कटारीको महादेव गुफामा ११ दिने महापुराण सुरु
पूर्णपुष्टि,माघ २५ । जिल्लाको कटारी नगरपालिका–३, ताराघारी स्थित उत्पतेश्वर महादेव गुफामा आजबाट ११ दिने शिव महापुराण सुरु भएको छ । बुधवार कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले कलसमा पत्ती बालेर महापुराणको औपचारीक उत्घाटन गर्नुभएको हो ।
आगामी नगरको बजेटबाट गुफाको विकासका लागि प्राथमिकतामा राख्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । गुफाको लागि आवश्यक पूर्वाधार निर्माणका लागि कटारी नगरपालिकाको सवै वडासँग समन्वय गरी विकास गर्ने मेयर श्रेष्ठले बताउनुभयो । उत्पतेश्वर गुफाको गुरुयोजना अनुसार भौतिक निर्माण गर्ने श्रेष्ठले बताउनुभयो । त्यसैगरी कटारी नगरपालिकाका पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठले आप्mनो कार्यकालमा गुफामा विभिन्न कार्यहरु गरेको भन्दै आगामी दिनमा वाँकी रहेका कामहरु पुरा गर्न नगरपालिका लाग्नुपर्ने बताउनुभयो । गुफा सम्म आउने बाटो कालोपत्रे, गुफा आउन फलामे पुल लगायतका आवश्यक ...









