Saturday, June 6News That Matters

Month: ३ वर्ष अगाडि

गाईघाटमा देशभक्ति चलचित्र “काँडेतर” को बिषेश च्यारिटी सो हुने

गाईघाटमा देशभक्ति चलचित्र “काँडेतर” को बिषेश च्यारिटी सो हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ कार्तिक देशभक्ति चलचित्र काँडेतरको गाईघाटमा बिषेश च्यारिटी सो हुने भएको छ । फागुन २५ गते देशैभर प्रदर्शनको तयारीमा रहेको उक्त फिल्मको च्यारीटी सो गाईघाटमा पनि हुने भएको हो । यहि कार्तिक १८ गते शुभलक्ष्मी हल गाईघाटमा काँडेतारको च्यारीटी सो हुने निर्माता लवल खड्काले जनाए । गाईघाट लगायत बिभिन्न सहहरुमा फिल्म च्यारीटी सो भैरहेको निर्माता खड्काले जनाए । निर्माता संघको अध्यक्ष समेत रहेका खड्काले देशको बिभिन्न सहरहरुमा फिल्म प्रतिक्रियाका लागि च्यारिटी सो भैरहेको जनाए । उनले च्यारीटी सो पछि फिल्म बारे प्रतिक्रिया दिन सबैमा आह्वान समेत गरेको छ । कार्तिक १८ गते सबैलाई च्यारिटी सो मा सहभागी हुन अनुरोध गर्दै फिल्मबारे राम्रो भए राम्रो नराम्रो भए नराम्रो कुनै पनि प्रतिक्रिया दिन खड्काले आह्वान गरे । खुला सिमाका कारण झडपमा परी मृत्यु भएका परिवार तथा घाईतेहरुको सहयोगार्थ फिल्म प्रदर्...
मलेसियामाथि किर्तिमानी जित सहित नेपाल सेमिफाईनलमा

मलेसियामाथि किर्तिमानी जित सहित नेपाल सेमिफाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १४ । टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल सेमिफाईनलमा प्रवेश गरेको छ । घरेलु टोली नेपालले समुह चारणको दोस्रो खेलमा मलेसियामाथि किर्तिमानी जित निकाल्दै सेमिफाईनल पुगेको हो । सोमबार दिउँसो कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै सेमिफाईनलमा स्थान पक्का गरेको हो । मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालले १२ बल अगावै ४ विकेट गुमाएर पुरा गरेको हो । यो नेपालले टी–२० अन्तर्राष्ट्रियमा पार गरेको अहिलेसम्मकै ठूलो स्कोर हो। यसअघि नेपालले गत साता युएईविरुद्ध १६५ रनको लक्ष्य पूरा गरेको थियो। नेपालका लागी कुशल मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । उनले ३४ बलमा ७ छक्का र २ चौका हिर्काउँदै ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले २४ बलमा ४ छक्का र ४ चौका हिर्काउँदै ४३ रनको योगदान गरे । अर्का ओपनर ...
डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा जलेर महिलाको मृत्यु

डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा जलेर महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १४ । ओखलढुंगामा डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुर की ३३ बर्षीय कमला गौतम रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार सोमबार साँझ साढे ५ बजे भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा उनको घटना स्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले स्थानियबासीको सहयोगमा आगोलागी नियन्त्रणमा लिएको डिएसपी दाहालले बताए । घटनास्थलमा आवश्यक अनुसन्धान र कानूनी प्रकूया पश्चात शवलाई पोष्टमार्टमकोलागी जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगा लगीएको डिएसपी दाहालले जनाए ।  ...
एम्बुलेन्सको ठक्करबाट बृद्दाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट बृद्दाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १४ । झापामा एम्बुलेन्सको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका(४ कि ६९ बर्षिया सिता साह कल्वार रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्री सिद्ददेवी कृषि सहकारी संस्था ईलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका–१ अदुवापुल स्थितमा पैदल यात्री बृद्धालाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएकी उनको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको डिएसपी दाहालले बताए । ठक्कर दिने एम्बुलेन्ससहित चालक ईलामको माईजोगमाई नगरपालिका–३ का ३६ बर्षिय सुजन प्रधानलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहे...
कविता : दशैं

