Saturday, June 6News That Matters

Month: ३ वर्ष अगाडि

टी–२० विश्वकप एसिया छनोटमा नेपालको सुखद सुरुवात

टी–२० विश्वकप एसिया छनोटमा नेपालको सुखद सुरुवात

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १३ । टी–२० विश्वकप फाइनल एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको छ । सोमबार बिहान कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागी ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । उनले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । अर्का ओपनर आशिफ शेखले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनको योगदान गरे । दोस्रो विकेटका लागी मैदान प्रवेश गरेका कप्तान रोहित पोडैलले २ छक्का र २ चौका प्रहार गर्दै ३५ रन र तेस्रो विकेटका लागी मैदान प्रवेश गरेका कुशल भुर्तेल ६ रनमा नटआउट रहे । यसअघि टस जितेर ब्याटिङ गरेको सिंगपुरले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । नेपालका लागी अभिनास बोहराले ३ विकेट लिए भने ...
गोलबजार स्पोर्टस क्लव सिरहालाइ हराउँदै त्रियुगा नगरपालिका फाईनलमा प्रवेश

गोलबजार स्पोर्टस क्लव सिरहालाइ हराउँदै त्रियुगा नगरपालिका फाईनलमा प्रवेश

Breaking News 2, खेलकुद
पूर्णपुष्टि,काक्तिक १२ । सिरहाको महुलीमा जारी श्री जनचेतना ४२औँ रनिङ शिल्ड फुटबल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लव सिरहालाई हराउँदै त्रियुगा नगरपालिका गाईघाट फाईनलमा प्रवेश गरेको छ । आईतवार जनचेतना माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा गोलबजारलाई १को विरुद २ गोल गर्दै त्रियुगा नगरपालिका गाईघाटले फाईनलका लागि आफ्नो स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्ममा गाईघाटको तर्फबाट टिम कप्तान सुदिप श्रेष्ठले व्यक्तिगत २ गोल गर्दा सिरहा भने १ मै सिमित रह्यो । यस संगै आगामी १४ गते हुने फाईनल खेल त्रियुगा नगरपालिका गाईघाटले धनुष विरुद्ध खेल्ने आयोजकले जनाएको छ ।...
ई–सेवाको कर्मचारी हुँ भन्दै ओटिपी मागेर १५ लाख ठगी गरेको आरोपमा ५ जना पक्राउ

ई–सेवाको कर्मचारी हुँ भन्दै ओटिपी मागेर १५ लाख ठगी गरेको आरोपमा ५ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १२ । ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ठगी आरोपमा रौतहटका नवनितकुमार कुशवाहा, कन्हैयाकुमार कुशवाहा, दिपेन्द्रकुमार यादव, अभयकुमार यादव र रितेश कुशवाहालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार उनीहरुले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी गरेका थिए । आरोपी पाचौं जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटका बिभिन्न स्थानबाट पक्राउ गरिएको रेग्मीले जनाए । पक्राउ परेका उनिहरुलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौ...
दशैं अवधिमा सवारी दुर्घटनामा परी कोशीमा १६ जनाको मृत्यु

दशैं अवधिमा सवारी दुर्घटनामा परी कोशीमा १६ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १२ । कोशी प्रदेशमा दशैंको अवधिमा सवारी दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन् । कार्तिक ५ गते फुलपातिबाट कात्तिक ११ गते कोजाग्रत पुर्णिमासम्म १३५ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार १३५ वटा सवारी दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन् भने २६५ घाईते भएका छन् । जसमध्ये ४१ जना गम्भिर घाईते भएका छन् । दशैंमा ६ हजार ६२८ वटा सवारी साधन कारवाहीमा पर्दा ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७९–०८० को दशैंमा कोशी प्रदेशमा १८० वटा गाडी दुर्घटनामा भएको थियो । जसमा १६ जनाको मृत्यु भएको थियो भने २२६ जना सामान्य घाइते भएको थियो ।...
सिमा नाकामा तालिम प्राप्त कुकुर सहित कडाईका साथ चेकिङ

