्खननको समचार संकलनको क्रममा चौदण्डीगढी नगरपालिका वडा नं ९ का वडाअध्यक्षले पत्रकार राईमाथी अमानवीय दुव्र्यवहार गरेको भन्दै घटनामा संलग्न अध्यक्ष प्रकाश राउतलाई तत्काल कार्वाहीको माग गर्दै प्रेस बिज्ञाप्तीहरु निकालीएको छ । शनिवार आदिवासी जनजाति पत्रकार माहासंघ ९फोनिज०, किरात राई पत्रकार संघ र तामाङ्ग पत्रकार संघले संयुक्त प्रेस बिज्ञाप्ती मार्फत कार्वाहीको माग गरेका हुन् । उदयपुरको चौदण्डिगढी नगरपालिका प्रवक्ता तथा वडा न. ९ का वडा अध्यक्ष प्रकाशकुमार राउतले मिति २०७९ माघ २४ गते स्थानीय खोलामा अबैध रुपमा नदि दोहन भैरहेको विषयमा समाचार संकलनका लागि पुगेका नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश न. १ का ...
विश्वकप च्याम्पियनको उपाधि रियल म्याड्रिड क्लबलाई

विश्वकप च्याम्पियनको उपाधि रियल म्याड्रिड क्लबलाई

खेलकुद, समाचार
पूर्णपुष्टि,माघ २९ । विश्वकप च्याम्पियनको उपाधि रियल म्याड्रिड क्लबले उचालेको छ । साउदी अरेबियाको अल हिलालमाथि ५–३ को जित निकाल्दै स्पेनिस क्लब रियल म्याड्रिड पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो । शनिबार राति रियललाई च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २९२ तथा कप्तान करिम बेन्जेमाले एक गोल गरे। अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरेका थिए । खेलको १३ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाए। १८ औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । २६औं मिनेटमा साउदी क्लबका लागि मोउसा मारेगाले गोल गरेपछि पहिलो हाफ २–१ को स्थितिमा पुग्यो। ५४ औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए । ५८ औं मिनेटमा फेडे भाल्भेर्डेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्द...
विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा

राजनीति, समाचार
पूर्णपुष्टिट,माघ २९ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् । काठमाडौँमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट बास्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए । गत जेठमा तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि केन्द्रीय समितिबाट अध्यक्षको भूमिका पाएकी बाँस्कोटाले पार्टीको पहिलो महाधिवेशन गराएर पुनः नेतृत्वमा आएकी छन् । विवेकशील साझाको अभियानमा स्थापना कालदेखि नै जोडिएकी उनी कानुनमा स्नात्तकोत्तर हुन् । ३८ वर्षीया बाँस्कोटा अधिवक्ता समेत हुन् । यस्तै, उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन हुँदा महासचिव रञ्जु दर्शना सर्वसम्मत भएकी छन् । सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन हुँदा कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित भएका छन् । महाधिवेशन हलबाट सबै पदाधिकारी ...
रोजी(थुलुङ)साम्पाङ राईको कविता संग्रह “सम्मोहन” विमोचन

रोजी(थुलुङ)साम्पाङ राईको कविता संग्रह “सम्मोहन” विमोचन

Breaking News 1, समाचार
पूर्णपुष्टि,माघ २८ । संग्रह कवि रोजी (थुुलुुङ) साम्पाङ राईको प्रथम कविता संग्रह सम्मोहन विमोचन भएको छ । शनिवार उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहा स्थित लालीगुुराँस सामुदायिक भवनमा मेयर कालु लामा, बरिष्ठ पत्रकार एवम् इतिहासकार कौशल चेम्जोङले संग्रहको विमोचन गर्नुभएको हो । ९१ वर्षिया जेष्ठ नागरिक विष्णुु बान्तवाको अध्यक्षतामा भएको विमोचन समारोहमा कविता संग्रहले सहभागिहरुबाट चर्चा पाएको थियो । करिव ४० वटा कविता रहेको संग्रह कवि रोजीको जन्मथलोदेखि देश विदेशसम्मको जीवन भोगाई समेटिएका छन् । विमोचन कार्यक्रममा कवि रोजीले तीन कविता प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतीलाई सम्मान गर्दे कार्यक्रम हलमा उपस्थित भएका सहभागिहरुले तालीको गडगडाहट दिएका थिए ।...
चिकित्सक कुट्ने प्रहरी निलम्वीत

