Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

मोटर साईकलमा डबल हेल्मेटको छलफल स्थगित

मोटर साईकलमा डबल हेल्मेटको छलफल स्थगित

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १९ गते । मोटर साईकल र स्कुटरमा डबल हेल्मेट बारे छलफल हाललाई स्थगित भएको छ । उक्त प्रस्तावको चौतर्फी आलोचना भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसमा थप छलफल नबढाएको हो। यसअघि मंगलबार उक्त प्रस्तावमाथि प्रारम्भिक छलफल भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठे हेल्मेटको महत्वबारे व्यापक जनचेतना जगाएपछि मात्र थप छलफल गर्नुपर्ने निष्कर्षमा पुगेको मन्त्रालयका एक अधिकारीले बताएको छ । ‘हिजो प्रारम्भिक छलफल मात्रै भएको हो। चौतर्फी विरोधपछि थप छलफल नगर्ने कुरा भएको छ,’ उनले भने । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्नेका लागि पनि हेल्मेट अनिवार्य गर्नुपर्ने विषयमा छलफल भएको थियो। सवारी तथा यातायात व्यवस्था ऐनमा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख भएअनुसार कार्यान्वयनका लागि छलफल ग...
बिमान स्थलबाट नौ किलो सुन सहित एक बिदेशी पक्राउ

बिमान स्थलबाट नौ किलो सुन सहित एक बिदेशी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १९ गते । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट एक क्यानडियन नागरिक नौ किलो सुन सहित पक्राउ परेको छ । उनलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ३५ वर्षिय मोहमद कमल महगौब छन्। दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२स्१० बजे काठमाडौं आएका क्यानडाको पासपोर्टधारी यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।...
अनेरास्ववियुले जनक शिक्षा सामग्री केन्द्र परिसरमा प्रदर्शन गरे

अनेरास्ववियुले जनक शिक्षा सामग्री केन्द्र परिसरमा प्रदर्शन गरे

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ गते । अखिल नेपाल स्वतन्त्र विद्यार्थि युनियनले जनक शिक्षा सामग्री केन्द्र परिसरमा विरोध प्रदर्शन गरेका छन् । नेकपा (एकिकृत समाजवादी) निकट विद्यार्थि संगठन नेताको अगुवाईमा बुधबार जनक शिक्षा सामग्री केन्द्र परिसरमा प्रदर्शन भएको हो । उनिहरुले जनक शिक्षा सामग्री जनताको आशाको केन्द्र हुनुपर्ने भएतापनि त्यो नभएको भन्दै आक्रोश पोखेका छन् । यस्तै जनक शिक्षामा भएको बेथितिमा विद्यार्थीहरु चुप लागेर बस्न नसक्ने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए । पराजुलीले भ्रष्टाचारीलाई नेपाल सरकारले कारबाही नगरे आफूहरू नै कारबाही गर्ने चेतावनी समेत दिएका छन् । जनक शिक्षा सामग्रीका प्रवन्ध निर्देशक भ्रष्टाचारमा लिप्त भएको उनको आरोप छ । गरिब जनताका छोराछोरीलाई पाठ्यपुस्तक नदिएर जनताका छोराछोरी मार्ने काम गरिएको पनि उनको गुनासो थियो । आफुहरुको आन्दोलन जनक शिक्षा सामग्री केन्द्रका प...
छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ

छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ गते । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–९ का २२ बर्षीय अर्जुन आले, ३८ बर्षीय कृष्ण लिम्बु, धरान–१३ का २० बर्षीय शुक्र भुजेल र २१ बर्षीय पवन अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा आले र लिम्बुलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनिहरुको साथबाट प्रहरीले १ ग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यस्तै मोरङको बिराटनगर–१६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री भुजेल र आधिकारीलाई प्रतिबन्धित औषधीसहित प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट निषेधित औषधी लुपिजेसिक,एभिल, फेनारगन र डाईजोपाम सहित १४० एम्पुल बरामद गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित ...
बिद्यालयबाट ल्यापटप र टि.भी. चोरी गर्ने पक्राउ

