Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

माघ २६ देखी उदयपुर एक्स्पो महोत्सव हुने

माघ २६ देखी उदयपुर एक्स्पो महोत्सव हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ मंसिर । माघ २६ देखी उदयपुर एक्स्पो २०८० (उदयपुर महोत्सव) हुने भएको छ । गाईघाट स्थित जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा उक्तमहोत्सव हुन लागेको हो । बुधबार पत्रकार सम्मेलन गरी महोत्सवबारे आयोजकले जानकारी गराएको छ । महोत्सवको मुख्य उदेश्य आर्थिक मन्दीलाई चलायमान बनाउन रहेको जनाईको छ । यसका साथै स्थानीय व्यवसायको प्रबद्र्धन पनि गर्ने जनाईएको छ । यस महोत्सवले उद्यमशीलता, उदयपुरको पहिचान, राष्ट्रियता र सम्बन्धको भावना, जीवजन्तु, प्रविधि, कला संस्कृति, सिप तथा विविधता आदिमा फाईदा पुराईने जनाईएको छ ।...
१३ बुदे घोषणा पत्र जारी गर्दै कोशी प्रदेश स्तरीय महिलावादी महिला मञ्च सम्पन्न

१३ बुदे घोषणा पत्र जारी गर्दै कोशी प्रदेश स्तरीय महिलावादी महिला मञ्च सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १३ । १३ बुदे घोषणा पत्र जारी गर्दै कोशी प्रदेश स्तरीय महिलावादी महिला मञ्च बिराटनगरमा सम्पन्न भएको छ । “न्याय सामानता र पर्याबरणीय अधिकारको सुनिश्चितताः सामाजिक रुपान्तरण सहितको दिगो बिकासमा निश्चितता”नारा संगै सुरु भएको मञ्च मंगलवार सम्पन्न भएको हो । महिलाबादी महिला मञ्चले असमान शक्ति सम्वन्धले ल्याएको संरचनागत विभेदको अन्त्य गर्दै सबैले समान न्यायको अनूभूति गर्न सक्ने वातावरण निर्माणका लागि संगठित रुपमा समुदाय तह देखि अभियान सञ्चालनगर्ने प्रतिबद्धता जनाएको छ । महिला भित्रपनि अपाङ्गताभएका, दलित, जनजाति,मधेश, मुस्लिम, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, भूमिहिन समुदायको फरक फरक आवश्यकता हुन्छन् भन्ने तथ्य अङ्गिकार गरी राज्यका हरेक संरचनामा विशेष व्यवस्थागर्दै समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि समुदायतहदेखि नै पहलगर्दै राज्यका सबै तह र संरचनाहरुमायी सवालहरु सुनिश्चित...
उदयपुरमा लागुऔषध मुद्धामा फरार रहेको एक ब्राउन सुगर सहित पक्राउ

उदयपुरमा लागुऔषध मुद्धामा फरार रहेको एक ब्राउन सुगर सहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १३ । उदयपुरमा लागुऔषध मुद्धामा फरार रहेको एक जनालाई प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१३ बस्ने ३५ बर्षीय प्रशान्त कार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार लागुऔषध मुद्धामा वारदात पश्चात फरार रहेका कार्कीलाई आईतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर सहित पक्राउ गरेको हो । कार्कीको घर खनतालसी गर्दा लागूऔषध ब्राउन सुगर १ ग्राम ९१० मिलिग्राम फेला पारेसँगै उनलाई नियन्त्रणमा लिईएको डिएसपी चौधरीले बताए । पक्राउ परेका कार्कीको जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा प्रहरीद्धारा ९ हजार गाँजाको बोट नष्ट

उदयपुरमा प्रहरीद्धारा ९ हजार गाँजाको बोट नष्ट

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १२ । उदयपुरमा प्रहरीले ९ हजार गाँजाको बोट फँडानी गरी नष्ट गरेको छ । जिल्लाको ताप्ली गाउँपालिकामा सोमबार करिब ३५ सय गाँजाको बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवत्ता हरिनन्दन चौधरीका अनुसार वडा नं १ मादले र पिपल भञ्जयाङमा करिव ३ विघा क्षेत्रफलमा अवैध रुपमा लगाईएको ३५ सय गाँजाको बोट जिल्लाबाट खटाईएको प्रहरी टोलीले फडानी गरी जलाएर नष्ट गरेको हो । यस अघि कटारी नगरपालिका वडा नं ८ र ९ को बवला र सुगुरेमा आईतबार करिब ६ विगा क्षेत्रफलमा अवैध रुपमा लगाईएको ५५ सय गाँजाको बोट फडानी गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा चोरी मुद्धाका फरार दुई युवा पक्राउ

उदयपुरमा चोरी मुद्धाका फरार दुई युवा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १२ । उदयपुरमा चोरी मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ बस्ने २४ बर्षीय कलाम महमद र २५ बर्षीय अहमद कलामुदिन रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले चोरी मुद्धामा ११ महिना ४ दिन कैद र जनहि १०–१० हजार रुपैयाँ जरिवान तोकेको हो । फरार रहेका उनिहरुलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
धारिलो हतियार प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

धारिलो हतियार प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर ११ । झापामा धारिलो हतियार प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका–४ का २३ बर्षीय आषिश तामाङ रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता ऋषिराम कडेंलका अनुसार आज बिहान साँढे ६ बजेको समयमा तामाङले ४५ बर्षीय बुबा भोला कुमार तामाङलाई कराई र धारिलो हतियार दाउले टाउको लगायत शरिरका बिभिन्न भागमा प्रहार गरी हत्या गरेको भन्ने सुचना प्राप्त भएको थियो । हत्या पश्चात फरार रहेको तामाङलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तामाङलाई कमल गाउँपालिका–४ दुधेबाट पक्राउ गरेको प्रवक्ता कडेंलले बताए । मृतक तामाङको कानूनि प्रकृया पुरा गरी शव परिक्षणको लागी दमक अस्पताल पठाईएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा अन्य आवश्यक थप अनुसन्धान ईलाका प्रहरी कार...
बिषहारा डेन्टल गाईघाटद्धारा खेलाडीहरुलाई २५ प्रतिशत छुटमा दन्त उपचार

बिषहारा डेन्टल गाईघाटद्धारा खेलाडीहरुलाई २५ प्रतिशत छुटमा दन्त उपचार

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ मंसिर । कतिपय ब्यवसायहरु नाफामुखी नभई सेवामुखी हुन आवश्यक छ । आफ्नो सँगै अरुको पनि होस भन्ने चाहानाले व्यवसाय संञ्चालन भएमा त्यो नाफामुखी, सेवामुखी र समाजमुखी सबै हुनेछ । यसै सन्दर्भलाई आत्मासम्मान गर्दै गाईघाटका एक डेन्टलले खेलाडीहरुलाई २५ प्रतिशत छुटमा खेडालडीहरुको दन्त उपचार गर्ने प्रतिबद्धता जनाएको छ । गाईघाट बोक्से जाने बाटो त्रियुगा चस्मा घर नजिक रहेको बिषहारा डेन्टल क्लिनकका संञ्चालक डा. नारायण चौधरीले उदयपुर मलिथम फुटवल क्लवका खेलाडीहरुलाई उक्त सेवामुखी सहयोग गर्ने घोषणा गरेका हुन् । गाईघाटकै सबैभन्दा बढी प्राविधिक सेवा र जनशक्ति भएको उक्त क्लिनिकमा एमडिएस तहको डाक्टरहरु रहेका छन् । डा. चौधरी नेपाल सरकारको स्कलरसिपमा अध्यान सकेर उक्त क्लिनक संञ्चालनमा ल्याएको छ । चौधरी जिल्ला उदयपुर हस्पिटलमा समेत सेवारत छन् । उनि आरसीटी स्पेशालीटी हुन् । चौधरीले अन्य क्षेत्...
त्रियुगा उद्योग बाणिज्य संघले दियो प्रहरीलाई १० थान चेकिङ सचेतना बोर्ड

त्रियुगा उद्योग बाणिज्य संघले दियो प्रहरीलाई १० थान चेकिङ सचेतना बोर्ड

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० मंसिर । जिल्ला प्रहरी कार्यालय उदयपुरलाई त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले १० थान ट्राफिक चेकिङ सचेतना बोर्ड प्रदान गरेको छ । आईतबार प्रहरी कार्यालय परिसरमै गएर संघका अध्यक्ष रमेश रसाईली, प्रथम उपाध्यक्ष नविन वस्नेत, माहासचिव दिनेश कुमार श्रेष्ठ, कोषाध्याक्ष टिका कुमार श्रेष्ठ, कार्यलय सचिव सन्जीव श्रेष्ठ, महिला प्रतिनिधि शसि लामा कार्की लगायतका टोलीले जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सहितका टोलीलाई बोर्ड हस्तान्तरण गरेको हो । पछिल्लो समय मदन भण्डारी हाईवेमा दुर्घटनाको अवस्थाहरु बृद्धि हुँदै गएको भन्दै न्युनिकरणका लागि प्रहरी र ट्राफिक प्रहरीलाई सहजीकरण गर्ने उदेश्यले ट्राफिक सचेतना बोर्ड प्रदान गरिएको अध्यक्ष रसाईलीको भनाई छ । बोर्ड प्रदान गरेकोमा डिएसपी चौधरीले संघका सम्पूर्ण टिमलाई धन्यवाद समेत ब्यक्त गरे । उक्त बोर्ड जलजले, लालपत्ता, त्रियुगा बसपार्क, ब...
स्कुल बस दुर्घटनामा घाईते बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

स्कुल बस दुर्घटनामा घाईते बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, मंसिर १० । बस दुर्घटनाबाट घाईते भएका विरामीको उपचार सेवालाई प्रभावकारी बनाउन नेपाल नेत्र ज्योति संघ उदयपुर र मदन भण्डारी आँखा अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । शनिबार पिकनिक खायर फर्कदै गरेको स्कुल बस दुर्घटनामा घाईते भएका ३७ जनाको आर्थिक अवश्थालाई मध्यनजर गरी संघ र अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् । संघ तथा अस्पतालका अध्यक्ष भागवत राउतले सामाजिक आर्थिक अभावले एम्बुलेन्स लैजान नसकेर उपचार सेवा प्रभावित नहोस भन्ने हेतुले मानविय सहयोग स्वरुप निःशुल्क सेवा प्रवाह गरिएको बताए । उनले बिपत्तिमा परेका नगरबासीको उपचारमा तदारुकता देखाउनसमेत स्थानीय सरकारलाई आग्रह गरेका छन् । उनले भने, ‘एकै घरका दुई सन्तान अनी आफन्त गुमाउनुको पीडालाई मानविय मलमपट्टी लगाउन आफ्नो हैसियत अनुसार सकेको सहयोग गर्नसमेत सबैलाई आग्रह गर्दछु । ‘अध्य...
उदयपुर प्रहरीको मनोपरामर्श पछि लागु औषध प्रयोगकर्ताहरुले भने, “आई डियर नो ड्रग” तस्विर सहित

उदयपुर प्रहरीको मनोपरामर्श पछि लागु औषध प्रयोगकर्ताहरुले भने, “आई डियर नो ड्रग” तस्विर सहित

Breaking News 2, समाचार
पूर्णपुष्टि, १० मंसिर । उदयपुरमा लागुऔषध प्रयोगकर्ताहरुले उपा्रन्त लागु औषाधमा लागि नपर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको लागु औषाध नियन्त्रण (एमडिआई) अन्तर्गतको कार्यक्रम “आई डियर नो ड्रग क्याम्फेयन” मा लागुऔषाध प्रयोगकर्ताहरुले सहभागी जनाएउँदै यसबाट बिचलन नहुने प्रतिबद्धता जनाएको हो । प्रहरीले “आई डियर नो ड्रग क्याम्फेयन” भन्ने नारानै तयार गरेको छ । जसलाई “लागुऔषाध सेवान नगर्ने मैले दृढता गरे” भनिएको छ । सोही कार्यक्रममा प्रहरीले प्रयोगकर्ताहरुलाई एक दिने मनोपरामर्श दिईएका थिए । दिनहु बढ्दै गएको लागुऔषाध दुव्र्यसनीलाई नियन्त्रण गर्न उदयपुर प्रहरीले कार्वाही सँगै सचेतना र मनोपरामर्शको समेत कार्यक्रम आयोजना गरेको छ । शनिवार जिल्ला प्रहरी कार्यालय उदयपुरको भवनमा भएको एक दिने मनोपरामर्श कार्यक्रममा ५२ जना लागु औषाध प्रयोगकर्ताहरुलाई सहभागी गराएर परामर्श दिईएको थियो ।उनिहरु कोह...