Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा जारी मुद्धाका एक महिला सहित २ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा जारी मुद्धाका एक महिला सहित २ जना फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ७ ।उदयपुरमा जारी मुद्धाका एक महिला सहित २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–३ बस्ने महेन्द्र राई र बे.न.पा ४ बस्ने माया देवी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसप) हरिनन्दन चौधरीका अनुसार जारी मुद्धामा जिल्ला अदालतले उनिहरुलाई १५ दिन कैद र रु १–१ हजार रुपैँया जरिबान सजाय तोकेता पनि फरार रहेका थिए । फरार रहेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा सवारी ज्यान र लागुऔषध मुद्धाका फरार दुई युवक पक्राउ

उदयपुरमा सवारी ज्यान र लागुऔषध मुद्धाका फरार दुई युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ६ । उदयपुरमा सवारी ज्यान र लागुऔषध मुद्धाका २ जना फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डिगढी न.पा १ बस्ने २१ बर्षीय सुर्य परियार र ताप्ली गा.पा १ बस्ने २४ बर्षीय पुकार भन्ने लेख हादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले सुर्य परियारलाई सवारी ज्यान मुद्धामा १ बर्ष ११ महिना ८ दिन कैद सजाय र पुकारलाई लागुऔषध मुद्धामा ११ महिना ५ दिन कैद सहित ५ हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई मंगलबार पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा विभिन्न मुद्धाका ६ फरार प्रतिवादी पक्राउ

उदयपुरमा विभिन्न मुद्धाका ६ फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ६ । उदयपुरमा विभिन्न मुद्धाका ६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौ.न.पा २ बस्ने ३१ बर्षीय मान बहादुर कालिकोटे, चौ.न.पा १ बस्ने २१ बर्षीय परिवर्तित नाम १४-४-१ (A), त्रि.न.पा ७ बस्ने ५३ बर्षीय प्रकाश बहादुर दनुवार, ४५ बर्षीय शन्त बहादुर दनुवार, चौ.न.पा ९ बस्ने २६ बर्षीय चोकमान तामाङ र ३३ बर्षीय मरिचमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले मान बहादुर कालिकोटेलाई ज्यान मार्ने उद्योग मुद्धामा ४ बर्ष ११ महिना कैद, १४-४-१ (A) लाई सवारी ज्यान मुद्दामा १ बर्ष ११ महिना ८ दिन कैद, वन मुद्धामा प्रकाश बहादुर दनुवारलाई १८ दिन कैद, शन्त दनुवारलाई ३ दिन कैद र कुटपिट सम्बन्धि मुद्धामा चोकमान तामाङ र मरिचमान तामाङलाई सय–सय रुपैँया जरिवाना...
प्रकृतिक समाज सुधार समूह र टोल विकास संस्थाले देउसी खेलको पैसा भुकम्प पिडितलाई पठायो

प्रकृतिक समाज सुधार समूह र टोल विकास संस्थाले देउसी खेलको पैसा भुकम्प पिडितलाई पठायो

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ कार्तिक । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ५ देउरीका प्रकृति समाज सुधार समूह र बालुवाटार टोल विकास संस्थाले देउसी भैलो खेलेर उठाएको भुकम्प पिडितलाई उपलब्ध गराएको छ । अन्य संस्थाहरुले देउसी खेलेको पैसाले पिकनिक खाईरहँदा यस संस्थाले भने सामाजिक कार्यमा खर्च गरेको हो । दुवै संस्थाको सामुहिक बैठकले देउसी भैलोमा जम्मा भएको रकम भुकम्प पिडितलाई पठाएको हो ।  कार्तिक १८ गते जाजरकोट र रुकुम पश्चिममा गएको बिनासकारी भुकम्पले धनजनको ठुलो क्षती गरेको छ । देशैभरीबाट बिभिन्न सामाजिक संस्थाहरुले त्यस क्षेत्रका पिडितहरुलाई राहत उपलब्ध गराउँदै गर्दा यस प्रकृतिक समाज सुधार समूह र वालुवाटार टोल विकास संस्थाले पनि राहतका लागि आर्थिक सहयोग गरेको हो । मंगलबार प्रकृतिक समाज सुधार समूहका अध्यक्ष बुद्धिमान तामाङ र टोल विकास संस्थाका अध्यक्ष मन प्रसाद गुरुङ सहितको पदाधिकारी टोलीले जिल्ला प्रश...
जनता संग माओवादी अभियान : व्यक्तिगत पैसाले त्रिनपा ९ मा खन्यो १ किलोमिटर सडक

