Sunday, August 9News That Matters

Month: ४ वर्ष अगाडि

सरकारमा रास्वपालाई फर्काउने तयारी

सरकारमा रास्वपालाई फर्काउने तयारी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ४२ दिनमै सरकारबाट बाहिरिएपछि सरकारमा फर्काउन सत्तारुढ अरु दलहरुले तयारी गरेको छ । सत्तारुढ मुख्य दलहरु एमाले, माओवादी र राप्रपाका नेताहरुले रास्वपालाई फेरि सरकारमै फर्काउने गरी अनौपचारिक छलफल भइरहेको हो । आइतवार संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सत्तारुढ गठबन्धन जोगाउन प्रयास भइरहेको बताउनुभएको थियो । गृह मन्त्रालयको विवादले सरकार गठनको ४२ दिनमा हिजो रास्वपा सरकारबाट बाहिरिएको हो । सरकारबाट रास्वपा बाहिरिएपछि रिक्त रहेको मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने र आफैँले जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको योजना छ । माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट दुई मन्त्री र एक राज्य मन्त्री थपिएका थिए । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछानेको पद नागरिकतासम्बन्धी सर्वोच्च अ...
साफ यू-२० महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सहज जित

साफ यू-२० महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सहज जित

खेलकुद, समाचार
पूर्णपुष्टि,माघ २२ । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ । आईतवार बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले पहिलो जित निकालेको हो । भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२(० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३(१ गोल अन्तरले पराजित भएको थियो । बंगलादेश विरुद्ध नेपालको तर्फबाट अमिषा कार्कीले ह्याट्रिक गोल गरेकी छिन् भने टिमको कप्तान प्रीति राईले एक गोल गरेकी हुन । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।...
संञ्चारकर्मीप्रति रवि लामिछानेलेको आक्रोश

संञ्चारकर्मीप्रति रवि लामिछानेलेको आक्रोश

समाचार
पूर्णपुष्टि,माघ २२ । सरकार छाड्ने निर्णय सुनाएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका सभापतिले नेपाली सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छ । पार्टीको बैठक सकिएपछि भएको पत्रकार सम्मेलनमा लामिछानेले निकैबेर नेपालका ठूला सञ्चारमाध्यमले आफू र आफ्नो पार्टीप्रति अफवाह फैलाएको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री र आफूबीच भएका कुरा आफूहरूले कसैलाई नभने पनि पत्रकारहरूले आफ्नो मनमा लागेको कुरा लेखेको भन्दै उनले आक्रोश पोखे–लाज लाग्दैन तपाईंहरूलाई रु मलाई चरित्रहीन बनाएर समाचार लेखिएको छ । जसले आफूलाई चरित्रहीन देखाएको छ आउनुस् सम्पादकहरू उनले भने । धेरै सञ्चारमाध्यम तथा तिनका सञ्चालकहरू नामै किटेर उनले त्यस्ता मिडियाहरूले आफूहरूलाई सदैव असहयोग गरेको बताए । पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमप्रति निकैबेर खनिएका उनले विभिन्न समयमा छापिएका समाचारका उदाहरण प्रस्तुत गर्दै सञ्चारमाध्यम र तिन...
मोटरसाईकलसहित काठ पक्राउ

मोटरसाईकलसहित काठ पक्राउ

Breaking News 1, समाचार
युबराज राई (मौसम) उदयपुर, माघ २२ । उदयपुरको प्रहरीले एकजना काठ तस्करीमा संलग्न ब्यक्तिलाई हिजो राती पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका १० खैराहाझोडा स्थित कुन्तिमाई सामुदायिक वन उपभोक्ता समितिको जंगलबाट चौनपा १० का २० वर्षिय मञ्जित सदा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । एक मोटरसाईकल र २८ दशमलब ५ क्यु.फिट परिमाणको पाँच टुन सखुवा काठसमेत बरामद भएको छ । स ७ प १५३ नम्बरको मोटरसाईकलमा एक टुन काठ लोड गरेको र चार टुन लुकाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पक्राउ गरेको थियो । थप कारवाहीका लागि मोटरसाईकल र पक्राउ परेका सदालाई डिभिजन वन कार्यालय गाईघाट उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।...
सरकारबाट निस्कने रास्वपाको निर्णय

सरकारबाट निस्कने रास्वपाको निर्णय

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले पुष्प कमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारबाट बाहिरने निर्णय गरेको बैठकमा एक सहभागी नेताले जानकारी दिए । सरकार निर्माण गर्दा भएको सहमति अनुसार गृहमन्त्रालय आफ्नो पार्टीले पाउनु पर्ने सभापति लमिछानेको अडान थियो । तर गृहमन्त्रालय प्रधानमन्त्री दाहालले नदिएपछी सरकारबाट बहिरने निर्णय गरेको हो । पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। (रास्वपा) ले सरकारलाई दिएको समर्थन भने कामय राखेको छ । सरकार छाड्ने निर्णय पछि दुई मन्त्रालय खाली भएको छ । रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए । आजको निर्णयसँगै रास्वपाको पहिलो...
लाहान बाट बेपत्ता उदयपुरका ललित अझै फेला परेन

लाहान बाट बेपत्ता उदयपुरका ललित अझै फेला परेन

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २२ गते । एक हप्ता देखी बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडुवाका १५ बर्षिय बालक ललित चौधरी अझै पनि सम्पर्कमा आउन सकेको छैन् । परिवारले तिव्र गतिमा खोजी गर्दा पनि उनि अझै फला पर्न नसकेको हो । लाहान बाट बेपत्ता चौधरीको खोजीका लागि लाहान प्रहरीलाई पनि प्रहरीले जाहेरी दिएका थिए । छोरा खोजी पाउँदै भन्दै जाहेरी दिएको परिवारले प्रहरीबाट पनि पत्ता लाग्न नसकेको हो । परिवारको अनुसार सबै पक्षबाट छोराको खोजीनिती भैरहेको जनाए । लहान प्यारागन स्कुल कक्षा ८ मा अध्ययनरत चौधरी १६ गते बाट बेपत्ता भैरहेको हो । उनि पोसाकमै गत सोमवार अन्दाजि बेलुका ४ः०० बजे लहान हस्पिटल चौकबाट बेपत्ता भएको परिवारको भनाई छ । आमा सङ्गै माइक्रो बसबाट ओर्लेर आमालाइ झुक्याएर भागेको उनि हाल सम्म पनि सम्पर्क विहिन अवस्थामा रहेको छ । आफ्नो छोरा पत्ता लागाईदिन परिवारले सवैलाई खोजेर सहयोग गर्दिन अनुरोध गरेको ...
माओवादीबाट राष्ट्रिय सभा उपाध्यक्षमा आर्यालको मानोनयन दर्ता

माओवादीबाट राष्ट्रिय सभा उपाध्यक्षमा आर्यालको मानोनयन दर्ता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २२ गते । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहेका छन् भने खिमलाल देवकोटा समर्थक रहेका छन् । आईतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभा उपाध्यक्ष मनोनयनको समय रहेको छ । आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आर्याललाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेबाट राष्ट्रिय सभा अध्यक्षमा गणेश प्रशाद तिमिल्सिना रहेका छन् । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीका हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रिय सभामा ५९ सांसद रहेको छ । राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल एमाले संग १६ जना सांसद रहेको छ भने दोस्रोमा माओवादी संग १५ सांसद रहेको छ । तेस्रो ठुलो दल काग्रेस संग १० जना सांसद रहेको छ ।...
झापामा ब्राउन सुगर सहित ५ जना पक्राउ

झापामा ब्राउन सुगर सहित ५ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २२ गते । झापाको बिभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाऊपालिका ३ का ३५ बर्षीय राज कुमार लावती, भद्रपुर नगरपालिका २ गौरीशंकर टोल स्थित सगरमाथा चोक बस्ने ४० बर्षीय दिपक राई, २० बर्षीय संदेश बास्तोला, शिबसताक्षी नगरपालिका ६ बस्ने ३० बर्षीय सन्तोष ताजपुरिया र शिबसताक्षी नगरपालिका ४ बस्ने ३१ बर्षीय बिकाश श्रेष्ठ रहेका छन् । हिजो दिउसो खटिएको प्रहरी टोलीले लावतीलाई घरैबाट ३ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रहरीले दिपक राई र संदेश बास्तोलालाई गौरीशंकर टोल स्थितबाट १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै गौरीगञ्ज गाऊपालिका १ भाङडाँडा स्थितबाट सन्तोष ताजपुरिया र बिकाश श्रेष्ठलाई ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका पाचै जनाको थप अनुसन्धान भईरहेको छ ...
रास्वपाको विस्तारित बैठक : सरकारबाट बाहिरिने अधिकांस नेताहरुको मत

रास्वपाको विस्तारित बैठक : सरकारबाट बाहिरिने अधिकांस नेताहरुको मत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारबाट बाहिरिने या सरकारमा रहने भन्ने निर्णयक बैठक यतिवेला बसिरहेको अवस्था छ । बैठकमा अधिकांस नेताहरुले सरकार बाट बाहिरीनु पर्ने धारण व्यक्त गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामिछोनलाई गैरसांसदको हैसियतमा मन्त्री नबनाउने अडान लिएपछि सरकारबाट बाहिरिने मत बलियो बन्दै गएको हो । पार्टीका बैठकहरूमा सरकारबाट बाहिरिने मत बलियो हुँदै गएको प्रवक्ता मुकुल ढकालले बताए । ‘हामी बैठक बस्दैछौँ । पार्टीका अधिकांश नेताहरूको मत सरकारबाट बाहिरिनुपर्छ भन्ने धारणा छ’ ढकालले भने, ‘आजको बैठकपछि पार्टीले एउटा निर्णय गरेर निष्कर्षमा पुग्छौँ ।’ आफू प्रवक्ता भएकाले आधिकारिक निर्णय नहुँदासम्म सरकारमा रहने वा नरहने भन्न नमिल्ने ढकालले बताए । प्रधानमन्त्री प्रचण्ड लामिछाने नेतृत्वको पार्टीलाई अरू कुनै मन्त्रालय दिएर जाने प...
माओवादीबाट उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्षकी उम्मेदवार 

माओवादीबाट उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्षकी उम्मेदवार 

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २२ गते । माओवादीबाट उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्षकी उम्मेदवार हुने भएकी छन् । उनि नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य हुन् । काग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार नउठाउने निर्णय गरेको छ । काग्रेसले उम्मेदवारी नदिए उनि सम्भवनत निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ । माओवादी केन्द्रले राष्ट्रिय सभा उपाध्यक्षमा उठाउने निर्णय गरिसकेको आर्यालले बताइन् । “हाम्रो पार्टीको संसदीय दलको बैठक साढे १२ बजे बस्दैछ । नारायणकाजी श्रेष्ठ (राष्ट्रिय सभा संसदीय दलका नेता) अलिक ढिलो आउने भन्नु भएको छ । त्यसैले दिउँसो पौने २ बजेसम्म उम्मेदवारी दर्ता हुन्छ होला” उनले भनिन् । उनी गत वर्ष माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा महिलातर्फ विजयी भएकी थिइन्।...