Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

राजसंस्थाको लोकप्रियता देशैभरी बढीरहेको छ : रबिन्द्र मिश्र

राजसंस्थाको लोकप्रियता देशैभरी बढीरहेको छ : रबिन्द्र मिश्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ कार्तिक । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का बरिष्ठ नेता रबिन्द्र मिश्रले राजसंस्थाको लोकप्रियता देशैभर बढ्दो अवस्थामा रहेको जनाए । उनले पछिल्लो सयम नेपाली जनताहरुमा पूर्व पश्चिम सबै तिर राजससंस्थाको बढ्दो आकर्षक रहेको दाबी गरे । उनले काठमाण्डौँको भक्तपुर नेवा वस्तीहरुमा समेत राजसंस्थाको लोकप्रियता उत्कर्षमा पुगेको जनाए । कठोर गणतन्त्रवादी भक्तपुरको नेवा समुदायहरु समेत राजा प्रति आकर्षक भैसकेको अवस्था छ, उनले भने । बिहिबार गाईघाट स्थित पार्टी कार्यालयमा पत्रकार सँगको भेटघाटमा मिश्रले जनताको आवश्यकता अनुसार राजसंस्था पर्किने पनि दावी गरे । उनले राजसंस्था नेपालको आवश्यकता रहेको भन्दै संघियता रहिरहेमा देशले सुख नपाउने जनाए । अहिलेको सरकार घस्रिरहेको छ, दलिय करणमा फसिरहेको छ, उनले भने, । मिश्रले देश लयमा फर्कन राज संस्था बाहेकको अन्य बिकल्प नरहेो समेत जनाए ।...
टि–२० विश्वकप एसिया छनोटको सेमिफाईनलमा नेपालले युएईसँग खेल्ने

टि–२० विश्वकप एसिया छनोटको सेमिफाईनलमा नेपालले युएईसँग खेल्ने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १६ । आइसिसी टि २० विश्वकप एसिया छनोटको सेमिफाईनलमा नेपालले युएईसँग खेल्ने भएको छ । नेपाल ओमानसँग पराजित हुँदै उपविजेता बनेपछि समुह बि को बिजेता युएईसँग प्रतिष्पर्धा गर्ने भएको हो । बिहिबार युएईले हङकङलाई हराउँदै समुह बी को बिजेता बनेको हो । अब नेपालले सेमिफाईनलमा समुह ‘बी’ को विजेता युएईसगँ भोली शुक्रबार बिहान ११ बजे मुलपानी मैदानमा खेल्नेछ । ओमानले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ। सेमिफाईनल जित्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन् । सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाललाई १० वर्षपछि टी–२० विश्वकप खेल्ने अवसर छ। समुह विजेताका लागी आज भएको खेलमा ओमानसँग पराजित हुदैँ नेपाल समुह उपविजेता बनेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान भएको प्रतिष्पर्धात्मक खेलमा ओमानसँग ५...
कबडी ४ युट्युवको शिर्ष स्थानमा

कबडी ४ युट्युवको शिर्ष स्थानमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ कार्तिक । दयाहाङ् राई, सौगात मल्ल र मिरुना मगर अभिनित नेपाली फिल्म कबडी ४ युट्युव च्यानलको शिर्ष स्थानमा पुगेको छ । युट्युवमा अपलोड गरेको १ दिनमै झण्डै २५ लाख बराबर उक्त फिल्मले भ्युज पाएको छ । यो समचार तयार पार्दा सम्म २३ लाख ९० हजार भ्युज नाघी सकेको अवस्था छ । कबडी हुँदै कबडी ४ सम्म यात्रा गरेको उक्त फिल्मले हलहरुमा पनि राम्रो दर्शक पाएका थिए । https://www.youtube.com/watch?v=7WR3qzB40V8...
उदयपुरमा ब्राउन सुगर सहित दुई भारतीय पक्राउ

उदयपुरमा ब्राउन सुगर सहित दुई भारतीय पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ कार्तिक । उदयपुर प्रहरीले ब्राउन सुगर सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनिहरुलाई त्रियुगा नगरपालिका १० गैरुन कालिखोलाबाट २९ ग्राम २९० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । मंगलबार दिउसोको समयमा रोकी राखेको BR 11PB 1355नं. को स्कारपियो गाडीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा उक्त गाडीको गियर बस भित्र कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको पहरीले जनाएको छ । ब्राउन सुगर सहित सानो डिजिटल तराजु थान १ र नगद १,५४,०००९एक लाख चौउन्न हजार ० समेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार स्कारपियो चालक भारत बिहार राज्य सुपौल जिल्ला भिमनगर थाना वडा नं। ८ बस्ने दुखन मण्डलको छोरा अं। बर्ष २७ को जसबिर कुमार मण्डल , र सोही गाडीमा सवार बिरपुर थाना वडा न. १२ बस्ने देव कुमार महतोको छोरा अं बर्ष २७...
उदयपुरमा लेनदेन मुद्धाका फरार प्रतिवादी महिला पक्राउ

उदयपुरमा लेनदेन मुद्धाका फरार प्रतिवादी महिला पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ कार्तिक । उदयपुरमा एक फरार प्रतिवादी महिला पक्राउ परेको छ । कटारी न.पा.(४ बस्ने बर्ष ३५ की जानुका बि.क. लाई प्रहरीले बुधबार पक्राउ गरेको हो । ती महिलालाई ई.प्र.का.कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले लेनदेन मुद्दामा पक्राउ गरी सम्मानित उदयपुर जिल्ला अदालतमा बुझाएका छ । मिति २०७९।०५।३० गते भएको फैसला बमोजिम ६ महिना कैद तोकिएकोमा उनि फरार अवस्थामा थिए ।...
उदयपुरमा रोकिएन लागुऔषाध कारोबारी : शरिमा फ्रिजि गरेर ल्याउँदै गरेको अवस्थामा दुई पक्राउ

