Sunday, August 9News That Matters

Month: ३ वर्ष अगाडि

आज प्रिमियर लिगमा सात खेल हुँदै

आज प्रिमियर लिगमा सात खेल हुँदै

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २८ गते । आज प्रिमियर लिगमा सात खेल हुने भएको छ । आज हुने पहिलो खेलमा चेल्सी र वेस्ट हमले प्रतिस्पर्धा गर्नेछ । नेपाली समय अनुसार खेल साँझको ६:१५ मा सुरु हुनेछ भने दोस्रो खेलमा आर्सनल र ब्रेन्टफोर्ड बिच प्रतिष्पर्धा हुने भएको छ । दोस्रो खेल रातिको ८:४५ मा सुरु हुनेछ भने सोही समयमा लेस्टर सिटीले टोटेनहमलाई आतिथ्यता प्रदान गर्दैछ । त्यस्तै अर्को खेलमा क्रिस्टल प्यालेस र ब्राइटन बिच हुनेछ भने साउथह्याप्टन र उल्भ्स बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै आजको अन्तिम खेल बर्नमाउट र न्युकासल बिच हुने भएको छ ।...
पत्रकार राईलाई धम्की दिने वडाअध्यक्ष विरुद्ध माहासंघको बिज्ञाप्ती

पत्रकार राईलाई धम्की दिने वडाअध्यक्ष विरुद्ध माहासंघको बिज्ञाप्ती

समाचार
पूर्णपुष्टि,माघ २८। गढीखबर दैनिकका संञ्चालक राजेन्द्र दुष्टलाई ज्यान मार्ने धम्की दिने चौदण्डीगढी नगरपालिका वडा नं ९ का वडाअध्यक्ष तथा प्रवक्ता प्रकाश कुमार राउतलाई कार्वाहीको माग गर्दै विज्ञाप्ती निकालिएको छ । नेपाल पत्रकार माहासंघ उदयपुर शाखाले २५ गते नै उक्त बिज्ञाप्ती निकालेको हो । माघ १४ गते स्थानीय खोलामा अबैध रुपमा नदी दोहन भैरहेको भन्ने सूचना आएपश्चात समचारका लागि सोही ठाउँ पुगेका राईमाथी दुव्र्यवहार भएको बिज्ञाप्तीमा उल्लेख गरिएको छ । उक्त घटनामा पत्रकार राईको क्यामेरा र मोवाईलमा समेत क्षती पुगेको छ । माहासंघले क्षती पुगेको सामानको क्षती पुर्ति र घटनामा संलग्न वडाअध्यक्ष राउतमाथी हदै सम्मको कार्वाहीको माग राखेको छ । समाजमा हुने विकृति विसंगतीको आवाज उठाउन पत्रकारको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै स्थानीयहरुको सूचनाको आधारमा पत्रकार राई त्यस ठाउँमा पुगेका थिए । उक्त घटनाक...
मेसी वर्षकै उत्कृष्ट फिफा खेलाडीमा मनोनयन

मेसी वर्षकै उत्कृष्ट फिफा खेलाडीमा मनोनयन

खेलकुद, समाचार
पूर्णपुष्टि,माघ २८ । अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउने कप्तान लियोनल मेसी फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अन्तिम मनोनयमा परेका छन् । फिफाले गएराति मेसीसहित उत्कृष्ट तीनमा पर्न सफल खेलाडीको सूची सार्वजनिक गरेको हो । मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउन महत्वपुर्ण योगदान दिएको छ । विश्वकप विजेता मेसीले उपाधिका लागि फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमासँग प्रतिस्पर्धा गर्नेछन् । फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो । कतार विश्वकपमा फाइनल पुगेको फ्रान्सका लागि ह्याट्रिक गरेका एम्बाप्पे र सन् २०२२ को बालेन डिओर विजेता बेन्जिमा पहिलो पटक उत्कृष्ट तीनमा परेका हुन् । यता महिलातर्फ स्पेनकी एलिक्सिया प्युटेला, इङल्यान्डकी बेथ मिड र अमेरिकाकी एलेक्स मोर्गन प्रतिस्पर्धामा छन् । फिफाका ...
आज विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस

आज विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस

समाचार
पूर्णपुष्टि,माघ २८ । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ । नेपालसहित संसारभर विज्ञानमा महिलाको भूमिका र योगदानको सम्झना गर्दै तथा खुसी साटासाट गरी यो दिवस मनाउने गरिएको हो । २२ डिसेम्बर २०१५ मा संयुक्त राष्ट्र संघको महासभाले संकल्प प्रस्ताव पारित गरेयता दिवस मनाउन थालिएको हो । ११ फेब्रअरीलाई विज्ञान र प्रविधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने महिला एवं युवतीहरूको सम्झना गरिन्छ । सन् २०१४ देखि २०१६ सम्मको युनेस्कोको तथ्याङ्क को अनुसार, केवल ३० प्रतिशत महिला विद्यार्थीहरूले उच्च शिक्षामा STEM-सम्बन्धित क्षेत्रहरू छनौट गर्छन्। STEM-सम्बन्धित क्षेत्रहरू भन्नाले साइन्स, टेक्नोलोजी, इन्जियनरिंग र म्याथम्याटिक्स क्षेत्र भन्ने बुझिन्छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्नु दिवस मनाइनुको उद्देश्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ...
शहरी बिकाश मन्त्री दुर्गा चापागाईंद्धारा मोतिगडा क्याम्पसको निरिक्षण

शहरी बिकाश मन्त्री दुर्गा चापागाईंद्धारा मोतिगडा क्याम्पसको निरिक्षण

समाचार
पूर्णपुष्टि,माघ २८ । सडक पुर्बधार तथा शहरी बिकाश मन्त्री दुर्गा प्रसाद चापागाईंले त्रियुगा नगरपालिका-३, मोतिगडा स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसको निरिक्षण गर्नुभएको छ । शनिवार मन्त्री चापागाईले क्याम्पस पुगि त्यहाँका भौतिक सम्रचनाहरुको अवस्थाबारे स्थलगत निरिक्षण गर्नु भएको हो । मन्त्री चापागाईले यस अघि चौदण्डीगढी नगरपालिकाका बिभिन्न स्थानमा पुगि स्थानीय जनताहरु प्रत्यक्ष अन्तरक्रिया तथा भेटघाट गर्नुभएको थियो ।...
उदयपुरमा मानब बेचबिखन कार्यमा संलगन २ जना पक्राउ

उदयपुरमा मानब बेचबिखन कार्यमा संलगन २ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २७ गते । उदयपुरमा मानब बेचबिखन गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डिगढी नगरपालिका–२ की ४० बर्षीया कुमारी परियार र सप्तरी कंचनरुप नगरपालिका–८ बस्ने २७ बर्षीय महमद नजिर रहेका छन् । गत माघको २५ गते चौदण्डिगढी नगरपालिका–२ मा बस्ने तीन जना महिलाहरुलाई बिभिन्न मापदण्ड सहित उचाई ५ फिट ५ ईन्च भएमा १० लाख रुपैया सम्म दिने भनि आर्थिक प्रलोभनमा पारी घरबाट टेम्पोमा चढाई शोषण गर्ने उदेश्यले नजिरको ग्यारेज भएको घरमा पुर्‍याएका थिए । ग्यारेज पुगेकी ती महिलाहरुले बुझ्दा उक्त ठाउबाट पुर्ण अर्को ठाउँमा आफुहरुलाई लान खोजे पश्चात उनीहरु आफु बेचबिखनमा पर्न लागेको थाहा पाई सो स्थानबाट भागेका थिए । भागेर आ–आफ्नो घर आई परिवारलाई जानकारी गराए पश्चात पिडितका आफन्तले माघ २६ गते ईलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएका थिए । जाहेरी पश्च...
आगामी चैत्र देखि नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा हुने

आगामी चैत्र देखि नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा हुने

समाचार
पूर्णपुष्टि,माघ २७ । आगामी चैत्र देखि नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा लिने भएको छ । शुक्रबार काउन्सिलले सूचना जारी गर्दै विशेष परीक्षा आउँदो चैत्र १७ र १८ हुने जानकारी दिएको हो । परीक्षणमा सहभागी हुन इच्छुक परीक्षार्थीलाई exam.nmc.org.np मा यही ३० माघदेखि २९ फागुनसम्म आवेदन फाराम बुझाउन समय सीमा तोकेको छ । काउन्सिलका अनुसार परीक्षा ललितपुर पुलचोकमा कम्प्युटर प्रविधिबाट गरिने परीक्षा समिति नेपाल मेडिकल काउन्सिलले बाँसबारी काठमाडौँले जनाएको छ।...
गायिका बर्तिका राई र युगल गुरुङले गरे परम्पराअनुसार विवाह

गायिका बर्तिका राई र युगल गुरुङले गरे परम्पराअनुसार विवाह

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,माघ २७ । नेपाली संगितक दुनियाँमा सफल गितहरु दिदै आएका गायक युगल गुरुङ र गायिका बर्तिका एम राईबीच शुक्रबार परम्पराअनुसार विवाह भएको छ । ललितपुरको मानभवनस्थित क्रिस्टल ब्यांक्वेटमा आफन्त र साथीभाइको उपस्थितीमा यो सांगीतिक जोडीले विवाह गरेको हो । युगल र बर्तिका दुवै अहिलेका चर्चित गायक गायिका हुन् । गायक युगलले यो पर्खाइ,आफ्नो संसार,कोठा,सहारा,लुकामारी,कहाँ छौ,कुरा लगायत गीत गाएका छन्। गायिका बर्तिकाले तिमी र म, नजिक,उमेर,बाँकी,खुसी,घर,सम्झना,खैु लगायत गीत गाएकी छन्। गत असोज २४ गते दुईले इन्गेजमेन्ट गरेका थिए । प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गरेका यी दुईजना केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । वर्तिका र युगल पछिल्लो पुस्तामाझ चर्चित कलाकार हुन् । अमेरिकाको न्यूयोर्क सहरमा उनीहरुले एकसाथ सो९फार नामक सांगीतिक प्रस्तुति पनि दिएका थिए ।...
सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम

सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम

समाचार
पूर्णपुष्टि,माघ २७ । त्रियुगा नगरपालिका वडा नं.१४, साउनेमा सामाजिक संञ्जालको दुरुपयोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । शुक्रवार प्रहरी चौकी साउनेद्धारा मा।बि साउनेमा अध्यायनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई उक्त बिषयमा आधार रहि जनचेतनामुलक कार्यक्रम गराएको हो । बिद्यालयका अध्यायनरत बिभिन्न ठाउँका करिव ३० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो । पछिल्लो समय सामाजिक संञ्जालमा बढ्दो घट्नाहरु हुन थाले पछि स्थानीय प्रशासनहरुले सचेतनामुलक कार्यक्रमको अयोजना गर्दै आएको छ ।...
ट्रयाक्टरको ठक्करबाट बृद्धाको मृत्यु, एक घाईते

ट्रयाक्टरको ठक्करबाट बृद्धाको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २७ गते । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना बृद्धाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा म्याङलुङ–६ कि ७६ बर्षीया हर्क मोती लिम्बु रहेकि छन् । हिजो राती साढे ८ बजे तेह्रथुमको बसन्तपुरबाट खाना पकाउने ग्याँस सिलिण्डर बोकी सदरमुकाम तर्फ जाँदै गरेको को.१ त ५५३८ नम्वरको ट्रयाक्टरले पैदल यात्री स्थानिय ६२ बर्षीय दल बहादुर लिम्बुलाई ठक्कर दिएको थियो । ठक्कर दिएको ट्रयाक्टर अनियन्त्रित भई सडक मुनी रहेको बिशाल लिम्बुको भान्साघर माथि पल्टदा आगो ताप्दै गरेकि लिम्बुको आमा हर्क मोती समेत घाईते भएकी थिईन् । दुबै घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा हर्क मोतीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाईते लिम्बुलाई थप उपचारको लागि धरान घोपा पठाईएको छ । ट्रयाक्टर चालक म्याङलुङ १ का देश बहादुर लिम्बुला...