कविता : दशैं

Breaking News 1
आयो फेरि दशैं घुमेर महिना ,यो सालको तर्खर । रंगीच्ंगी सिँगारी रूप घरको, रौनक वड्यो घर्घर। वाला वृध्द वयश्क छन् सव खुसी, आयने महा चाड यो। नेपाली मनको महान दिन हो,कैल्यै नभुल्ने छ यो।१। टीका अग्रजको लगाइ जमरा ,स्वीरेर टोपी मुनि। कोशेली लिइ मावली र ससुराल् ,जाईन्छ हर्षै वुनी। भेट्घाट्को क्षण हो परै रहेपनि,भेट्गर्छ यो चाडले। पालो आपसमा मिलाइ हिडिने,मान्भेटको रागले।२। वाटीपिङ् खरको जुटेर सबले,जोडेर लिंगा सवै। गाऊका विचमा मिलेर ठडिने ,वेरेर काम्टा दुवै। खेलिन्छन् जब सर्सरी रहरले,लट्ठै छ मन्कामना। वोली आवज हुर्रको छ सररै,पाएर आनन्दना।३। घन्कन्छन् अनि मादलू घनघनी,नाँचेर चेलीहरू। भाका हालि नयाँ फुरुक्क दिलले,चुर्लुम्व हुन्छन् वरु। जोडी दौतरि दोरि खेल्छ रसिलो ,पिङ्खेल्छ दोरी उति। विर्सीसक्नु हुदैन चाड रमिता,सम्झी रहीने कति।४। घाशे...
त्रिनपा १६ को लक्ष्य : तिहार अगाबै उज्यालो

त्रिनपा १६ को लक्ष्य : तिहार अगाबै उज्यालो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ कार्तिक । त्रियुगा नगरपालिका वडा नं १६ ले बत्ति पुग्न बाँकी रहेको टोलहरुमा मंगलबार देखी बिद्युत बिस्तारको कामलाई निरन्तरता दिएको छ । उज्यालो वडा अभियान अन्तर्गत वडाले यो बर्ष बाँकी टोलहरुमा पनि तिहार अगाडीनै बत्तिको काम सम्पन्न गर्ने लक्ष्य राखेको अध्यक्ष मान वहादुर राईले जनाए । राईका अनुसार वडाको बिकट टोलहरु, कर्कले, सिम्ले, मन्धने र तामेडाँडाँमा समेत बत्ति बल्ने गरी काम सुभारम्भ भएको छ । भौगोलिक बिकटताका कारण बिबिध समस्या सँगै बाँकी ठाउँहरुमा पनि बत्तिको काम सुचारु भएको अध्यक्ष राईको भनाई छ । यस बाहेकको अन्य टोलहरुमा भने बत्तिको पहुँच पुगिसकेको वडाको दावी छ । वडाको लक्ष्य अनुसार यो बर्ष त्रिनपा १६ लाई अध्याँरो मुक्त बनाउने गरी वडा लागि परेको छ । तिहार अगाडीनै काम सकेर बत्तिको साथमा तिहार झिलिमिली बनाउने वडा र वडावासीको तयारी छ ।...
गोली लागेका शिक्षकको मृत्यु

गोली लागेका शिक्षकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १३ । गोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ। उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सेतोपाटीलाई जानकारी दिए। शिक्षक स्वर्णकारलाई मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार गरेका थिए। उनको घाँटी र टाउकोमा गोली लागेको थियो। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारमाथि अज्ञात समूहले गोली प्रहार गरेका थिए। स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।...
बारामा एक बोर्डिङ स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार

बारामा एक बोर्डिङ स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १३ । बारामा एक बोर्डिङ स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार भएको छ । बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए । डिआइजी कुवेरका अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोल स्थित मस्जिद चोकमा दुई वटा मोटरसाइकल चढेर आएका चार जनाको समुहले गोली प्रहार गर्दा प्रिन्सिपल स्वर्णकारको टाउको र घाँटीमा गोली लागेको छ । गोली लागेर घाइते भएका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको छ । गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
भारतमा २ रेल एकआपसमा ठक्किँदा १३ जनाको मृत्यु, ५० जना घाईते

भारतमा २ रेल एकआपसमा ठक्किँदा १३ जनाको मृत्यु, ५० जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १३ । भारतको आन्ध्र प्रदेशको विजयनगरमा दुई रेल एक आपसमा ठोक्किँएर दुर्घटना भएको छ । रेल दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने ५० जना घाईते भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । आइतबार राति विशाखापट्टनम–पलासा र विशाखापट्टनम–रायगढा यात्रामा रहेका दुईवटा रेल एक आपसमा ठोक्किएको हो । गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।...
माटो खन्ने क्रममा ढिस्कोले पुरीएर महिलाको मृत्यु

माटो खन्ने क्रममा ढिस्कोले पुरीएर महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १३ । मोरङमा माटो खन्ने क्रममा ढिस्कोले पुरीएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–१० की २८ बर्षिया सुनिता राजबंशी रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार आइतबार अपरान्ह सवा ४ बजे बेलबारी नगरपालिका–८ भलुवाई स्थित बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खसेर राजबंशी पुरिएकी थिईन् । माटोको ढिस्कोले पुरेको अवस्थामा देख्नासाथ उनी संगै माटो खोज्न गएकी गिता राजबशीले सुनिता राजबंशीको उद्दार गरेको डिएसपी दाहालले बताए । माटोको ढिस्कोले पुरिएर गम्भिर घाईते भएकी उनलाई उपचारकोलागी नोबेल अस्पताल बिराटनगर पुर्याउनासाथ डक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको ...