Sunday, August 9News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा किरात पत्रकार संघ र अग्रज पत्रकार बिच छलफल

उदयपुरमा किरात पत्रकार संघ र अग्रज पत्रकार बिच छलफल

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २६ गते । उदयपुरमा किरात राई पत्रकार संघ र अग्रज पत्रकारहरु बिच छलफल भएको छ । बिहिबार गाईघाट स्थित ड्रिमल्याण्ड होटलमा किरात पत्रकार केन्द्रीय कार्यालयका अध्यक्ष अवतार राई सहित उपाध्यक्ष रिता राई (राराहाङ) उपाध्यक्ष बिशाल राई लगायतको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रम जिल्ला कार्यसमिति उदयपुरको आयोजनामा हो । उक्त कार्यक्रममा बरिष्ठ पत्रकार कौशल चेम्जोङ, अग्रज पत्रकार महेश्वर चाम्लीङ, हरि कुमार राई, भोटराज राई लगायत अन्य किराती पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा किरात संस्कार संस्कृतिमा पत्रकारको भुमिका बिषयक छलफल भएका थिए । त्यस बारे बरिष्ठ पत्रकार कौशल चेम्जोङ, महेश्वर चाम्लीङ सहित भोटराज राईले प्रष्टाएका थिए । यसैगरी केन्द्रीय अध्यक्ष अबतार राईले किरात पत्रकार संघलाई क्रियाशिल बनाउ आफ्नो कार्यकालमा पूर्ण रुपमा लागि परिरहेको जनाए । राईले सोही उदे...
टर्कीको भुकम्प प्रभावित क्षेत्रका २ नेपाली महिला अझै सम्पर्क विहिन

टर्कीको भुकम्प प्रभावित क्षेत्रका २ नेपाली महिला अझै सम्पर्क विहिन

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, माघ २६ गते । गैरआवासीय नेपाली संघका अनुसार टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २ जना नेपाली महिल अझै सम्पर्क विहिन रहेका छन् । भुकम्प प्रभावित क्षेत्रमा ३३ जना नेपाली रहेको पुष्टि भएको टर्की समेत हेर्ने पाकिस्तान स्थित नेपाली दुतावासले जनाएको छ । ३१ जना नेपाली नागरिक दूतावासको सम्पर्कमा आईसकेका छन् भने २ जना सम्पर्कमा नआएको टर्कीमा रहेका गैरआवासीय नेपाली संघका महासचिव विनोद पौडेलले बताए । महासचिव पौडेलका अनुसार सम्पर्कमा आएका एक जना नेपाली समान्य घाइते छन् । सञ्चार सम्पर्क टुटेका कारण भूकम्पग्रस्त सबैठाउँमा सम्पर्क हुन नसकेको पौडेलको भनाई छ । उनीहरु त्यहाँ घरेलु कामदारको रुपमा काम गर्दै आएका थिए । भूकम्प गएको टर्कीको गाजियान्टेपमा कति नेपाली छन भन्ने यकिन तथ्यांक छैन । भूकम्पग्रस्त क्षेत्रमा नेपाली विद्यार्थी र घरेलु कामदार रहेकाछन् । कतिपय घरेलु कामदार गैरकानूनी र...
टर्कीका भुकम्प पिडितलाई मेस्सिले ३.५ बिलियन युरो सहयोग गर्ने

टर्कीका भुकम्प पिडितलाई मेस्सिले ३.५ बिलियन युरो सहयोग गर्ने

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, माघ २६ गते । कतारमा विश्व विजेता बनेका लियोनेल मेस्सीले टर्की र सिरियाको भुकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो सहयोग गर्ने भएका छन् । अर्जेन्टिनाले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन निर्देशन दिएको टर्कीका सञ्चारमाध्यम भक्स न्युजले जनाएको छ । लियो मेस्सी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो । यस फाउन्डेसनले विश्वभरका बालबालिकाको स्वास्थ्य र शिक्षाको ख्याल राख्छ । लियोका जेठा भाइ म्याटियासले युनिसेफ सँगको साझेदारीमा सहयोगका गतिविधिहरू आयोजना गर्छन्। युनिसेफसँगको सहकार्यमा सो रकम टर्की र सिरियाका भुकम्प पीडितका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । टर्की र सिरियामा गएको बिनाशकारी भुकम्पले ठुलो मानविय तथा भौतिक क्षती गरेको छ । विश्व स्वास्थ्य संगठनले सो भुकम्पमा परी २० हजार जनाको ज्यान गएको प्रक्षेपण गरेको छ । संसारभर देखि नै टर्की र सिरियाका भ...
अब ए डिभिजन लिगमा क्लबले ५ बिदेशी खेलाडी अनुबन्ध गर्न पाउने

अब ए डिभिजन लिगमा क्लबले ५ बिदेशी खेलाडी अनुबन्ध गर्न पाउने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २६ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न शहीद स्मारक ए डिभिजन लिगमा क्लबहरुले ५ बिदेशी खेलाडी अनुबन्ध गर्नु पाउने बताएको छ । क्लबले पहिले ४ जना बिदेशी खेलाडी राख्न पाउने थियो भने अब ५ जना राख्नपाउने भएको छ । बुधबार एन्फाको लिग कमिटी र ए डिभिजन क्लबबीच छलफल भएको थियो । छलफलले क्लबमा पाँच जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने निर्णय गरेको हो । तर विदेशी खेलाडीको मापदण्ड परिवर्तन गरिएको छ । सुरुवाती ११ मा ४ जनामात्र खेलाउन पाउने, पाँच विदेशीमध्ये एक जना एसियाली र एक जना दक्षिण एसियाली खेलाडी हुनैपर्ने व्यवस्था छ । ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुँदैछ । लिगको पहिलो खेल ललितपुरे क्लबहरु फ्रेण्ड्स र खुमलटार एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।एन्फाले चैत ४ गतेसम्म सुरुवाती पाँच चरणको मात्र खेलतालिका सार्वजनिक गरेको छ । तीन दर्जन खेलाडी विदेश पलायन भएपछि क्लबहरु स्...
पहिलो ब्याचका ४ शसस्त्र पहरीका अधिकृतलाई (डीआईजी) बढुवामा सिफारिस

पहिलो ब्याचका ४ शसस्त्र पहरीका अधिकृतलाई (डीआईजी) बढुवामा सिफारिस

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २६ गते । शसस्त्र प्रहरीमा पहिलो ब्याचको टोलीका चार अधिकृत सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुने भएका छन् । बुधबार राति प्रकाशित बढुवा सुचीमा पहिलो ब्याचका एसएसपी सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा छन् । शसस्त्र प्रहरीमा २०५९ सालमा भर्ना भएका टोलीको चार जना अधिकृतलाई डीआईजीमा बढुवा गर्न गृह मन्त्रलयले सिफारीस गरेको हो । माओवादी द्धन्द्ध कालमा सेना र नेपाल प्रहरीको केहि जनशक्तिबाट शसस्त्र प्रहरी बलको गठन भएको थियो । ०५७ सालमा गठन भएको शसस्त्र प्रहरी बलको उदेश्य माओवादी द्धन्द्धलाई निस्तेज पार्नु थियो । हालसम्म सेना र नेपाल प्रहरीबाट आएका अधिकृतहरु सशस्त्र प्रहरी बलका उच्च पदहरुमा थिए । नेपाल प्रहरीबाट शसस्त्र प्रहरीमा स्थानतरण भएका अधिकृत राजु आर्याल अहिलेका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) हुन् ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा एकाबिहानै पर्यटन मन्त्री किराँती

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा एकाबिहानै पर्यटन मन्त्री किराँती

समाचार
पूर्णपुष्टि,माघ २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती एकाबिहानै पुगेका छन् । विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थल सरसफाई गर्ने मदजुरको तारिफ गरेका छन् । ‘दिनरात चौविसै घण्टा खटेर देशको अनुहार ९एयरपोर्ट० सफा बनाउने मजदूर ९ब्युटिसियन०हरूलाई हार्दिक धन्यवाद१’, उनले भने, ‘आंशिक सुधार हुँदैछ, आशा गरौं पूर्ण सुधार हुनेनै छ। एयरपोर्ट मात्र होइन एक दिन यो देश नै सफा हुनेछ।’ अनुगमनका क्रममा उनले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन् । मन्त्री भएपछि किराती पटक पटक विमानस्थलको अनुगमनमा गइरहेका छन्।...
रास्वपाको आधिकारितामाथि प्रश्न गर्दै निर्वाचन आयोगमा तीन उजुरी

रास्वपाको आधिकारितामाथि प्रश्न गर्दै निर्वाचन आयोगमा तीन उजुरी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा का सभापति रवि लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी गरेका कामहरूको हैसियतमाथि प्रश्न उठेको छ । सर्वोच्च अदालतले माघ १३ गते लामिछानेले प्रयोग गर्दै आएको पुरानो नागरिकता अमान्य हुने फैसला गरेपछि सोही प्रमाणपत्र प्रयोगबाट भएका सबै कामको वैधानिकतामाथि चौतर्फी रूपमा प्रश्न उठ्न थालेको हो । सोही प्रमाणपत्र प्रयोग गरेर लामिछानेले नेपाली राहदानी, सवारीचालक अनुमतिपत्र ९लाइसेन्स०, कम्पनी दर्ता, स्थायी लेखा नम्बर ९पान नम्बर० लगायत प्रमाणपत्र बनाएका छन् । यी सबैको आधिकारितामाथि अनेकन् प्रश्न उठिरहेका छन् । यीबाहेक लामिछानेले सोही नागरिकता प्रयोग गरेर उपभोग गरेको ‘राजनीतिक अधिकार’माथि गम्भीर प्रश्नचिन्ह उठेको छ । त्यही नागरिकता प्रयोग गरेर उनले मतदाता नामावलीमा नाम समावेश गरेका छन्, राजनीतिक दल खोलेका छन्, उम्मे...
साफ यू-२० महिला च्याम्पियनसिप फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै

साफ यू-२० महिला च्याम्पियनसिप फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै

खेलकुद, समाचार
पूर्णपुष्टि,माघ २६ । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बङ्गलादेश भिड्ने छ । ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा फाइनल प्रतियोगिता हुने भएको हो । सोमबार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बङ्गलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बङ्गलादेश भिड्न लागेका हुन् । यस जितसँग तीन खेलमा सात अङ्क जोडेको बङ्गलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय बेहोरेको भुटान अङ्क विहीन हुँदै बाहिरिए पछि बङ्गलादेश फाइनलमा पुगेको हो । भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेशबीचको खेल रोमाञ्चक हुने विश्वास गरिएको छ ।...
सुखायु आयुर्वेदिक अस्पताल गाईघाटद्धारा मोतिगडामा स्वास्थ्य शिविर

सुखायु आयुर्वेदिक अस्पताल गाईघाटद्धारा मोतिगडामा स्वास्थ्य शिविर

Breaking News 1, समाचार
पूर्णपुष्टि,माघ २५ । उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित सुखायु आयुर्वेदिक अस्पतालले त्रियुगा नगरपालिका वडा नं.३, मोतिगडामा स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । वडाको स्वास्थ्य चौकीमा वडा नम्बर ३, मोतिगडाको आयोजना र सुखायु आयुर्वेदिक अस्पताल प्रा।लि। गाईघाट साथे सिटिजन लाइफ इन्योरेन्स शाखा गाईघाटको समन्वयमा शिविरको कार्यक्रम सम्पन्न गरेको हो । बुधवार स्वस्थ्य शिविरमा बिभिन्न ९६ जना विरामीहरुले सेवा प्राप्त गरेको छ । जसमा सब भन्दा बढी पाइल्स, फिसर, फिष्टुला, फिसर, पेट सम्बन्धी समस्या,महिला सम्बन्धी समस्या,हार्डजोर्नी तथा नशा सम्बन्धी समस्या र छाला सम्बन्धी समस्याका रोगीहरु पाईएको सुखायु आयुर्वेद अस्पतालका संञ्चालक इन्द्रजीत यादवले बताए । उनका अनुसार विरामीहरुले आर्थिक अभावका कारण उपचार नपाईको र बाध्यात्मक अवस्थामा स्वस्थ्यमा समस्या बोकि बस्न परेका बिरामीहरुका लागि बिशेष सेवा सहितको ...
फोनमा आफ्नै नामको सिम र सेट अनिवार्य हुनुपर्ने

फोनमा आफ्नै नामको सिम र सेट अनिवार्य हुनुपर्ने

समाचार
पूर्णपुष्टि,माघ २५ । नेपाल दूरसञ्चार प्राधिकरणले कुनै पनि मोबाइल सेट चल्न र त्यस भित्रका सिम एकै व्यक्तिको नाममा दर्ता हुनुपर्ने नयाँ व्यवस्था लागू हुने भएको छ । बुधबार नेपाल मोबाइल वितरक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा यो व्यवस्था लागू गर्न आवश्यक कार्य अघि बढाइरहेको प्राधिकरणका उप–निर्देशक एवम् सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बताए। कार्यक्रममा लाई सम्बोधन गर्दै उप–निर्देशक मिश्रले जसको नाममा सिम र सेट छ त्यो फोन चल्नुपर्छ भन्ने हो। एकै व्यक्तिको नाममा नभए त्यो फोन मात्रै एउटा बट्टा हुनेछ, यसको लागि एमडिएमएस प्रणाली लागू हुनु आवश्यक छ । साथै व्यक्तिको केवाइसी पनि अपडेट पर्ने बताए । केवाइसी भर्न कुनै पनि व्यक्तिलाई आफ्नै नामको सिम आवश्यक पर्छ। त्यस्तै एमडिएमएस प्रणालीमा फोन सेट दर्ता भएपछि फोन कसको नाममा छ भन्ने खुल्छ । सिम र सेट फरक–फरक व्यक्तिको नाममा भए त्यो फोन चल्दैन ।...