सिमा नाकामा तालिम प्राप्त कुकुर सहित कडाईका साथ चेकिङ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १२ । झापाको भद्रपुर स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सिमावर्ती एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुर सहित कडाइका साथ चेकजाँच गरिदै आएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालले जानकारी दिए । हिजो बिहानबाट भद्रपुर नगरपालिका५ स्थित मेचीपुल तथा आसपासका एरियामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली तथा २ वटा तालिम प्राप्त कुकुर सहितको चेकिङ टोलीले सिमा नाकामा आवत जावत गर्ने सवारी साधन तथा संकित मानिसहरुलाई चेकजाँच गर्दै आईरहेको डिएसपी दाहालले बताए । कोशी प्रदेश अन्तरगत रहेका मुख्य सिमा नाका सहित अन्य सिमा नाकाहरु तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक...
खोहरीया थारु बंशावली समाजको नेतृत्वमा पुन : मदन चौधरी

खोहरीया थारु बंशावली समाजको नेतृत्वमा पुन : मदन चौधरी

Breaking News 2, समाचार
पूर्णपुष्टि, ११ कार्तिक । खोहरीया थारु बंशावली समाजको छैठौं केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । विहिवार त्रियुगा नगरपालिका वडा नम्वर ८ उत्तराईटोल देउरीमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले पुनःमदन चौधरी९खोहरीया थारु०को नेतृत्वमा १३ केन्द्रिय कार्यसमिती सर्वसहमत चयन गरेको छ । पुनः निर्वाचित अध्यक्ष चौधरी उदयपुरवाट तेस्रो कार्यकालको लागी सर्वसहमत नेतृत्वमा चयन भएको निर्वाचन मण्डलका संयोजक घुरन प्रसाद चौधरीले बताए । यस्तै उपाअध्यक्षमा शसिकला चौधरी र भिखन चौधरी चयन भएका छन् । सचिवमा दिलिप कुमार चौधरी,सह सचिवमा शुभनरायाण चौधरी,कोषाअध्यक्षमा कुशेश्वर चौधरी चयन भएका छन् । यस्तै सदस्यहरुमा क्रमशः रेखा देवी चौधरी,जयनरायण चौधरी,श्रवण कुमारी चौधरी,पाचु चौधरी,सुस्मा कुमारी चौधरी,दिलिप चौधरी र इन्दु चौधरी चयन भएका हुन । यस्तै अधिवेशनले सुनसरी,मोरङ,सिरहा,सप्तरी र उदयपुर जिल्लाको छुट्टै जिल्ला कार्यसमि...
साउनेमा ‘दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिता-२०८०’ सुरु

साउनेमा ‘दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिता-२०८०’ सुरु

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि,काक्तिक १० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.१४ साउनेमा आजबाट ‘दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिता-२०८०’ सुरु भएको छ । शुक्रवार डहर फुटबल क्लवको आयोजना साथै स्थानीय युवहरुको रोहवरमा दशै तिहारलाई लक्षीत गरी वडा स्तरिय खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन स्थानीय युवा नेता तथा समाज सेवीहरुद्धारा मुख्य रेफ्रि अनमोल राईलाई संयुक्त बल हस्तान्तरण गर्दै खेल सुर भएको हो । उद्घाटन पहिलो खेलमा वगार्छी फुटबल क्लव(वि) र आयोजक(ए) बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा (बरगाछी)ले आयोजकलाई ट्राईवेकर मार्फत ३को विरुद्ध ४ गोल गर्दै वगार्छीले सुरुवाती जित निकालेको छ । यस्तै प्रतियोगिताको दोस्रो खेल बरगाछी(ए) र साउने फुटबल क्लव(ए) बिच प्रतिस्पर्धा भएको थियो । दोस्रो खेलमा भने साउनेले बरगाछी(ए)लाई ७ गोलले पछि पर्दै साउने फुटबल क्लव(ए)ले फराक...
आज अग्रजबाट टिका र आशिष थापिदै