जनता संग माओवादी अभियान : व्यक्तिगत पैसाले त्रिनपा ९ मा खन्यो १ किलोमिटर सडक

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ कार्तिक । जनता संग माओवादी अभियान अन्तर्गत त्रियुगा नगरपालिका ९ झिल्के टोलको उत्तरपटिको गाउँमा माओवादीले ब्यक्तिग पैसा उठाएर १ किलो मिटर सडक खनेको छ । सरकारको आँखा नपेरेको वस्तीमा ओवादी अभियानले सडक खनेको हो । नगरको छेउमै रहेको उक्त टोलमा हाल सम्म सडक जोडिएका थिएनन् । बत्तिमुनीको अध्याँरो बस्तीलाई उक्त अभियानले सहज बनाएको छ । आदी सडकको ट्र्याक खोलेर अलपत्र पारेको अवस्थामा पिकनिक स्पोर्ट सम्म माओवादी अभियानले सडक निर्माण गरेको हो । माओवादी नेताहरु किरण राई, मान वहादुर राई, राधारमण खतिवडा, मिन वहादुर बिश्वकर्मा (एमवी) लगायतका ब्यक्तिहरुलाई सामुहिक रुपमा पैसा उठाएर सडक निर्माण गरेको हो । सडक निर्माण हुने भएपछि त्यस ठाउँका जनताहरु उत्साहित भएको छ । सरकारबाट हुनु पर्ने काम माओवादीले गरेको भन्दै खुसी ब्यक्त गरेका छन् । त्यस ठाउँमा संघ, प्रदेश र स्थानीयको कुनै पनि आँखा परेका थि...
त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघ राहत लिएर लाग्यो भुकम्प प्रभावित क्षेत्रतर्फ

त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघ राहत लिएर लाग्यो भुकम्प प्रभावित क्षेत्रतर्फ

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ कार्तिक । त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघ भुकम्प प्रभावित क्षेत्र जाजरकोट लागेको छ । यी दुवै टोलीले आआफ्नो तर्फबाट राहत सामाग्री बोकेर मंगलबार बिहान त्यस तर्फ लागेका हुन् । त्रियुगा नगरपालिकाले तीन लाख ८३ हजार पाँच सय बराबरको ५ हजार ९ सय किलो चामल, २८ हजार चार सय ४२ रुपैया बराबरको ७८ थान म्याट, ९८ हजार ९६५ रुपैया बराबरको २९० थान न्यानो कपडा, एक लाख एक हजार ६ सय बराबरको २०० थान ब्ल्याकेट, एक लाख बराबरको ९० थान त्रिपाल, ६ हजार बराबरको चार थान ठूलो त्रिपाल, ५४ हजार बरबारको १२ सय थान सेनिटरी प्याड, एक लाख १५ हजार बराबरको ४८ थान विभिन्न प्रकारको औषधि लगोको छ । यस्तै त्रियुगा उद्योग बाणिज्य संघ घाईघाटले पनि सय थान त्रिपाल लगेको छ । उक्त राहत सामाग्री जाजरकोटका स्थानीय सरकार र जिल्ला प्रशासन प्रमुखलाई जिम्मा लगाईने जनाईएको छ ।...
गाईघाटमा दोस्रो प्रदेश महोत्सव, त्रियुगा (२०८०) संञ्चालन गर्ने त्रिउबा संघको निर्णय

गाईघाटमा दोस्रो प्रदेश महोत्सव, त्रियुगा (२०८०) संञ्चालन गर्ने त्रिउबा संघको निर्णय

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ मंसिर । त्रियुगा उद्योग बाणिज्य संघले गाईघाटमा फागुन १ देखी प्रदेश महोत्सव संञ्चालन गर्ने निर्णय पास गरेको छ । मंसिर १ गते पदाधीकारी तथा कार्यसमितिको बैकठकले दोस्रो प्रदेश महोत्सव त्रियुगा (२०८०) संञ्चालन गर्ने बारे निर्णय पास गरेको अध्यक्ष रमेश रसाईलीले जनाए । संघकै महासचिव दिने श्रेष्ठले यो पटक पहिलेको भन्दा फरक र पृथक महोत्सव संञ्चालन हुने जनाए । स्थानीय व्यवसायीलाई प्रवर्दन र स्थानीय उत्पादन बजारीकरणलाई बिषेश प्राथामिकता दिएर उक्त महोत्सव संञ्चालन गर्न लागिएको श्रेष्ठको भनाई छ । महोत्सवमा स्टलहरु स्थानीय ब्यपारीहलाई सस्तोमा उपलब्ध गराईने पनि माहासचिव श्रेष्ठको भनाई छ । यसले महोत्सवले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुराउने संघको भनाई छ ।...
त्रिनपा १ जोगिदहमा जेष्ठ नागरिक र एकल महिलालाई न्यायो कपडा वितरण

