Sunday, August 9News That Matters

Month: ४ वर्ष अगाडि

रौतामाईमा पालिका अध्यक्षको तलब बाट अग्नी पिडितलाई आर्थिक सहयोग

रौतामाईमा पालिका अध्यक्षको तलब बाट अग्नी पिडितलाई आर्थिक सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ गते । रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगरले आफ्नो तलब सुविधा बाट अग्नी पिडितलाई आर्थिक सहयोग गरेको छ । पालिकाको ४ नं वडा नचने बतासेका बम बहादुर मगरलाई पालिका अध्यक्ष बिरेन्द्र मगरले आफ्नो तलब सुविधा बाट रु २६ हजार बराबरको आर्थिक सहयोग गरेका हुन् । मगरको बुधबार आगलागी हुँदा दुई तल्ले घर जलेर पूर्ण रुपमा क्षती पुगेका थिए । उनको खाद्यन्न, लत्ता कपडा र अन्य महत्वपूर्ण सामाग्रीहरु जलेर नष्ट भएका थिए । उनिलाई अहिले सबैको सहयोग चाहिएको छ । पालिका अध्यक्ष बिरेन्द्र मगरले आफ्नो पालिकावासीहरुलाई पिडामा सहयोग गर्ने चुनावमै प्रतिवद्धता दिएका थिए । उनले पालिकाको तर्फबाट पनि सक्दो सहयोग गर्ने भन्दै आफ्नो सुविधाबाट पनि सकेको सहयोग गरेको जनाए । मगरले आफुले पाउने तलब सुविधा अध्यक्ष कोषमा जम्मा गरी मंगलबार पिडितलाई चेक हस्तान्तरण गरेको पालिकाकी कर्मचारी कोपिला मगरले बत...
टर्कि भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १७ सय जनाभन्दा वढी

टर्कि भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १७ सय जनाभन्दा वढी

Breaking News 1, समाचार
पूर्णपुष्टि,माघ २४ । क्षिणपूर्वी टर्किमा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा एक हजार सात सय ९७ जना पुगेको छ । टर्कीमा अहिलेसम्म एक हजार १४ जना र र छिमेकी देश सिरियामा सात सय ८३ जना गरी कम्तीमा एक हजार सात सय ९७ जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ । टर्कीमा स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो १ बजेर २४ मिनेटमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । दिउँसोको भूकम्पले खोजी र उद्धारमा थप समस्या भएको छ । अरू कैयौँ परकम्पहरू गइरहेका बीबीसीले जनाएको छ । भूकम्पका कारण भत्किएका संचरनाको भग्नावशेषमा खोजी भइरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुवै देशमा गरी छ हजार जनाभन्दा धेरै घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेहरूको विवरण सङ्कलन गर्ने...
पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि,माघ २४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटरमा तीन÷तीन रुपियाँले बृद्धि गरेको हो । नयाँ मूल्यअनुसार अब पेट्राल प्रतिलिटर १७८ रुपियाँ, डिजेल-मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुगेको छ । खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन(आईओसी)ले १ फेबु्रअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ मूल्य बढेर आएको थियो । सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गरिएको निगमले जनाएको छ । तेल खरिद गरेबापत आईओसीलाई १६ अर्ब ३० करोड रुपियाँ भुक्तानी गर्नुपरेको र उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनुुपरेको निगमले जनाएको छ ।...
कटारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कटारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि,माघ २३ । उदयपुरको कटारी नगरपालिकामा आज देखि दोस्रो नगरस्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ सुरु भएको छ । नगरपालिकाको आयोजनामा श्री त्रिवेणी मावि कटारी, ४को त्रिवेणी मावि तथा टाईगर फिल्डमा खेलकुद प्रतियोगिता सुरु भएको हो । अन्तर विद्यालय स्थानीय तह स्तरीय प्रतियोगिताको उदघाटन गर्दै प्रदेश नम्बर १ का सदस्य रामकुमार खत्रीले गर्नुभएको थियो । प्रदेश १का सदस्य खत्रीले उदघाटन समारोहलाई सम्बोधन गर्दै मुलुकको सर्वाङ्गिण विकासका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “राम्रा खेलाडीहरुलाई राज्यले लगानी गर्न नसक्दा पलायन हुनु परेको अवस्था छ ।”खत्रीले भन्नुभयो –“राज्यतहबाट खेलक्षेत्रमा लगानि गर्न म प्रतिवद्ध छु ।” आयोजकका अनुसार प्रतियोगिता लगातार तीन दिनसम्म चल्ने बताएको छ । प्रतियोगितामा नगरपालिका भित्रका १८ सामुदायिक तथा नीजि विद्यालयहरुले प्रत्यक्ष सहभागिता जनाउने...
सुखायु आयुर्वेदिक अस्पतालद्धारा साउनेमा स्वास्थ्य शिविर

