Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

भारतमा ट्रकले ठक्करदिँदा एकै परिवारका ५ जना नेपालीको मृत्यु

भारतमा ट्रकले ठक्करदिँदा एकै परिवारका ५ जना नेपालीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १८ । भारतमा ट्रकले ठक्करदिँदा एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ । ट्रकले ठक्करदिँदा सुर्खेतको चौकुने गाउँपालिकाका–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवारसहित उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा पाँच वर्षीय मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवारको मृत्यु भएको चौकुने–७ का वडा अध्यक्ष धनिराम धमलाले जानकारी दिए । कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । वडाअध्यक्ष धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचार गराइरहेको र उनलाई भेटेर फर्किने बेला ट्रकले ठक्कर दिएको हो । मृतक नेवारका परिवार एक वर्षदेखि रोजगारीका लागि भारतमै थिए । चौकुने घरमा बुढा बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमलाले बताए । घटनाको अनुसन्धानका लागि त्यहाँको प्रशासनसँग माग गरिएक...
भुकम्प अपडेट : १२८ जनाको मृत्यु

भुकम्प अपडेट : १२८ जनाको मृत्यु

Breaking News 2
पूर्णपुष्टि, कार्तिक १८ । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ । शुक्रबार मध्यराति ११:४७ बजे जाजरकोट रामी डाडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको गएको थियो । प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार १३२ जनाको मृत्यु र १४० जना घाइते भएका छन् । जाजरकोटमा ९५ जनाको मृत्यु र ५५ जना घाइते भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले जानकारी दिए । रूकुम पश्चिममा ३७ जनाको मृत्यु र ८५ जना घाइते भएको रुकुम पश्चिमा प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिए । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार भईरहेको छ भने केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ । रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभे...
कोशी सरकारमा सत्तारूढ गठबन्धनलाई सहभागी गराएपछि एमाले बाहिरियो

कोशी सरकारमा सत्तारूढ गठबन्धनलाई सहभागी गराएपछि एमाले बाहिरियो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १८ । कोशी सरकारमा सत्तारूढ गठबन्धनलाई सहभागी गराएपछि नेकपा एमाले बाहिरिएको छ । शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सत्तारूढ गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका थिए । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले सत्तारुढ दललाई सरकारमा सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको हो । आज बिहान एमालेबाट विनाविभागीय मन्त्री बनेका राम रानाले मुख्यमन्त्री कार्कीको सरकारी निवासमा पुगेर मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएको हो । राजीनामा बुझाएका रानाले सहमति कार्यान्वयन नभएपछि राजीनामा बुझाएको बताए । मन्त्रीको राजीनामा पछि एमाले र विद्रोही कांग्रेसको सहकार्य २० दिनमै टुटेको छ । कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका कार्की नेकपा एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए । २८ असोज...
कटारीमा तीनदिने लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सुरु

कटारीमा तीनदिने लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सुरु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १७ । कटारी नगरपालिकामा शुक्रबारदेखि तीनदिने लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सुरु भएको छ । तपश्य म्यानेजमेन्ट प्रालि काठमाडौंको आयोजनामा तालिम सुरु भएको हो । कटारी नगरपालिकाको हलमा सुरु तालिममा कटारी नगरपालिका भित्रका मकै , अलैंची , तरकारी र डेरीसँग सम्बन्धित साना तथा मझौला , उद्योगी , व्यवसायीहरुको सहभागीता रहेको छ । तालिमको एक कार्यक्रमकावीच नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले उदघाटन गर्नुभयो । तालिमको उदघाटन गर्दै मेयर श्रेष्ठले व्यवसायबाट लाभ लिनका लागि तालिम महत्वपूर्ण रहेको बताउनुभयो । व्यवसायको हरहिसाव राम्रो राख्न सकेमात्रै व्यवसाय फस्टाउने भएकाले तालिम महत्वपूर्ण रहेको मेयर श्रेष्ठको भनाई थियो । त्यसैगरी उपमेयर गिता खड्काले तालिम लिएर मात्रै नहुने र यसको उपयोग पनि गर्नुपर्ने बताउनुभयो । थोरैबाट भएपनि व्यवसाय सुरु गरेर व्यवसायी वन्न सकिने उपमेय...
युएईलाई हराएसँगै नेपाल टि २०–विश्वकपमा

