Sunday, August 9News That Matters

Month: ३ वर्ष अगाडि

शहरी बिकाश मन्त्री दुर्गा चापागाईंद्धारा चौदण्डीगढीका स्थानीयहरुसंग अन्तरक्रिया

शहरी बिकाश मन्त्री दुर्गा चापागाईंद्धारा चौदण्डीगढीका स्थानीयहरुसंग अन्तरक्रिया

समाचार
पूर्णपुष्टि,माघ २७ । सडक पुर्बधार तथा शहरी बिकाश मन्त्री दुर्गा प्रसाद चापागाईंले चौदण्डीगढी नगरपालिकाका बिभिन्न स्थानमा पुगि स्थानीय जनताहरु प्रत्यक्ष अन्तरक्रिया तथा भेटघाट गर्नुभएको छ ।मन्त्री चापागाईले स्थानीय स्तरमा बिकास र निकासको कार्ययोजनाहरु पार्दसि छ छैन भन्ने बिषयलाई मध्यनगर गर्दै स्थानीय अगुवा बुद्धिजीवी, समाज सेवीहरु बिच भेटवार्ता गर्नुभएको हो ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुरलाई घुस मागेको आरोपमा निलम्बित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुरलाई घुस मागेको आरोपमा निलम्बित

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २७ गते । विदेशी वायुसेवा कम्पनी थाई स्माइल एयरलाइन्सको प्रतिनिधिसँग घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले सो एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि ठाकुरलाई निलम्बन गरिएको बताए । उनका अनुसार घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो । निलम्बनको निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत पठाइएको छ । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिने मन्त्रालयले जनाएको छ । ठाकुर २०७६ फागुन ६ गते विमानस्थलको महाप्रबन्धकमा नियुक्त भएका थिए ।...
सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार

सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार

Breaking News 2, समाचार
पूर्णपुष्टि,माघ २७ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १३ सय रुपैयाँले घट्दै १ लाख ३ हजार ६ सय रुपैयाँमा झरेको छ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलामा १३ सय रुपैयाँले घट्न पुगेको हो । नेपाली बजारका आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख ३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३० रुपैयाँले घट्दै प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।...
अल नसरको जितमा रोनाल्डोको ४ गोल

अल नसरको जितमा रोनाल्डोको ४ गोल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २७ गते । साउदी प्रो लिगमा रोनाल्डोले ४ गोल गर्दा अल नसरले सहज जित निकालेको छ । बिहिबार राति किंग अब्दुल अजिज स्टेडियममा भएको खेलमा अल नसरले ४–० गोलले अल वेह्दलाई हराएको छ । अल नसरलाई जित दिलाउन रोनाल्डो एक्लैले ४ गोल गरेका छन् । खेलको २१ औं मिनेटमा गोल गर्दै अल नसरलाई सुरुवाती आग्रता दिलाएको रोनाल्डोेले ४० औं मिनेटमा दोस्रो गोल गरे भने ५३ औं मिनेटमा पेनाल्टिबाट ह्याट्रिक पुरा गरे । त्यसपछि खेलको ६१ मिनेटमा चौथो गोल गरेका हुन् । रोनाल्डोले अल नसरमा पहिलो ह्याट्रिक गरेसँगै करियरको ६१ औं ह्याट्रिक पुरा गरेका छन् । नासरका लागि पहिलो गोल गर्दै रोनाल्डोले लिग फुटबलमा ५०० औं गोल समेत पूरा गरेका छन् । रोनाल्डोले लिगमा रियल मड्रिडका लागि सर्वाधिक ३११ गोल गरेका छन् । यस्तै म्यानचेष्टर युनाइटेडका लागि १०३, युभेन्ट्सका लागि ८१, स्पोर्टिङ लिस्वनका लागि ३ र अल नासरका लागि ५ ...
अखिल (क्रान्तिकारी) विघटन भएको हल्ला निराधारः महासचिव देव गुरुङ

