भारतसँग २३ रनले पराजित हुँदै बाहिरियो नेपाल
पूर्णपुष्टि, असोज १६ । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनको पराजित भएको छ ।
मंगलबार बिहान भएको खेलमा भारतले दिएको २०२ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए भने सन्दीप जोरा र कुशल मल्लले २९–२९ रनको योगदान दिए । ओपनर कुशल भुर्तेलले २८ रन बनाए ।
बलिङमा भारतका रवि बिश्नोइ र आवेश खानले ३–३ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिन सफल भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । भारतको लागी ओपनर यशस्वी जैसवालले शानदार ब्याटिङ गरे । जैसवालले ४९ बलमा शतक प्रहार गरेका थिए । दीपेन्द्रको बलमा अविनाष बोहराबाट क्याच आउट हुनु भन्दा अघि जैसवालले ८ चौका र ७ छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए ।
ओपनर जैसवाल र रुतराज गाइ...