त्रिनपा १ जोगिदहमा जेष्ठ नागरिक र एकल महिलालाई न्यायो कपडा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ मंसिर । त्रियुगा नगरपालिका वडा नं १ ले वडावासी जेष्ठ नागरिक, एकल महिला र अशक्तहरुलाई न्यायो कपडा वितरण गरेको छ । वडाअध्यक्ष मनोज चौधरीले आर्थिक बर्ष २०८०÷०८१ को वडा स्तरीय बजेट कार्यक्रमबाट २८ जना जेष्ठ नागरिक तथा एकल महिलालाई न्यानो कपडा बितरण गरिएको जनाए । ११ र १२ सालका जेष्ठ नागरिक केही एकल महिलाहरुलाई डस्ना, सिरक, तन्ना, सिरानी लगायतको न्यानो कपडा बितरण गरिएको अध्यष चौधरीले जनाए । गत बर्षहरुमा पनि यस कार्यक्रम गरिएको र आउने बर्षहरुमा पनि यसलाई निरन्तरता राख्ने अध्यक्ष चौधरीको भनाई छ । न्यानो कपडा त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई र वडाअध्यक्ष चौधरी लगायतले प्रदान गरेका थिए । उपप्रमुख राईले जेष्ठ नागरिकहरुलाई सबै भन्दा पहिले सुरक्षा गर्नु पर्ने जनाईन । सोही अनुरुप त्रियुगा नगरपालिकाले प्रत्येक बर्ष वडावासी जेष्ठ नागरिक, एकल महिला र अशक्त अपाङगहरुलाई न्यानो कप...
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले १ लाख बराबरको राहत सामाग्री भुकम्प पिडितलाई पठाउने

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले १ लाख बराबरको राहत सामाग्री भुकम्प पिडितलाई पठाउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ मंसिर । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले रु १ लाख बराबरको खाद्यन्न राहत सामाग्री रुकुम पश्चिम र जाजरकोटको भुकम्प पिडितलाई पठाउने जनाएको छ । संघमा शुक्रबार कार्यसमितिको बैठकले गाईघाटबाट त्रियुगा नगरपालिका सँग समन्वय गरी नगरपालिकाकै सवारीमा उक्त सामाग्री पठाउने संघका अध्यक्ष रमेश रसाईलीले जनाए । कार्तिक १८ गते उक्त ठाउँमा बिनासकारी भुकम्प जाँदा धनजनको ठुलो क्षती हुन पुगेको थियो । देश बिदेशबाट त्यहाँका भुकम्प पिडितहरुलाई राहत सहयोगको कार्य जारी रहेको छ । सोही अन्तर्गत उदयपुरबाट पनि त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले राहत स्वरु १ लाख बराबरको खाद्यन्न पठाउने रसाईलीको भनाई छ । त्यसका लागि संघले ब्यपारी ब्यवसायीहरु सँग राहत संकलनका लागि आर्थिक संकलन समेत गरेका थिए । त्यसबाट जम्मा ६६ हजार ८ सय १५ रुपयाँ संकलन भएको र बाँकी समितिले थप गरी १ लाख बराबरको सामाग्री पठाउन लागेको ...
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुईवटा गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुईवटा गैँडा

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर १ । चितवन राष्ट्रिय निकुञ्जमा तस्करहरुले दुई वटा गैँडा मारेका छन् । तस्करले दुईवटा एकसिंगे पोथी गैँडा निकुञ्जको पूर्वी सेक्टरको चप्परखोरी भन्ने ठाउँमा मारेका हुन् । तस्करहरुले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैँडा मारीएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैँडा तस्करले मारेर खाग र खुर काटेर लगेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैँडा तस्करले मारेको हो । एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिएको तिवारीले बताए । ६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए। सानो गै...