अखिल (क्रान्तिकारी) विघटन भएको हल्ला निराधारः महासचिव देव गुरुङ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २७ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले अखिल (क्रान्तिकारी) को वर्तमान केन्द्रीय कमिटी विघटन भएको हल्ला निराधार भएको बताएका छन् । विहीबार साँझ केन्द्रीय समिति बैठक लगत्तै गुरुङले विद्यार्थी संगठनमा देखा परेका समस्या समाधान गर्न सबै साथीहरुबीच छलफल गरेर सहमतिमा ल्याउन प्रयास गर्ने बताए । “अध्यक्ष, फ्याक्सन इन्चार्जसहित सबैलाई साथीहरुलाई एक ठाउँमा बोलाउने कोसिस गर्ने भन्ने हो । सबैलाई एकढिका बनाएर लैजाउ भनेर प्रस्ताव गर्ने, त्यसको लागि तयारी समिति बनाउने, सहमतिमा साथीहरु आउने भए तदर्थ समिति बन्छ । यदि तदर्थ समिति बनेपछि अहिले कमिटी विघटन हुन्छ तर अहिले नै कमिटी विघटन भन्ने गलत हो” गुरुङले भने । त्यसैगरी अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले पार्टी निर्णयको गलत अर्थ लगाएर कमिटी विघटन भएको भनेर गरिएको हल्लाप्रति आपत्ति जनाएका छन् । उनले भने, “असन्तुष्ट साथीह...
विवेकशील साझाको आज प्रथम राष्ट्रिय महाधिवेशन

विवेकशील साझाको आज प्रथम राष्ट्रिय महाधिवेशन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २७ । विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरू हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज (शुक्रबार) बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम हुने भएको हो । महाधिवेशनका लागि तयारी पूरा भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए । यो महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व दिने र नीतिगत रूपमा स्पष्टता दिने पार्टीले उनले बताए । महाधिवेशनले पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्ने र वैकल्पिक राजनीतिक अभियान अब नयाँ चरणमा पुर्‍याउने तयारी रहेको उनले बताए । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार नेताहरूले दाबी गरेका छन् । महाधिवेशन उद्घाटन समारोहमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.ब...
भ्यालेन्टाइन डे नजिकिए संगै सरकारले गुलाव फुलको आयातमा प्रतिवन्ध

भ्यालेन्टाइन डे नजिकिए संगै सरकारले गुलाव फुलको आयातमा प्रतिवन्ध

समाचार
पूर्णपुष्टि,माघ २७ । नेपाल सरकारले भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबअरीलाई लक्षित गरी गुलावको फुल आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले फूल आयातमा अर्को सूचना जारी नभएसम्मका लागि फुलको आयातमा प्रतिबन्ध लगाएको हो । कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा बिषाधी ब्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख साबित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाईएको जानकारी दिएकी छिन् । बर्षेनी काकडभिट्टा, भण्टाबारी, बिराटनगर, मलगंवा, जलेश्वर, बिरगञ्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ, बैतडी नाकावाट लगाएतका ठाउँहरुबाट गुलाबको फूल आयात हुने गरेको थियो । ‘यस केन्द्र तथा अन्तरगतका कार्यालयहरुबाट बिशेष कारणले अर्को ब्यबस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी गर्ननहुन सबन्धित सबैमा जान...
बोक्सेकी एक महिला बेपत्ता, खोजीमा प्रहरी, पत्रकार गुहार्दै परिवार