सुखायु आयुर्वेदिक अस्पतालद्धारा साउनेमा स्वास्थ्य शिविर

Breaking News 3, समाचार
पूर्णपुष्टि,माघ २३ । जिल्लाको त्रियुगा नगरपालिका वडा नं.१४, साउनेमा सुखायु आयुर्वेद अस्पताल प्रा.लि.द्धारा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । सोमबार दिउँसो वडाको स्वास्थ्य चौकीमा वडा नम्बर १४ को आयोजना र सुखायु आयुर्वेदिक अस्पताल प्रा.लि. गाईघाट साथे सिटिजन लाइफ इन्योरेन्स शाखा गाईघाटको समन्वयमा शिविरको कार्यक्रम सम्पन्न गरेको हो । शिविरमा साउनेका बिभिन्न ठाउँ गरी ६० जना स्थानीयहरुले प्रत्यक्ष स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य शिविरमा अधिकांस पाइल्स र पेटको बिरामीहरुको संख्या देखिएका थिए । उक्त शिविरमा विशेष गरी पायल्स,फिस,फिस्टुला साथै पेट सम्बन्धी सम्पुर्ण समस्याहरुको चेक जाँच गरिएको थियो । शिविरमा सेवालिन आएकाहरुलाई निःशुल्क चेक जाँच गराएको थियो गरिएको थियो । स्वस्थ्य परिक्षण पछि देखिएका समस्याहरु मध्य ल्याप भर्ना गर्नुपरेमा उक्त अस्पतालले ५० प्रतिशत छुटको व्यवस्था ...
चर्चित पाकिस्तानी क्रिकेटर रिजवान सन्दीपलाई भेट्न नेपालमा

चर्चित पाकिस्तानी क्रिकेटर रिजवान सन्दीपलाई भेट्न नेपालमा

समाचार
पूर्णपुष्टि,माघ २३ । पाकिस्तानका विकेटकिपर व्याटर मोहम्मद रिजवा क्रिकेटर सन्दीप लामिछानेलाई भेट्न नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का महासचिव दुर्गा पाठकले रिजवान नेपालमा सन्दीप लामिछानेलाई हौसला दिन आएको बताए । उनले सन्दीपलाई भेट्न मात्र नेपाल आएको कुरामा आफू पनि अझै पक्का हुन नसकेको भएपनि उनी नेपाल आएर सन्दीपलाई भेट्दै हौसला प्रदान गरेको बताए । रिजवान सन्दीपलाई हौसला दिनका लागि नेपाल आएको बुझिएको छ। सोमबार बिहान नेपाली क्रिकेट टोलीलाई पनि भेट गरेका छन्। उनी सोमबारै पाकिस्तान फर्किने नेपाल क्रिकेट संघ (ण्क्यान) ले जनाएको छ। नेपाली टोलीका खेलाडी सन्दीप बलत्कार आरोप लागेर तीन महिना हिरासतमा बसेर धरौटीमा छुटेका हुन् । सन्दीपालाई क्यानले गरेको निलम्बन फुकुवा गरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो ।...
बेपत्ता रहेको उदयपुरका बालक काम खोज्दै जाँदा आफन्तको सम्पर्कमा