युएईलाई हराएसँगै नेपाल टि २०–विश्वकपमा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १७ ।आईसिसि टि २०–विश्वकप अन्तिम छनोटको सेमिफाईनलमा युएईलाई हराउँदै घरेलु टोली नेपाल फाईनलमा प्रवेश गरेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराएर फाईनलमा प्रवेश गरेसँगै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको छ । नेपालले १० बर्ष पछि विश्वकप खेल्ने भएको छ । २०१४ मा पहिलो पटक टि २० विश्वकप खेलेको नेपालले २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने विश्वकप दोस्रे पटक खेल्ने भएको हो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागी ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे । उनले ५१ बलमा २ छक्का र ६ चौका प्रहार गर्दै ६४ रनमा र कप्तान रोहित पौडेलले २० बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३४ रनमा अवजित रहे । त्यस्तै गुल्सन झाले २३ बलमा २ चौका प्रहार गर्दै २२ रन बनाए भने अर्का ओपनर कु...
टि २० विश्वकप छनोटमा युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

टि २० विश्वकप छनोटमा युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १७ । आईसिसि टि २० विश्वकप एसिया अन्तिम छनोटको सेमिफाईनलमा युएईले नेपाललाई जितको लागी १३५ रनको लक्ष्य दिएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको हो । युएईका लागी वृत्य अरविन्दले अर्धशतक पुरा गरे । उनले ५० बलमा २ छक्का र ८ चौका प्रहार गर्दै ६४ रन बनाए । ओपनर मोहम्मद वासिमले ३ चौका र २ छक्का प्रहार गर्दै २७ बनाए । अलिशान सराफुले १६ रन, आशिफ खानले १३ रन बनाए । युएईले ३० रन बनाउँदा दुबै ओपनर गुमाएको थियो । ओपनर खालिद शाहलाई ३ ओभरमा बलिङ गर्न आएका सोपाल कामीले पहिलो बलमा ३ रनमा आउट गराए भने अर्का ओपनर मोहम्मद वासिमलाई चौथो बलमा २७ रनमा करण केसीबाट क्याच आउट गराए । त्यस्तै ९.५ ओभरमा युएईको ६२ रन हुँदा आशिफ खानलाई सन्दिप लामिछानेले १३ रनमा आउट गराए भने १३.३ आभरमा ८८ रनहुँदा कुशल मल्लले अलिशान स...
त्रियुगामा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको छोराछोरी सामुदायीक विद्यालयमा अनिवार्य

त्रियुगामा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको छोराछोरी सामुदायीक विद्यालयमा अनिवार्य

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ कार्तिक । उदयपुरको त्रियुगा नगरपालिकाले सामुदायी विद्यालयलाई गुणस्तर बनाउने उदेश्यले महत्वपूर्ण निर्णय गरेको छ । त्रियुगा नगरपालिकामा काम गर्ने कर्मचारी, जनप्रतिनिधि र त्रियुगाका सम्पूर्ण शिक्षकहरुको छोराछोरी अनिवार्य रुपमा सामुदायीक विद्यालय पढाउनु पर्ने निर्णय भएको हो । यसअघि त्रियुगा नगरपालिकाले सरकारी विद्यालयमा अनिवार्य पढाउने निणर्य गरेपनि कार्यान्वयन हुन सकेको थिएन । त्रियुगा नगर शिक्षा शाखा प्रमुख सिव कुमारी राउतका अनुसार शैक्षिक सत्र २०८१ बाट लागु हुने गरी निर्णय कार्यन्वयनमा आएको जनाईन् । ८० सालको शैक्षिक सत्र सम्पन्न भैसकेकाले आउँदो शैक्षित्र सत्रबाट अनिवार्य रुपमा सामुदायीक विद्यालयमा पठन पाठन गर्ने गरी निर्णय भएको प्रमुख राउतले जनाईन् । त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा बसेको प्रधानाध्यापकहरुको बैठकले शैक्षिक गुणस्तर सुधारका ला...
लिम्चुङबुङ फुटवल प्रतियोगिताको उपाधी हेलेसी तुवाचुङलाई