बोक्सेकी एक महिला बेपत्ता, खोजीमा प्रहरी, पत्रकार गुहार्दै परिवार

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २६ गते । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेकी एक महिला दुईदिन देखी बेपत्ता भएकी छिन् । बोक्से पाटनदेवी टोल स्थित ३२ बर्षिय डम्बर बिककी श्रीमती २४ बर्षिया उर्मिला बुलन (बिक) दुई दिनदेखी बेपत्ता रहेको परिवारले जनाएको छ । परिवारले प्रहरीमा खोजीका लागि हिजो जाहेरी दिएको छ । श्रीमान डम्बरका अनुसार २४ गते दिउँसो नन्दलाई बजार जान्छु भन्दै हिँडेकी उर्मिला फर्केर नआएपछि बेपत्ता छिन् । उनि बेपत्ता भएपछि दुई बालबच्चाको बिचल्नी भएको छ । अढाई बर्षका बालक छोरो र नौ बर्षिया छोरी आमा खोजिरहेका छन् । परिवारले उनको खोजी आफन्त, माईती र नरनातासम्म गर्दासमेत पत्ता नलागेको जनाईएको छ । दुईबच्चाका साथ श्रीमतीको खोजी गर्दै मिडिया समक्ष आएका डम्बरले खोजीमा लागिदिन सबै सँग आग्रह गरेका छन् । बेपत्ता हुनुका कारण थाहा नभएको तर श्रीमतीको लुगाफाटा घरमा नरहेको, उनैले लगेको हुन सक्ने उनको भनाई छ ।...
प्रधानमन्त्रीको कुर्सीमा बस्दा प्रधानमन्त्री बनेजस्तै भयोः मदनकृष्ण श्रेष्ठ

प्रधानमन्त्रीको कुर्सीमा बस्दा प्रधानमन्त्री बनेजस्तै भयोः मदनकृष्ण श्रेष्ठ

समाचार
पूर्णपुष्टि,माघ २६ । महजोडि तथा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउँदा प्रधानमन्त्री बनेजस्तै महसुस भएको बताउनु भएको छ । बिहिवार काठमाडौंमा ११ औँ नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । चलचित्र प्राविधिक सङ्घको आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रूपमा बोलाइए पनि कार्य व्यस्तताका कारण प्रधानमन्त्री कार्यक्रममा सहभागी बन्न सक्नुभएन। उक्त कार्यक्रममा प्रधानमन्त्री सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गराएको थियो । सोही विषयलाई लिएर उहाँले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउनु नै आफूलाई पुरस्कार भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री बस्ने कुर्सीमा बस्न पाउनु आफूलाई प्रधानमन्त्री बने जस्तै भएको बताउनु भयो।...
जिल्ला अस्पताल सर्जिकल पोष्ट अपरेटिभ वार्डको उद्घाटन

जिल्ला अस्पताल सर्जिकल पोष्ट अपरेटिभ वार्डको उद्घाटन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,माघ २६ । जिल्ला अस्पताल उदयपुरको सर्जिकल पोष्ट अपरेटिभ वार्डको उद्घाटन भएको छ । विहिवार अस्पतालको प्रगति तथा योजनाको समिक्षात्मक कार्यक्रम अन्तरगत प्रदेश नम्बर १का स्वस्थ्य मन्त्री निर्मला तावा लिम्बुले अपरेटिभ वार्डको उत्घाटन गर्नुभएको हो । उत्घाटनसंगै मन्त्री लिम्बुले अस्पतालका बिभिन्न स्वस्थ्य शाखाहरुको अवलोकन गर्न भएको हो । उहाले अवलोकन पस्चात बिरामीलाई छिटो छरितो भरपर्दो सेवा सुबिधा दिन निर्देश दिनुभएको छ । जिल्लामा कुनैपनि कानुनी जटिलताहरु आएमा तेस्को सावधान गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष गौर बहादुर विश्वकर्मा, प्रदेश नं को स्वास्थ्य मन्त्री माननियन निर्मला तावा लिम्बु, प्रदेश सांसद नारायण बुर्जा मगर,सम्झना पाख्रिन,जिल्ला अस्पताल उदयपुरको प्रमुख डा।ज्ञानेन्द्र कुमार झा लगायतको उपस्थित भएका थिए ।...