खाल्डो खनेर तस्करले मारे चितवन निकुञ्ज भित्रको दुइ गैंडा
पूर्णपुष्टि, १ मंसिर ।
खाग तस्करले चितवन राष्ट्रिय निकुञ्ज भित्रका दुईओटा गैँडा मारेका छन् । गैडालाई खाल्डो खनेरा मारिएको छ । मारिएको दुवै गैंडाको खाग छैन । गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि नै तस्करहरूले गैंडा मार्ने गर्दछन् ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा बिहीबार मध्यान्ह खाल्डोमा खागविहीन दुईवटा मृत गैंडा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।
खैरहनीनजिक खगेन्द्रपल्ली पोस्टबाट तल लगभग साढे तीन किलोमिटर पर दक्षिण पूर्वमा पर्ने चपरचुली इलाकामा घटना भएको तिवारीले बताए । सेना र निकुञ्ज प्रशासनको संयुक्त नियमित गस्ती टोलीले खाल्डोमा परेका गैंडा देखेका थिए । दुवै पोथी गैंडा हुन् । एउटा अन्दाजी १८ वर्ष र अर्को अन्दाजी ६ वर्ष जतिको रहेको तिवारीको भनाइ छ । ठूलो गैंडा झन्डै १० दिन पहिला र सानो...









