पत्रकारमाथि वडाध्यक्षबाट दुर्ब्यवहार र ज्यानकाे धम्की
पूर्णपुष्टि, माघ २४ । बेल्टार
उदयपुरका पत्रकार राजेन्द्र दुष्टलाई चौदण्डीगढी नगरपालिका - ९ का वडाध्यक्ष प्रकाश राउतले रिपोर्टिङका क्रममा दुर्व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिएका छन् । स्थानीय भिम सामुदायिक वन क्षेत्रभित्र पर्ने द्वारखोलामा भईरहेकाे अवैध गिटी उत्खननकाे रिपोर्टिङमा जाँदा वडाध्यक्ष राउतले यस्ताे व्यवहार गरेकाे राईले बताए ।
उत्खनन् स्थलमा खन्दै गरेकाे जेसिविकाे फाेटाे खिच्ने क्रममा अध्यक्ष राउतले क्यामेरा र माेवाईल खाेस्दै गालीबेईजती गरेकाे र सातपुस्ते थाहा छ भन्दै ज्यानकाे धम्की दिएकाे पत्रकार राईले बताए । खाेसाखाेस हुँदा माेवाईल क्षति भएकाे उनले बताए । राई चाैदण्डीगढी मिडियाका पत्रकार हुन् । नेपाल आदिवासि जनजाति पत्रकार महासंघ (फाेनिज) काे १ नं. प्रदेश उपाध्यक्षसमेत रहेका राईले जनप्रतिनिधि भएर वडाध्यक्षले गुण्डागर्दिकाे शैलीमा आक्रमण गरेकाे बताए ।
जंगल क्षेत्र ...