लिम्चुङबुङ फुटवल प्रतियोगिताको उपाधी हेलेसी तुवाचुङलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १७ कार्तिक । उदयपुरको बिकट पहाडी पालिका लिम्चुङबुङ २ ताम्लीछा छतिवनेमा भएको फुटवल प्रतियोगिताको उपाधी खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न अन्तर वडास्तरीय खुल्ला प्रतियोगितामा हलेसी तुवाचुुङले आयोजक तामलिछालाई पराजित गर्दै उपाधि हात पारेको हो । हलेसीले तामलिछालाई टाईब्रेकरमा ९–८ गोल गर्दै घरेलु टिमलाई हराएर उपाधि हात पारेको हो । निर्धारित ९० मिनेटको खेलमा हलेसी तुवाचुङका खेलाडी सागर बस्नेतले २५ औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अगाडि बढाएका थिए । मध्यान्तरपछिको खेल सुरु भएको ७ औं मिनेटमै आयोजक तामलिछाका संरक्षण राईले गोल फर्काएर बराबरी बनाए । त्यस पश्चात भने खेल अवधिभर दुवैपक्षबाट गोल हुन नसक्दा नतिजा निकाल्न टाईब्रेकरको सहारा लिन पर्यो । सुरुवाती चरणदेखि एकार्काले दबावमा राखेका दुवै टिम अन्ततः बराबरीमा पुगेपछि टाईब्रेकरमा भिडाएर नतिजा निकाल्नु परेको...
गाईघाटमा ब्राउन सुगरको ग्राहक खोज्दा खोज्दै पक्राउ परेका थिए यी दुई भारतीय

गाईघाटमा ब्राउन सुगरको ग्राहक खोज्दा खोज्दै पक्राउ परेका थिए यी दुई भारतीय

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ कार्तिक । दुई दिन अघि मात्रै पक्राउ परेका ब्राउन सुगर कारोवारी दुई भारतीयलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहिबार सार्वजानिक गरेको छ । बिहार राज्य सुपौल जिल्ला भिमनगर थाना वडा नं ८ बस्ने दुखन मण्डलको छोरा अं बर्ष २७ को जसबिर कुमार मण्डल र सोही गाडीमा सवार बिरपुर थाना वडा न. १२ बस्ने देव कुमार महतोको छोरा अं बर्ष २७ को सन्तोष कुमार महतोलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो । ति दुई भारतीयको साथबाट प्रहरीले २९ ग्राम बढी ब्राउन सुगर र डेडलाख बढी नगद समेत बरामद गर्यो । प्रहरीका अनुसार ती दुई भारतीय काठमाण्डौँबाट ब्राउन सुगर बेचेर फर्किएका थिए । बचेका ब्राउन सुगर बेच्न गाईघाटमा ग्राहक खोज्दै हिड्ने क्रममा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरु सँगै थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।...
उदयपुरमा ब्राउन सुगर सहित २ जना पक्राउ

उदयपुरमा ब्राउन सुगर सहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १६ । उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा न.पा.६ बस्ने ४५ बर्षीय सलिम मिया र भारत देश बिहार राज्य जिल्ला सुपौल भिमनगर थाना वडा नं.१२ बस्ने ४८ बर्षीय प्रमोद गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बुधबार साझँ साढेँ ४ बजेको समयमा उनिहरुलाइ लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो । जिप्रका उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले चौदण्डीगढी न.पा.९ भिमा स्थितमा पूर्वबाट पश्चिम तर्फ आँउदै गरेको को २८ प ४९६८ नं.को मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा प्रमोद गुप्ताको साथबाट ८१ ग्राम ५५० मिलिग्राम लागुऔषध ब्राउन सुगर खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारेसँगै उनिहरुलाई नियन्त्रण्मा लिएको डिएसपी चौधरीले बताए । पक्...