आज अग्रजबाट टिका र आशिष थापिदै

Breaking News 1
पूर्णपुष्टि, कार्तिक ७ । आज विजया दशमी आफुभन्दा अग्रजबाट टिका जमरा लगाएर आशिर्वाद लिनेक्रम चलिरहेको छ । यसवर्षको दशैंै शान्तिपूर्वक उल्लासमय ढंगले भइरहेको छ । घरघरमा आमा बुवा तथा अग्रजबाट टिका थापेर मिठो परिकार, नाचगानमा रमाउने गरिएको छ । घरका साथै आफन्त, नरनाताकोमा समेत टिका थाप्न घुम्ने चलन छ । माइती, मावली, ससुरालीमा विशेष पाहुनाको रुपमा आउजाउ गर्ने नेपाली चलन हो । पाहुना जाँदा कोशेली बोक्ने चलन छ । पहुनालाई घरको विशेष परिकार मासु, सेलरोटी, खाना, फलफुल आदि खुवाउने गरिन्छ । यो पर्व विशेष भेटघाटको पर्वको रुपमा पनि हुन्छ । बर्षौ पछिको भेटघाट हुन्छ यतिबेला । टाढा देश परदेश गएकाहरु प्नि घर फर्केका हुन्छन् । गाउँमा लिङ्गे पिङ लगाई खेल्ने गरिन्छ । बर्षमा एकपटक भइ छोड्नुपर्छ भन्ने मान्यतालाई पिङ खेलेर पुरा गरिन्छ । पहिले पहिले रोटेपिङ बन्ने गथ्र्यो । आजभोली कथा मात्र बाँकी छ । लिंगै पिङ पनि...
स्व. चित्र कुमारी चौधरी (लिम्वु) स्मृति तेस्रो मलिथम फुटबल प्रतियोगिताको उपाधी लक्ष्मीपुर फुटबल क्लबलाई

स्व. चित्र कुमारी चौधरी (लिम्वु) स्मृति तेस्रो मलिथम फुटबल प्रतियोगिताको उपाधी लक्ष्मीपुर फुटबल क्लबलाई

Breaking News 1
पूर्णपुष्टि, कार्तिक ६ । स्व. चित्र कुमारी चौधरी –लिम्वु– स्मृति तेस्रो मलिथम फुटबल च्यापियन सिपको उपाधी लक्ष्मीपुर फुटबल क्लबले जितेको छ । गाईघाटको थारुहट रंगशालामा सोमवार सम्पन्न प्रतियोगितामा लक्ष्मीपुर फुटबल क्लबले रातापानी फुटबल क्लब बेलाहलाई फराकिलो गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो । प्रतियोगितामा लक्ष्मीपुरले रातापानीलाई ५–० गोल अन्तरले हराएको हो । बिजेता टिम लक्ष्मीपुरले प्रमाण पत्र, मेडल, ट्रफी र रु. ३५ हजार पुरस्कार प्राप्त गरे भने उपविजेता रातापानीले प्रमाण पत्र, मेडल, ट्रफी र रु.२५ हजार नगद हात पारेको हो । विजेता टिमलाई प्रमुख अतिथि स्व. चित्र कुमारी चौधरी (लिम्बु) को ससुरा बुबा तथा समाज सेवी महेन्द्र चौधरीले पुरस्कार हस्ताण्तरण गरेका थिए भने उपविजेता टिमलाई त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीले पुरस्कार हस्ताण्तरण गरेका थिए । लक्ष्मीपुरका लागी कप्तान र...
उदयपुरगढीमा माहाकाली भगवतीको मूर्ति स्थापना

उदयपुरगढीमा माहाकाली भगवतीको मूर्ति स्थापना

ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, ६ कार्तिक उदयपुरको ऐतिहासिक स्थल उदयपुरगढीमा माहाकाली भगवतीको मुर्ति राखिएको छ । ऐतिहासिक तथा पुरातात्वीक महत्वो बोकेको उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नति कार्य सम्पन्न भए सँगै उक्त मूर्ति स्थापना गरिएको हो । सदरमुकाम गाईघाटबाट ३८ किलोमिटर उत्तर पश्चिमा र समुद्र सतहदेखि ११६० मिटरको उचाईमा रहेको उदयपुरगढी गाउँपालिका वडा नं ५ मा ऐतिहासिक उदयपुरगढीको पुननिर्माण भएसँगै गढीले पुरानो आकार समेत लिएको छ । करिव तीनकरोड ५० लाख रुपियाँयो खर्चमा पुननिर्माण गरिएको सो पुरानो गढीको आइतबार नेपाली सेनाका पूर्वि पृतना मुख्यालय ईटहरीका प्रमुख उपरथी आसवहादुर तामाङ् र उदयपुरगढी गाउँपालिकाका प्रमुख मानवहादुर केप्छाकी मगरले संयुक्त रुपमा एक समारोहकाबीच शीलालेख अनावरण गरी उद्घाटन गरेको छ । सोक्रममा पृतनापती तामाङले यस किसिमका गढिहरुको संरक्षण गर्नु नेपाली सेनाको संस्थागत दायित्व भएको बताउनु...