बिद्यालयबाट ल्यापटप र टि.भी. चोरी गर्ने पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ गते । सुनसरीको इटहरी उप–महानगरपालिका–६ को कविर माध्यमिक बिद्यालयबाट सोमबार ल्यापटप–२ थान र टि.भी–१ थान चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–१५ सुनसरीका २९ बर्षीय गौतम राई रहेका छन् । चोरी गर्ने राईको सि.सि व्यामेरामा चोरी गर्दै गरेको फुटेज कैद भएकोले हुलिया परिपत्र गरी खोजतलास गर्ने क्रममा हिजो दिउँसो १० बजे उनलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी गस्ती टोलीले नेपाल भारतको सिमा नजिक सडकमा समान सहित फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेको राईको ईलाका प्रहरी कार्यालत रानीबाट थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरमा प्रतिबन्धित औषधीसहित तिन युवक पक्राउ

उदयपुरमा प्रतिबन्धित औषधीसहित तिन युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १८ गते । उदयपुरमा प्रतिबन्धित औषधीसहित तिन युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–३ बस्ने २० बर्षीय बिशाल तामाङ, २४ बर्षीय प्रदिप तामाङ र २१ बर्षीय बर्षीय उमेश खत्री रहेका छन् । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालीका–४ स्थितमा चेकजाँचको क्रममा उनिहरुलाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट नाइट्राभेट ३२ ट्याव्लेट बरामद गरेको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।...
१ नं प्रदेशको नाममा प्रधानमन्त्रीको चासो

१ नं प्रदेशको नाममा प्रधानमन्त्रीको चासो

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १८ गते । १ नं प्रदेशको नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चासो देखिएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की प्रधानमन्त्रीलाई भेट्न आज बिहान बालुवाटार पुगेका छन् । भेटमा सरकारको काम र विकास निर्माणको बारेमा छलफल भएको मुख्यमन्त्री कार्कीले बताए । उहाँका अनुसार प्रदेशको विकास र प्रदेशलाई मजबुत बनाउने विषयमा छलफल भएको छ । साथै उहाँ प्रधानमन्त्री भएपछी पहिलो भेट गरेको हो । प्रधानमन्त्रीले प्रदेशलाई मजबुत बनाउन शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने आश्वासन दिएका छन् । १ नं प्रदेशको नामको बिषयमा चासो देखाउनु भएको छ । ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले नाम राख्न सकेको छैन । मुख्यमन्त्री कार्कीले चाँडै नाम राख्ने प्रक्रिया अघि बढाउने जनाएका छन् ।...
आज प्रतिनिधिसभा बैठक हुँदै

आज प्रतिनिधिसभा बैठक हुँदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १८ गते । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) हुँदैछ । आज दिउँसो १ बजेदेखी बैठक सुरु हुनेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेद्धारा राष्ट्रपति कार्यालयबाट प्राप्त तोकिएको कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस गर्नु हुने कार्यतालिका रहेको छ । सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने कार्य तालिका रहेको संघीय संसद्ले जनाएको छ ।...
उदयपुरका एक बालक तिन दिन देखी बेपत्ता

उदयपुरका एक बालक तिन दिन देखी बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १८ उदयपुर घर भएका १५ बर्षिय एक बालक ३ दिन देखी बेपत्ता भएको छ । त्रियुगा नगरपालिका १३ बहेडुवाका ललित चौधरी तिन दिन बाट बेपत्ता भैरहेको परिवारले जनाएको छ । लहान प्यारागन स्कुल कक्षा ८ मा अध्ययनरत चौधरी १६ गते बाट बेपत्ता भैरहेको हो । उनि पोसाकमै सोमवार अन्दाजि बेलुका ४ः०० बजे लहान हस्पिटल चौकबाट बेपत्ता भएको परिवारको भनाई छ । आमा सङ्गै माइक्रो बसबाट ओर्लेर आमालाइ झुक्याएर भागेको उनि विगत ३ दिन देखि सम्पर्क विहिन अवस्थामा रहेकाले सबैले खोजेर सहयोग गर्दिन परिवारको आग्रह छ । बालक फेला परेको अवस्थामा ९८१९७८५११२, ९८२५०२९९१६ र ९८६२९४५८३४ मा परिवारलाई खबर गर्न सकिने छ ।...
प्रतिबन्धित लागुऔषध सहित युवक पक्राउ

प्रतिबन्धित लागुऔषध सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १८ गते । सुनसरीको ईटहरी उप–महानगरपालिका–२० स्थितबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० बर्षीय सनम थापा मगर रहेका छन् ।बिशेष सुचनाको आधारमा मगरको कोठा खनतलासी गर्दा प्रहरीले Spaspain - २ सय ८८ ट्याबलेट, Tramadol – २ सय ७८ स्यापसुल र १ किलोग्राम गाँजा बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...