उदयपुरमा रोकिएन लागुऔषाध कारोबारी : शरिमा फ्रिजि गरेर ल्याउँदै गरेको अवस्थामा दुई पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ कार्तिक । उदयपुरमा लागुऔषाध नियन्त्रणमा चुनौती देखिएको छ । प्रहरीले दैनिकी जस्तो लागुऔषाध कारोबारी र प्रयोकर्ताहरुलाई पक्राउ गरिरहँदा पनि यस्को संख्या झनै बढ्दो अवस्थामा पाईएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले काउन्सेलिङ र अभियानकै रुपमा पनि कार्यक्रमहरु संञ्चालन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका बाट शरिरभित्र फ्रिज गरी लागुऔषाध ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । मंगलबार बेलका न.पा १ आम्बासीबाट चौडण्डीगढी न.पा.४ बस्ने बर्ष ३० को सुमन तामाङ र सोही ठाउँका ३० बर्षिय मुकेश राईलाई प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी बिट आम्बासिबाट खटिएको प्रहरी टोलीले तामाङको साथबाट लेबल बिनाको ३ एम्पुल रलेबल बिनाको ५ एम्पुल गरि जम्मा ८ एम्पुल प्रतिबन्धित लागू औषाध फेला पारेको प्रहरीले जनाएको छ । उक्त लागुऔषाध निजहरुको शरिरबाट निकाली बरामद कार्...
निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्रि बितरण गर्ने मेडिकल सञ्चालक सहित ४ जना पक्राउ

निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्रि बितरण गर्ने मेडिकल सञ्चालक सहित ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १५ । सुनसरीमा निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्रि बितरण गर्ने मेडिकल सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जार स्थितमा रहेको सुभेक्षा मेडिकलका सञ्चालक ५० बर्षिय विनय चौधरी निजकै २१ बर्षिया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका–८ का २१ बर्षिय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका–३ का २१ बर्षिय विधान राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार उक्त मेडिकलबाट निषेधित तथा म्याद गुज्रिएको औषधीहरु बिक्री बितरण भइरहेको भन्ने बिशेष सुचनाका आधारमा मंगलबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले निषेधित औषधी Hydrochlo...
उदयपुरमा ब्राउन सुगर सहित २ भारतीय नागरीक पक्राउ

उदयपुरमा ब्राउन सुगर सहित २ भारतीय नागरीक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १५ । उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सुपौलका २७ बर्षिय जसबिन कुमार मण्डल, बिरपुर थाना–१२ का २७ बर्षिय सन्तोष कुमार महतो रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार मंगलबार राती बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–१० गैरुन कालीखोला स्थितबाट उनिहरुलाई लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । कालीखोलाको नजिकै रोकेर राखेको BR 11PB 1355 नम्बरको स्कारपियो गाडीलाई चेकजाँच गर्दा उक्त गाडीको गियर बक्स भित्र कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको २७ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ५४ हजार बरामद भएसँगै उनिहरुलाई प्रहरीले नियन...
यी २१ थरिका वन्यजन्तुलाई घरपालुवाको अनुमति

यी २१ थरिका वन्यजन्तुलाई घरपालुवाको अनुमति

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ कार्तिक । अब व्यवसायीक रुपमा २१ प्रजातिका वन्यजन्तुलाई घरमै पाल्न सकिने भएको छ । सरकारले दुई महिना अघि मात्रै यी २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गरेको हो । व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन् र उपयोग गर्दै वन्यजन्तुको दिगो संरक्षण तथा प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले यही भदौ १८ गते व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० पास गरेको थियो । तर यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमतिपत्र ९लाइसेन्स० लिनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो । जसअनुसार लगुना, रतुवा, चित्तल, नीलगाई, खरायो, दुम्सी, बँदेल, सर्प, गोही, भ्यागुता, पाहा, मयुर, कालिज, वनकुखुरा, च्याखुरा, तित्रा...
सरोकारवालाहरु सँग अपाङ्गताहरुको न्यायमा पहुँच सम्बन्धि छलफल

सरोकारवालाहरु सँग अपाङ्गताहरुको न्यायमा पहुँच सम्बन्धि छलफल

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ कार्तिक । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोसी प्रदेश समितिले अपाङ्गता भएकाहरुको न्यायमा पहुँचको अवस्थाको बिषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ । सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी महासंघले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका अपाङ्गताहरुको न्यायमा कसरी पहुँच वृद्धि गर्न सकिन्छ भन्ने बिषयमा न्यायायिक क्षेत्रमा कृयाशिल सामाजिक संघसंस्था र अभियन्ताहरुसँग छलफल गरेको हो । कार्यक्रममा सहभागिहरुले अपाङ्गताहरुलाई न्यायमा पहुँच पुर्याउँन अभियानहरु सञ्चालन गर्दै आएको बताएका छन् । उनीहरुले अपाङ्गता भएकैकारण गरिएका हेलाहोचो, घृणित व्यवहारलाई निरुत्साही गर्न र आगामी दिनमा दोहोरिन नदिन कार्यक्रमहरु सञ्चालन गरिएको बताएका थिए । सहभागिहरुले अपाङ्गता भएकैकारण अन्याय सहेर बस्छु पर्छ भन्ने कुरीतिको अन्त्य गर्न सबै अभियन्ताहरु लागि परेको बताए । उनीहरुले अपाङ्गता मैत्री भवन निर्माण स...