बेपत्ता रहेको उदयपुरका बालक काम खोज्दै जाँदा आफन्तको सम्पर्कमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २३ गते । लाहान बाट बेपत्ता अवस्थामा रहेको उदयपुरका एक बालक एक हप्ता पछि परिवारको सम्पर्कमा आएको छ । त्रियुगा नगरपालिका १३ बहेडुवाका १५ बर्षिय ललित चौधरी आज सोमवार परिवारको सम्पर्कमा आएको हो । उनि गत सोमवारबाट विद्यालयको पोशाकमै बेपत्ता रहेका थिए । उनी लाहान नजिक लौकाहा ठाँडीमा फेला परेको हो । उनि आमा सँग रिसाएर हिडेको खुलेको छ । एक हप्ता सम्म बरालीएरै हिडिरेको र अन्तिममा एक ब्यापारीको पसलमा काम खोज्दै जाँदा उनी परिवार सम्म सम्पर्कमा आउन सफल भएको हो । घर फर्किने मनस्तीती नगरेका ललितले ब्यापारी सँग काम मागेका थिए । व्यापारीले तिमि विद्यार्थी हौ भन्दा उनले अस्वीकार गर्दै म विद्यार्थी होईन म काम गर्ने मान्छे भन्दै व्यापारीलाई जिद्धि गरेका थिए । पछि व्यापारीले तिमिलाई काम लगाउने हो भने तिम्रो परिवार सित कुरा गर्छु अनि मात्रै राख्छु भनेपछि ललितले आमालाई फोन गरेका थिए । उन...
मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २३ गते । सुनसरीको ईटहरी उप–महानगरपालिका–४ कोशी लोकमार्ग स्थितमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा आखिभुई ८ घर भई ईटहरी–२ हलगडा बस्दै आएका २७ बर्षीय सरोज कार्की रहेका छन् । हिजो साँझ साढे ७ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा कार्की घाईते भएका थिए । घाईतेलाई उपचारको लागी घोपा धरान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल चालक संखुवासभा धर्मदेविका ३० बर्षीय प्रेम शेर्पा तत्काल फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।...
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २३ गते । झापाको अर्जुनधारा नगरपालिका–८ का ३३ बर्षीय मनोज बस्नेतलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । बस्नेतले आफ्नै श्रीमती ४५ बर्षीय कल्पना पोखरेलको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यि दम्पत्तीको घर उदयपुरको रामपुर २ मा रहेको र हाल उक्त स्थानमा बस्दै आएका थिए । गत शनिबार सामान्य घरायसी बिषयमा बादबिबाद हुँदा रिशको आवेगमा श्रीमतीको हत्या गरेका थिए । हत्या गरिसकेपछि घटनालाई ढाकछोप गर्न नजिकै रहेको चौरमा खाल्डो खनेर पुरेका थिए । । घटनाको सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई पक्राउ गरेको हो । बस्नेत पक्राउ परेसंगै गाडेको ठाउबाट लाश उत्खनन गरी शव परिक्षणको लागी वि.पि. कोईराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
आज सुरक्षित इन्टरनेट दिवस

आज सुरक्षित इन्टरनेट दिवस

समाचार
पूर्णपुष्टि,माघ २३ । आज सन् २०२३ को ७ फेब्रुअरीमा सुरक्षित इन्टरनेट दिवसको २० औँ संस्करण मनाइँदै छ । अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्ने उद्देश्यले नेपालमा सन् २०१९ देखि सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको हो । नेपालमा यो वर्ष सुरक्षित इन्टरनेट दिवस मनाउन राष्ट्रिय समन्वय समितिसमेत गठन गरिएको छ । बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन तथा साझेदार संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै आएको छ...