चिकित्सक कुट्ने प्रहरी निलम्वीत

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २८ गते । राष्ट्रपति सवार रहेको भन्दै चिकित्सक कुट्ने प्रहरी निलम्वनमा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार सुरक्षा व्यवस्थापनका लागि प्रहरीले आफ्नो ड्यूटी गरेको भए पनि चिकित्सकमाथि कुटपिट हुनु राम्रो नभएको बताए । उनले भने, ‘हातपात गर्नुले राम्रो देखिएन, त्यसैले छानबिन गर्नलाई निलम्बन गरेका छौं ।’ शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शितलनिवासबाट बानेश्वरसम्म आउने र पुन शितलनिवास फर्कने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक खाली गराएको थियो । त्यस क्रममा राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह कुटपिटमा परेका थिए । प्...
राष्ट्रपति निर्वाचनमा को–को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु : माधव नेपाल

राष्ट्रपति निर्वाचनमा को–को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु : माधव नेपाल

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २८ । माधव नेपालले राष्ट्रपति चुनावमा कसकसले सेन्टिफ्ल्याट खाने हो भन्ने कुरा थाहा नभएको बताएका छन् । शनिबारको एक कार्यक्रमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति चुनावमा कसकसले सेन्टिफ्ल्याट खाने हो भन्ने कुरा थाहा नभएको र अहिले संकेतमात्र गर्ने बताएका हुन् । नेपालले भने–अहिले राष्ट्रपतिको चर्चा छ । प्रत्येक व्यक्ति म हुने भएँ भनेर दङ्ग परेका छन् । सबैलाई पद दिएको छ । म भइहालेँ भन्ने परेको छ । को(को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । राजनीति यही ढङ्गले अघि बढेको छ, मैले संकेतमात्र गरेको हो । धेरै कुरा नभनौँ । हामी पनि छौँ है राष्ट्रिय राजनीतिमा भनेर सुदूरपश्चिमबाट देखाएका छौँ ।’ नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई आफूले सर्तसहित समर्थन गरेको भन्दै पहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बनाउन आफूले चाहेको बताए ।...
नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको पाँचौ जिल्ला अधिवेश धमाधम

नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको पाँचौ जिल्ला अधिवेश धमाधम

राजनीति, समाचार
पूर्णपुष्टि,माघ २८ । नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको पाँचौ जिल्ला अधिवेश संञ्चलन भईरहेको छ । शनिवार गाईघाटको कञ्चनजंगा होटलमा संगठनका अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षतामा खुल्ला सत्र कार्यक्रम सञ्चानल भैरहेको हो । कर्यक्रममा नेकपा माओवादी केन्द्र पोलिव्युरो सदस्य उदयपुर जिल्ला इन्चार्ज एंव पूर्व सांसद सुरेश कुमार राई ९हिमाल०,प्रदेश सभा सदस्य नारायण बुर्जा, सांसद राजन किराती, सम्भना तामाङ, मोइन बहादुर खत्री लगाएतको उस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपला निजामति कर्मचारी संगठनमा अवाद्ध जिल्लाका बिभिन्न कर्मचारीहरुको उपस्थितिमा अधिवेशन अधिवेशन संचालन भईरहेको छ । “प्रभावकारी जनसेवा पेशागत अधिकार सुनिश्चितताको लागि नेपाल राष्ट्रि कर्मचारी संगठन शान्ति सुशासन” आत्मनिर्भरता र राट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन” भन्ने मूल नाराको साथ पाँचौ जिल्ला अधिवेश सञ्चालन भए...
लिम्चुङबुङ – हलेसी जोडिने सडकको दुई ओटा पुल उद्घाटन

लिम्चुङबुङ – हलेसी जोडिने सडकको दुई ओटा पुल उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २८ गते । उदयपुरमा दुई पक्की पुलको एकै दिन उद्घाटन भएको छ । प्रदेश नं १ का भौतिक पूर्बाधार तथा शहरी बिकास मन्त्री दुर्गा चापागाईले उदयपुरगढी वडा नं ७ मा निर्माण भएको बलान खोला र बाउन्ना खोला पुलको एकै दिन उद्घाटन गरेको हो । सो पुलले पर्यटकीय गन्तव्य स्थानलाई सहज बनाएको छ । मधेश प्रदेश र छिमेकी देश भारतका पर्यटक तथा भक्तजनहरुलाई लिम्चुङबुङ हुँदै हलेसी सम्म पुग्न अत्यादिक छोटो सडकमा पर्ने निर्माण सम्पन्न दुई पुल शनिवार उद्घाटन भएको हो । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले यस पुलले लिम्चुङबुङलाई पर्यटनको नयाँ गन्तव्यको रुपमा सहयोग पुराएको जनाए । राईले समुन्द्र सतहदेखी सगरमाथा सम्म रहेको पर्यटक तथा धार्मिक स्थलहरुमा जान सहज र छोटो सडकमा बनेको पुलले सहजता दिन सुरु गरेको जनाए । मधेश प्रदेश र छिमेकी देश भारत विहारको पर्यटकहरुलाइ लिम्चुङबुङबाट देखिने सगरमथा, सूर्य...